Skip to main content

नयाँ तृष्णा

ईलामको माई नगरपालिकामा श्रम संस्कृति पार्टीको नगर स्तरीय समिति गठन

Advertisement

ईलाम– माई नगरपालिका, शुक्रबारेमा श्रम संस्कृति पार्टीको नगर स्तरीय समिति गठन गरिएको छ। सुक बा राईको अध्यक्षतामा सम्पन्न भेलाले विभिन्न पार्टी परित्याग गरेर उपस्थित कार्यकर्ताहरूको सर्वसम्मत निर्णयमा बिनोद नेम्बाङ लिम्बूको नेतृत्वमा १५ सदस्यीय नगर समिति गठन गरेको हो।

नवगठित नगर समिति :

  1. अध्यक्ष: बिनोद नेम्बाङ लिम्बू

  2. उपाध्यक्ष: राम राई

  3. सचिव: गदेस फत्र लिम्बू

  4. कोषाध्यक्ष: खडक यक्तेन

  5. सह-कोषाध्यक्ष: स्याम कुमारी राई

  6. प्रवक्ता: युवराज राई

  7. सदस्य: मनि कु श्रेष्ठ

  8. सदस्य: सन्दिप राई

  9. सदस्य: युग बा थेगिम

  10. सदस्य: पारस राई

  11. सदस्य: पदम लामा

  12. सदस्य: बल वीर योङहाङ

  13. सदस्य: महेन्द्र राई

  14. सदस्य: सुक बा राई

  15. सदस्य: प्रेम राई

समितिलाई केन्द्रीय सदस्य धनकुमार राईले माटोलाई स्पर्श गराउँदै विधिवत् रूपमा सपथ ग्रहण गराएका थिए।

नगर स्तरीय समिति गठन कार्यक्रम माई–४ स्थित नमूना पार्कमा सम्पन्न भएको थियो। कार्यक्रममा श्रम संस्कृति पार्टीका केन्द्रीय सदस्य धनकुमार राई प्रमुख अतिथिको रूपमा, तथा केन्द्रीय सल्लाहकार किशोर राई विशेष अतिथिको रूपमा उपस्थित थिए। कार्यक्रमको सञ्चालन युवराज राईले गरेका थिए।

सपथ ग्रहणपछि प्रमुख अतिथि धनकुमार राईले नवगठित समितिलाई बधाई र शुभकामना दिंदै पार्टीको सिद्धान्त र मार्गदर्शनअनुसार इमानदारीपूर्वक अघि बढ्न आग्रह गरे। उनले भोलिदेखिनै श्रम–संस्कृति आधारित गतिविधिमा सक्रियता देखाउन सुझाए।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

त्रिभुवन विश्वविद्यालयमा शिक्षामन्त्री पोखरेलविरुद्ध विद्यार्थीको प्रदर्शन, केही प्रदर्शनकारी नियन्त्रणमा

त्रिभुवन विश्वविद्यालयमा शिक्षामन्त्री पोखरेलविरुद्ध विद्यार्थीको प्रदर्शन, केही प्रदर्शनकारी नियन्त्रणमा

  काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको ६७ औँ वार्षिक दिवसका अवसरमा आयोजित विशेष समारोहमा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोख...
बेथेल मण्डली दाङको को ७ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

बेथेल मण्डली दाङको को ७ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

  घोराही, दाङ । साउन ६, २०८३, दाङको घोराही उप–महानगरपालिका–१३, दुम्रगाउँस्थित बेथेल मण्डली दाङको ७ औं वार्षिकोत्सव समा...
अर्जेन्टिनालाई हराउँदै स्पेनले जित्यो विश्वकपको उपाधि

अर्जेन्टिनालाई हराउँदै स्पेनले जित्यो विश्वकपको उपाधि

४ साउन , झापा । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै फिफा विश्वकप २०२६ को उपाधि जितेको छ। अमेरिकाको न्युयोर्कस्थित न्यु जर्...
विश्वकप फाइनलको टिकट ३५ करोडसम्म, अमेरिकाकै इतिहासको सबैभन्दा महँगो खेलकुद प्रतियोगिता

विश्वकप फाइनलको टिकट ३५ करोडसम्म, अमेरिकाकै इतिहासको सबैभन्दा महँगो खेलकुद प्रतियोगिता

  काठमाडौं ।   न्युयोर्कको मेटलाइफ स्टेडियममा आइतबार अर्जेन्टिना र स्पेनबीच हुने फिफा विश्वकप २०२६ को फाइनल खेल इतिहासकै सब...