Skip to main content

नयाँ तृष्णा

ईलामको माई नगरपालिकामा श्रम संस्कृति पार्टीको नगर स्तरीय समिति गठन

[adsforwp id="2511"]

ईलाम– माई नगरपालिका, शुक्रबारेमा श्रम संस्कृति पार्टीको नगर स्तरीय समिति गठन गरिएको छ। सुक बा राईको अध्यक्षतामा सम्पन्न भेलाले विभिन्न पार्टी परित्याग गरेर उपस्थित कार्यकर्ताहरूको सर्वसम्मत निर्णयमा बिनोद नेम्बाङ लिम्बूको नेतृत्वमा १५ सदस्यीय नगर समिति गठन गरेको हो।

नवगठित नगर समिति :

  1. अध्यक्ष: बिनोद नेम्बाङ लिम्बू

  2. उपाध्यक्ष: राम राई

  3. सचिव: गदेस फत्र लिम्बू

  4. कोषाध्यक्ष: खडक यक्तेन

  5. सह-कोषाध्यक्ष: स्याम कुमारी राई

  6. प्रवक्ता: युवराज राई

  7. सदस्य: मनि कु श्रेष्ठ

  8. सदस्य: सन्दिप राई

  9. सदस्य: युग बा थेगिम

  10. सदस्य: पारस राई

  11. सदस्य: पदम लामा

  12. सदस्य: बल वीर योङहाङ

  13. सदस्य: महेन्द्र राई

  14. सदस्य: सुक बा राई

  15. सदस्य: प्रेम राई

समितिलाई केन्द्रीय सदस्य धनकुमार राईले माटोलाई स्पर्श गराउँदै विधिवत् रूपमा सपथ ग्रहण गराएका थिए।

नगर स्तरीय समिति गठन कार्यक्रम माई–४ स्थित नमूना पार्कमा सम्पन्न भएको थियो। कार्यक्रममा श्रम संस्कृति पार्टीका केन्द्रीय सदस्य धनकुमार राई प्रमुख अतिथिको रूपमा, तथा केन्द्रीय सल्लाहकार किशोर राई विशेष अतिथिको रूपमा उपस्थित थिए। कार्यक्रमको सञ्चालन युवराज राईले गरेका थिए।

सपथ ग्रहणपछि प्रमुख अतिथि धनकुमार राईले नवगठित समितिलाई बधाई र शुभकामना दिंदै पार्टीको सिद्धान्त र मार्गदर्शनअनुसार इमानदारीपूर्वक अघि बढ्न आग्रह गरे। उनले भोलिदेखिनै श्रम–संस्कृति आधारित गतिविधिमा सक्रियता देखाउन सुझाए।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काँकरभिट्टामा कात्तिक १७ गते श्रम संस्कृति पार्टीको जनसभा, अध्यक्ष हर्क साम्पाङ सहभागी हुने

काँकरभिट्टामा कात्तिक १७ गते श्रम संस्कृति पार्टीको जनसभा, अध्यक्ष हर्क साम्पाङ सहभागी हुने

झापा, काँकरभिट्टा। श्रम संस्कृति पार्टीले आगामी कात्तिक १७ गते झापाको पूर्वी प्रवेशद्वार काँकरभिट्टामा जनसभा तथा विशेष कार्यक...
लुला चौथो कार्यकालका लागि ब्राजिलको राष्ट्रपतिमा निर्वाचित

लुला चौथो कार्यकालका लागि ब्राजिलको राष्ट्रपतिमा निर्वाचित

काठमाडौँ। ब्राजिलका वामपन्थी नेता लुइज इनासियो लुला डा सिल्भा चौथो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएका छन्। दोस्रो चरण...
फिलिपिन्समा दुई ट्रेनिङ विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु

फिलिपिन्समा दुई ट्रेनिङ विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु

काठमाडौं । फिलिपिन्समा शुक्रबार तालिमका क्रममा वायुसेनाका दुईवटा विमान एक-आपसमा ठोक्किएका छन्। यस दुर्घटनामा दुवै विमानमा सवार चा...
पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउने प्रयासप्रति विश्व हिन्दु परिषद् नेपालको कडा आपत्ति

पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउने प्रयासप्रति विश्व हिन्दु परिषद् नेपालको कडा आपत्ति

काठमाडौँ, । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तस्थित डेरा इस्माइल खान जिल्लामा रहेको करिब २०० वर्ष पुरानो ऐतिहासिक रामलीला मन्दिर...