Skip to main content

नयाँ तृष्णा

Day: २०८३ मंसिर १०, बुधबार

दानबहादुर कार्कीको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

दानबहादुर कार्कीको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौँ। सर्वोच्च अदालतले दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाउने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । न्यायाधीशद्वय नृपध्वज निरौला र श्रीकान्त पौडेलको संयुक्त इजलासले कार्कीको रिटमाथि सुनुवाइ गर्दै अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो । अदालतले यस विषयमा मुद्दाको अन्तिम सुनुवाइका क्रममा निर्णय गर्ने आदेश दिएको छ । सरकारले गत १८ कात्तिकमा बसेको मन्त्रिपरिषद् बैठकबाट कार्कीलाई आईजीपी पदबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा सरुवा गर्ने निर्णय गरेको थियो । उनको स्थानमा डा. मनोजकुमार केसीलाई प्रहरी महानिरीक्षक नियुक्त गरिएको थियो ।
Read More
लैंगिक हिंसा अन्त्यका लागि मेचीनगरमा १६ दिने अभियानअन्तर्गत प्रभातफेरि तथा कोणसभा सम्पन्न

लैंगिक हिंसा अन्त्यका लागि मेचीनगरमा १६ दिने अभियानअन्तर्गत प्रभातफेरि तथा कोणसभा सम्पन्न

मेचीनगर। ‘लैंगिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता : पीडितको संरक्षण, दण्डहीनताको अन्त्य र न्यायको सुनिश्चितता’ भन्ने मूल नाराका साथ मेचीनगर नगरपालिकामा १६ दिने लैंगिक हिंसाविरुद्धको अभियानअन्तर्गत प्रभातफेरि तथा कोणसभा कार्यक्रम सम्पन्न भएको छ। मेचीनगर नगरपालिकाको आयोजना तथा काँकरभिट्टा नाकामा मानव बेचबिखन तथा ओसारपसारविरुद्ध रोकथामका क्षेत्रमा कार्यरत संघसंस्थाहरूको समन्वयमा कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा विभिन्न सरोकारवाला संघसंस्था, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, सरकारी निकायका प्रतिनिधि तथा स्थानीय सरोकारवालाहरूको सहभागिता रहेको थियो। काँकरभिट्टास्थित इलाका प्रहरी कार्यालयबाट सुरु भएको प्रभातफेरि र्‍याली बजार परिक्रमा गर्दै हनुमान मन्दिरमा पुगेर कोणसभामा परिणत भएको थियो। कोणसभासँगै कार्यक्रम सम्पन्न गरिएको थियो। कोणसभामा पुरुष सञ्जालका अध्यक्ष तथा पत्रकार मोहनकाजी न्यौपाने,…
Read More
पौष ५ गते हुने प्रदेशस्तरीय ख्रीष्टमस कार्यक्रमलाई ऐतिहासिक बनाउने तयारी, मेचीनगरमा बृहत् छलफल सम्पन्न

पौष ५ गते हुने प्रदेशस्तरीय ख्रीष्टमस कार्यक्रमलाई ऐतिहासिक बनाउने तयारी, मेचीनगरमा बृहत् छलफल सम्पन्न

झापा। प्रदेश इसाई समाजको आयोजनामा आगामी पौष ५ गते आयोजना हुन लागेको प्रदेशस्तरीय बृहत् ख्रीष्टमस कार्यक्रमलाई भव्य, सभ्य, शान्तिपूर्ण र ऐतिहासिक रूपमा सम्पन्न गर्ने उद्देश्यले आज रोयल सिमाना होटलमा बृहत् छलफल सम्पन्न भएको छ। मेचीनगर इसाई समाजको समन्वयमा आयोजित छलफलमा मेचीनगर क्षेत्रका रेभरेण्ड, पास्टर, इसाई समाजका प्रतिनिधि तथा विभिन्न क्षेत्रका बुद्धिजीवीहरूको सहभागिता रहेको थियो। छलफलमा कार्यक्रमको उद्देश्य, व्यवस्थापन, सहभागिता, प्रचारप्रसार, सुरक्षा, सांस्कृतिक प्रस्तुति तथा विभिन्न जिम्मेवारीका विषयमा व्यापक विचारविमर्श गरिएको थियो। कार्यक्रमका संयोजक पास्टर राजकुमार राईले कार्यक्रमको मुख्य उद्देश्य ख्रीष्टको सुसमाचार प्रचार गर्नु रहेको स्पष्ट पार्दै मौन र्‍यालीसमेत आयोजना गरिने जानकारी दिनुभयो। उहाँले कार्यक्रमलाई कुनै व्यक्तिगत वा राजनीतिक स्वार्थभन्दा माथि…
Read More