असार १४, मेचीनगर। सर्पको उद्वारमा खटिएका उद्वारकर्मी मुन्ना कार्कीलाई सर्पले डस्दा घाइते भएका छन् । आज दिउँसो साढे १ वजे मेचीनगर–६, पुरानो भन्सार स्थित आफ्नै घरमा सर्प राखेको बट्टा परिवर्तन गर्ने क्रममा कार्कीलाई गोमन सर्पले डस्दा घाइते भएका हुन् । मेची चरा तथा वन्यजन्तु संरक्षण समाजका अध्यक्ष देबेन्द्रकुमार खरेलले सर्प उद्वारकर्मी कार्कीले हिजो समातेका सर्पहरु सुरक्षित ठाउँमा लाने तयारी गर्दा एउटा बट्टामा राखिएको सर्प अर्को बट्टामा सार्ने क्रममा गोमन सर्पले देब्रे हातको साईली औँलामा डसेको जानकारी दिए । डस्ने वित्तिकै कार्कीलाई चारआली स्थित सर्पदंश उपचार केन्द्रमा लगेको उनले बताए । ‘उनको अवस्था अहिले सामान्य हुँदै गएको छ’, खरेलले भने–‘विशालु सर्पले…
असार १३, कोशी प्रदेशमा बर्खा लागेसँगै पछिल्लो दुई सातामा विपतमा परी २४ जनाले ज्यान गुमाएका छन्। प्रदेश प्रहरी कार्यालय कोशीका अनुसार ३० जेठदेखि बुधबारसम्म बाढीपहिरो र चट्याङका कारण २४ जनाले ज्यान गुमाएका हुन्। बाढीपहिरोमा परी १८ र चट्याङबाट ६ जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ। बाढीपहिरो र चट्याङका कारण झापामा पाँच, मोरङमा ६, सुनसरीमा दुई, ताप्लेजुङमा पाँच, संखुवासभामा चार, ओखलढुंगामा एक र इलाममा एकजनाको मृत्यु भएको प्रहरीले जनाएको छ। बाढीपहिरोका कारण १७ जना घाइते हुँदा दुईजना बेपत्ता भएका प्रहरीले जनाएको छ। बाढीपहिरोमा परी कोशीमा दुई सय २५ घरपरिवार विस्थापित भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ। झापामा २७,…
असार १३ , काठमाडौं । गर्मी बढ्दोका कारण पाकिस्तानी जनताका लागि घातक साबित भएको छ। पछिल्लो छ दिनमा ५०० भन्दा बढीको ज्यान गएको पाकिस्तानी मिडियाले उल्लेख गरेका छन्। यी घटना दक्षिणी पाकिस्तानका भएको बताइएको छ। कराची सहरमा रहेको शव गृहमा दैनिक ३० देखि ४० शव ल्याउने गरिएको छ। तर पछिल्ला ६ दिनमा उनीहरूले करिब ५ सय ६८ शव सङ्कलन गरेका छन्, जसमध्ये मंगलबार मात्रै १४१ जनाको शव रहेको छ। यी सबैको मृत्युको कारण के हो भन्ने अहिले नै भन्न गाह्रो भएको बीबीसीको रिपोर्टमा उल्लेख छ । तर, गर्मी बढेसँगै मृत्यु हुनेको सङ्ख्या पनि बढेको हो । कराँचीको तापक्रम ४० डिग्री…
असार १२, काँकरभिट्टा । लायन्स क्लव अफ मेचीनगरको वर्ष २०२४ / २०२५ को अध्यक्षमा दिनेश पोख्रेल निर्वाचित भएका छन् । बुधबार काँकरभिट्टमा सम्पन्न अधिवेशनबाट क्लवको प्रथम उपाध्यक्ष दीपक कार्की, द्वितिय उपाध्यक्षमा प्रविन थापा र तृतिय उपाध्यक्षमा डम्बर खवास सर्व सम्मत चयन भएको क्लवका चार्टर प्रेसिडेन्ट लायन शंकर थापाले बताए । त्यसैगरी समितिको सचिवमा लायन यज्ञ घिमिरे, कोषाध्यक्षमा लायन सुरेश तिवारी रहेका छन् । वर्ष २०२३÷२०२४ का अध्यक्ष रोशनलाल प्रधानको सभापतित्वमा सम्पन्न कार्यक्रममा अध्यक्ष प्रधानले नवनिर्वाचित अध्यक्ष पोख्रेललाई क्लवको गन गेवल र ब्याच हस्तन्तरण गरेका थिए । ब्याच हस्तान्तरण पछि नवनिर्वाचित अध्यक्ष पोख्रेलले प्रतिवद्धता मन्तब्य राखेका थिए । उनले लायन्स बोल्ने…
असार १२ , काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । बुधबार सुनको मूल्य तोलामा ७ सयले घटेर तोलाको १ लाख ४१ हजार ६ सयमा कारोबार भएको छ । यस अघि मंगलबार छापावाल सुन प्रतितोला एक लाख ४२ हजार ३ सयमा कारोबार भएको थियो । त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४० हजार ९ सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै आज चाँदीको मूल्य तोलामा २५ रुपैयाँले घटेर प्रतितोला १७९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
असार १० , मेचीनगर । मेचीनगर नगरपालिकाले प्रस्तावित बजेट दुई अर्ब ५ करोड २९ लाख २ हजार रूपैयाँ आएको छ । मेचीनगर नगरपालिकाको आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तावित भएको हो । आज मेचीनगरका नगर प्रमुख गोपालचन्द्र बुढाथोकीको सभाध्यक्षमा पहिलो चरणको दोस्रो नगरसभाको पाँचौ अधिवेशनको नीति तथा कार्यक्रमबाट प्रस्तावित बजेट नगर उपप्रमुख मीना पोखरेल उप्रेतीले प्रस्तुत गरेकी थिइन् । उपप्रमुख उप्रेतीेले दुई अर्ब ५ करोड २९ लाख २ हजार रूपैयाँको प्रस्तावित बजेट प्रस्तुत गरिन् । बजेटका विषयमा असार १२ गतेसम्म छलफल हुनेछ । बुधबार विहान ८ वजे वैठक फेरि बस्ने गरि आजलाई समापन भएको छ । बुधबार मात्र पूर्ण बजेट…
असार ८, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले दशौँ राष्ट्रिय महाधिवेशनका लागि देशभरबाट एक हजार ८०० प्रतिनिधि छनोट गरेको छ ।यही असार १६ देखि २० गतेसम्म काठमाडौँमा आयोजना हुने महाधिवेशनका लागि ७७ जिल्ला र विभिन्न सङ्गठनबाट एक हजार आठ सय प्रतिनिधि छानिएको पोलिटब्युरो सदस्य दिलु पन्तले जानकारी दिइन् । उनका अनुसार महाधिवेशनका लागि एक हजार आठ सय ४९ प्रतिनिधिको व्यवस्था गरिएकामा केही क्षेत्र र मातहतका कमिटीमा विवाद भएकाले प्रतिनिधि छनोट बाँकी छ । अधिकांश स्थानमा सर्वसम्मतरुपमा प्रतिनिधि छनोट भएको जनाउँदै पन्तले केही ठाउँमा मात्रै निर्वाचन प्रक्रियाबाट छनोट गरिएको बताइन् । उनका अनुसार महाधिवेशन आयोजक समिति स्वतः प्रतिनिधि हुने व्यवस्था…
असार ७ , काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई निलम्बन माग गर्दै दायर रिटको आज सुनुवाइका लागि पेसी तोकिएको छ। आज यो रिट न्यायाधीशद्वय सपना प्रधान मल्ल र शारङ्गा सुवेदीको संयुक्त इजलासमा पेसी तोकिएको छ। सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछानेको संलग्नता देखिने गरी जाहेरी समेत परेको दाबी गर्दै अधिवक्ता अनुपम भट्टराईले दायर गरेको रिट सुनुवाइकै क्रममा रहेको छ। यस अघि उक्त रिट यसअघि हेर्न नमिल्ने न्यायाधीशको पेशी पर्दै सरेको थियो। इजलासबाटै सुनुवाइको मिति तोकिएकाले आजका लागि पेशी तोकिएको थियो। महान्यायाधिवक्ता कार्यालय गृहमन्त्री लामिछानेलाई क्लिनचिट देखिने गरी कुनै पनि जिल्लामा अनुसन्धान,अभियोग पत्र र जाहेरी नभएको भनी पत्र लेखेपछि अधिवक्ता भट्टराईले…
असार ६, बागमती प्रदेश सरकारको प्रतिपक्ष दलले बागमती प्रदेशसभा बैठक अवरोध गरेका छन्। बिहीबार बसेको प्रदेश सभा बैठकमा प्रतिपक्षी दलहरुले बजेट पुनः लेखनको माग गर्दै संसद् अवरुद्ध गरेका हुन्। प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट सन्तुलित नभएको र आय-व्ययको विवरण नै नमिलेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राप्रपाका सांसदहरूले विरोध गरेका हुन्। उनीहरूले संसद् बैठकमा नाराबाजीसमेत गरेका छन्। सांसदहरूले ‘बजेट पुनः लेखन गर, बजेट सन्तुलित बजेट गर, बजेटलाई समावेशी गर, बजेटमा आर्थिक अराजकता गर्न पाइँदैन’जस्ता नारा लगाएका थिए। प्रदेश सभा सभामुख भुवन कुमार पाठकले पटकपटक सांसदहरुलाई आसन ग्रहण गर्न रुलिङ गरे पनि प्रतिपक्षी दलहरुले नाराबाजी गर्न नछाडेपछि प्रदेश…
असार ४ , काठमाडौं । केवल तामाङको निर्देशनमा बन्न लागेको फिल्म ‘मायाका रंगहरु’मा कलाकारको ‘लाइनअप’ रोचक बनिरहेको छ । अभिनेता पल शाहको मुख्य भूमिका रहने फिल्ममा सुनिल थापा, पदम तामाङ, बुद्धि तामाङ जस्ता कलाकारहरु भित्रिसकेका छन् । यसैक्रममा ‘प्रेमगीत ३’का अभिनेता मनिष राउतको पनि फिल्ममा प्रवेश भएको छ । यसमा उनी भिलेनको भूमिकामा देखिने जनाइएको छ । ‘प्रेमगीत ३’मा पनि उनी नकारात्मक भूमिकामा देखिएका थिए । यो उनको डेब्यु फिल्म थियो । अस्कर कलेजमा अभिनय सिकेका उनले डेब्यु अगावै दर्जनौं सर्ट फिल्ममा अभिनय गरिसकेका थिए । उनले केही म्यूजिक भिडियोमा पनि काम गरेका छन् । उनको केमियो भूमिका रहेको फिल्म…