Skip to main content

नयाँ तृष्णा

लायन्स क्लव अफ मेचीनगर २०२४ / ०२५ को अध्यक्षमा पोख्रेल

[adsforwp id="2511"]

असार १२, काँकरभिट्टा । लायन्स क्लव अफ मेचीनगरको वर्ष २०२४ / २०२५ को अध्यक्षमा दिनेश पोख्रेल निर्वाचित भएका छन् । बुधबार काँकरभिट्टमा सम्पन्न अधिवेशनबाट क्लवको प्रथम उपाध्यक्ष दीपक कार्की, द्वितिय उपाध्यक्षमा प्रविन थापा र तृतिय उपाध्यक्षमा डम्बर खवास सर्व सम्मत चयन भएको क्लवका चार्टर प्रेसिडेन्ट लायन शंकर थापाले बताए ।

त्यसैगरी समितिको सचिवमा लायन यज्ञ घिमिरे, कोषाध्यक्षमा लायन सुरेश तिवारी रहेका छन् । वर्ष २०२३÷२०२४ का अध्यक्ष रोशनलाल प्रधानको सभापतित्वमा सम्पन्न कार्यक्रममा अध्यक्ष प्रधानले नवनिर्वाचित अध्यक्ष पोख्रेललाई क्लवको गन गेवल र ब्याच हस्तन्तरण गरेका थिए ।

ब्याच हस्तान्तरण पछि नवनिर्वाचित अध्यक्ष पोख्रेलले प्रतिवद्धता मन्तब्य राखेका थिए । उनले लायन्स बोल्ने भन्दा पनि काम गरेर देखाउने संस्था भएको बताउँदै समाज रुपान्तरणा र सामाजिक अभियानमा आफ्नो सक्रिय भूमिका हुने बताए ।

लायान्स क्लवका जोन चेयर पर्शन लायन सन्तोष आचार्यको प्रमुख आतिथ्मा सम्पन्न कार्यक्रममा पमुख अतिथि आचार्यले समाज रुपान्तरणमा लायन्स क्लवले ठूलो भूमिका निर्वाह गर्दै आएको बताए । कार्यक्रमका विशेष अतिथि जनसंसद डटकमका सम्पादक एवम् मेची सामुदायिक सेवा केन्द्रका अध्यक्ष मुक्ति पौडेलले विधिको शासनलाई लायन्स क्लवले अक्षरश पालना गर्दै आएको भन्दै क्लवको विधि र पद्धतिको प्रशंसा गरे । ‘अरु संस्थाहरुमा नेतृत्वको मोहले धेरैलाई सताउँछ,’ उनले भने ‘यस संस्थामा ३६५ दिन भन्दा एक दिन पनि पदीय जिम्मेवारिमा बस्ने चलन रहेन छ । यो अभ्यास सबैले लागू गरे समाज रुपान्तरणमा सहयोग पुग्ने छ ।’

क्लवका चार्टर प्रेसिडेन्ट लायन शंकर थापाले क्लवले समाजमा पुरर्याएको योगदानको चर्चा गरेका थिए ।
कार्यक्रमको सञ्चालन सचिव यज्ञ घिमिरेले गरेका थिए भने आस्तावाचन क्लवका सदस्य सुरेश तिवारीले गरे । कार्यक्रममा स्वागत उपाध्यक्ष लायन्स प्रविन थापाले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काँकरभिट्टामा कात्तिक १७ गते श्रम संस्कृति पार्टीको जनसभा, अध्यक्ष हर्क साम्पाङ सहभागी हुने

काँकरभिट्टामा कात्तिक १७ गते श्रम संस्कृति पार्टीको जनसभा, अध्यक्ष हर्क साम्पाङ सहभागी हुने

झापा, काँकरभिट्टा। श्रम संस्कृति पार्टीले आगामी कात्तिक १७ गते झापाको पूर्वी प्रवेशद्वार काँकरभिट्टामा जनसभा तथा विशेष कार्यक...
लुला चौथो कार्यकालका लागि ब्राजिलको राष्ट्रपतिमा निर्वाचित

लुला चौथो कार्यकालका लागि ब्राजिलको राष्ट्रपतिमा निर्वाचित

काठमाडौँ। ब्राजिलका वामपन्थी नेता लुइज इनासियो लुला डा सिल्भा चौथो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएका छन्। दोस्रो चरण...
फिलिपिन्समा दुई ट्रेनिङ विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु

फिलिपिन्समा दुई ट्रेनिङ विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु

काठमाडौं । फिलिपिन्समा शुक्रबार तालिमका क्रममा वायुसेनाका दुईवटा विमान एक-आपसमा ठोक्किएका छन्। यस दुर्घटनामा दुवै विमानमा सवार चा...
पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउने प्रयासप्रति विश्व हिन्दु परिषद् नेपालको कडा आपत्ति

पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउने प्रयासप्रति विश्व हिन्दु परिषद् नेपालको कडा आपत्ति

काठमाडौँ, । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तस्थित डेरा इस्माइल खान जिल्लामा रहेको करिब २०० वर्ष पुरानो ऐतिहासिक रामलीला मन्दिर...