Skip to main content

नयाँ तृष्णा

सर्प उद्वारकर्मी कार्कीलाई नै सर्पले डस्दा घाइते

[adsforwp id="2511"]

असार १४, मेचीनगर।

सर्पको उद्वारमा खटिएका उद्वारकर्मी मुन्ना कार्कीलाई सर्पले डस्दा घाइते भएका छन् । आज दिउँसो साढे १ वजे मेचीनगर–६, पुरानो भन्सार स्थित आफ्नै घरमा सर्प राखेको बट्टा परिवर्तन गर्ने क्रममा कार्कीलाई गोमन सर्पले डस्दा घाइते भएका हुन् ।

मेची चरा तथा वन्यजन्तु संरक्षण समाजका अध्यक्ष देबेन्द्रकुमार खरेलले सर्प उद्वारकर्मी कार्कीले हिजो समातेका सर्पहरु सुरक्षित ठाउँमा लाने तयारी गर्दा एउटा बट्टामा राखिएको सर्प अर्को बट्टामा सार्ने क्रममा गोमन सर्पले देब्रे हातको साईली औँलामा डसेको जानकारी दिए ।

डस्ने वित्तिकै कार्कीलाई चारआली स्थित सर्पदंश उपचार केन्द्रमा लगेको उनले बताए । ‘उनको अवस्था अहिले सामान्य हुँदै गएको छ’, खरेलले भने–‘विशालु सर्पले डसेका कारण ४/५ दिन अझै लाग्छ ।’

खरेलले आर्थिक अवस्था कमजोर भएका कार्कीको उपचार खर्चमा समस्या हुने भएकाले सबैसँग सहयोगको अपील समेत गरेका छन् ।

कार्कीले विहीबार मेची भन्सार कार्यालय काँकरभिट्टा परिसरमा समातेको गोमन सर्प र त्यस्तै मेचीनगर–६ कै कालीखोला पारी अर्को सर्प पनि समातेका थिए । भन्सारमा समातेको गोमन सर्पले कार्कीलाई डसेको खरेलको भनाई छ ।

कुनै पनि व्यक्तिले सर्प आएको जानकारी दिनसाथ कार्की उक्त ठाउँमा तुरुन्त पुगेर सर्प समातेर उद्वार गर्ने गर्थे ।

सर्प समात्नमा मायुर कार्कीलाई आज सर्पले नै डस्दा नगरवासी दुःखित बनेका छन् । स्थानीयले उनको स्वास्थ्य लाभको कामना समेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

यूएईलाई हराउँदै नेपाल प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट

यूएईलाई हराउँदै नेपाल प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट

काठमाडौं । नेपाल एसीसी प्रिमियर कपको विजेता बन्दै एसिया कपका लागि छनोट भएको छ । शनिबार भएको फाइनलमा यूएईलाई पराजित गर्दै नेपाल एस...
भोटेकोशी बाढी : १ हजार ३८४ शव फेला, ४ हजार ८९ बेपत्ता

भोटेकोशी बाढी : १ हजार ३८४ शव फेला, ४ हजार ८९ बेपत्ता

काठमाडौं । भोटेकोशी बाढीपछि शुक्रबार १७ः०० बजेसम्म १ हजार ३ सय ८४ जनाको शव फेला परेको छ । रसुवा, नुवाकोट, धादिङ, चितवन, गोरखा,...
प्रेस युनियन खोटाङको अध्यक्षमा चिसाङ शेर्पा सर्वसम्मत

प्रेस युनियन खोटाङको अध्यक्षमा चिसाङ शेर्पा सर्वसम्मत

खोटाङ।   नेपाल प्रेस युनियन खोटाङको अध्यक्षमा चिसाङ शेर्पा सर्वसम्मत चयन हुनुभएको छ । प्रेस युनियन खोटाङको शुक्रबार ...
प्रधानमन्त्री वालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत

प्रधानमन्त्री वालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत

काठमाडौँ — प्रधानमन्त्री वालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत गरिएको छ ।  बिहीबारको मन्त्रिपरिषद् बैठकले असोज ६ देखि १० सम्म संय...