११ आश्विन , झापा । कोशी प्रदेशका बिभिन्न स्थानमा तीन दिनदेखिको जारी अविरल वर्षाका कारण जनजीवन प्रभावित भएको छ। अविरल वर्षाका कारण इलाम,पाँचथर, ताप्लेजुङलगायतका हिमाली तथा पहाडी जिल्लाका सडकहरू अवरुद्ध बनेका छन्। सडक भत्किएका कारण यातायातका साधन चल्न सकेका छैनन् । झापाको बिर्तामोडकाे बिर्ताबजार, सैनिकमाेड र बिराटपाेखरीलगायतकाे आसपासका घर, पसल, कलकारखाना, अस्पतालगरि ५० भन्दाबढी डुवानमा परेको छ । जेसेवीले आसपासका डुवान पानीलाई तर्काउने काम गरिएको छ । भारी वर्षाका कारण प्रदेशका कतिपय स्थानीय तहले सामुदायिक तथा संस्थागत विद्यालयको पठनपाठन स्थगित गरेका छन्। निजी विद्यालयको छाता संगठन प्याव्सन, एन प्याव्सनले पनि विद्यालय बन्द गराएका छन् कोशी प्रदेशअन्तर्गत तराईका झापा, मोरङ र…
७ आश्विन, काठमाडौँ । इजरायलले लेबनानमा रहेको हिजबुल्लाह लक्ष्यहरूमा ठूलो मात्रामा आक्रमण गरेको छ । इजरायलले लेबनानका मानिसहरूलाई सुरक्षित रहन हिजबुल्लाह लक्ष्यहरूबाट टाढा जान आग्रह गरेको छ । लेबनानको स्वास्थ्य मन्त्रालयले सोमबारदेखि दक्षिणी लेबनानका सहर र गाउँहरूमा भएका आक्रमणमा कम्तीमा १०० जनाको मृत्यु भएको जनाएको छ । लेबनानको पब्लिक हेल्थ इमर्जेन्सी अपरेशन सेन्टरले पनि यी आक्रमणमा बालबालिका र महिलासहित ४०० भन्दा बढी व्यक्ति घाइते भएको एक विज्ञप्तिमा जनाएको छ । इजरायली रक्षा बलका प्रवक्ता रियर एडमिरल ड्यानियल हगारीले यसअघि सेनाले लेबनानमा ठूलो मात्रामा र सटीक आक्रमण गर्ने बताएका थिए । हगारीले मानिसहरूलाई आफ्नो सुरक्षाको लागि हिजबुल्लाह लक्ष्यहरू नजिक नजान आग्रह…
६ आश्विन, झापा । ओमानमा कार्यरत झापाकी एकजना महिलाको सडक दुर्घटनामा मृत्यु भएको छ । निज्वा इज्की रोडमा गत आइतबार भएको दुर्घटनामा समिता बुढाथोकीको मृत्यु भएको राजधानी मस्कटस्थित नेपाली दूतावासले जनाएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका घर भएका नरबहादुर सारुले चलाएको कार दुर्घटना हुँदा झापाकी बुढाथोकीसँगै सारुको पनि मृत्यु भएको हो । एक्कासी अनियन्त्रित भई दुर्घटना हुँदा दुवैजनाको मृत्यु भएको दूतावासले जनाएको छ । समिता वारदात अल साब अलधब्या हिना एन्ड ब्युटी सेन्टरमा हेयर स्ट्यालिस्टको रुपमा काम गर्थिन् । उनी दुई वर्षअघि मात्र त्यहाँ गएकी थिइन् । कानुनी प्रक्रिया पूरा गरी समिताको शव नेपाल पठाउने प्रक्रियामा रहेको दूतावासले जानकारी दिएको…
४ आश्विन , काठमाडौं । पृथ्वीले सानो चन्द्रमा पाएको छ । यो करिब साढे दुई महिना पृथ्वीको वरिपरि घुम्नेछ । यो समयले यसको गुरुत्वाकर्षण शक्तिलाई राम्रोसँग बुझ्न मद्दत गर्नेछ। यो चन्द्रमा वास्तवमा एउटा क्षुद्रग्रह हो, जसको नाम २०२४ पीटी ५ हो। यो ७ अगस्टमा पत्ता लागेको थियो । यसको व्यास लगभग १० मिटर छ। यो क्षुद्रग्रह सेप्टेम्बर ९ देखि पृथ्वीको कक्षमा परिक्रमा गरिरहेको छ र आगामी ७७ दिन अर्थात नोभेम्बर २५ सम्म यो क्रम जारी रहनेछ । वास्तवमा, यो क्षुद्रग्रह चन्द्रमा जस्तै पृथ्वीको वरिपरि घुमिरहेको छ, त्यसैले यसलाई मिनी मुन नाम दिइएको छ। यसको गति निकै कम भएकाले यो क्षुद्रग्रहले…
४ असाेज , झापा । पासाङ्ग ल्हामु स्मृति जेसिस सामुदायीक सभाहल धुलावारीमा भएको जैतुन छाँया सिजन ३ एपिसाेड २ काे कार्यक्रममा स्थानीय पत्रकारमाथि अपमान भएको छ । आयाेजकबाट यस जैतुन छाँयाकाे आफ्नै मिडिया पाटनर भएको, क्वालिटीयूक्त क्यामेरा भएकोले स्थानीय पत्रकारलाई माेबाइलबाट फाेटाे भिडियो खिचेर कुनै पनि न्यूज पेजमा पाेष्ट नगर्न, स्टेजमा चढ्न समेत बन्देज छ भन्दै अपमानित गरेको हाे । असार २४ गते बिर्तामोड नगर ईसाई समाज जवान संगतीको आयोजनामा हुन गएको जैतुन छाँया सिजन–३ एपिसोड–२ कन्सर्ट बिर्तामोडको पपुलर होटलको सभाहलमा भएको भेटघाट तथा पत्रकार सम्मेलनमा स्थानीय पत्रकारलाई असाेज ३ गते हुने जानकारी गराएका थिए । त्यस यता स्थानीय अनलाइन…
२ असाेज, झापा । जैतुन छाँया लाइभ कन्सर्ट (सिजन–३ एपिसोड–२ ) पासाङ्ग ल्हामु स्मृति जेसिस सामुदायीक सभाहल धुलावारीमा हुने भएको छ । भाेलि बिहीबार हुने निश्चित भएको हुँदा कन्सर्ट लागि प्रमुख व्यक्तित्व नेपाली ईसाई जगतका प्रख्यात गायक एड्रिन देवान तथा द सोजुनर्स ब्याण्ड बिर्तामोड आइपुगेका छन् । ब्याण्डका प्रमुख व्यक्तित्व एड्रिन देवानले आराधना र सुसमाचारिय आत्मिक कन्सर्ट भएको बताएका छन् । र याे कार्यक्रम फलदायी र आशिषमय हुने उनको भनाइ छ । जैतुन छाँयाले ख्रीष्टिय आत्मिक ज्ञान, अनन्तकाे सत्यताहरुकाे शब्द संगीत र स्तुतिगानको उत्कृष्ट प्रस्तुतीद्वारा आजको बिकृतिले जगडिएकाे संसारीक सन्जालहरुबाट ख्रीष्टकाे प्रेमको उत्कृष्ट साैगातहरु जवानहरुमा पस्कनु हाम्रो उद्देश्य रहेको छ…
१ असोज, मेचीनगर । झापा मेचीनगरका युवा जयराम दाहालले आइल्याण्ड पिक हिमालको सफल आरोहण गर्नु भएको छ । मेचीनगर १५ ज्यामिरगढीका दाहालले १७ सेम्टेम्बर अर्थात असोज १ गते आज बिहान उक्त हिमालको सफल आरोहण गर्न सफल हुुनु भएको हो । सोलुखुम्बु जिल्लाको सगरमाथा हिमाल क्षेत्रमा नै रहेको ६ हजार एक सय ६५ मिटर उचाईको आइल्याण्ड पिक हिमालको टुप्पोमा आज विहान ९ः३० बजे पुग्न सफल भएको दाहालले सेतोपत्रलाई बताउनु भयो । २७ बर्षे युवा दाहालले आइल्याण्ड पिक हिमालको सफल आरोहणका लागि १४ दिन लागेको वहाँले बताउनु भयो । भदौ १९ गते हिमाल आरोहणका लागि सुरुवात गर्नु भएका दाहाल असोज १ गते शिखरमा…
३० भाद्र, काठमाडौं । नेपाल आयल निगमले इन्धनको मुल्य घटाएको छ । निगमको आइतबार बसेको संचालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ४ र डिजल तथा मट्टीतेलमा प्रतिलिटर ५ रुपैयाँ घटाएको हो । निगमले घटेको मुल्य आज राति १२ बजेदेखि लागि हुने निगमले जनाएको छ । नयाँ मुल्य अनुसार अब काठमाडौँमा पेट्रोलको प्रति लिटर १५९ र डिजल तथा मट्टीतेलको प्रति लिटर १४९ रुपैयाँ पर्ने भएको छ ।
२७ भाद्र, झापा । प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेतलाई पक्राउ गर्ने प्रहरी प्रयासप्रति प्रेस चौतारी झापाले गम्भीर आपत्ति जनाएको छ । अनलाइन न्यूज पोर्टलमा प्रकाशित समाचारको विषयलाई लिएर प्रहरीले बिहीबार धरपकड गर्दै जबरजस्ती पक्राउ गर्न खोजेको प्रति प्रेस चौतारी नेपाल, झापा गम्भीर आपत्ति जनाएको हो । काठमाडौंको बागबजारस्थित होटल हार्दिकमा संगठनको कार्यक्रम भइरहेको बेला आज दिउँसो ४ बजेतिर नेपाल प्रहरीको केन्द्रीय साइबर व्यूरोको अधिकारी भन्दै सादा पोशाकका प्रहरीले अध्यक्ष बस्नेतलाई पक्राउ गर्न खोजेकोमा कार्यक्रममा उपस्थित पत्रकारहरुले सामूहिक रुपमा प्रतिवाद गरेपछि प्रहरीको टोलीले अध्यक्ष बस्नेतलाई पक्राउ गर्ने प्रयास विफल भएको थियो । पत्रकारिता क्षेत्रलाई राज्यले चौथो अंगको रुपमा स्वीकार…
२५ भाद्र, काठमाडौं । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले फेरि अनशन सुरु गरेका छन् । निषेधित क्षेत्रमा अनशन बसेको भन्दै केही समयअघि उनलाई प्रहरी नियन्त्रण लिएको थियो । प्रहरीले उनलाई गाडीमा टन्कीसिन्वारीको घरसम्म छाडेर फर्किएको थियो । लगत्तै उनी निजी गाडी चढेर अनशन बस्न विराटनगर आएका थिए । उनी अहिले विराटनगरको देवकोटा चोकमा अनशन बसेका छन् ।