Skip to main content

नयाँ तृष्णा

Breaking News 1

गाई काटेर मारेको आरोपमा तीन भुटानी शरणार्थी र एक महिला पक्राउ

गाई काटेर मारेको आरोपमा तीन भुटानी शरणार्थी र एक महिला पक्राउ

२३ भाद्र, झापा । एक हप्ताअघि दमकमा गाई काटेर मारेको आरोपमा प्रहरीले एक महिलासहित चार जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाले उक्त घटनाको अनुसन्धान गर्ने क्रममा प्रहरीले चार जनालाई शुक्रबार पक्राउ गरेर आइतबार सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा दमक–२ बेलडाँगी स्थित भुटानी शरणार्थी शिविर क्याम्प नम्बर २ छाप्रो नम्बर ३३२ मा बस्ने वर्ष ४४ को प्रेमबहादुर विष्ट, दमक–३ बेलडाँगी स्थित भुटानी शरणार्थी शिविर क्याम्प क्याम्प नं. ३ छाप्रो नम्बर ए३–२०८ बस्ने बस्ने वर्ष ३८ का खगेन्द्र दुलाल, दमक–३ बेलडाँगी स्थित भुटानी शरणार्थी शिविर क्याम्प क्याम्प नं. ३ छाप्रो नम्बर ए२–१२० बस्ने वर्ष ३२…
Read More
झापा जिल्लामा मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १८ औं राष्ट्रिय दिवस सम्पन्न

झापा जिल्लामा मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १८ औं राष्ट्रिय दिवस सम्पन्न

२० भदौ, मेचीनगर । हरेक वर्षको २० गते नेपालमा मानव बेचबिखन तथा ओसारपसार विरुद्धको राष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाईन्छ । झापा जिल्लाले आज विहिबार १८ औं राष्ट्रिय दिवस विभिन्न कार्यक्रमकासाथ मेचीनगरमा “तीनै तहका सरकारको प्रतिवद्धता ः मानव बेचबिखन विरुद्ध सबैको ऐक्यवद्धता” भन्ने राष्ट्रिय नाराका साथ जिल्ला प्रशासन कार्यालय झापाले कारितास नेपालको संयोजन र मेची सामुदायिक सेवा केन्द्र,माइती नेपाल,साहसी महिला नेपाल, आफन्त नेपाल, साना हातहरु नेपाल,नव अभियान नेपाल,शक्ति समूह नेपाल,एबिसी नेपाल,एकल महिला जिल्ला समिति झापा र इलाका प्रहरी कार्यालय काँकरभिट्टागरी दश सरोकारवाला संघ–संस्थाको सहकार्यमा आयोजनामा बिभिन्न कार्यक्रम भएको थियो । अन्तरक्रियामा इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायव उपरीक्षक मिमबहादुर लामाले…
Read More
कोशीमा प्रदेश निजामती सेवा ऐन संशोधन विधेयक सर्वसम्मतले पारित

कोशीमा प्रदेश निजामती सेवा ऐन संशोधन विधेयक सर्वसम्मतले पारित

१९ भाद्र, विराटनगर। कोशी प्रदेशसभा बैठकबाट प्रदेश निजामती सेवा ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक पारित भएको छ । बुधबारको प्रदेशसभा बैठकमा संशोधन प्रस्ताव दर्ता गरेका सांसदले संशोधन फिर्ता लिएपछि प्रदेशसभाबाट विधेयक पारित भएको हो । नेकपा माओवादी केन्द्रका सांसद गोम्बु शेर्पा र गणेश उप्रेतीले संयुक्त रुपमा संसोधन प्रस्ताव दर्ता गरेका थिए । कांग्रेस प्रमुख सचेतक गोपाल तामाङ र एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारीले संयुक्त रुपमा संशोधन प्रस्ताव दर्ता गरेका थिए । नेकपा एमाले सांसद इन्द्रमणी पराजुली र निरन राई, नेकपा एकिकृत समाजवादीको तर्फबाट कमलप्रसाद जवेगूले विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गरेका थिए । सरकारले राजनीतिक सहमतिका आधारमा पारित गर्ने…
Read More
मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १८ औं राष्ट्रिय दिवस मनाइँदै

मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १८ औं राष्ट्रिय दिवस मनाइँदै

  - होमराज राई, १८ भाद्र , मेचीनगर । मानव बेचबिखन विरुद्धको १८ औं राष्ट्रिय दिवस विभिन्न चेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । यो वर्ष ‘तीनै तहको सरकारको प्रतिवद्वता : मानव बेचविखन बिरुद्ध सबैको एक्यवद्वता´ भन्ने मूल नाराका साथ मानव बेचबिखन विरुद्धको राष्ट्रिय दिवस भाद्र २० गते बिहिबारका दिन हुने भएको छ । “मानव बेचबिखन तथ ओसारपसार बिरुद्धको १८ औं राष्ट्रिय दिवस २०८१ को सन्दर्भमा आयोजित अन्तरक्रियामा हामी,” नामक बिषयमा कार्यक्रम हुने भएको हाे । यसै अवसरमा झापामा मेचीनगर स्थित काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको सभाहलमा भब्य र सभ्यताकासाथ हुने यो कार्यक्रम अति रोचक र बैज्ञानिकपरिप्रेक्ष्यढङ्गबाट हुने भएकाले समाज रुपान्तरणको…
Read More
प्रकाश तामाङले बालुवाटार पुगेर भेटे प्रधानमन्त्री

प्रकाश तामाङले बालुवाटार पुगेर भेटे प्रधानमन्त्री

१८ भाद्र, काठमाडौं । प्रकाश तामाङ ‘काले’ ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट गरेका छन्। सोमबार साँझ प्रकाशले प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री ओलीलाई भेट गरेका हुन्। ‘हेर्ने कथा’ बाट आफ्नो परिवारको सम्पर्कमा पुगेका प्रकाशलाई आइतबार प्रशासनका अधिकारीले प्रकाशलाई उनको घर भोजपुर षडानन्द नगरपालिका-१० छाप्लेगाउँ (साम्पाङ) मा पुगेर नागरिकता दिइसकेका छन्। प्रधानमन्त्री ओलीले प्रकाशको नागरिकता बनिसकेकाले अब उनलाई अन्य कुरामा पनि सहज हुने बताएका छन्।
Read More
परिवार भेटेका प्रकाश मोक्तानलाई घरमै लगेर दिइयो नागरिकता

परिवार भेटेका प्रकाश मोक्तानलाई घरमै लगेर दिइयो नागरिकता

  १६ भाद्र, झापा  । युट्युब कार्यक्रम ‘हेर्ने कथा’ मार्फत चर्चामा आएका प्रकाश मोक्तानलाई घरमै नागरिकता दिइएको छ। भोजपुरको षडानन्द नगरपालिकाका मेयर सुरेन्द्र उदासले आइतबार प्रकाशलाई नागरिकता हस्तान्तरण गरेका हुन्। प्रकाशलाई नागरिकता दिने बेलामा वडाध्यक्ष प्रेम दोर्जी शेर्पा, इलाका प्रशासन कार्यालयका प्रमुख विनोद ज्ञवाली, र नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत मोहन चापागाईं समेत उपस्थित थिए। प्रकाशले हेर्ने कथामा प्रसारण भएको ‘हराएका वर्षहरू’को पात्र बनेर ३५ वर्षपछि आफ्नो परिवारसँग पुनर्मिलन गरेका थिए। उनी गोरखाबाट भोजपुर फर्किएपछि नागरिकता दिइएको हो। ‘हेर्ने कथा’ मार्फत् वर्षअघि परिवार भेटेका प्रकाशको कथाले धेरैलाई भावुक बनाएको छ । त्यसपछि दशैँ तिहारको अवसरमा भोजपुर गएका प्रकाश फेरि गोरखाको चुमभ्याली…
Read More
पारा ओलम्पिकमा नेपालकी पलेशाले जितिन् ऐतिहासिक काँस्य पदक

पारा ओलम्पिकमा नेपालकी पलेशाले जितिन् ऐतिहासिक काँस्य पदक

१५ भाद्र, काठमाडौँ । नेपालकी पलेशा गोवर्धनले पेरिस पारा ओलम्पिकमा ऐतिहासिक कांस्य पदक जितेकी छन्। पलेशाले पेरिसस्थित ग्रान्ड प्यालेसमा शुक्रबार राति के–४४ विधाअन्तर्गत महिला ५७ केजी तौल समूहबाट कांस्य जित्दै इतिहास रचेकी हुन्। उनी कुनै पनि ओलम्पिकमा पदक जित्ने पहिलो नेपाली खेलाडी बन्न सफल भएकी छन्। पलेशाले रिपिचेजको दोस्रो खेलमा सर्बियाकी मरिजा मिचेभलाई १५–८ स्कोरले हराएर कांस्य पदक जितेकी हुन्। रिपाचेजको पहिलो खेलमा फ्रान्सकी सोफी काभरजानलाई २-१ को स्कोरमा पराजित गरेकी थिइन्। सेमिफाइनलमा भने पलेशा विश्व नम्बर एक खेलाडी ब्राजिलकी सिल्भाना मायारा कार्डोस फरनान्डेजसँग १०-८ ले पराजित भइन्। त्यसअघि शुक्रबार नै उनले क्वार्टरफाइनलमा भेनेजुएलाकी भलेरिया मोराल्सलाई ३१-० को फराकिलो अन्तरले पराजित…
Read More
नेपालमा भ्रष्टाचार पक्षधर विरुद्धको अन्तिम युद्ध गर्ने, माओवादी नेता तामाङ

नेपालमा भ्रष्टाचार पक्षधर विरुद्धको अन्तिम युद्ध गर्ने, माओवादी नेता तामाङ

१४ भाद्र, मेचीनगर । माओवादी केन्द्रका केन्द्रीय सदस्य रन्जित तामाङले अब माओवादी केन्द्रले नेपालमा भ्रष्टाचार पक्षधर विरुद्धको अन्तिम युद्ध गर्ने बताएका छन् ।  योङ कम्युनिस्ट लिग नेपाल मेचीनगरको सातौं सम्मेलनको प्रमुख अतिथिको रूपमा सम्बोधन गर्ने क्रममा केन्द्रीय सदस्य तामाङले माओवादीको क्रान्तिबाट ब्यवस्था बदलेको र अब अवस्था बदल्न भ्रष्टाचार विरुद्ध अन्तिम संघर्ष गर्नुपर्ने बताएका हुन् । युवा नेता तामाङले सबै भ्रष्टाचार जोगाउन र भ्रष्टाचारीलाई उन्मुक्ति दिन एमाले-काङ्ग्रेस गठबन्धन भएको भन्दै समाजका टोलटोल र केन्द्रमा भएको भ्रष्टाचारलाई परास्त गर्दै सुशासनका लागि संघर्ष हुने बताएका थिए । अवस्था बदल्नका लागि युवाको ढुकढुकी `वाइसीएल´ महत्त्वपुर्ण योगदान हुनुपर्नेमा जोड दिएका थिए । उनले भने, अब…
Read More
योङ कम्युनिष्ट लिग नेपाल मेचीनगरको अध्यक्षमा दिपक राई

योङ कम्युनिष्ट लिग नेपाल मेचीनगरको अध्यक्षमा दिपक राई

१४ भाद्र, मेचीनगर । योङ कम्युनिष्ट लिग नेपाल मेचीनगरको अध्यक्षमा दिपक राईसहित ५१ सदस्यीय नयाँ कार्यसमिति गठन भएको छ । नेपाल मेचीनगरको सातौं सम्मेलनबाट उपाध्यक्ष राजेश गुरुङ, दीपेश मेचे, रिजेश कार्की, सचिवमा सुबम खड्का सहसचिवमा बरुण राजबंशी, रमेश बाँस्तोला, उपाध्यक्ष रन्जिना वर्देवा सर्वसम्मत भएका हुन् । त्यसैगरी देबेन्द्र दाहाल, रबिन पराजुली, राम राजबंशी, बिष्णु, भट्टराई, लक्ष्मी आचार्य, तुलसी आचार्य, हेम थापा लगायत सदस्यमा चयन भएका छन् ।  राजु निरौलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा  माओवादी केन्द्रका केन्द्रिय सदस्यीय रन्जित तामाङ, झापा संयोजक राजु आचार्य अग्नि, सचीव मोहन टुडु, वाइसीएलका जिल्ला इन्चार्ज निशान मगार, प्रदेश सदस्य प्रकाश भण्डारी, डिल्लीराम घिमिरेलगायतले सम्बोधन गरेको कार्यक्रममा…
Read More
माओवादी युद्धकालकै बम छुटेकाे अनुमान: पाँचथरमा ग्रिनेड पड्किँदा एकै घरका दुई नाबालकको मृत्यु

माओवादी युद्धकालकै बम छुटेकाे अनुमान: पाँचथरमा ग्रिनेड पड्किँदा एकै घरका दुई नाबालकको मृत्यु

१४ भदौ, झापा । पाँचथरको फालेलुङ गाउँपालिका–५ मा ग्रिनेड विष्फोट हुँदा एकै घरका दुई नाबालकको मृत्यु भएको छ । पाँचथरका प्रहरी नायव उपरीक्षक हेमन्त भण्डारी क्षेत्रीका अनुसार दिलिप साँवाकी अढाइ वर्षीया छोरी प्रिन्सा र ११ वर्षीय छोरा दिप्सनको मृत्यु भएको हो । प्रिन्साको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटैमा र दिप्सनको इलाममा मृत्यु भएको हो । आइतराज केरुङको घरमा बिहीबार साढे ३ बजेतिर बम विष्फोट भएको थियो । दिलिपको परिवार केरुङको घरमा बस्दै आएको थियो । विष्फोटमा उनका चार छोरा–छोरी घाइते भएका थिए । घाइतेमध्ये प्रिन्सा र दिप्सनको मृत्यु भएको हो । ९ वर्षीय छोरा पवन र अर्का एक बालकको…
Read More