Skip to main content

नयाँ तृष्णा

नेपालमा भ्रष्टाचार पक्षधर विरुद्धको अन्तिम युद्ध गर्ने, माओवादी नेता तामाङ

[adsforwp id="2511"]

मेचीनगर । माओवादी केन्द्रका केन्द्रीय सदस्य रन्जित तामाङले अब माओवादी केन्द्रले नेपालमा भ्रष्टाचार पक्षधर विरुद्धको अन्तिम युद्ध गर्ने बताएका छन् ।  योङ कम्युनिस्ट लिग नेपाल मेचीनगरको सातौं सम्मेलनको प्रमुख अतिथिको रूपमा सम्बोधन गर्ने क्रममा केन्द्रीय सदस्य तामाङले माओवादीको क्रान्तिबाट ब्यवस्था बदलेको र अब अवस्था बदल्न भ्रष्टाचार विरुद्ध अन्तिम संघर्ष गर्नुपर्ने बताएका हुन् ।

युवा नेता तामाङले सबै भ्रष्टाचार जोगाउन र भ्रष्टाचारीलाई उन्मुक्ति दिन एमाले-काङ्ग्रेस गठबन्धन भएको भन्दै समाजका टोलटोल र केन्द्रमा भएको भ्रष्टाचारलाई परास्त गर्दै सुशासनका लागि संघर्ष हुने बताएका थिए । अवस्था बदल्नका लागि युवाको ढुकढुकी `वाइसीएल´ महत्त्वपुर्ण योगदान हुनुपर्नेमा जोड दिएका थिए । उनले भने, अब जनयुद्धबाट आमनागरिकले अधिकार पाएका छन्, त्यहीँ अधिकारलाई सुनिश्चित गर्न पुनः माओवादी पार्टीमा २०६४  दोहोरिँने छ ।´देश भ्रष्टाचारको फोहोरै फोहोरले डङुर बनेको छ  त्यसलाई वाइसीएलले सफा गर्दै भ्रष्टाचाररहित समाज निर्माण गर्न अघि बड्न निर्देशन दिएका थिए ।

महाभारतको सत्यताको बिषयको उदाहरण दिँदै नेता तामाङले भने,` सरकारको नेतृत्वमा रहँदा माओवादीले भ्रष्टाचारविरुद्ध गरेको काम र सहासपछि काङ्ग्रेस-एमालेका नेताभित्र भ्रष्टाचार देखिँएपछी त्यसको संरक्षण गर्न माओवादी प्रतिपक्षमा बसेको हो, अब संगठनमा कतिजना भन्दापनि कुन धरातलमा छ भन्ने बिषय मुख्य हुनेछ, त्यसका लागि सत्य नै महान् हुन्छ ।´ माओवादी अरुभन्दा २ स्टेप हिड्ने पार्टी भएकाले देशभरका करिब १ करोड २४ लाख युवालाई माओवादीमय बनाउने योजना  बनाउने रहेको छ ।

देशको सबै भन्दा ठूलो सत्रु भ्रष्टाचार भएको उनको भनाई थियो । प्रतिनिधि सभामा `हिंसा´को बिषयमा उठेको प्रशङ्गमा उनले माओवादीको जनयुद्धलाई हिंसा भन्ने हो २०२८ सालमा झापा बिद्रोहलाई पनि हिंसा भन्ने हुन्छ भन्ने प्रश्न गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काँकरभिट्टामा कात्तिक १७ गते श्रम संस्कृति पार्टीको जनसभा, अध्यक्ष हर्क साम्पाङ सहभागी हुने

काँकरभिट्टामा कात्तिक १७ गते श्रम संस्कृति पार्टीको जनसभा, अध्यक्ष हर्क साम्पाङ सहभागी हुने

झापा, काँकरभिट्टा। श्रम संस्कृति पार्टीले आगामी कात्तिक १७ गते झापाको पूर्वी प्रवेशद्वार काँकरभिट्टामा जनसभा तथा विशेष कार्यक...
लुला चौथो कार्यकालका लागि ब्राजिलको राष्ट्रपतिमा निर्वाचित

लुला चौथो कार्यकालका लागि ब्राजिलको राष्ट्रपतिमा निर्वाचित

काठमाडौँ। ब्राजिलका वामपन्थी नेता लुइज इनासियो लुला डा सिल्भा चौथो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएका छन्। दोस्रो चरण...
फिलिपिन्समा दुई ट्रेनिङ विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु

फिलिपिन्समा दुई ट्रेनिङ विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु

काठमाडौं । फिलिपिन्समा शुक्रबार तालिमका क्रममा वायुसेनाका दुईवटा विमान एक-आपसमा ठोक्किएका छन्। यस दुर्घटनामा दुवै विमानमा सवार चा...
पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउने प्रयासप्रति विश्व हिन्दु परिषद् नेपालको कडा आपत्ति

पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउने प्रयासप्रति विश्व हिन्दु परिषद् नेपालको कडा आपत्ति

काठमाडौँ, । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तस्थित डेरा इस्माइल खान जिल्लामा रहेको करिब २०० वर्ष पुरानो ऐतिहासिक रामलीला मन्दिर...