Skip to main content

नयाँ तृष्णा

नेपालमा भ्रष्टाचार पक्षधर विरुद्धको अन्तिम युद्ध गर्ने, माओवादी नेता तामाङ

[adsforwp id="2511"]

मेचीनगर । माओवादी केन्द्रका केन्द्रीय सदस्य रन्जित तामाङले अब माओवादी केन्द्रले नेपालमा भ्रष्टाचार पक्षधर विरुद्धको अन्तिम युद्ध गर्ने बताएका छन् ।  योङ कम्युनिस्ट लिग नेपाल मेचीनगरको सातौं सम्मेलनको प्रमुख अतिथिको रूपमा सम्बोधन गर्ने क्रममा केन्द्रीय सदस्य तामाङले माओवादीको क्रान्तिबाट ब्यवस्था बदलेको र अब अवस्था बदल्न भ्रष्टाचार विरुद्ध अन्तिम संघर्ष गर्नुपर्ने बताएका हुन् ।

युवा नेता तामाङले सबै भ्रष्टाचार जोगाउन र भ्रष्टाचारीलाई उन्मुक्ति दिन एमाले-काङ्ग्रेस गठबन्धन भएको भन्दै समाजका टोलटोल र केन्द्रमा भएको भ्रष्टाचारलाई परास्त गर्दै सुशासनका लागि संघर्ष हुने बताएका थिए । अवस्था बदल्नका लागि युवाको ढुकढुकी `वाइसीएल´ महत्त्वपुर्ण योगदान हुनुपर्नेमा जोड दिएका थिए । उनले भने, अब जनयुद्धबाट आमनागरिकले अधिकार पाएका छन्, त्यहीँ अधिकारलाई सुनिश्चित गर्न पुनः माओवादी पार्टीमा २०६४  दोहोरिँने छ ।´देश भ्रष्टाचारको फोहोरै फोहोरले डङुर बनेको छ  त्यसलाई वाइसीएलले सफा गर्दै भ्रष्टाचाररहित समाज निर्माण गर्न अघि बड्न निर्देशन दिएका थिए ।

महाभारतको सत्यताको बिषयको उदाहरण दिँदै नेता तामाङले भने,` सरकारको नेतृत्वमा रहँदा माओवादीले भ्रष्टाचारविरुद्ध गरेको काम र सहासपछि काङ्ग्रेस-एमालेका नेताभित्र भ्रष्टाचार देखिँएपछी त्यसको संरक्षण गर्न माओवादी प्रतिपक्षमा बसेको हो, अब संगठनमा कतिजना भन्दापनि कुन धरातलमा छ भन्ने बिषय मुख्य हुनेछ, त्यसका लागि सत्य नै महान् हुन्छ ।´ माओवादी अरुभन्दा २ स्टेप हिड्ने पार्टी भएकाले देशभरका करिब १ करोड २४ लाख युवालाई माओवादीमय बनाउने योजना  बनाउने रहेको छ ।

देशको सबै भन्दा ठूलो सत्रु भ्रष्टाचार भएको उनको भनाई थियो । प्रतिनिधि सभामा `हिंसा´को बिषयमा उठेको प्रशङ्गमा उनले माओवादीको जनयुद्धलाई हिंसा भन्ने हो २०२८ सालमा झापा बिद्रोहलाई पनि हिंसा भन्ने हुन्छ भन्ने प्रश्न गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

यूएईलाई हराउँदै नेपाल प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट

यूएईलाई हराउँदै नेपाल प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट

काठमाडौं । नेपाल एसीसी प्रिमियर कपको विजेता बन्दै एसिया कपका लागि छनोट भएको छ । शनिबार भएको फाइनलमा यूएईलाई पराजित गर्दै नेपाल एस...
भोटेकोशी बाढी : १ हजार ३८४ शव फेला, ४ हजार ८९ बेपत्ता

भोटेकोशी बाढी : १ हजार ३८४ शव फेला, ४ हजार ८९ बेपत्ता

काठमाडौं । भोटेकोशी बाढीपछि शुक्रबार १७ः०० बजेसम्म १ हजार ३ सय ८४ जनाको शव फेला परेको छ । रसुवा, नुवाकोट, धादिङ, चितवन, गोरखा,...
प्रेस युनियन खोटाङको अध्यक्षमा चिसाङ शेर्पा सर्वसम्मत

प्रेस युनियन खोटाङको अध्यक्षमा चिसाङ शेर्पा सर्वसम्मत

खोटाङ।   नेपाल प्रेस युनियन खोटाङको अध्यक्षमा चिसाङ शेर्पा सर्वसम्मत चयन हुनुभएको छ । प्रेस युनियन खोटाङको शुक्रबार ...
प्रधानमन्त्री वालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत

प्रधानमन्त्री वालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत

काठमाडौँ — प्रधानमन्त्री वालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत गरिएको छ ।  बिहीबारको मन्त्रिपरिषद् बैठकले असोज ६ देखि १० सम्म संय...