Skip to main content

नयाँ तृष्णा

स्थानीय पत्रकारमाथि अपमान, जैतुन छाँयाकाे आफ्नै मिडिया छ , क्वालिटी यूक्त क्यामेरा छ: आयोजक

[adsforwp id="2511"]

४ असाेज ,

झापा । पासाङ्ग ल्हामु स्मृति जेसिस सामुदायीक सभाहल धुलावारीमा भएको जैतुन छाँया सिजन ३ एपिसाेड २ काे कार्यक्रममा स्थानीय पत्रकारमाथि अपमान भएको छ ।

आयाेजकबाट यस जैतुन छाँयाकाे आफ्नै मिडिया पाटनर भएको, क्वालिटीयूक्त क्यामेरा भएकोले स्थानीय पत्रकारलाई माेबाइलबाट फाेटाे भिडियो खिचेर कुनै पनि न्यूज पेजमा पाेष्ट नगर्न, स्टेजमा चढ्न समेत बन्देज छ भन्दै अपमानित गरेको हाे ।

असार २४ गते बिर्तामोड नगर ईसाई समाज जवान संगतीको आयोजनामा हुन गएको जैतुन छाँया सिजन–३ एपिसोड–२ कन्सर्ट बिर्तामोडको पपुलर होटलको सभाहलमा भएको भेटघाट तथा पत्रकार सम्मेलनमा स्थानीय पत्रकारलाई असाेज ३ गते हुने जानकारी गराएका थिए ।

त्यस यता स्थानीय अनलाइन न्यूजहरुमा ४ पटकसम्म यस कार्यक्रम सम्बन्धि समाचार सम्प्रेषण भई सकेकाे थियोे ।

बाहिरबाट आएको जैतुन छाँया काे आफ्नै क्वालिटीयूक्त क्यामेरा छ । स्थानीय पत्रकारले माेबाइलबाट फाेटाे खिच्ने काम नगर्नु हाेला र त्यो फाेटाे र भिडियो न्यूज तथा पेजममा पाेष्ट नगर्नु भन्दै कार्यक्रम प्रस्ताेता तथा आयोजक सल्लाहकार पास्टर जाेयल भुजेलले माइकिङ गरेका थिए ।

अहिले माेबाइल पनि क्यामेरासंग प्रतिस्पर्धा गर्न सक्ने माेबाइल कम्पनीले बजारमा ल्याइसकेकाे छ । तर पनि सबैसंग त्यहाँसम्म पुग्ने आर्थिक क्षमता नहुन सक्छ ।
एउटा ठूलो क्यामेरा तेर्साउदैमा उ पत्रकार नहुन सक्छ , उ लाइभ भिडियो खिख्ने भिडियो ग्राफर मात्रै हुनसक्छ । भिडियो ग्राफर र पत्रकारमा फरक छ , पत्रकारसंग सूचना तथा प्रसारण बिभाग र प्रेस काउन्सिल नेपालकाे पूर्ण अधिकारमा सूचना तथ समाचार सम्प्रेषण गरिरहेको हुन्छ ।

प्रेस स्वतन्त्रताको हनन गर्न कसैलाई छुट छैन र पत्रकारले पनि पत्रकार आचारसंहितामा रहेर काम गर्न पर्ने हुन्छ ।

क्वालिटीकै कुरा गर्ने हाे भने त्यति ठूलाे बजेट खर्च गरेर, टिकट शाे प्राेग्राममा के क्वालिटि थियोे र ! नत कार्यक्रमहल ब्यबस्थित थियोे। दर्शकहरु गर्मीले लुथ्रूक्क भिजेको थियोे, बाहिर झ्यालबाट हेर्दा भित्रबाट बाफकाे रापहरु निस्किरहेकाे थियोे ।

स्थानीय ब्याण्डहरुलाई झापा जिल्लाले यत्तिकै सहयोग गर्ने हाे भने बेष्ट क्वालिटिमा कार्यक्रम गरिदिन्छ ।

झापाका पत्रकारहरु यस्ता कार्यहरुप्रति अब पुन नदाेहाेरियाेस् भन्ने आग्रह गरेका छन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
6
+1
0
+1
1
+1
5

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काँकरभिट्टामा कात्तिक १७ गते श्रम संस्कृति पार्टीको जनसभा, अध्यक्ष हर्क साम्पाङ सहभागी हुने

काँकरभिट्टामा कात्तिक १७ गते श्रम संस्कृति पार्टीको जनसभा, अध्यक्ष हर्क साम्पाङ सहभागी हुने

झापा, काँकरभिट्टा। श्रम संस्कृति पार्टीले आगामी कात्तिक १७ गते झापाको पूर्वी प्रवेशद्वार काँकरभिट्टामा जनसभा तथा विशेष कार्यक...
लुला चौथो कार्यकालका लागि ब्राजिलको राष्ट्रपतिमा निर्वाचित

लुला चौथो कार्यकालका लागि ब्राजिलको राष्ट्रपतिमा निर्वाचित

काठमाडौँ। ब्राजिलका वामपन्थी नेता लुइज इनासियो लुला डा सिल्भा चौथो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएका छन्। दोस्रो चरण...
फिलिपिन्समा दुई ट्रेनिङ विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु

फिलिपिन्समा दुई ट्रेनिङ विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु

काठमाडौं । फिलिपिन्समा शुक्रबार तालिमका क्रममा वायुसेनाका दुईवटा विमान एक-आपसमा ठोक्किएका छन्। यस दुर्घटनामा दुवै विमानमा सवार चा...
पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउने प्रयासप्रति विश्व हिन्दु परिषद् नेपालको कडा आपत्ति

पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउने प्रयासप्रति विश्व हिन्दु परिषद् नेपालको कडा आपत्ति

काठमाडौँ, । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तस्थित डेरा इस्माइल खान जिल्लामा रहेको करिब २०० वर्ष पुरानो ऐतिहासिक रामलीला मन्दिर...