बिर्तामोड । झापाको बिर्तामोड ३ स्थित रहेको बिराटपोखरी सरोवर बहुद्देश्यीय बिकास समितिको आठौ बार्षिक साधारण सभा सम्पन्न भएकोछ । आज विश्व हिन्दू महासंघ को भवनमा भएको बार्षिक साधारण सभाका प्रमुख अतिथि बिर्तामोड ३ का अध्यक्ष मदन बुढाथोकीले ब्यानर बाचन गरेर उद्घाटन गरेका थिए । संस्थाका अध्य्क्ष ईन्द्र प्रसाईंले आर्थिक बर्ष ०८०/ ०८१ को प्रगति बिबरण तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने स्वागत मन्तब्या अर्जुन उप्रेतीले गरेका थिए । प्रमुख अतिथि बुढाथोकीले संस्थालाई उन्नती र प्रगति तर्फ लान सबैको उत्तिकै भुमिका रहन्छ भन्दै संस्थाका लागि आफू निरन्तर लागीपरेको र आर्थिक पाटो का स्रोतहरु खोजिरहेको बताउनु भयो । आठौ बार्षिक साधारण…
झापा । भारतमा रहेको एक कम्पनीमा काम लगाइदिने भनी दार्चुलाका २० बर्षीय सिंहठगुन्ना आफूलाई पढाउने शिक्षकबाट २ लाख ठगीएको छ । भारतको सिलगुडी स्थित ग्लामाजोन लाइफस्टाईल नामक कम्पनीमा काम लगाइदिने बहनामा नेपालको बैतडी जिल्ला घर भएको शिक्षक भानसिहं धामीले काम लगाईदिने भनी ठगेको हो । बृद्धाअबश्थामा धेरै दुख गरेर आमाले जोह गरेको सुन बेचेको १ लाख र ऋण खोजेर १ लाखगरि जम्मा २ लाख छोराले राम्रो काम पाएछ भनी पठाइ दिनुभएको रकम स्वाहा भएको पीडित बताउँछन् । पीडितको अनुसार आफूले ४ जना युवालाई लगेर उनीहरुबाट दुइ–दुई लाख कम्पनीलाई बुझाएमात्र कमिसन बापद अठाइस हजार आठसय पाउने भएपछि आफूले मान्छे ल्याउन नसकेपछि…
७ चैत्र , काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आजबाट शुरू हुँदै छ । आजबाट १९ गतेसम्म सञ्चालन हुने एसइई परीक्षामा ११ हजार २ सय १६ विद्यालयबाट ५ लाख १४ हजार ७१ जनाले परीक्षा दिँदैछन् । गत वर्ष ४ लाख ६४ हजार ७ सय ८५ परीक्षार्थी सहभागी भएकोमा यस वर्ष परीक्षार्थीको संख्यामा ४९ हजार २ सय ८६ ले वृद्धि भएको हो । त्यसमा प्राविधिक धारतर्फका १६ हजार ९ सय ४७ विद्यार्थी छन् । सबैभन्दा बढी काठमाडौंमा ३९ हजार ६ सय र कम मनाङमा ४३ जना परीक्षार्थीले परीक्षा दिँदैछन् । तथ्याङ्कअनुसार परीक्षामा २ लाख ५७ हजार ७ सय ३०…
काँकरभट्टिा । लिगलिडर चर्च व्वाइज युनाइटेड पाँचौ मेचीनगर गोल्डकपको च्याम्पियन बनेको छ । शनिवार सम्पन्न फाइनल खेलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई १–० कोे गोलअन्तर पराजित गर्दै प्रतियोगिताको च्याम्पियन बनेको हो । जितसँगै चर्च व्वाइजले झापा कप पछि उपाधीको खडेरी तोडेको छ । मंसिरमा सम्पन्न झापाको उपाधी हात पारेको चर्च व्वाइजले त्यसयता कुनै प्रतियोगितामा जित निकालेको थिएन । चर्च व्वाइजले नगद १० लाख, ट्रफी र मेडल प्राप्त गरेको छ । उपविजेता बनेको काँकरभिट्टाले नगद ५ मा चित्त बुझायो । जितका लागि खेलको ११ औँ मिनेटमा चर्च व्वाइजका समिर तामाङले निर्णायक गोल गरेका थिए । आयोजकका डिफेन्डर अभिषेक गुरुङले पेनाल्टी एरियामा…
२९ फाल्गुन, काँकरभट्टिा । लिगलिडर चर्च व्वाइज युनाइटेडले ३–० को अवस्थामा कम्ब्याक गर्दै मेचीनगर गोल्डकपको फाइनल प्रवेश गरेको छ । लिग उपविजेता मच्छिन्द्र विरुद्ध ४–३ को गोल अन्तरको रोमाञ्चक जित निकाल्दै चर्च व्वाइजले फाइनलको यात्रा तय गरेको हो । चर्च व्वाइजले शनिवार हुने फाइनल खेलमा आयोजक काँकरभट्टिा फुटबल ट्रेनिङ सेन्टरसँग उपाधीका लागि प्रतिस्पर्धा गर्नेछ । खेलको ३० औँ मिनेटमा मच्छिन्द्रले अग्रता लियो । पेनाल्टी एरियामा क्लियर हुन नसकेको बललाई विदेशी खेलाडी युसुफ मलिकले गोल गरेका हुन् । ४३ औं मिनेटमा मच्छिन्द्रले अग्रता दोब्बर बनायो । आदित्य शाक्यको क्रस पासमा एन्द्रेस नियाले गोल गरे । त्यसको १ मिनेट बित्न नपाउँदै युसुफ…
मेचीनगर । मच्छिन्द्र फुटबल क्लब र एपीएफ मेचीनगरमा जारी पाँचौं मेचीनगर गोल्डकपको सेमिफाइनल प्रवेशका लागि मंगलबार (आज) प्रतिष्पर्धा गर्दैछन् । काँकरभिट्टा खेल मैदानमा ए डिभिजन क्लब मच्छिन्द्र एफसी काठमाडौं र विभागीय टिम सशस्त्र प्रहरीको एपीएफ एफसी काठमाडौंबीचको क्वाटरफाइनल खेलबाट विजेता सेमिफाइनल पुग्ने अन्तिम टोली बन्नेछ । खेलको विजेताले सेमिफाइनलमा फागुन २९ गते बिहीबार लिग लिडर चर्च ब्वाइज यूनाइटेडसँग खेल्नेछ । काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरको आयोजनामा सञ्चालित मेचीनगर गोल्डकपको पाँचौं संस्करणमा आजको खेलसँगै सेमिफाइनल समीकरण पूरा हुनेछ । यसअघि सोमबार भएको खेलमा उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीलाई पराजित गर्दै धरान एफसी सेमिफाइनलमा प्रवेश गरिसकेको छ । धरानले पहिलो सेमिफाइनलमा आयोजकसँग खेल्ने छ…
२६ फाल्गुन, काँकरभिट्ट । झापाको मेचीनगरमा जारी पाँचौं मेचीनगर गोल्डकप अन्तर्गत आज तेस्रो क्वाटरफाइनल खेल हुँदैछ । धरान एफसी सुनसरीले दोस्रो प्रतियोगितामा खेल्न नेपाल आएको विदेशी टिम उज्वेकिस्तानको व्ल्याक बुल्स एफसीको सामना गर्दैछ । व्ल्याक बुल्स एफसी यसअघि आहारारा पोखरा गोल्डकप खेल्न नेपाल आएको थियो । नेपालमा खेलेको पहिलो पटक नै उसले विभागीय टिम नेपाल पुलिस क्लबलाई पराजित गर्दै आहारारा गोल्डकपको उपाधि समेत जित्न सफल भएको थियो । काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरको आयोजनामा सञ्चालित मेचीनगर गोल्डकपको पाँचौं संस्करण काँकरभिट्टा खेलमैदानमा दिउँसो २:३० बजेबाट सेमिफाइनल प्रवेशका लागि हुने खेलमा बहुप्रतिक्षित उज्वेकिस्तानको व्ल्याक बुल्स एफसी र धरान एफसी बिच रोमाञ्चक भिड्न्त हुने…
काकरभिट्टा । पाँचौं मेचीनगर गोल्डकप अन्तर्गत आज दोस्रो दिनको खेल सञ्चालन हुँदैछ । आज चर्च ब्वाइज युनाइटेडले झापा एफसीको सामना गर्नेछ । काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरको आयोजनामा सञ्चालित मेचीनगर गोल्डकपको पाँचौं संस्करण काँकरभिट्टा खेलमैदानमा दिउँसो २:३० बजेबाट सेमिफाइनल प्रवेशका लागि ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड र एनएसएल टिम झापा एफसीको रोमाञ्चक भिड्न्त हुने छ । आयोजकले प्रतियोगितामा दुवै टिम सशक्त रहेका कारण आजको खेल अत्यन्तै प्रतिष्पर्धात्मक रहने विश्वास लिइएको छ । यश अघि उदघाटन खेलमा शनिबार आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरले पाहुना टोली भारतको जर्जियन एफसीलाई ४-२ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरिसकेको छ । चैत २ गते…
मेचीनगर । काँकरभिट्टामा शनिवारबाट सुरु भएको पाँचौ मेचीनगर गोल्डकपमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरले विजयी सुरुवात गरेको छ । शनिवारबाट काँकभिट्टा खेलमैदानमा सुरु भएको प्रतियोगितामा पाहुना टोली जर्जियन फुटबल क्लब भारतलाई ४– २ गोल अन्तरले पराजित गर्दै सेमीफाइनलको यात्रा तय गरेको हो । खेलको २८ औँ मिनेटमा जर्जियन खेलाडी टिमका लागि पहिलो गोल गरे । जर्जियनका खेलाडी कुञ्जमान थापालाई काँकरभिट्टाका सञ्जय लिम्बुले फाउल गरेपछि पाएको फ्रिकिकलाई सत्यम शर्माले सानदार गोलमा परिणत गरेका थिए । पहिलो हाफको अतिरिक्त समयमा काँकरभिट्टाले गोल गर्दै खेललाई बराबरीको अवस्थामा ल्याएको थियो । जर्जियनको डिएरियामा काँकरभिट्टाका खेलाडीलाई फाउल गरेपछि पाएको पेनाल्टीलाई काँकरभिट्टाका निशान लिम्बूले गोल गर्दै…
मेचीनगर । झापाको काँकरभिट्टामा फागुन २४ गतेदेखि सूरु हुने पाँचौं मेचीनगर गोल्डकपको तयारीको अन्तिम चरणमा पुगेको छ । काकरभिट्टा माविको खेल मैदानमा हुने प्रतियोगिताका लागि अहिले मैदान तयारीको काम अन्तिम चरणमा पुगेको छ भने अन्य तयारी र प्रचारात्मक अभियानलाई तीब्र पारिएको गोल्डकप मूल आयोजक समितिका संयोजक श्रीप्रसाद मैनालीले जानकारी दिनु भयो । वहाँका अनुसार प्याराफिट बनाउने काम पनि धमाधम भइरहेको छ । ‘हामी दर्शकका लागि बाँसको प्याराफिट बनाउँदैछौं,’ मैनालीले भन्नुभयो, ‘बस्न सजिलो हुनेगरी प्याराफिट बनाउँदैछौं ।’ करीब ६ हजार दर्शक अटाउने गरी मैदानको व्यवस्थापन गरिने संयोजक मैनालीले बताउनु भयो । करीब ८० लाख खर्च हुने अनुमान गरिएको गोल्डकपको स्थायीत्वका लागि…