Skip to main content

नयाँ तृष्णा

मेचीनगर गोल्डकपको उपाधि चर्च ब्वाइजलाई

[adsforwp id="2511"]

काँकरभट्टिा । लिगलिडर चर्च व्वाइज युनाइटेड पाँचौ मेचीनगर गोल्डकपको च्याम्पियन बनेको छ । शनिवार सम्पन्न फाइनल खेलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई १–० कोे गोलअन्तर पराजित गर्दै प्रतियोगिताको च्याम्पियन बनेको हो ।

जितसँगै चर्च व्वाइजले झापा कप पछि उपाधीको खडेरी तोडेको छ । मंसिरमा सम्पन्न झापाको उपाधी हात पारेको चर्च व्वाइजले त्यसयता कुनै प्रतियोगितामा जित निकालेको थिएन । चर्च व्वाइजले नगद १० लाख, ट्रफी र मेडल प्राप्त गरेको छ । उपविजेता बनेको काँकरभिट्टाले नगद ५ मा चित्त बुझायो ।

जितका लागि खेलको ११ औँ मिनेटमा चर्च व्वाइजका समिर तामाङले निर्णायक गोल गरेका थिए । आयोजकका डिफेन्डर अभिषेक गुरुङले पेनाल्टी एरियामा क्लियर गर्न नसकेको बललाई उनले उत्कृष्ट त्यसको फाइदा लिँदै गोल गरेका थिए । उनको त्यहि गोल प्रतियोगिताको उपाधी दिलाउन निर्णायक बन्यो ।

आजको खेलको प्लेयर अफ द म्याच चर्च व्वाइजका समिर तामाङ भए । उनले नगद ११ हजार प्राप्त गरे । प्रतियोगिताभरको प्लेयर अफ द म्याचको पुरस्कार श्याम प्रसाइ (एसपी) ले प्रदान गरेका थिए ।

प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी आयोजकका खमिरगिल्सन कन्दङ्वा घोषित भए । उनले नगद ५१ हजार प्राप्त गरे । सर्वाधिक गोल कर्ता चर्च व्वाइजका अबोयोमी फकुन्ले र मच्छिन्द्रका युसुफ मलिक भए । उनहरुले जनही नगद २५ हजार र ट्रफ्री प्राप्त गरे । उत्कृष्ट प्रशिक्षक चर्च व्वाइजका सुमन श्रेष्ठ भए । उनले नगद २१ हजार पाए । प्रतियोगिताको गोलरक्षक चर्च व्वाइजकै टिकेन्द्र थापा भए । उनले नगद २१ हजार प्राप्त गरे । उत्कृष्ट डिफेन्स आयोजकका दिवस उराउ भए । उनले नगद २१ हजार रुपैयाँ प्राप्त गरे । उदीयमान खेलाडीको अवार्ड आयोजकका पर्शु राई भए । उनले नगद १५ हजार प्राप्त गरे ।

प्रतियोगितामा आयोजक काँकरभिट्टाफुटबल ट्रेनिङ सेन्टर, चर्च व्वाइज युनाइटेड, मच्छिन्द्र फुटबल क्लब, धरान फुटबल क्लब, झापा एफसी, सशस्त्र प्रहरी बलको एपीएफ एफसी, जर्जियन फुटबल क्लब भारत र उज्वेकिस्तानको व्ल्याक बुल्स सहभागी रहेका थिए ।

पूर्व खेलाडी सम्मानित सोही समारोहमा फुटबलका माध्यमबाट मेचीनगरलाई चिनाउने विभिन्न खेलाडीलाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा सन्देश श्रेष्ठ, नरोत्तम गौतम, संगिता राउत, लुना प्रधान, लिला थापा रहेका छन् । उनीहरुलाई सम्मान पत्र तथा नगदसहित सम्मान गरिएको थियो ।

आयोजक समितिका संयोजक श्रीप्रसाद मैनालीको सभापतित्व तथा कोशीक प्रदेशका मुख्य मन्त्री हिक्मत कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रदेश सांसद माननीय गोपाल तामाङ, आयोजक काँकरभिट्टा फुटबल टे«निङ सेन्टरका अध्यक्ष नवराज ओलीले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारीको गोपाल अधिकारी, मेयर गोपालचन्द्र बुढाथोकी, झापा गोल्डकपका अध्यक्ष केदार गिरी, पूर्व अध्यक्ष विनोद बस्नेत, भद्रपुर गोल्डकपका अध्यक्ष दिपेश ढकाल, नेपाल पत्रकार महासंघ झापा अध्यक्ष एकराज गिरीलगायत विभिन्न राजनीतिक दल तथा सामाजिक संघ संस्थाका प्रमुखहरुको उपस्थिति रहेको थियो ।

आयोजक समितिका सहसंयोजक बिमल आचार्यले स्वागत गरेको कार्यक्रमको सन्चालन सचिव राजु कार्कीले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काँकरभिट्टामा कात्तिक १७ गते श्रम संस्कृति पार्टीको जनसभा, अध्यक्ष हर्क साम्पाङ सहभागी हुने

काँकरभिट्टामा कात्तिक १७ गते श्रम संस्कृति पार्टीको जनसभा, अध्यक्ष हर्क साम्पाङ सहभागी हुने

झापा, काँकरभिट्टा। श्रम संस्कृति पार्टीले आगामी कात्तिक १७ गते झापाको पूर्वी प्रवेशद्वार काँकरभिट्टामा जनसभा तथा विशेष कार्यक...
लुला चौथो कार्यकालका लागि ब्राजिलको राष्ट्रपतिमा निर्वाचित

लुला चौथो कार्यकालका लागि ब्राजिलको राष्ट्रपतिमा निर्वाचित

काठमाडौँ। ब्राजिलका वामपन्थी नेता लुइज इनासियो लुला डा सिल्भा चौथो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएका छन्। दोस्रो चरण...
फिलिपिन्समा दुई ट्रेनिङ विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु

फिलिपिन्समा दुई ट्रेनिङ विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु

काठमाडौं । फिलिपिन्समा शुक्रबार तालिमका क्रममा वायुसेनाका दुईवटा विमान एक-आपसमा ठोक्किएका छन्। यस दुर्घटनामा दुवै विमानमा सवार चा...
पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउने प्रयासप्रति विश्व हिन्दु परिषद् नेपालको कडा आपत्ति

पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउने प्रयासप्रति विश्व हिन्दु परिषद् नेपालको कडा आपत्ति

काठमाडौँ, । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तस्थित डेरा इस्माइल खान जिल्लामा रहेको करिब २०० वर्ष पुरानो ऐतिहासिक रामलीला मन्दिर...