Skip to main content

नयाँ तृष्णा

Breaking News 1

खेलकुद विकासमा नयाँ आयाम

खेलकुद विकासमा नयाँ आयाम

किशोर कुमार सार्की, मेचीनगर । आर्थिक वर्ष २०८१/८२ मा मेचीनगर नगरपालिकामा खेलकुद विकासले नयाँ आयाम थपेको छ । अन्तर्राष्ट्रिय प्रतियोगिता, विद्यालय, युवा र समुदायमा आधारित पहलले खेल प्रतिभालाई उजागर गराउँदै खेलकुदलाई सांस्कृतिक तथा आर्थिक विकासको बलियो आधार बनाएको छ । आर्थिक वर्ष २०८१/८२ मा मेचीनगर नगरपालिका संरक्षक रही पाँचौं मेचीनगर गोल्डकप सफल पार्ने काम भएको छ । २०८१ फागुन २१ देखि फागुन २८ सम्म काँकरभिट्टामा सञ्चालन भएको पाँचौँ “मेचीनगर गोल्डकप” ले मेचीनगरलाई राष्ट्रियस्तरमा फुटबलबाट परिचित गराउन सफल भयो । ए–डिभिजन क्लबहरू (चर्च ब्वाइज, मच्छिन्द्र, एपीएफ) र भारत–उज्बेकिस्तानका विदेशी क्लब जर्जियन एफसी, ब्ल्याक बुल्स एफसी सहभागी थिए । चर्च ब्वाइज युनाइटेडले…
Read More
झापामा भूकम्पको झड्का

झापामा भूकम्पको झड्का

१६ फागुन, झापा । भूकम्पको झड्काले झापाबासीलाई बिउझाएको छ । झापालगायत काठमाडाैं उपत्यका आसपासको क्षेत्रमा भूकम्पको धक्का महशुस भएको छ । राति २: ५१ बजे भूकम्प गएको हो ।
Read More
प्रथम अन्तर्राष्ट्रिय ख्रीष्टिय लिम्बू महिला सम्मेलन सम्पन्न

प्रथम अन्तर्राष्ट्रिय ख्रीष्टिय लिम्बू महिला सम्मेलन सम्पन्न

काँकरभिट्टा । लिम्बू समुदयलाई लक्षित गरि प्रथम अन्तर्राष्ट्रिय ख्रीष्टिय लिम्बू महिला सम्मेलन सम्पन्न भएको छ । “आऔ हाम्रा मानिसहरुका लागि हामी एस्तर बनौं ” भन्ने मुख्य बचनलाई प्रशंग बनाई बुधबारबाट शुरु भएको प्रथम अन्तर्राष्ट्रिय ख्रीष्टिय लिम्बू महिला सम्मेलन काँकरभिट्टाको सामुदायीक हलमा आज सम्पन्न भएको हो । प्रथम अन्तर्राष्ट्रिय ख्रीष्टिय लिम्बू महिला सम्मेलन डा.छत्र पावल सुब्बाले प्रमुख आतिथ्यता रहेका थिए भने रेभ दानियल सुब्बाको बिशिष्ठ आतिथ्यतामा भएको बृहत कार्यक्रमको प्रमुख बक्ता सारा सुब्बा र अन्य बक्ताहरु लिना सुब्बा,तारा कन्दङवा र सेम्मुई एक्तेनद्धारा लिम्बू समुदायप्रति उत्साह दिंदै परमेश्वरको आशिषमय बचन प्रस्तुत गर्नु भएको थियो । अन्तर्राष्ट्रिय ख्रीष्टिय लिम्बू महिला सम्मेलनमा अन्तर्राष्ट्रिय ख्रीष्टियन…
Read More
झापा बिर्तामोडको बिराटपोखरीमा माहाशिवरात्रिको आराधनासहित गंगा आरती

झापा बिर्तामोडको बिराटपोखरीमा माहाशिवरात्रिको आराधनासहित गंगा आरती

  झापा । आज महाशिवरात्री पर्व, देशभर आराध्यदेव महादेवको पूजा आराधनासहित मनाएकोछ । झापा बिर्तामोडको बिराटपोखरीमा माहाशिवरात्रिको अवसरमा भब्यताकासाथ बिराट सरोबर समितिको आयोजनामा आराधनासहित गंगा आरती सम्पन्न भएको हो । कार्याक्रमको प्रमुख अतिथि बिर्तामोड नगर उप-प्रमुख नगेन्द्र प्रसाद संग्राैला, अतिथि वडा न ३ का अध्य्क्ष मदन बुडाथोकीलगायतको उपस्थिति रहेको थियो । कार्याक्रमको अध्यक्षता सरोबर समितिका अध्य्क्षले गर्नुभएको थियो भने कार्याक्रम संचालन लिला अनमोलले गर्नुभएको थियो । आज महादेवको पूजा आराधनाका लागि मन्दिरसहित देशभरका शिवालयमा भक्तजनको भीड लागेको थियो ।
Read More
प्रेस क्लब मेचीनगरको छैटौं अधिवेशन, अध्यक्षमा प्रकाश पौडेल

प्रेस क्लब मेचीनगरको छैटौं अधिवेशन, अध्यक्षमा प्रकाश पौडेल

७ फागुन,   काँकरभिट्टा । प्रेस क्लब मेचीनगरको अध्यक्ष प्रकाश पौडेल सर्वसम्मत चयन भएका छन् । आज काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको सभाहलमा आयोजित प्रेस क्लबको बुधबार सम्पन्न १० औँ साधारणसभा तथा छैटौं अधिवेशनले पौडेललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । समितिको उपाध्यक्षमा उपाध्यक्षमा खगेन्द्र घिमिरे, महिला उपाध्यक्षमा मनिषा गौतम, सचिवमा प्रविण अधिकारी, सहसचिवमा नवराज सुवेदी र कोषाध्यक्षमा दिलीप थापा चयन भएका छन् । त्यस्तै सदस्यहरुमा सुजन प्रधान, भोला तिम्सिना, सेवन्ता घिमिरे, पुष्कर गुरागाईं रहेका छन् । कार्यसमिति सदस्यमा एक जना पछि थप गरिने निर्वाचन समितिले जनाएको छ । ११ सदस्यीय कार्यसमितिको कार्यकाल २ वर्षको रहने छ । अध्यक्षमा…
Read More
दुई अर्ब बढीको अनलाइन जुवा खेलाएको आरोपमा ४ जना पक्राउ

दुई अर्ब बढीको अनलाइन जुवा खेलाएको आरोपमा ४ जना पक्राउ

६ फाल्गुन, काठमाडौँ। प्रहरीले काठमाडौंबाट गैरकानुनी अनलाइन जुवा खेलाएको आरोपमा थप चार जना भारतीयलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत उत्तरप्रदेश गोरखपुर घर भई काठमाडौँ बुढानीलकण्ठ२ बस्ने २२ वर्षीय एमडी आरिफ हुसेन, उत्तर प्रदेशकै फत्तेपुर जिल्ला घर भएका ४२ वर्षीय अब्दुल कलाम, २५ वर्षीय अभिषेक मदेसिया र ४० वर्षीय इरफान पठान रहेका छन्। उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौँले सोमबार बुढानीलकण्ठ नगरपालिका-२ तौलुङबाट पक्राउ गरेको हो। परिसर प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारीका अनुसार उनीहरूलाई घर भाडामा लिएर गैरकानुनी अनलाइन जुवा खेलाएको आरोपमा सोमबार बेलुका पक्राउ गरिएको हो। उनीहरूले दुई अर्ब रुपैयाँभन्दा बढीको अनलाइन जुवा खेलाएको प्रारम्भिक अनुसन्धनले देखाएको एसएसपी अधिकारीले…
Read More
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा नेपालको विजयी शुरुवात

अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा नेपालको विजयी शुरुवात

काठमाडौ । नेपालले काठमाडौँमा शुरु भएको अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप अन्तर्गत विजयी शुरुवात गरेको छ । नेपालले दशरथ रंगशालामा सम्पन्न खेलमा किर्गिस्तानलाई १-० गोल अन्तरले पराजित गरेको हो । खेलको १०औं मिनेटमा नेपालकी विमला चौधरीले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । आजै सम्पन्न च्याम्पियनसिपको पहिलो खेलमा म्यान्मारले लेबनानलाई ३-१ गोल अन्तरले पराजित गर्दै विजयी शुरुवात गरेको छ । त्यस्तै अब फेब्रुअरी २० मा नेपालले लेबनानसँग खेल्ने छ भने सोहि दिन किर्गिस्तान र म्यान्मार खेल्ने तालिका रहेको छ ।
Read More
झापामा नेपाल प्रहरीका सई मृत भेटिए

झापामा नेपाल प्रहरीका सई मृत भेटिए

४ फाल्गुन. झापा । नेपाल प्रहरीका एक जना प्रहरी नायब निरीक्षक (सई) झापामा मृत भेटिएका छन‍्। आइतबार बिहान भद्रपुर नगरपालिका-८ स्थित जिल्ला प्रहरी कार्यालय झापामा रहेको ब्यारेकमा सई धनराज खतिवडा मृत भेटिएका हुन्। जिल्ला प्रहरी कार्यालय झापाको अनुसार तीनतले प्रहरी ब्यारेकको माथिल्लो तलामा पानीको ट्यांकी जाने फलामको भर्‍याङमा उनी झुण्डिएको अवस्थामा फेला परेका बताइएको छ । मृतक खतिवडा भोजपुर टैम्केमैयुङ गाउँपालिका-४ घर भई मोरङ कानेपोखरी गाउँपालिका-७ बस्दै आएका थिए । उनको मृत्यु कतिबेला भएको भन्ने नखुलेकाे प्रहरीले जानकारी दिएकाे छ । प्रहरीले मृतकका आफन्तलाई जानकारी गराएर कानुनी प्रक्रिया अघि बढाइ घटनाको थप अनुसन्धान गरिरहेकाे छ ।
Read More
अन्तर बिद्यालय छात्रा फुटबल प्रतियोगिताको उपाधि थेसिसलाई

अन्तर बिद्यालय छात्रा फुटबल प्रतियोगिताको उपाधि थेसिसलाई

मेचीनगर । अन्तर विद्यालय छात्रा फुटबल प्रतियोगिताको उपाधि थेसिस इङ्लिस सेकेण्डरी स्कुलले जितेको छ । आज मेचीनगर ३ बडाखाल विद्यालयको खेलमैदानमा सम्पन्न प्रतियोगिताको उपाधि थेसिस इङ्लिस स्कुलले जितेको हो । पुर्वाञ्चल इङ्लिस स्कुल मेचीनगर २ भृकुटीलाई ४–० गोल गर्दै थेसिसले उपाधि जितेको हो । एक दिवसिय प्रतियोगितामा दुर्गा आवसिय मावि धाईजन, बालबाटिका ईङलिस सेकण्डरी स्कुल चारआली, झापा नेशनल स्कुल ईटाभट्टा, दोकानडाँडा ईङलिस सेकण्डरी स्कुल, आयोजक विद्यालय थेसिस ईङलिस सेकण्डरी स्कुल , पुर्वाञ्चल ईङलिस स्कुल भृकुटी र ओसियानिक निवार्णा ईङलिस सेकण्डरी स्कुलका बिच प्रतियोगिता सम्पन्न भएको थियो । थेसिस इङ्लिस सेकेण्डरी स्कुल मेचीनगर ३ ले आयोजना गरेको प्रतियोगिताको म्यान अफ द…
Read More
कोशी प्रदेशसभा सचिव पराजुलीलाई ६ वर्ष कैद

कोशी प्रदेशसभा सचिव पराजुलीलाई ६ वर्ष कैद

१ फागुन, विराटनगर  । कोशी प्रदेस सभा सचिवालयका सचिव गोपाल प्रसाद पराजुलीलाई ६ वर्ष कैदको फैसला भएको छ। सर्वोच्च अदालतले पशुपति क्षेत्रमा बालुवाखानी सञ्चालन प्रकरणमा कोशी प्रदेशसभाका सचिव पराजुलीसहित ९ जनालाई दोषी ठहर गरेको छ। बुधबार न्यायाधीशद्वय कुमार रेग्मी र अब्दुल अजिज मुसलमानको इजलासले विशेष अदालतको सफाइ फैसला उल्ट्याउँदै सबैलाई कसुरदार ठहर गरेको हो। पराजुलीलाई ६ वर्ष कैद र १ करोड २२ लाख रुपैयाँ जरिवाना तोकिएको छ। उनले काठमाडौं जिल्ला विकास समितिको स्थानीय विकास अधिकारी रहँदा ६ करोड २३ लाख ७० हजार रुपैयाँ बराबरको भ्रष्टाचार गरेको अदालतले ठहर गरेको छ। यसैगरी एमाले नेता निर्मल कुइँकेललाई पनि ६ वर्ष कैद तथा…
Read More