८ बैशाख २०८३, मंगलवार, काठमाडौँ। देशका विभिन्न भागमा बढ्दो तापक्रमसँगै तातो हावाको लहर (लु) को जोखिम अझै केही दिन कायम रहने भएको छ । जल तथा मौसम विज्ञान विभागले बिहीबारसम्म तराईका केही जिल्लामा लु चल्ने सम्भावना रहेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । विभागका अनुसार आज दिउँसो लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ । धनगढी र नेपालगञ्जमा ४३ डिग्री, भैरहवामा ४४ डिग्री र काठमाडौँमा ३३ डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ । विभागका मौसमविद् विनु महर्जनका अनुसार पूर्वी भूभागमा शनिबारसम्म र पश्चिम क्षेत्रमा अझै केही दिन बढी तातो रहने सम्भावना…
– होमराज राई, पहाडको चिसो हावामाउसले बालसपनालाई अन्तिमपटक छोयो,ढुंगाको काखमा गुञ्जिएका निर्दोष हाँसोहरूमनको गहिरो कुनामा गुम्साएरऊ शहरतर्फ हिँड्यो.....,आँखामा उज्यालो सपना,ओठमा नबोलेको निर्दोष वाचा। बगिरहेको आमाको पिलपिल आँशूचोलीको किनारामा लुकिरहेको थियो,जानैपर्ने बाध्यता उसकोढोका समाएर उभिएको थियो ,“जानै पर्छ बाबु…”त्यो एक वाक्यलेपूरै आँगन भिजाइदियो। शहर.......,उसले सोचेको जस्तो थिएन।यहाँ भीड धेरै थियो,तर आत्माहरू सुनसान।बत्तीहरू चम्किन्थे,तर मनभित्रअँध्यारो अझ गहिरो थियो। उसले धेरै ढोका ढकढक्यायो,धेरै आँखामा भविष्य खोज्यो,तर हरेक ठाउँमाउसलाई आफ्नै थकानले मात्रै भेट्यो.......,अस्वीकृतिको चिसो स्वर,र असफलताले भरिएको दिन। रातहरू लम्बिँदै गए,झ्यालबाहिर सहर निदाइरहेको जस्तो,तर ऊभित्रआमाको स्वर जागिरहन्थ्यो—“खाइस् खाना बाबु ?”त्यो एक प्रश्नलेउसको भोकभन्दा गहिरो घाउ बनाउँथ्यो। समयसँगैउसले सपनाभन्दा बढीचुप बस्न सिक्यो।हाँसो हरायो,तर बाँच्ने संघर्ष…
५ बैशाख, झापा । झापाकाे मेचीनगर–८ स्थित विष्णुलक्ष्मी मन्दिरको खेलमैदानमा सञ्चालन भएको तेस्रो जिल्ला स्तरीय नकलबन्दा नकआउट फुटबल प्रतियोगिता–२०८२ को उपाधि आदर्श युवा क्लब बुधबारेले जितेको छ । शनिबार सम्पन्न अत्यन्त प्रतिस्पर्धात्मक फाइनल खेलमा आदर्शले आयोजक नकलबन्दा स्पोर्टिङ क्लबलाई ३–० गोल अन्तरले पराजित गर्दै च्याम्पियन बन्न सफल भएको हो । खेलको सुरुआतदेखि नै आक्रामक देखिएको आदर्श युवा क्लबले पहिलो हाफमै खेलमा नियन्त्रण जमाएको थियो । खेलको ९ औँ मिनेटमा सुदर्शन लिम्बूले उत्कृष्ट फिनिसिङ गर्दै टोलीलाई सुरुआती अग्रता दिलाए । उक्त गोलपछि झनै आत्मविश्वासका साथ मैदान उत्रिएको आदर्शले आयोजकमाथि निरन्तर दबाब बनाइरह्यो । पहिलो हाफमा थप गोल हुन नसके पनि आदर्शले…
मेचीनगर । झापाको मेचीनगर नगरपालिका वडा नं. ७ स्थित काँकरभिट्टामा रहेको जागृत बाल उद्धार केन्द्रले नयाँ वर्ष २०८३ सालको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ। बुधवार संस्थाको कार्यालयमा सम्पन्न उक्त कार्यक्रममा जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, सञ्चारकर्मी, स्थानीय प्रशासनका अधिकारी तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरुको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा सहभागीहरुले एकआपसमा नयाँ वर्षको शुभकामना साटासाट गर्दै सामाजिक सहकार्यलाई अझ मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए। संस्थाका अध्यक्ष राधाकृष्ण अधिकारीको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिका रूपमा समाजसेवी नरबहादुर राई उपस्थित रहेका थिए। त्यस्तै, विशिष्ट अतिथिहरुमा मेचीनगर–७ का वडा अध्यक्ष प्रल्हादमणी ओली, सामाजिक अगुवा रामचन्द्र उप्रेती, संस्थाकी पूर्वअध्यक्ष बिना तामाङ तथा समाजसेवी…
२९ चैत्र २०८२, आईतवार, काठमाडौँ। प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति विवरण सार्वजनिक भएको छ । आइतबार सार्वजनिक सम्पत्ति विवरणअनुसार प्रधानमन्त्रीको बैंक खातामा १ करोड ४६ लाख रुपैयाँ छ । सम्पत्ति विवरणमा बैंक खातामा रहेको उक्त रकम सामाजिक सञ्जालमार्फत् आर्जन गरेको उनले खुलाएका छन् । उनले फेसकुबमा ४० लाख, युट्युबमा १२ लाख, एक्समा ५ लाख फलोअर्स रहेको पनि जानकारी गराएका छन् । त्यसैगरी, उनको सम्पत्ति विवरणमा ध्रुवदेवी शाहको नाममा काठमाडौंमा ५ आना र धनुषामा १.२ बिघा जग्गा रहेको उल्लेख छ । त्यसैगरी, रामनारायण शाहको महोत्तरीमा नौ बिघा जग्गा छ । उनले श्रीमती सविना काफ्लेका नाममा १९० तोला गरगहना रहेको खुलाएका छन् ।
२९ चैत, काठमाडौं । गृहमन्त्री सुधन गुरुङको शेयर मार्केटमा ४ करोड ३१ लाख बढी लगानी देखिएको छ । आइतबार साँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको थियो । उक्त विवरणका अनुसार, गृहमन्त्री गुरुङको ४ करोड ३१ लाख ५६ हजार २ सय रुपैयाँको शेयर बजारमा लगानी देखिएको हो । जसमा होप होल्डिङ्स प्रालिमा ३० हजार थान साधारण शेयर रहेको उल्लेख छ । उक्त शेयरको मूल्य ३० लाख रहेको सम्पत्ति विवरणमा उल्लेख छ । त्यस्तै, लगुम प्रिमियम अपार्टमेन्ट्स प्रालिमा ५ हजार ७ सय थान साधारण सेयर रहेको उनले सम्पत्ति विवरणमा उल्लेख गरेका छन् । जसको मूल्य ५७ लाख…
२७ चैत्र २०८२, शुक्रबार, काठमाडौँ। प्रतिनिधिसभाको उपसभामुख पदमा श्रम संस्कृति पार्टीकी रुबीकुमारी ठाकुर निर्वाचित भएकी छन् । शुक्रबार भएको निर्वाचनमा राप्रपाकी सरस्वती लामालाई पराजित गर्दै रुबीकुमारी निर्वाचित भएको सभामुख डीपी अर्यालले सभालाई जानकारी गराए । रुबीकुमारीलाई उनको दल श्रम संस्कृतिसँगै सत्तारुढ दल रास्वपा, नेपाली कांग्रेस र नेकपाको समर्थन थियो । प्रतिक्रिया
२४ चैत्र २०८२, मंगलवार, काठमाडौँ । काठमाडौँमा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले मंगलबार दिउँसो १ बजे मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन्। बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने एक मन्त्रीले जानकारी दिएका छन्। बैठकमा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर नियुक्तिको विषयमा निर्णय हुन सक्ने अनुमान गरिएको छ। यद्यपि औपचारिक एजेन्डाबारे खुलाइएको छैन। सामान्यतया मन्त्रिपरिषद्को बैठक सोमबार र बिहीबार बस्ने प्रचलन रहे पनि यसपटक आकस्मिक रूपमा बैठक बोलाइएको हो।
२२ चैत्र २०८२, आईतवार, झापा । झापामा इसाई समुदायको एकता, सद्भाव र उत्साह झल्काउँदै इस्टर महोत्सव २०८२ भव्य रूपमा सम्पन्न भएको छ। झापा इसाई समाजको आयोजनामा बिर्तामोडस्थित खुल्ला मैदानमा सम्पन्न उक्त कार्यक्रम श्रद्धा, भक्ति र उल्लासका साथ मनाइएको हो। कार्यक्रमको अध्यक्षता झापा इसाई समाजका अध्यक्ष रेभ. पास्टर इसाहक सिन्चिउरीले गर्नुभएको थियो भने संयोजन मेचीनगर इसाई समाजका अध्यक्ष तथा कार्यक्रम संयोजक पास्टर राजु खड्काले गर्नुभएको थियो। कार्यक्रमको सुरुवात बरिष्ठ सल्लाहकार रेभ. पास्टर एन.डी. थुलुङको प्रारम्भिक प्रार्थनाबाट गरिएको थियो, जसले वातावरणलाई आध्यात्मिक बनाएको थियो। झापा इसाई युवा समितिका अध्यक्ष जनक बस्नेतको नेतृत्वमा रहेको क्वायर समूहले आराधना गीतहरू प्रस्तुत गर्दै कार्यक्रमलाई अझ प्रेरणादायी…
👉 होमराज राई, मानव इतिहासमा धेरै व्यक्तिहरू जन्मिए, बाँचे र मरे। तर केही घटना मात्र यस्ता छन् जसले सम्पूर्ण मानवताको दिशा नै परिवर्तन गरिदिन्छन्। येशू ख्रीष्टको क्रूस, उहाँको पीडा, मृत्यु र पुनरुत्थान त्यहीँ प्रकारको अद्वितीय घटना हो—जहाँ इतिहास, धर्मशास्त्र र आत्मिक सत्य एकै ठाउँमा भेटिन्छन्। यो केवल धार्मिक कथा होइनस यो परमेश्वरको न्याय, प्रेम र उद्धारको गहिरो योजना हो, जसले आज पनि मानव जीवनलाई अर्थ दिन्छ। काँडाको मुकुट: अपमानमा लुकेको महिमा रोमी सैनिकहरूले येशू ख्रीष्ट लाई “यहूदीहरूको राजा” भनेर उपहास गर्न काँडाको मुकुट बनाइ उहाँको टाउकोमा जबरजस्ती थोपरे। यो केवल शारीरिक यातना मात्र थिएन—यो गहिरो अपमान र व्यंग्यको कार्य थियो।…