झापा । दुई साताअघि सवारी दुर्घटनामा घाइते भएका सहारा नेपाल साकोसका कर्मचारी प्रल्हाद राजवंशीको उपचारका क्रममा मृत्यु भएको छ । सहारा नेपालको लक्ष्मीपुर शाखामा समूह प्रवर्द्धक पदमा कार्यरत राजवंशी गत चैत ३१ गते बिर्तामोड ६ स्थित रेखा पुलनजिक दुर्घटनामा परेका थिए । उनको उपचारका क्रममा आज दिउँसो २ः१५ बजे बीएण्डसी अस्पतालमा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । दुर्घटनामा मोटरसाइकल चालक मेचीनगर ७ बस्ने २६ वर्षीय राजवंशी र उक्त मोटरसाइकलमा पछाडि सवार सोही ठाउँकी २३ वर्षीया प्रियंँका राजवंशी घाइते भएका थिए । दुवै घाइतेलाई बीएण्डसी अस्पतालमा भर्ना गरिएको थियो । त्यही उपचारका क्रममा उनको मृत्यु भएको हो…
मेचीनगर । बाहुण्डाँगी युवा क्लबको आयोजनामा जारी विद्या विकास एकेडेमी प्रथम बाहुण्डाँगी च्यालेञ्ज कप २०८२ मा शनिश्चरे एफसी सेमिफाइनल प्रवेश गरेको छ । जहदा फुटबल क्लब मोरङलाई ३–२ गोल अन्तरले पराजित गर्दै शनिश्चरे एफसी सेमिफाइनल प्रवेश गर्ने तेश्रो टोली बनेको हो । बुधबार हुने सेमिफाइनलमा शनिश्चरे एफसीले रेडहर्ष एफसी इलामको सामना गर्नेछ । मेचीनगर–४ स्थित सरस्वती माविको खेलमैदानमा सम्पन्न खेल निक्कै प्रतिष्पर्धात्मक भएको थियो । पहिलो हाफ १–१ को बराबरी सकिएको खेलको दोश्रो हाफमा भने शनिश्चरेले २ र जहदा एफसीले १ गोल गरेको थियो । शनिश्चरे एफसीका लागि ५ औँ मिनेटमा अभिषेक गुरुङले गोल गर्दै अग्रता दिलाए । रेजिन सुब्बाको…
मेचीनगर । धाइजन फुटबल क्लब विद्या विकास एकेडेमी प्रथम बाहुण्डाँगी च्यालेञ्ज कप २०८२ को सेमिफाइनल प्रवेश गरेको छ । बाहुण्डाँगी युवा क्लबको आयोजनामा जारी प्रतियोगिताको आइतबार सम्पन्न दोश्रो क्वाटरफाइनल खेलमा ब्रदर्श युनाइटेड एफसी चन्द्रगढीलाई २–० ले पाखा लगाउँदै धाइजनले सेमिफाइनलको यात्रा तय गरेको हो । मेचीनगर–४ स्थित सरस्वती माविको खेलमैदानमा सम्पन्न खेलको पहिलो हाफ बराबरी सकिएको थियो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा धाइजन एफसीले दुवै गोल गरेको थियो । ५१ औँ मिनेटमा धाइजन एफसीका लागि सागर रसाइलीले पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । त्यसैगरी, ७९ औँ मिनेटमा धाइजन एफसीका जर्सी नम्बर २ का आशिष…
११ वैशाख, काठमाडौँ। आज देशभर १९औँ लोकतन्त्र दिवस प्रजातान्त्रिक तथा लोकतान्त्रिक सङ्घर्षमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति श्रद्धाञ्जली अर्पणलगायत विभिन्न कार्यक्रम गरी मनाइँदैछ । प्रजातान्त्रिक तथा लोकतान्त्रिक सङ्घर्षमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै यो दिवस मनाइँदै छ । तत्कालीन राजा ज्ञानेन्द्र शाहले २०५९ साल जेठ ८ गते विघटित संसद्को पुनःस्थापना गरी आफू देशको कार्यकारी प्रमुखबाट हटेको तथा निरङ्कुशता पराजय भएको २०६३ साल वैशाख ११ को स्मरण गर्दै लोकतन्त्र दिवस मनाइने गरिएको छ । २०६२/६३ को आन्दोलनपछि तत्कालीन राजाको प्रत्यक्ष र निरङ्कुश शासनको अन्त्य भएको दिनको सम्झनामा २०६५ सालदेखि वैशाख ११ गते लोकतन्त्र दिवस मनाउन थालिएको…
झापा / झापाकाे मेचीनगरमा आदिवासी जनजाति तेस्रो बृहत् साँस्कृतिक महोत्सवमा शुरु भएको छ । प्रतिनिधि सभाका उप- सभामुख इन्दिरा राना मगरले सबै जात – जातीले अधिकार प्राप्तिका लागि निरन्तर लाग्न आग्रह गर्नु भएकाे छ । झापाकाे मेचीनगरमा आदिवासी जनजाति तेस्रो बृहत् साँस्कृतिक महोत्सवमा राना मगरले सबै जात- जातीकाे भावनाकाे कदर गर्न सक्नु पर्नेमा जाेड दिनु भयाे । आदिवासी जनजाति महासंघ मेचीनगर समितिले आयोजना गरेकाे साँस्कृतिक महोत्सवकाे प्रमख अतिथि उप- सभामुख इन्दिरा राना मगरले शान्तिकाे प्रतिक परेवा उडाएर समदघाटन गर्नु भएकाे हाे । मेचीनगरका १८ जातजातिको साँस्कृतिक पहिचान सहितकाे संस्कृतिक प्रस्तुती रहकाे छ। १८ भन्दा बढी स्टल रहेका छन। ‘त्यस बाहेक…
झापा । अर्जुनधारा ईसाई समाजले १३ औं साधारणसभा साथै ७औ अधिवेशन सम्पन्न भएको छ । निर्वाचन समितिको संयाेजक पास्टर राजु चाम्लिङ संयाेजकत्वमा समाज नेतृत्वमा पास्टर पुष्प घलेकाे अध्यक्षमा पाच मूल समिति , आमा संगतिकाे अध्यक्षमा ग्रेस खड्का र जवान संगतिकाे नेतृत्व सुस्मिता तामाङले गरेकी थिइन् । समाजले तीन तहमा ५/५ समिति चयन गरेको छ । कार्यक्रमकाे अध्यक्ष पास्टर पुष्प घलेले गर्नु भएको थियो भने यावेस लिम्बूले सञ्चालन गर्नुभएको थियोे । मुल समाजकाे समिति आमा दिदीबहिनी समाज जवान संगतिका समिति
झापा । नेपाल पत्रकार महासंघको ७० औं स्थापना दिवसको अवसरमा झापामा आयोजित कार्यक्रममा अस्वस्थकर खानपानका कारण पछिल्लो समय मानिसमा नसर्ने रोगको संक्रमण बढ्दो क्रममा रहेको स्वास्थ्य शाखा झापाका प्रमुख रमेश वराकोटीले बताएका छन् । नसर्ने रोगहरुको परीक्षण (स्क्रिनिङ) तथा स्वास्थ्य प्रवद्र्धनकार्यक्रममा बोल्दै वराकोटीले उच्च रक्तचाप, मधुमेह , स्वासप्रश्वास र क्यान्सर जस्ता रोगको संक्रमण बढ्दै गएको बताए । उनले हरेक चार जनामा एक जनालाई यस खाले समस्या देखा परेको बताए । महिलामा पाठेघर तथा स्तन क्यान्सर र पुरुषमा फोक्सोमा बढी समस्या देखिने गरेको प्रमुख वराकोटीले बताए । यस्ता रोग बढ्नुमा अस्वास्थकर खानपान, अधिक अल्कोहल सेवन, शारीरिक व्यायम नगर्नु र जनचेतनाको कमी…
मेचीनगर । काँकरभिट्टा नाकामा कार्यरत नव अभियान नेपालले भारतको कलकताबाट २ महिनादेखि अभिभावकसँग सम्पर्कविहीन रहेका भारतबाट एक जना बालकको उद्धार गरेको छ । बिराटनगर हाटखोला कटहरी ३ मामा मोहम्मद जिब्राइलको घरमा बस्दै आएका १४ बर्षीय समिम साफीलाई भारतको कलकता स्थित फेला पारेका थिए । उनलाई भारतमा भेटेपछि राजदूताबास र नव अभियान नेपाल शाखा काँकरभिट्टाको पहलमा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाको सहजीकरणमा उद्धारगरी आज मंगलबार नेपाल ल्याएर अभिभावकसंग पुनर्मिलन गराउन सफल भएको नव अभियानका क्षेत्रिय संयोजक इन्द्रबहादुर बस्नेतले नयाँ तृष्णा अनलाइनलाई जानकारी दिएका थिए । महिला बालबालिका तथा जेष्ठ नागरिक कार्यालय प्रमुख प्रहरी नायव निरीक्षक मिलन राई, भरतीय दूताबास सतिस थापाको…
तरुण राई, मेचीनगर । `हिमनदी संरक्षण’ भन्ने मूल नाराका साथ आज सरसफाइ कार्यक्रम गरी पानी दिवस मनाएकाे छ । धुलाबारी। एक्का नेपाल र वार्ड कार्यालयको सहयोगमा 'परिवर्तनका लागी यूवा' समुहद्धारा मेचीनगर नगरपालिका -१०, धुलाबारी अवस्थित बुद्ध विकास टोलमा रहेको हट बजार क्षेत्र र टिमाई नदीको सरसफाइ सहित ‘हिमनदी संरक्षण’ सम्बन्धी अभिमुखिकरण कार्यक्रम गरेर 'विश्व पानी दिवस २०२५' सम्पन्न भएको छ। 'परिवर्तनका लागी यूवा'का काउन्सेलर सरिता घिमिरेले पछिल्ला दिनमा जलवायु परिवर्तनका कारण हिमनदी सुक्दै गएको र त्यसले मानव जीवन र समग्र प्रकृतिमाथि ठूलो चुनौती थपिरहेको भन्ने आत्मबोधका साथ यस पटक पानी दिवसको मूल नारा नै हिमनदीको संरक्षण राखिएको जानकारी गराउनको…