Skip to main content

नयाँ तृष्णा

नेपाल पत्रकार महासंघको स्थापना दिवसः बिर्तामोडमा स्वास्थ्य शिविर

[adsforwp id="2511"]

झापा । नेपाल पत्रकार महासंघको ७० औं स्थापना दिवसको अवसरमा झापामा आयोजित कार्यक्रममा अस्वस्थकर खानपानका कारण पछिल्लो समय मानिसमा नसर्ने रोगको संक्रमण बढ्दो क्रममा रहेको स्वास्थ्य शाखा झापाका प्रमुख रमेश वराकोटीले बताएका छन् ।

नसर्ने रोगहरुको परीक्षण (स्क्रिनिङ) तथा स्वास्थ्य प्रवद्र्धनकार्यक्रममा बोल्दै वराकोटीले उच्च रक्तचाप, मधुमेह , स्वासप्रश्वास र क्यान्सर जस्ता रोगको संक्रमण बढ्दै गएको बताए । उनले हरेक चार जनामा एक जनालाई यस खाले समस्या देखा परेको बताए ।

महिलामा पाठेघर तथा स्तन क्यान्सर र पुरुषमा फोक्सोमा बढी समस्या देखिने गरेको प्रमुख वराकोटीले बताए । यस्ता रोग बढ्नुमा अस्वास्थकर खानपान, अधिक अल्कोहल सेवन, शारीरिक व्यायम नगर्नु र जनचेतनाको कमी भएको उनको भनाई छ ।

नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोड नगर अस्पतालका मेडिकल सुपरिटेण्डेण्ड डा. सुनिल अधिकारीले नगर अस्पतालले प्रदान गर्दै आएको स्वास्थ्य सेवाको विषयमा जानकारी गराएका थिए ।

नेपाल पत्रकार महासंघ झापा शाखाको आयोजना तथा स्वास्थ्य कार्यालय र बिर्तामोड नगरपालिका स्वास्थ्य शाखाको सहकार्यमा स्वास्थ्य शिविर आयोजना गरिएको थियो ।

शिविरमा बीएमआई (बडी मास इन्डेक्स), रक्तचाप, मधुमेह (सुगर), मिर्गौला, पाठेघरको मुखको जाँचलगायत सेवा प्रदान गरिएको थियो । शिविर बिर्तामोड–८ गरामनी स्वास्थ्य चौकीमा आयोजना गरिएको थियो ।

शिविर उद्घाटन सत्रमा स्वागत महासंघकी उपाध्यक्ष तथा कार्यक्रम संयोजक विनिषा गौतमले स्वागत गरेकी थिइन् भने महासंघका उपाध्यक्ष सुव्रत न्यौपानेले धन्यवाद ज्ञापन गरेका थिए ।

कार्यक्रमको संचालन महासंघ झापा शाखाका सचिव प्रदीप परियारले गरेका थिए ।
महासंघको स्थापना दिवसको अवसरमा शनिवार साँझ महासंघको कार्यालयमा दीप प्रज्वलन गरिने कार्यक्रम रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

एआईबाट राष्ट्रिय सुरक्षामा खतरा हुन सक्ने चिनियाँ गुप्तचर निकायको चेतावनी

एआईबाट राष्ट्रिय सुरक्षामा खतरा हुन सक्ने चिनियाँ गुप्तचर निकायको चेतावनी

चीनको गुप्तचर निकायले तीव्र गतिमा विकसित भइरहेको आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधिको दुरुपयोगबाट देशको राजनीतिक तथा सामाजिक ...
यूएईलाई हराउँदै नेपाल प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट

यूएईलाई हराउँदै नेपाल प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट

काठमाडौं । नेपाल एसीसी प्रिमियर कपको विजेता बन्दै एसिया कपका लागि छनोट भएको छ । शनिबार भएको फाइनलमा यूएईलाई पराजित गर्दै नेपाल एस...
भोटेकोशी बाढी : १ हजार ३८४ शव फेला, ४ हजार ८९ बेपत्ता

भोटेकोशी बाढी : १ हजार ३८४ शव फेला, ४ हजार ८९ बेपत्ता

काठमाडौं । भोटेकोशी बाढीपछि शुक्रबार १७ः०० बजेसम्म १ हजार ३ सय ८४ जनाको शव फेला परेको छ । रसुवा, नुवाकोट, धादिङ, चितवन, गोरखा,...
प्रेस युनियन खोटाङको अध्यक्षमा चिसाङ शेर्पा सर्वसम्मत

प्रेस युनियन खोटाङको अध्यक्षमा चिसाङ शेर्पा सर्वसम्मत

खोटाङ।   नेपाल प्रेस युनियन खोटाङको अध्यक्षमा चिसाङ शेर्पा सर्वसम्मत चयन हुनुभएको छ । प्रेस युनियन खोटाङको शुक्रबार ...