Skip to main content

नयाँ तृष्णा

Day: २०८१ चैत्र १४, शुक्रबार

नेपाल पत्रकार महासंघको स्थापना दिवसः बिर्तामोडमा स्वास्थ्य शिविर

नेपाल पत्रकार महासंघको स्थापना दिवसः बिर्तामोडमा स्वास्थ्य शिविर

झापा । नेपाल पत्रकार महासंघको ७० औं स्थापना दिवसको अवसरमा झापामा आयोजित कार्यक्रममा अस्वस्थकर खानपानका कारण पछिल्लो समय मानिसमा नसर्ने रोगको संक्रमण बढ्दो क्रममा रहेको स्वास्थ्य शाखा झापाका प्रमुख रमेश वराकोटीले बताएका छन् । नसर्ने रोगहरुको परीक्षण (स्क्रिनिङ) तथा स्वास्थ्य प्रवद्र्धनकार्यक्रममा बोल्दै वराकोटीले उच्च रक्तचाप, मधुमेह , स्वासप्रश्वास र क्यान्सर जस्ता रोगको संक्रमण बढ्दै गएको बताए । उनले हरेक चार जनामा एक जनालाई यस खाले समस्या देखा परेको बताए । महिलामा पाठेघर तथा स्तन क्यान्सर र पुरुषमा फोक्सोमा बढी समस्या देखिने गरेको प्रमुख वराकोटीले बताए । यस्ता रोग बढ्नुमा अस्वास्थकर खानपान, अधिक अल्कोहल सेवन, शारीरिक व्यायम नगर्नु र जनचेतनाको कमी…
Read More
राजावादीले जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीको कार्यालयमा लगाए आगो

राजावादीले जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीको कार्यालयमा लगाए आगो

काठमाडौं । राजावादीहरुले जडिबुटीस्थित जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीको कार्यालयमा आगजनी गरेका छन् ।पूर्वराजा ज्ञानेन्द्र शाहको समर्थनमा भएको प्रदर्शनमा उत्रिएका उनीहरूले जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीको कार्यालयमा आगजनी गरेका हुन् । राजावादीहरु तोडफोड र आगजनीमा उत्रिएपछि अहिले तीनकुने, कोटेश्वर र सिनामंगलमा प्रशासनले कर्फ्यु आदेश जारी गरिसकेको छ । यसअघि उनीहरुले कोटेश्वरस्थित भाटभटेनीमा लुटपाट गरेका थिए भने आलोकनगरस्थित एकिकृत समाजवादीको पार्टी कार्यालयमा आगजनी गरेका थिए । त्यस्तै उनीहरुले तिनकुनेस्थित एक निजी घरमा आगजनी समेत गरेका थिए ।
Read More
दुर्गा प्रसाईंविरुद्ध साइबर व्युरोमा उजुरी

दुर्गा प्रसाईंविरुद्ध साइबर व्युरोमा उजुरी

काठमाडौँ। राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक दुर्गा प्रसाईंविरुद्ध उजुरी परेको छ । प्रसाईँले लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायलाई लक्षित गरी घृणास्पद अभिव्यक्ति दिएको भन्दै मायाको पहिचान नेपालका कार्यकारी निर्देशक सुनिल बाबु पन्तले नेपाल प्रहरीको साइबर व्युरोमा उजुरी दिएका हुन् । उक्त उजुरी शुक्रबार व्युरोमा दर्ता पनि भइसकेको छ ।
Read More
काठमाडौंमा समाजवादी मोर्चा र पूर्वराजा समर्थकहरुको शक्ति प्रदर्शन, सुरक्षा व्यवस्था कडा, ३५ सय प्रहरी परिचालन

काठमाडौंमा समाजवादी मोर्चा र पूर्वराजा समर्थकहरुको शक्ति प्रदर्शन, सुरक्षा व्यवस्था कडा, ३५ सय प्रहरी परिचालन

काठमाडाैं । काठमाडौंमा आज हुने दुई प्रमुख प्रदर्शनको मध्यनजरमा सुरक्षा व्यवस्था कडा गरिएको छ। गणतन्त्र पक्षधर समाजवादी मोर्चा र पूर्वराजा समर्थक समूहले छुट्टाछुट्टै प्रदर्शन गर्नेछन्। समाजवादी मोर्चाले प्रदर्शनीमार्गमा शक्ति प्रदर्शन गर्ने भने पूर्वराजा समर्थकले तीनकुनेमा जुलुस निकाल्ने छन्। समाजवादी मोर्चामा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा सहभागी छन्। उनीहरूले भृकुटीमण्डपदेखि प्रदर्शनीमार्गसम्म र्‍याली निकाल्नेछन्। पूर्वराजा समर्थक समूह ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ र ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’का आयोजनामा प्रदर्शन गर्नेछन्। सुरक्षा दृष्टिकोणबाट, उपत्यका प्रहरी कार्यालयले उच्च सतर्कता अपनाएको छ। तीनकुने र प्रदर्शनीमार्ग क्षेत्रमा प्रहरी परिचालन गरिने छ।…
Read More