Skip to main content

नयाँ तृष्णा

दुर्घटनामा घाइते सहारा नेपालका कर्मचारी प्रल्हाद राजवंशीको मृत्यु

[adsforwp id="2511"]

झापा । दुई साताअघि सवारी दुर्घटनामा घाइते भएका सहारा नेपाल साकोसका कर्मचारी प्रल्हाद राजवंशीको उपचारका क्रममा मृत्यु भएको छ ।

सहारा नेपालको लक्ष्मीपुर शाखामा समूह प्रवर्द्धक पदमा कार्यरत राजवंशी गत चैत ३१ गते बिर्तामोड ६ स्थित रेखा पुलनजिक दुर्घटनामा परेका थिए । उनको उपचारका क्रममा आज दिउँसो २ः१५ बजे बीएण्डसी अस्पतालमा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक मेचीनगर ७ बस्ने २६ वर्षीय राजवंशी र उक्त मोटरसाइकलमा पछाडि सवार सोही ठाउँकी २३ वर्षीया प्रियंँका राजवंशी घाइते भएका थिए । दुवै घाइतेलाई बीएण्डसी अस्पतालमा भर्ना गरिएको थियो । त्यही उपचारका क्रममा उनको मृत्यु भएको हो ।

गत चैत ३१ गते अन्दाजी १ः३० बजे बिर्तामोड ६ रेखा पुलनजिकै पूर्वपश्चिम राजमार्गमा काँकडभिट्टाबाट बिर्तामोडतर्फ आउँदै गरेको मे. १० प ७३३६ नम्वरको मोटरसाइकलले सोही दिशातर्फ आउँदै गरेको प्र. १-०१-००१ च ९८७३ नम्वरको छोटा हात्ती गाडीलाई ओभरट्याक गर्ने क्रममा बिर्तामोडबाट इलामतर्फ जाँदै गरेको प्र. १-०३-००१ ज ००४८ नम्वरको इलेक्ट्रिक भ्यान एकआपसमा ठक्कर खाँदा दुर्घटना भएको थियो ।

तीनवटै सवारी साधन, भ्यान चालक इलाम माईजोगमाई गाउँपालिका ५ बस्ने २२ वर्षीय नविन खत्री, छोटा हात्ती गाडी चालक ताप्लेजुङ पाथिभरा याङवरक गाउँपालिकका ५ बस्ने ३० वर्षीय बुद्धिवीर तामाङलाई अस्थायी प्रहरी चौकी बुट्टाबारीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काँकरभिट्टामा कात्तिक १७ गते श्रम संस्कृति पार्टीको जनसभा, अध्यक्ष हर्क साम्पाङ सहभागी हुने

काँकरभिट्टामा कात्तिक १७ गते श्रम संस्कृति पार्टीको जनसभा, अध्यक्ष हर्क साम्पाङ सहभागी हुने

झापा, काँकरभिट्टा। श्रम संस्कृति पार्टीले आगामी कात्तिक १७ गते झापाको पूर्वी प्रवेशद्वार काँकरभिट्टामा जनसभा तथा विशेष कार्यक...
लुला चौथो कार्यकालका लागि ब्राजिलको राष्ट्रपतिमा निर्वाचित

लुला चौथो कार्यकालका लागि ब्राजिलको राष्ट्रपतिमा निर्वाचित

काठमाडौँ। ब्राजिलका वामपन्थी नेता लुइज इनासियो लुला डा सिल्भा चौथो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएका छन्। दोस्रो चरण...
फिलिपिन्समा दुई ट्रेनिङ विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु

फिलिपिन्समा दुई ट्रेनिङ विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु

काठमाडौं । फिलिपिन्समा शुक्रबार तालिमका क्रममा वायुसेनाका दुईवटा विमान एक-आपसमा ठोक्किएका छन्। यस दुर्घटनामा दुवै विमानमा सवार चा...
पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउने प्रयासप्रति विश्व हिन्दु परिषद् नेपालको कडा आपत्ति

पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउने प्रयासप्रति विश्व हिन्दु परिषद् नेपालको कडा आपत्ति

काठमाडौँ, । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तस्थित डेरा इस्माइल खान जिल्लामा रहेको करिब २०० वर्ष पुरानो ऐतिहासिक रामलीला मन्दिर...