Skip to main content

नयाँ तृष्णा

कोशी प्रदेश

झापाबाट केन्द्रीय परिसद् सदस्यमा सुब्बा र कार्की निर्वाचित

झापाबाट केन्द्रीय परिसद् सदस्यमा सुब्बा र कार्की निर्वाचित

२९ मंसिर, झापा । नेपाल पत्रकार महासंघको केन्द्रीय परिसद् सदस्यमा झापाबाट  २ जना निर्वाचित भएका छन् भने २ जना निर्विरोध  भए । महासंघ झापाको राति १० वजे सम्पन्न केन्द्रीय परिसद् सदस्यको मतपरिणाम अनुसार केन्द्रीय परिसद् सदस्यमा विष्णु सुब्बा र अर्जुन कार्की निर्वाचित भएका हुन् । निर्वाचन अधिकृत शिरो सान्दाईले केन्द्रीय परिसद् सदस्य पदमा विष्णु सुब्बाले १०१ र अर्जुन कार्कीले ९९ मत ल्याएर निर्वाचित भएको जानकारी दिए । केन्द्रीय परिसद् सदस्य पदका प्रतिस्पर्धीहरु कमन देवानले २८, नेत्रविक्रम विमलीले, पर्वत पोर्तेलले ६४ र होमप्रकाश अधिकारीले ५६ मत मात्र प्राप्त गरेको निर्वाचन अधिकृत सान्दाईले बताए । झापाबाट ४ जना केन्द्रीय परिसद् सदस्यमा ८…
Read More
कोशीका नवनियुक्त आन्तरिक मामिलामन्त्री भण्डारीले लिए शपथ

कोशीका नवनियुक्त आन्तरिक मामिलामन्त्री भण्डारीले लिए शपथ

१७ मंसिर, विराटनगर ।  कोशीका नवनियुक्त आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतिरमण भण्डारीले शपथ लिएका छन्। कोशी  प्रदेश प्रमुख पर्शुराम खापुङसामू उनले पद तथा गोपनीयताको शपथ लिएका हुन्। तत्कालीन आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीलाई मानव तस्करी आरोप लागेपछि राजीनामा दिएका थिए। रिक्त उक्त मन्त्रालयमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भण्डारीलाई आज मन्त्री नियुक्त गरेका थिए।  
Read More
झापामा लैङ्गिक हिंसा विरूद्धकाे १६ दिने अभियान शुरु : हिंसा अन्त्यको माग गर्दै काँकरभिट्टामा प्रभातफेरि (तस्विर सहित)

झापामा लैङ्गिक हिंसा विरूद्धकाे १६ दिने अभियान शुरु : हिंसा अन्त्यको माग गर्दै काँकरभिट्टामा प्रभातफेरि (तस्विर सहित)

  १० मंसिर , मेचीनगर । लैङ्गिक हिंसा विरूद्धकाे १६ दिने अभियानकाे पहिलाे दिन आज झापाकाे मेचीनगरमा प्रभात फेरि सहितको र्याली निकालेको छ । हरेक वर्षकाे २५ नाेभेम्बरदेखि १० डिसेम्बर वा (२०८१ मंसिर १० देखि २५ गते) सम्म याे अभियान सञ्चालन हुने गर्दछ । ‘हामी सबैको प्रतिवद्वताः लैङ्गिक हिंसा अन्त्यको लागि ऐक्यबद्वता’ नारासहित नगरपालिकाकाे आयोजनामा प्रभातफेरि गरेर आजदेखि १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान सुरु गरेको छ । ईलाका प्रहरी कार्यालय परपसरबाट शुरू भएको र्यालीले “घर शान्ति नै विश्व शान्तिको आधार, दिगो विकाशका लागि लैङ्गिक हिंसा रहित समाज”, “हिंसामुक्त समाज हाम्रो प्रतिवद्धता, “बालबालिकालाई शिक्षामा जोड दिऊँ”, “हाम्रो आधार सुरक्षित, हाम्रो…
Read More
नेपाली ख्रीष्टियन नागरिक संघ भद्रपुर क्षेत्रिय कार्य–समितिले गरे शुभकामना कार्यक्रम

नेपाली ख्रीष्टियन नागरिक संघ भद्रपुर क्षेत्रिय कार्य–समितिले गरे शुभकामना कार्यक्रम

१९ कार्तिक, झापा । नेपाली ख्रीष्टियन नागरिक संघ भद्रपुर क्षेत्र न ३ का कार्य–समितिले शुभकामना कार्यक्रम गरेको छ । सोमबार भद्रपुर ४ स्थीत नेपाल ख्रीष्टियन चर्च भवनमा सम्पन्न भएके शुभकामना कार्यक्रममा कोशी प्रदेश राज्य तथा भौतिक पुर्वधारमन्त्री भूमी प्रसाद राजबंशीको प्रमुख आतिथ्यतामा भएको थियो। मन्त्री भूमी प्रशाद राजवंशी ,पुर्वधार बिकास ,राज्यमन्त्रीले भन्नुभयो धर्मले सहि बाटोमा हिड्न सिकाउने काम गर्छ। धर्मले मान्छेलाई असल बनाउने काम गर्छ ।धर्मले सत्मार्गमा हिड्ने दिशा देखाउँछ। ख्रीष्टियन धर्म नयाँ धर्म होइन धेरै पुरानो हो । हामीलाई स्कूलमा इतिहासको किताबबाट पढाइन्थ्यो । राजवंशी मन्त्रीले धन्यवाद र शुभकामना सम्बोधन गर्दै भन्नुभयो एउटा महत्वपूर्ण कुरा यहाँ मैले देखिराखेको छु…
Read More
कोशी ब्यारेजमा पुल माथिबाटै बग्न थाल्यो पानी, पैदल हिँडन पनि रोक

कोशी ब्यारेजमा पुल माथिबाटै बग्न थाल्यो पानी, पैदल हिँडन पनि रोक

१२ असोज, विराटनगर । कोशी ब्यारेजमा पानीको बहाब अत्यधिक बढेपछि पुलमाथिबाट पानी बगेको छ । सुनसरीका प्रहरी उपरीक्षक विपिन रेग्मीका अनुसार शनिबार अपरान्ह चार बजे ५ लाख ४९ हजार क्युसेक बाढी मापन भएको छ । बाढी कोशीको पुलमाथिबाट पनि बगेको उनले बताए । बाढीको बहाव उच्च भएपछि कोशीमा सवारी आवतजावत पनि बन्द गरिएको उनले बताए । यहाँ शनिबार साँझ मापन गरिएको साढे ५ लाख क्युसेक पानी ३७ वर्षयताकै उच्च हो । यसअघि सन् १९८७ मा ५ लाख २३ हजार क्युसेक मापन भएको थियो ।  
Read More
अविरल वर्षाका कारण झापासहित देशभरको जनजीवन प्रभावित

अविरल वर्षाका कारण झापासहित देशभरको जनजीवन प्रभावित

११ आश्विन , झापा । कोशी प्रदेशका बिभिन्न स्थानमा तीन दिनदेखिको जारी अविरल वर्षाका कारण जनजीवन प्रभावित भएको छ। अविरल वर्षाका कारण इलाम,पाँचथर, ताप्लेजुङलगायतका हिमाली तथा पहाडी जिल्लाका सडकहरू अवरुद्ध बनेका छन्। सडक भत्किएका कारण यातायातका साधन चल्न सकेका छैनन् । झापाको बिर्तामोडकाे बिर्ताबजार, सैनिकमाेड र बिराटपाेखरीलगायतकाे आसपासका घर, पसल, कलकारखाना, अस्पतालगरि ५० भन्दाबढी डुवानमा परेको छ । जेसेवीले आसपासका डुवान पानीलाई तर्काउने काम गरिएको छ । भारी वर्षाका कारण प्रदेशका कतिपय स्थानीय तहले सामुदायिक तथा संस्थागत विद्यालयको पठनपाठन स्थगित गरेका छन्। निजी विद्यालयको छाता संगठन प्याव्सन, एन प्याव्सनले पनि विद्यालय बन्द गराएका छन् कोशी प्रदेशअन्तर्गत तराईका झापा, मोरङ र…
Read More
झापा मेचीनगरका जयरामले गरे आइल्याण्ड पिक हिमालको आरोहण

झापा मेचीनगरका जयरामले गरे आइल्याण्ड पिक हिमालको आरोहण

१ असोज, मेचीनगर । झापा मेचीनगरका युवा जयराम दाहालले आइल्याण्ड पिक हिमालको सफल आरोहण गर्नु भएको छ । मेचीनगर १५ ज्यामिरगढीका दाहालले १७ सेम्टेम्बर अर्थात असोज १ गते आज बिहान उक्त हिमालको सफल आरोहण गर्न सफल हुुनु भएको हो । सोलुखुम्बु जिल्लाको सगरमाथा हिमाल क्षेत्रमा नै रहेको ६ हजार एक सय ६५ मिटर उचाईको आइल्याण्ड पिक हिमालको टुप्पोमा आज विहान ९ः३० बजे पुग्न सफल भएको दाहालले सेतोपत्रलाई बताउनु भयो । २७ बर्षे युवा दाहालले आइल्याण्ड पिक हिमालको सफल आरोहणका लागि १४ दिन लागेको वहाँले बताउनु भयो । भदौ १९ गते हिमाल आरोहणका लागि सुरुवात गर्नु भएका दाहाल असोज १ गते शिखरमा…
Read More
पूर्वमुख्यमन्त्री कार्की पुनः अनशनमा

पूर्वमुख्यमन्त्री कार्की पुनः अनशनमा

२५ भाद्र, काठमाडौं । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले फेरि अनशन सुरु गरेका छन् । निषेधित क्षेत्रमा अनशन बसेको भन्दै केही समयअघि उनलाई प्रहरी नियन्त्रण लिएको थियो । प्रहरीले उनलाई गाडीमा टन्कीसिन्वारीको घरसम्म छाडेर फर्किएको थियो । लगत्तै उनी निजी गाडी चढेर अनशन बस्न विराटनगर आएका थिए । उनी अहिले विराटनगरको देवकोटा चोकमा अनशन बसेका छन् ।
Read More
महिला लिगमा कोशीको लगातार दोस्रो जित

महिला लिगमा कोशीको लगातार दोस्रो जित

२० भदाै, झापा  । एन्फा महिला लिगमा कोशी प्रदेशले लगातार दोस्रो जित निकालेको छ। एन्फा कम्प्लेक्समा बिहीबार भएको खेलमा कोशीले बामगती युथ क्लबलाई २-१ गोलले पराजित गर्‍यो। खेलमा अग्रता भने बागमती युथ क्लबले लियो। बागमतीका लागि विष्णुमाया बलले २६ मिनेटमा गोल गरिन्। ‍ २९ मिनेटमा कोशीले बराबरी गोल फर्कायो। कोशीका लागि समिक्षा मगरले बराबरी गोल गरिन्। ५५ मिनेटमा बामगतीले आत्मघाती गोल गर्दा कोशीलाई फाइदा पुग्यो। बागमतीकी दिव्या मगरले आत्मघाती गोल गरेपछि कोशी २-१ गोलले अघि बढेको थियो।
Read More
कोशीमा प्रदेश निजामती सेवा ऐन संशोधन विधेयक सर्वसम्मतले पारित

कोशीमा प्रदेश निजामती सेवा ऐन संशोधन विधेयक सर्वसम्मतले पारित

१९ भाद्र, विराटनगर। कोशी प्रदेशसभा बैठकबाट प्रदेश निजामती सेवा ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक पारित भएको छ । बुधबारको प्रदेशसभा बैठकमा संशोधन प्रस्ताव दर्ता गरेका सांसदले संशोधन फिर्ता लिएपछि प्रदेशसभाबाट विधेयक पारित भएको हो । नेकपा माओवादी केन्द्रका सांसद गोम्बु शेर्पा र गणेश उप्रेतीले संयुक्त रुपमा संसोधन प्रस्ताव दर्ता गरेका थिए । कांग्रेस प्रमुख सचेतक गोपाल तामाङ र एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारीले संयुक्त रुपमा संशोधन प्रस्ताव दर्ता गरेका थिए । नेकपा एमाले सांसद इन्द्रमणी पराजुली र निरन राई, नेकपा एकिकृत समाजवादीको तर्फबाट कमलप्रसाद जवेगूले विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गरेका थिए । सरकारले राजनीतिक सहमतिका आधारमा पारित गर्ने…
Read More