Skip to main content

नयाँ तृष्णा

समाचार

काँकरभिट्टामा श्रमदानबाट श्रम संस्कृति पार्टीको कार्यालय भवन निर्माण सम्पन्न

काँकरभिट्टामा श्रमदानबाट श्रम संस्कृति पार्टीको कार्यालय भवन निर्माण सम्पन्न

काँकरभिट्टा, झापा ​झापाको मेचीनगर नगरपालिका वडा नं. ६ स्थित काँकरभिट्टामा श्रम संस्कृति पार्टीको वडा कार्यालय भवन निर्माण कार्य सम्पन्न भएको छ। स्थानीय युवा तथा श्रमदाताहरूको सक्रिय सहभागितामा दुई कोठे भवनको निर्माण कार्य पूरा भएको हो। ​निर्माण समितिका संयोजक पवित्र प्रसाद राईका अनुसार करिब ५० जना श्रमदाताहरूको संयुक्त श्रमदान र लगनशीलताबाट उक्त भवन निर्माण गरिएको हो। श्रम संस्कृतिको भावनालाई आत्मसाथ गर्दै स्थानीय श्रमशक्तिबाटै भवन तयार पारिएको संयोजक राईले जानकारी दिनुभयो। ​भौतिक निर्माणको काम सम्पन्न भइसकेको भए तापनि आवश्यक कार्यालय व्यवस्थापन (फर्निसिङ तथा आन्तरिक सजावट) को काम पूरा भएपछि मात्र भवनको औपचारिक उद्घाटन गरिने निर्माण समितिले जनाएको छ।
Read More
विश्वकप तयारीका क्रममा नेपाल यू-१९ महिला क्रिकेट टोलीले दुई अन्तर्राष्ट्रिय खेल खेल्ने

विश्वकप तयारीका क्रममा नेपाल यू-१९ महिला क्रिकेट टोलीले दुई अन्तर्राष्ट्रिय खेल खेल्ने

 काठमाडौँ , नेपाल यू-१९ महिला क्रिकेट टोली आगामी आईसीसी महिला यू-१९ टी-२० विश्वकप तयारीका क्रममा दुई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने भएको छ।  नेपाल क्रिकेट संघ (क्यान) का अनुसार यू-१९ महिला क्रिकेट टोलीले आगामी नोभेम्बर ३ देखि ८ सम्म चीनमा आयोजना हुने बेल्ट एन्ड रोड यू-१९ गर्ल्स टी-२०आई प्रतियोगितामा सहभागिता जनाउने भएको हो। उक्त प्रतियोगितामा आयोजक चीनसहित नेपाल, हङकङ र थाइल्यान्डका टोली सहभागी हुनेछन्।  त्यसैगरी भारतको बैङ्गलोरमा नोभेम्बर १० देखि २२ सम्म आयोजना हुने त्रिदेशीय शृंखलामा पनि नेपाल यू-१९ महिला क्रिकेट टोलीले सहभागिता जनाउनेछ। उक्त शृंखलामा नेपाल यू-१९ महिला टोली, भारत यू-१९ महिला 'ए' टोली र भारत यू-१९ महिला 'बी' टोलीबिच प्रतिस्पर्धा हुनेछ।
Read More
आज बडादशैंको मुख्य टीकाको उत्तम साइत बिहान १०:२६ बजे

आज बडादशैंको मुख्य टीकाको उत्तम साइत बिहान १०:२६ बजे

४ कार्तिक २०८३, बुधबार , झपा । नेपालीहरूको महान् पर्व बडादशैंअन्तर्गत आज विजया दशमी मनाइँदै छ। आज देशभरका नेपालीले मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गरी दशैं मनाउँदैछन्। नेपाल पञ्चांग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीकाको उत्तम साइत बिहान १० बजेर २६ मिनेटमा रहेको छ। त्यस्तै, देवी विसर्जनको साइत बिहान ८ बजेर ४९ मिनेटमा निर्धारण गरिएको छ। समितिका अध्यक्ष सहप्राध्यापक डा. पुरुषोत्तम भट्टराईका अनुसार दिनभर टीका लगाउन सकिने भए पनि शुभ साइतमा टीका लगाउन चाहनेहरूका लागि बिहान १०:२६ बजेको समय तोकिएको हो। साइतमा टीका लगाउँदा टीका लगाइदिने मान्यजन पूर्वतर्फ र टीका थाप्ने व्यक्ति पश्चिमतर्फ फर्कनुपर्नेछ। दशैंमा परिवार तथा आफन्तजन…
Read More
इक्वेडरमा ६३ वर्षीया पादरीको ‘मास’ (प्रार्थना सभा) को समयमा ढलेको क्रुस (Crucifix) ले लागेर मृत्यु

इक्वेडरमा ६३ वर्षीया पादरीको ‘मास’ (प्रार्थना सभा) को समयमा ढलेको क्रुस (Crucifix) ले लागेर मृत्यु

किरण सुनुवार, गुवायाकिल (इक्वेडर) — अक्टोबर १९, २०२६इक्वेडरका एक पादरीको प्रार्थना सभा (Mass) सञ्चालन गरिरहेको समयमा ढलेको ठूलो क्रुसले लागेर मृत्यु भएको छ। अक्टोबर १७ मा उक्त धार्मिक सेवाको प्रत्यक्ष प्रसारण (Livestream) भइरहेकै समयमा यो दर्दनाक दुर्घटना घटेको थियो। इक्वेडरको सबैभन्दा ठूलो शहर गुवायाकिलस्थित 'अवर लेडी अफ पर्पेचुअल हेल्प' (Our Lady of Perpetual Help) चर्चमा वेदी (Altar) को पछाडि उभिएर ५३ वर्षीय रेडम्प्टोरिस्ट पादरी प्याट्रिसियो अल्फ्रेदो सान्चेज मोलिनारीले प्रार्थना गराइरहेका थिए। सोही क्रममा एउटा ठूलो क्रुस अगाडि ढलेर उहाँको टाउकोमा सिधै ठोक्कियो। क्रुसले लागेपछि उहाँ वेदीको पछाडि ढल्नुभएको थियो।उहाँ ढलेपछि प्रार्थनामा उपस्थित मानिसहरूले "पाड्रे!" ("फादर!") भन्दै कराएको र उहाँलाई बचाउन…
Read More
फ्रान्समा दंगापछि आंशिक कर्फ्यु, २ हजार व्यवसाय प्रभावित

फ्रान्समा दंगापछि आंशिक कर्फ्यु, २ हजार व्यवसाय प्रभावित

पेरिस । फ्रान्समा लगातार बढ्दै गएको हिंसात्मक प्रदर्शन, लुटपाट र तोडफोड नियन्त्रण गर्न सरकारले केही सहरलाई आंशिक कर्फ्यु लागू गर्ने अधिकार दिएको छ। प्रधानमन्त्री सेबास्टियन लेकोर्नुले सप्ताहान्तमा भएका हिंसात्मक घटनापछि जनताको सुरक्षा र व्यापारिक प्रतिष्ठानको संरक्षणका लागि यस्तो कदम चालिएको बताएका छन्। प्रदर्शनका क्रममा फ्रान्सभर करिब २ हजार व्यवसाय प्रत्यक्ष प्रभावित भएको फ्रान्सको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रीका प्रमुखले बताएका छन्। पसलहरूमा लुटपाट, तोडफोड तथा अन्य हिंसात्मक गतिविधि बढेपछि स्थानीय प्रशासनलाई थप अधिकार प्रदान गरिएको हो। प्रधानमन्त्री लेकोर्नुले फ्रान्समा यस्तो हिंसा कसरी उत्पन्न भयो भन्ने विषयमा नागरिकले जवाफ खोजिरहेको बताएका छन्। उनका अनुसार आन्दोलनको पछिल्लो स्वरूपले सार्वजनिक सुरक्षा र सामाजिक…
Read More
बगर बनेको जिन्दगी, नीरव सन्नाटा र आँसुको दशैं

बगर बनेको जिन्दगी, नीरव सन्नाटा र आँसुको दशैं

हिमालको काखमा अवस्थित सुरम्य गाउँहरूमा असोजको शीतसँगै उल्लासको बास्ना छाउनुपर्ने थियो। पाखा-पखेरामा फुलेका सयपत्री, घर-घरमा ठडिने लिङ्गे पिङ र परदेशिएका पाइलाहरू गाउँ फर्किँदा छाउने खुसीले पहाडका बस्तीहरू गुञ्जयमान हुनुपर्ने समय हो यो। तर, यसपालि रसुवाका थुप्रै बस्तीहरूमा उल्लास होइन, केवल मृत्युतुल्य नीरव सन्नाटा र कहालीलाग्दो शोक व्याप्त छ। एकैछिनको भीषण बाढी र पहिरोले आँखै अगाडिको घरबार, लहलहाउँदा खेतबारी र पुस्तौंदेखिको चिनारी मात्र बगाएन— कैयौँको सिङ्गो संसार र खुसीका आधारहरू समेत सदाका लागि खोसेर लग्यो। चाडपर्वले प्रायः पुराना घाउहरू भुलाएर खुसी साट्ने अवसर ल्याउँछ। तर, सर्वस्व गुमाएका पीडितहरूका लागि भने यो दशैं उत्सव होइन, एउटा गहिरो र कारुणिक दशा बनेर आएको…
Read More
भारतबाट छ नेपाली बालबालिकाको उद्धार, परिवारसँग पुनर्मिलन

भारतबाट छ नेपाली बालबालिकाको उद्धार, परिवारसँग पुनर्मिलन

३१ असोज, काँकरभिट्टा, झापा । भारतका विभिन्न बाल संरक्षण गृहमा रहेका छ जना नेपाली बालबालिकालाई सुरक्षित रूपमा स्वदेश फर्काई परिवारसँग पुनर्मिलन गराइएको छ। भारतको पश्चिम बंगाल सरकार, कोलकातास्थित नेपालको महावाणिज्यदूतावास र नव अभियान नेपालबीचको निरन्तर समन्वय तथा सहकार्यपछि उनीहरूको स्वदेश फिर्ती प्रक्रिया सफलतापूर्वक सम्पन्न भएको हो। पुनर्मिलन गराइएका बालबालिकामा १६ वर्षीया पूजा दनुवार, १६ वर्षीया रीता मण्डल, १५ वषीया सीता लिम्बु,१४ वर्षीया कमल मुखिया, १६ वर्षीय विनोद माझी,१५ वषीया सन्दिप गुप्ता रहेका छन्। (बालबालिकाको गोपनीयता र सुरक्षालाई ध्यानमा राखी समाचारमा नाम परिवर्तन गरिएको छ।) फरक–फरक परिस्थितिमा भारत पुगेका बालबालिकाप्राप्त विवरणअनुसार, सिराहाको हरिनगर क्षेत्रकी रीता करिब तीन महिनाअघि परिवारसँग बाबाधाम तीर्थयात्रामा…
Read More
उदयपुरमा यात्रुवाहक बस दुर्घटना : एक युवतीको मृत्यु, १५ जना घाइते

उदयपुरमा यात्रुवाहक बस दुर्घटना : एक युवतीको मृत्यु, १५ जना घाइते

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका ७ काली खोला सुर्के झोलुंगे पुल नजिक मदन भण्डारी लोकमार्गमा दिउँसो  ३.३० बजे भएको सवारी दूर्घटनामा एक जनाको ज्यान गएको छ भने १५ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरले दिएको जानकारी अनुसार त्रियुगा न.पा. वडा नं ७ कालीखोला सुर्के स्थित मदनभण्डारी लोकमार्गमा काठमाण्डौबाट धरान तर्फ आउँदै गरेको बा.प्र—.०१—००६ ख ८५२२ नम्बरको ओखलढुंगे बस आफै अनियन्त्रित भई  रोडको साइडमा पल्टेका थियो ।  दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने  १५ जना घाईते भएका छन् । जिल्ला उदयपुर चौदण्डीगढी नंपां वडा न ४  बसाहा बस्ने वर्ष  १८ की सोनु बसेल गम्भीर घाईते भई उपचारको…
Read More
२०औं एसियन गेम्समा पदक विजेता खेलाडीले पाए पुरस्कार

२०औं एसियन गेम्समा पदक विजेता खेलाडीले पाए पुरस्कार

काठमाडौं । २०औं एसियन गेम्समा पदक जित्न सफल खेलाडी, प्रशिक्षक तथा व्यवस्थापकले सरकारबाट पुरस्कार पाएका छन् । सरकारले खेलकुद विकास नियमावलीअनुसार नेपाललाई पदक जिताउन सफल करातेका तेञ्जिङ शर्मा र महिला कबड्डी टोलीसहित प्रशिक्षक र व्यवस्थापकको खातामा पुरस्कार रकम जम्मा गरिदिएको हो । यसअघि २३ असोजमा बसेको मन्त्रिपरिषद्को बैठकले पदक विजेता खेलाडीलाई पुरस्कार दिने निर्णय गरेको थियो । जसअनुसार तेन्जिङले ६ लाख ५० हजार, उनका प्रशिक्षक कुशल श्रेष्ठले एक लाख ३० हजार र व्यवस्थापक युवराज लामाले ६५ हजार पाएका हुन् । कबड्डी टोलीका खेलाडीले जनही १ लाख ९५ हजार, मुख्य प्रशिक्षक पार्वती राईले १ लाख ३० हजार, सहायक प्रशिक्षक लोकबहादुर विष्ट…
Read More
दशैंको अन्तर्राष्ट्रिय शुभसाइत सार्वजनिक, कुन देशमा कति बजे ?

दशैंको अन्तर्राष्ट्रिय शुभसाइत सार्वजनिक, कुन देशमा कति बजे ?

काठमाडौं। अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले विभिन्न देशमा बसोबास गर्ने सनातन धर्मावलम्बीका लागि स्थानीय समयअनुसार विजया दशमी–२०८३ को टीका लगाउने शुभसाइत सार्वजनिक गरेको छ । समितिको २०८३ असोज २० गते बसेको बैठकको निर्णयअनुसार नेपालसहित विभिन्न देशका प्रमुख शहरमा स्थानीय मानअनुसार टीकाको साइत निर्धारण गरिएको हो । समितिका अनुसार काठमाडौंमा कात्तिक ४ गते बिहान १०ः२६ बजे विजयादशमीको टीका लगाउने शुभसाइत रहेको छ । भारतको दिल्लीमा बिहान ९ः११ बजे, भुटानको थिम्पुमा १०ः१४ बजे, अमेरिकाको न्युयोर्कमा १०ः११ बजे, फ्र्याङ्कफर्टमा १०ः४७ बजे, भ्यानकुभरमा ११ः४५ बजे, टेक्सासमा १०ः२७ बजे, वासिङ्टन डिसीमा १०ः२१ बजे, क्यालिफोर्नियामा ९ः५१ बजे र क्यानडाको टोरोन्टोमा १०ः४१ बजे टीका लगाउने शुभसाइत तोकिएको छ…
Read More