१२ असार, काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले शपथ ग्रहण गरेका छन् । उनलाई केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष भुवन केसीले शपथ ग्रहण गराएका हुन् । चितवनमा ७ असारदेखि आज (१२ असार) सम्म भएको महाधिवेशनबाट लामिछाने निर्विरोध निर्वाचित भएका थिए ।
चितवन . राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्यमा लोकप्रिय मतसहित निर्वाचित भएका सांसद सागर ढकालले पार्टीको आगामी पदाधिकारी निर्वाचनमा महामन्त्री पदका लागि उम्मेदवारी दिने घोषणा गरेका छन् । बिहीबार सार्वजनिक केन्द्रीय सदस्यको मतपरिणाममा चौथो सर्वाधिक मत प्राप्त गरेलगत्तै ढकालले सामाजिक सञ्जालमार्फत महामन्त्री पदमा उम्मेदवारी दिने निर्णय सार्वजनिक गरेका हुन् । ढकालले मतदान प्रक्रियाका क्रममा मतपत्रमा उम्मेदवारको नाम खोज्न चुनौतीपूर्ण अवस्था रहे पनि आफूलाई पहिलो चारभित्र पारेर विजयी गराएकोमा प्रतिनिधि तथा मतदाताप्रति आभार व्यक्त गरेका छन् । उनले आफ्नो विजयलाई व्यक्तिगतभन्दा पनि समर्थक, शुभेच्छुक तथा परिवर्तनको पक्षमा उभिने सबैको साझा जितका रूपमा व्याख्या गरेका छन् । निर्वाचन परिणामपछि…
मेचीनगर । श्रम संस्कृति पार्टीले आफ्नो संगठन विस्तार तथा सुदृढीकरण अभियानअन्तर्गत मेचीनगर वडा नं. ७ मा नयाँ वडा समिति गठन गरेको छ। बुधबार सम्पन्न भेलाले श्रम संस्कृति पार्टी मेचीनगर नगर अध्यक्ष पदम सुनुवारको अध्यक्षतामा वडा नं. ७ कार्य समिति सर्वसम्मत रूपमा गठन गरेको हो। नवगठित समितिको अध्यक्षमा सन्तोष बि.क. चयन भएका छन्। त्यसैगरी समितिको उपाध्यक्षमा धन राई र कुमार थापा मगर, महिला उपाध्यक्षमा दिपा राई, सचिवमा तारा वीर लिम्बु, सह–सचिवमा श्यामलाल सोरेन तथा कोषाध्यक्षमा सुस्मिता मुर्मु चयन भएका छन्। समितिका सदस्यहरूमा धनबहादुर राई, विनोद राजवंशी, किसान राई, धनबहादुर गुरुङ, अमर मेचे, आकेश राजवंशी, बाबु राजवंशी, टेककुमार सुनुवार, समिर लिम्बु…
असार ११ (बिहीबार) , मेचीनगर, श्रम संस्कृति पार्टी, मेचीनगर वडा नं. ६ को आयोजनामा आज काँकरभिट्टा पूर्वी नाकामा वृहत् सरसफाइ कार्यक्रम सम्पन्न भएको छ। बिहान ७ बजेदेखि नेपाल–भारत पूर्वी नाका अन्तर्गत मेची पुलको सीमाक्षेत्रबाट सुरु गरिएको सरसफाइ अभियानमा पार्टीका नेता–कार्यकर्ता, स्थानीयवासी तथा विभिन्न निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। वडा अध्यक्ष जनक बस्नेतले पूर्वी नाका विभिन्न राष्ट्रबाट नेपाल प्रवेश गर्ने पर्यटकहरूको मुख्य प्रवेशद्वार भएकाले यस क्षेत्रलाई स्वच्छ, सुन्दर र रमणीय बनाउनु आवश्यक रहेको बताए। उनले यस अभियानको सुरुआत यहाँबाट गरिएको र आगामी दिनमा मेचीनगरका अन्य वडाहरूमा पनि सञ्चालन गरिने जानकारी दिए। कार्यक्रमलाई सम्बोधन गर्दै श्रम संस्कृति पार्टी मेचीनगर अध्यक्ष पदम दनुवारले…
काँकरभिट्टा, झापा । मेचीनगरमा बाल संरक्षणको वर्तमान अवस्था सम्बन्धी अन्तरक्रिया कार्यक्रम बिहीबार काँकरभिट्टा क्याम्पसको सभाहलमा सम्पन्न भएको छ। बाल जागरण मञ्चको आयोजनामा सम्पन्न कार्यक्रममा बालबालिकाको बेचबिखन, बालविवाह, लागूऔषधको कुलत, बालश्रम लगायत बालअधिकारसँग सम्बन्धित विविध जटिल विषयमा छलफल गरिएको थियो। अन्तरक्रिया कार्यक्रममा यूएनडीपी (UNDP) का अनुसन्धानकर्ता दिलकुमार मगर, माइती नेपालका गोविन्द घिमिरे, नेपाल प्रहरीका प्रतिनिधि प्रहरी नायव निरीक्षक मिलनकुमारी राई , नाइट चेस क्लबका गोविन्द न्यौपाने, प्रदेश संयोजक सोमराज ढकाल, बाल जागरण मञ्चका मणिकुमार लिम्बू, महिला जनचेतना केन्द्रकी मनिला उप्रेती तथा नव अभियान नेपालका डिल्ली राम थापा मगरलगायतले आफ्नो धारणा राख्नुभएको थियो। कार्यक्रममा वक्ताहरूले आ–आफ्नो क्षेत्रबाट बाल संरक्षणका लागि भइरहेका…
धादिङ, चैत १० धादिङ । धादिङ जिल्लाको रुबीभ्याली गाउँपालिका–१ स्थित प्याल्दोर पिक क्षेत्रमा स्थापना गरिएको इसाई धर्मावलम्बीहरूको आस्थाको प्रतीक फलामे क्रस तोडफोड गरिएको घटनाप्रति विभिन्न संघसंस्थाले गम्भीर ध्यानाकर्षण जनाएका छन्। धादिङ इसाई समाजले जारी गरेको अनुरोधपत्रमा उल्लेख भएअनुसार उक्त क्रस २०७६ साल असोज १९ गते स्थापना गरिएको थियो। हालै अज्ञात व्यक्तिहरूद्वारा क्रस ढालिएको र फालापारिएको अवस्थामा भेटिएको जनाइएको छ। घटनामा संलग्न व्यक्ति वा समूहको पहिचान अझै खुल्न नसकेको समाजले जनाएको छ। धादिङ इसाई समाजले घटनाको निष्पक्ष छानबिन गरी दोषी पहिचान गर्न तथा इसाई समुदायलाई उचित न्याय दिलाउन सम्बन्धित निकायहरू—वडा कार्यालय, गाउँपालिका कार्यालय तथा इलाका प्रहरी कार्यालय—समक्ष आग्रह गरेको छ।…
काठमाडौं । गीतकार, निर्माता तथा लेखक डा. भोला रिजालका छोरा डा. कपिल रिजालको निर्देशन बनेको नयाँ फिल्म ‘गौँथली’ आगामी साउन १ गतेबाट प्रदर्शनमा आउँदैछ । यो फिल्म दुई दशकअघि बनेको ‘गौँथली’को ‘कन्सेप्ट’मा निर्माण भएको हो । अर्थात् पढ्ने इच्छा भएकी युवतीको विवाह भएपछि सासुले गर्ने चरम अत्याचारलाई फिल्मले मुख्य विषयवस्तु बनाएको छ । फिल्मको प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण पक्षले टिजर र एक गीत सार्वजनिक गरिसकेको छ । दुवै सामग्रीलाई युट्युबमा लोभलाग्दो प्रतिक्रिया मिलेको छ । टिजरलाई दर्शकले ‘भावुक र यथार्थपरक’ भन्दै प्रशंसा गरेका छन् । कतिले निकै महत्त्वपूर्ण विषय उठाएकोमा निर्मातालाई धन्यवाद दिएका छन् । टिजरका संवाद र कलाकारको…
८ असार, भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ऐतिहासिक प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत आज (सोमबार) दोस्रो दिन महत्त्वपूर्ण बन्दसत्र सञ्चालन हुँदै छ। आइतबार भव्य समारोहका बीच उद्घाटन भएको महाधिवेशन असार ९ गतेसम्म चल्ने कार्यतालिका छ। पार्टी महामन्त्री कविन्द्र बुर्लाकोटीले सञ्चालन गर्ने आजको बन्दसत्रमा विधान संशोधन, विभिन्न सांगठनिक तथा आर्थिक प्रतिवेदनहरूमाथिको छलफल र पारित गर्ने कार्यसूची रहेको छ । बन्दसत्रको सम्पूर्ण प्रक्रिया सकिएलगत्तै महाधिवेशन आयोजक समितिले नयाँ नेतृत्व चयनका लागि निर्वाचन समितिलाई जिम्मेवारी हस्तान्तरण गर्ने तयारी गरेको छ । यस्तो छ आजको बन्दसत्रको कार्यतालिका: पार्टी सभापति रवि लामिछानेले बिहान ८:३० बजे बन्दसत्रको दोस्रो सत्र प्रारम्भ गरेसँगै प्रतिवेदनहरू पेश हुने क्रम…
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनको अवसरमा शुभकामना व्यक्त गरेका छन् । सभापति थापाले आइतार सामाजिक सञ्जाल फेसबुकमार्फत रास्वपा सभापति रवि लामिछाने तथा सम्पूर्ण रास्वपा परिवारलाई महाधिवेशनको सफलताको शुभकामना दिएका हुन् । थापाले पार्टी स्थापनाको छोटो अवधिमै रास्वपाले उल्लेखनीय जनसमर्थन प्राप्त गर्दै राष्ट्रिय राजनीतिमा आफूलाई बलियो रूपमा स्थापित गरेको उल्लेख गरेका छन् । उनले लामिछानेको नेतृत्वमा संगठन निर्माणदेखि निर्वाचनसम्मको यात्रा प्रशंसनीय रहेको बताएका छन् । ‘तपाईंको नेतृत्वमा संगठन निर्माणदेखि निर्वाचनसम्मको यो यात्रा प्रशंसनीय छ । यो महाधिवेशन रास्वपाका लागि विचार, संगठन र नीतिका दृष्टिले अझ परिपक्व, जिम्मेवार र दूरदर्शी दृष्टिकोण निर्माण…
काठमाडौँ । हाल कोशी प्रदेशका केही स्थानमा मनसुनी वायुको प्रभाव रहेको छ भने देशका अन्य भू–भागमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव कायम छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका हिमाली तथा पहाडी भू–भागमा साधारणतया बदली रहेको छ भने अन्य तराई भागमा आंशिक बदली रहेको छ । \कोशी, बागमती, गण्डकी तथा कर्णाली प्रदेशका पहाडी भागका केही स्थानमा हल्का वर्षा भइरहेको छ । महाशाखाले आज दिउँसो देशका हिमाली तथा पहाडी भाग र कोशी प्रदेशका तराई क्षेत्रमा साधारणतया बदली रहने जनाएको छ । मधेस प्रदेश तथा बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा आंशिक बदली रहने छ भने लुम्बिनी र सुदूरपश्चिम…