नयाँ तृष्णा

मानव बेचबिखन विरुद्धको राष्ट्रिय नीति २०८२ प्रभावकारी कार्यान्वयनमा जोड

मानव बेचबिखन विरुद्धको राष्ट्रिय नीति २०८२ प्रभावकारी कार्यान्वयनमा जोड

मानव बेचबिखन विरुद्धको राष्ट्रिय नीति २०८२ प्रभावकारी कार्यान्वयनमा जोड

  झापा । मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण, पीडितको संरक्षण तथा पुनर्स्थापना तथा मानव बेचबिखन विरुद्धको राष्ट्रिय नीति, २०८२ को प्रभावकारी कार्यान्वयनका विषयमा केन्द्रित अन्तरक्रिया कार्यक्रम शुक्रबार झापाको जिल्ला प्रशासन कार्यालयमा सम्पन्न भएको छ। मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण जिल्ला समिति, झापाको आयोजनामा तथा महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक तथा सामाजिक सुरक्षा मन्त्रालय र भद्रपुर नगरपालिकाको सहयोग तथा समन्वयमा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रमको अध्यक्षता झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले गर्नुभएको थियो भने भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेल अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा करिब तीन दर्जन सरकारी तथा गैरसरकारी संस्था, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, स्थानीय…
Read More
राष्ट्रिय परिचयपत्र आफैँले डाउलोड गर्न सकिने

राष्ट्रिय परिचयपत्र आफैँले डाउलोड गर्न सकिने

  काठमाडौँ, सरकारले राष्ट्रिय परिचयपत्र सम्बन्धित व्यक्तिले नै डाउलोड गर्न मिल्ने सेवा सुरु गरेको छ । राष्ट्रिय परिचयत्रप तथा पञ्जीकरण विभागले परीक्षणका रूपमा उक्त सेवा सुरु गरेको हो । विभागको राष्ट्रिय परिचयपत्रसम्बन्धी वेभसाइट https://citizenportal.donidcr.gov.np/ne  मार्फत व्यक्तिको फोटो र अनलाइन ‘भेरिफिकेसन’ क्युआर कोडसहितको परिचयपत्र कार्ड डाउनलोड गर्न सकिनेछ । सरकारको शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीअन्तर्गत बुँदा नं २ मा ‘विभागको प्रणालीबाट व्यक्तिको फोटो र क्युआर कोडसहितको राष्ट्रिय परिचयपत्र कार्ड सम्बन्धित व्यक्तिले नै डाउनलोड गर्ने प्रणाली निर्माण गर्ने’ उल्लेख थियो । राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त भएका नागरिकले नाम (नेपाली वा अङ्ग्रेजी), जन्ममिति र नागरिकता जारी मिति पेस गरी आफ्नो कार्ड डाउनलोड गर्न सक्ने…
Read More
आफन्त नेपाल झापा शाखाद्वारा त्रैमासिक प्रगति समीक्षा तथा समन्वयात्मक बैठक सम्पन्न

आफन्त नेपाल झापा शाखाद्वारा त्रैमासिक प्रगति समीक्षा तथा समन्वयात्मक बैठक सम्पन्न

  मेचीनगर। मानव बेचबिखन तथा लैङ्गिक हिंसा अन्त्यका लागि कार्यरत आफन्त नेपाल झापा शाखाले त्रैमासिक कार्य प्रगति समीक्षा तथा स्थानीय निकायहरूसँगको समन्वयात्मक बैठक सम्पन्न गरेको छ। मेचीनगर–६ का वडा अध्यक्ष ध्रुवकुमार राई को प्रमुख आतिथ्यता तथा शाखा प्रमुख मात्रिका गुरुङ को अध्यक्षतामा आयोजित कार्यक्रममा प्रितिका थामीले संस्थाको त्रैमासिक कार्य प्रगति प्रतिवेदन प्रस्तुत गरेकी थिइन्। प्रतिवेदनअनुसार मानव बेचबिखन तथा लैङ्गिक हिंसा अन्त्य अभियानअन्तर्गत सीमा अनुगमन, सूचना सम्प्रेषण, उद्धार तथा बचावट, परामर्श सेवा, आकस्मिक आवास गृह सञ्चालन, भारतबाट उद्धार तथा स्वदेश फिर्ती, चितवनस्थित पुनःस्थापना केन्द्रमार्फत सेवा प्रवाह, व्यावसायिक सीप विकास तालिम, सामाजिक नेतृत्व विकास तालिम, पारिवारिक पुनर्मिलन, समुदाय परिचालन, सचेतना तथा पैरवीलगायतका…
Read More
अमेरिका-इरान शान्ति सम्झौताका मुख्य बुँदा सार्वजनिक, पालना नभए पुन: आक्रमण गर्ने ट्रम्पको धम्की

अमेरिका-इरान शान्ति सम्झौताका मुख्य बुँदा सार्वजनिक, पालना नभए पुन: आक्रमण गर्ने ट्रम्पको धम्की

  ४ असार,                                                                                                                                                                         काठमाडौं । अमेरिका र इरानले आफ्नो युद्ध अन्त्य गर्ने सम्झौताको अन्तरिम पाठ बुधबार…
Read More
झापामा चार जनाको सवारी लाइसेन्स ‘खारेज’

झापामा चार जनाको सवारी लाइसेन्स ‘खारेज’

  झापामा पटक–पटक ट्राफिक नियम उल्लंघन गर्ने चार जना चालकको सवारी चालक अनुमति–पत्र (लाइसेन्स) निलम्बन (खारेजी) को सिफारिसमा परेको छ । पटक–पटक ट्राफिक नियम उल्लंघन गरेको पाइएपछि ती चालकहरूको लाइसेन्स ६ महिनाका लागि निलम्बन गर्न यातायात कार्यालयलार्ई पत्राचार गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिए । नियम उल्लंघनमा पटक–पटक कारबाही पर्दा पनि अटेर गरी गल्ती दोहो¥याउने चालकहरूको लाइसेन्स निलम्बनका लागि यातायात कार्यालयलाई पत्राचार गरिएको उनले जानकारी दिए । सवारी तथा यातायात व्यवस्था ऐन–२०४९को प्रावधान अनुसार पाँच पटकभन्दा बढी ट्राफिक नियम उल्लंघन गर्ने चालकको लाइसेन्स छ महिनासम्म निलम्बन गर्न सक्ने व्यवस्था रहेको छ । सोही कानूनी…
Read More
श्रम संस्कृति पार्टीको निरन्तर विरोधपछि प्रतिनिधिसभा बैठक स्थगित

श्रम संस्कृति पार्टीको निरन्तर विरोधपछि प्रतिनिधिसभा बैठक स्थगित

३ असार, काठमाडौं । श्रम संस्कृति पार्टीको निरन्तर विरोधपछि प्रतिनिधिसभा बैठक स्थगित भएको छ । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक अन्तर्गत विभिन्न मन्त्रालयगत छलफल भइरहेको थियो । छलफलका क्रममा मन्त्रीहरूले जवाफ दिइरहेका थिए । सो बीचमा श्रम संस्कृति पार्टीका अध्यक्ष समेत रहेका सांसद हर्कराज राई साम्पाङले मन्त्रीले जवाफ दिइसकेपछि पनि स्पष्टीकरण सोध्ने प्रयास गरेका थिए । तर, उनलाई सभामुख डोलप्रसाद अर्यालले रोके । यद्यपि श्रम संस्कृति पार्टीका सांसदहरूले भने वेल घेराउ गरे । त्यसपछि सभामुख अर्यालले कर्तव्य पालना गर्न सचेत गराए । ‘सभामुखको आदेशको पालना गर्नुपर्ने सबै माननीय सदस्यहरूको कर्तव्य हो । कर्तव्य पालना गर्नका लागि श्रम संस्कृति पार्टीका…
Read More
आजदेखि ५०० रुपैयाँ दरका नयाँ नोट, सक्कली चिन्न थाहा पाउनुहोस् ७ विशेषता

आजदेखि ५०० रुपैयाँ दरका नयाँ नोट, सक्कली चिन्न थाहा पाउनुहोस् ७ विशेषता

  काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि ५०० रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा ल्याएको छ। राष्ट्र बैंकले नयाँ नोटका संकेत नम्बर तथा सुरक्षण विशेषता समेत सार्वजनिक गरेको छ। राष्ट्रबैंकका अनुसार आजदेखि चलचल्तीमा आउने ५०० रुपैयाँका नोटको अगाडिपट्टि पाँच विशेषता रहनेछन्। १. नोटको मध्य खण्डमा प्रतिज्ञामूलक वाक्यांश राखिएको छ, ‘श्री नेपाल राष्ट्र बैंक, नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ ५०० रुपैयाँ पाँच सय तुरुन्त पाइनेछ।’ २. नोटको बायाँतर्फ सगरमाथा हिमालको चित्र तथा दायाँतर्फ लालीगुराँसको पानी छाप रहेको तल्लो खण्डमा सिरिज नम्बर ‘विक्रम सम्वत २०८२’ लेखिएको छ। पानीछापको बायाँतर्फ फरक क्षमता भएका (दृष्टिबिहीन) हरुले स्पर्श…
Read More
गर्मीमा यसकारण नरिवल पानी पिउने

गर्मीमा यसकारण नरिवल पानी पिउने

गर्मी बढेसँगै शरीरमा पानीको कमी हुने जोखिम पनि बढ्छ। यस्तो अवस्थामा नरिवल पानी प्राकृतिक र स्वास्थ्यकर पेयका रूपमा उत्कृष्ट विकल्प मानिन्छ। यसमा पोटासियम, म्याग्नेसियम, सोडियमजस्ता आवश्यक इलेक्ट्रोलाइट पाइने भएकाले शरीरलाई हाइड्रेट राख्न मद्दत गर्छ। नरिवल पानीले गर्मीका कारण हुने थकान कम गर्न, शरीरमा ऊर्जा कायम राख्न तथा तरल पदार्थको सन्तुलन मिलाउन सहयोग पुर्‍याउँछ। साथै, यसमा क्यालोरी र बोसो कम हुने भएकाले अन्य गुलिया पेय पदार्थको तुलनामा स्वस्थ विकल्प मानिन्छ। विशेषज्ञहरूका अनुसार अत्यधिक गर्मीमा पर्याप्त पानीसँगै नरिवल पानी सेवन गर्दा शरीर ताजा र ऊर्जावान् रहन मद्दत मिल्न सक्छ। तर कुनै विशेष स्वास्थ्य समस्या भएमा चिकित्सकको सल्लाह अनुसार सेवन गर्नु उपयुक्त हुन्छ।
Read More
कोशी प्रदेश सरकारले ल्यायो ४० अर्ब ४४ करोड बजेट

कोशी प्रदेश सरकारले ल्यायो ४० अर्ब ४४ करोड बजेट

मोरङ । कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८३÷०८४का लागि ४० अर्ब ४४ करोडको बजेट सार्वजनिक गरेको छ। सोमबार प्रदेशसभा बैठकमा कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री विदुरकुमार लिङ्थेपले ४० अर्ब ४४ करोड ५८ लाखको बजेट नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन्। जसमा चालुतर्फ १३ अर्ब ९७ करोड ६३ लाख र पुँजीगततर्फ २० अर्ब ७५ करोड ९९ लाख बजेट विनियोजन गरिएको छ। यस्तै वित्तीय व्यवस्थापनतर्फ १५ करोड र स्थानियतह वित्तीय हस्तान्तरणतर्फ ५ अर्ब ५६ करोड ३६ लाख बजेट विनियोजन गरिएको छ। यस्तै बजेटको स्रोततर्फ प्रदेशसरकारको आन्तरिक स्रोतबाट ५ अर्ब ५० करोड, राजस्व बाँडफाँटबाट १२ अर्ब ८७ करोड र वित्तीय समानीकरणबाट…
Read More
श्रम संस्कृती पार्टीद्वारा मेचीनगर–६ वडा समिति गठन

श्रम संस्कृती पार्टीद्वारा मेचीनगर–६ वडा समिति गठन

  मेचीनगर । श्रम संस्कृती पार्टीले झापाको मेचीनगर नगरपालिका वडा नं. ६ मा नयाँ वडा समिति गठन गरेको छ। पार्टीको संगठन विस्तार तथा स्थानीय स्तरमा गतिविधि सशक्त बनाउने उद्देश्यका साथ गठन गरिएको समितिको अध्यक्षमा जनक बस्नेत चयन भएका छन्। समितिको उपाध्यक्षमा लक्ष्मी सुब्बा, राजेन्द्र लगुङ र पवित्र राई चयन भएका छन् भने कोषाध्यक्षको जिम्मेवारी अञ्जिता राईलाई दिइएको छ। त्यसैगरी सचिवमा तरुण राई र सह–सचिवमा निनम राई चयन भएका छन्। समितिका सदस्यहरूमा दिलिप पौडेल, कर्म तामाङ, रेनु राई, नवदीप आङ्देम्बे, पूजा राई तथा पेम्बा शेर्पा रहेका छन्। नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई बधाई दिँदै पार्टीका नेताहरूले वडा तहबाट संगठनलाई थप मजबुत बनाउँदै…
Read More