झापामा पटक–पटक ट्राफिक नियम उल्लंघन गर्ने चार जना चालकको सवारी चालक अनुमति–पत्र (लाइसेन्स) निलम्बन (खारेजी) को सिफारिसमा परेको छ । पटक–पटक ट्राफिक नियम उल्लंघन गरेको पाइएपछि ती चालकहरूको लाइसेन्स ६ महिनाका लागि निलम्बन गर्न यातायात कार्यालयलार्ई पत्राचार गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिए । नियम उल्लंघनमा पटक–पटक कारबाही पर्दा पनि अटेर गरी गल्ती दोहो¥याउने चालकहरूको लाइसेन्स निलम्बनका लागि यातायात कार्यालयलाई पत्राचार गरिएको उनले जानकारी दिए । सवारी तथा यातायात व्यवस्था ऐन–२०४९को प्रावधान अनुसार पाँच पटकभन्दा बढी ट्राफिक नियम उल्लंघन गर्ने चालकको लाइसेन्स छ महिनासम्म निलम्बन गर्न सक्ने व्यवस्था रहेको छ । सोही कानूनी…
३ असार, काठमाडौं । श्रम संस्कृति पार्टीको निरन्तर विरोधपछि प्रतिनिधिसभा बैठक स्थगित भएको छ । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक अन्तर्गत विभिन्न मन्त्रालयगत छलफल भइरहेको थियो । छलफलका क्रममा मन्त्रीहरूले जवाफ दिइरहेका थिए । सो बीचमा श्रम संस्कृति पार्टीका अध्यक्ष समेत रहेका सांसद हर्कराज राई साम्पाङले मन्त्रीले जवाफ दिइसकेपछि पनि स्पष्टीकरण सोध्ने प्रयास गरेका थिए । तर, उनलाई सभामुख डोलप्रसाद अर्यालले रोके । यद्यपि श्रम संस्कृति पार्टीका सांसदहरूले भने वेल घेराउ गरे । त्यसपछि सभामुख अर्यालले कर्तव्य पालना गर्न सचेत गराए । ‘सभामुखको आदेशको पालना गर्नुपर्ने सबै माननीय सदस्यहरूको कर्तव्य हो । कर्तव्य पालना गर्नका लागि श्रम संस्कृति पार्टीका…
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि ५०० रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा ल्याएको छ। राष्ट्र बैंकले नयाँ नोटका संकेत नम्बर तथा सुरक्षण विशेषता समेत सार्वजनिक गरेको छ। राष्ट्रबैंकका अनुसार आजदेखि चलचल्तीमा आउने ५०० रुपैयाँका नोटको अगाडिपट्टि पाँच विशेषता रहनेछन्। १. नोटको मध्य खण्डमा प्रतिज्ञामूलक वाक्यांश राखिएको छ, ‘श्री नेपाल राष्ट्र बैंक, नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ ५०० रुपैयाँ पाँच सय तुरुन्त पाइनेछ।’ २. नोटको बायाँतर्फ सगरमाथा हिमालको चित्र तथा दायाँतर्फ लालीगुराँसको पानी छाप रहेको तल्लो खण्डमा सिरिज नम्बर ‘विक्रम सम्वत २०८२’ लेखिएको छ। पानीछापको बायाँतर्फ फरक क्षमता भएका (दृष्टिबिहीन) हरुले स्पर्श…
गर्मी बढेसँगै शरीरमा पानीको कमी हुने जोखिम पनि बढ्छ। यस्तो अवस्थामा नरिवल पानी प्राकृतिक र स्वास्थ्यकर पेयका रूपमा उत्कृष्ट विकल्प मानिन्छ। यसमा पोटासियम, म्याग्नेसियम, सोडियमजस्ता आवश्यक इलेक्ट्रोलाइट पाइने भएकाले शरीरलाई हाइड्रेट राख्न मद्दत गर्छ। नरिवल पानीले गर्मीका कारण हुने थकान कम गर्न, शरीरमा ऊर्जा कायम राख्न तथा तरल पदार्थको सन्तुलन मिलाउन सहयोग पुर्याउँछ। साथै, यसमा क्यालोरी र बोसो कम हुने भएकाले अन्य गुलिया पेय पदार्थको तुलनामा स्वस्थ विकल्प मानिन्छ। विशेषज्ञहरूका अनुसार अत्यधिक गर्मीमा पर्याप्त पानीसँगै नरिवल पानी सेवन गर्दा शरीर ताजा र ऊर्जावान् रहन मद्दत मिल्न सक्छ। तर कुनै विशेष स्वास्थ्य समस्या भएमा चिकित्सकको सल्लाह अनुसार सेवन गर्नु उपयुक्त हुन्छ।
मोरङ । कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८३÷०८४का लागि ४० अर्ब ४४ करोडको बजेट सार्वजनिक गरेको छ। सोमबार प्रदेशसभा बैठकमा कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री विदुरकुमार लिङ्थेपले ४० अर्ब ४४ करोड ५८ लाखको बजेट नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन्। जसमा चालुतर्फ १३ अर्ब ९७ करोड ६३ लाख र पुँजीगततर्फ २० अर्ब ७५ करोड ९९ लाख बजेट विनियोजन गरिएको छ। यस्तै वित्तीय व्यवस्थापनतर्फ १५ करोड र स्थानियतह वित्तीय हस्तान्तरणतर्फ ५ अर्ब ५६ करोड ३६ लाख बजेट विनियोजन गरिएको छ। यस्तै बजेटको स्रोततर्फ प्रदेशसरकारको आन्तरिक स्रोतबाट ५ अर्ब ५० करोड, राजस्व बाँडफाँटबाट १२ अर्ब ८७ करोड र वित्तीय समानीकरणबाट…
मेचीनगर । श्रम संस्कृती पार्टीले झापाको मेचीनगर नगरपालिका वडा नं. ६ मा नयाँ वडा समिति गठन गरेको छ। पार्टीको संगठन विस्तार तथा स्थानीय स्तरमा गतिविधि सशक्त बनाउने उद्देश्यका साथ गठन गरिएको समितिको अध्यक्षमा जनक बस्नेत चयन भएका छन्। समितिको उपाध्यक्षमा लक्ष्मी सुब्बा, राजेन्द्र लगुङ र पवित्र राई चयन भएका छन् भने कोषाध्यक्षको जिम्मेवारी अञ्जिता राईलाई दिइएको छ। त्यसैगरी सचिवमा तरुण राई र सह–सचिवमा निनम राई चयन भएका छन्। समितिका सदस्यहरूमा दिलिप पौडेल, कर्म तामाङ, रेनु राई, नवदीप आङ्देम्बे, पूजा राई तथा पेम्बा शेर्पा रहेका छन्। नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई बधाई दिँदै पार्टीका नेताहरूले वडा तहबाट संगठनलाई थप मजबुत बनाउँदै…
- किरण सुनुवार, बाइबलको पुरानो नियममा वर्णन गरिएको लिव्यात्तान जस्तो विशाल, शक्तिशाली र भयानक समुन्द्री जीवको विषयले हामीमा ठूलो कौतूहल जगाउन सक्छ। विशेष गरी बाइबलको अय्यूब ४१ अध्यायमा यस जीवको शारीरिक बनावट, वैभव र शक्तिको विस्तृत बयान गरिएको छ, जहाँ यसलाई पृथ्वीकै सबैभन्दा निडर प्राणीको रूपमा प्रस्तुत गरिएको देखिन्छ। यसको ढाड दर्शन ढुङ्गाको पर्खालले जस्तै घेरिएको छ, जसमा एउटामाथि अर्को खप्टिएका कत्लाहरू यसरी जोडिएका छन् कि तिनको बीचबाट हावा पनि छिर्न सक्दैन। यसलाई कुनै पनि मानव निर्मित भाला वा काँडले छेड्न असम्भव छ। यस अध्यायको पद १८ देखि २१ सम्म त यसको भयानक शक्तिको बयान गर्दै लेखिएको छ कि यसको…
काठमाडौं। जिल्ला प्रशासन कार्यालय काठमाडौंले फिफा विश्वकप फुटबल २०२६ का खेलहरू सामूहिक रूपमा ठूलो पर्दामा प्रत्यक्ष प्रसारण गर्नुअघि अनिवार्य रूपमा पूर्वअनुमति लिनुपर्ने जनाएको छ। बिहीबार एक सूचना जारी गर्दै कार्यालयले अनुमति नलिई खेल प्रदर्शनका नाममा भिडभाड नगर्न तथा सार्वजनिक शान्ति र सुरक्षामा असर पुग्ने गतिविधि नगर्न सबै संघसंस्था तथा कम्पनीलाई आग्रह गरेको हो। विश्वकप प्रतियोगिता जेठ २९ गतेदेखि सुरु हुँदैछ। प्रशासनका अनुसार काठमाडौं जिल्लाभित्र कुनै पनि संस्था वा कम्पनीले ठूलो पर्दामा खेल देखाउने योजना बनाएमा कार्यालयबाट स्वीकृति लिनुपर्नेछ। अनुमति प्राप्तिका लागि आवश्यक निवेदनको ढाँचा कार्यालयको आधिकारिक वेबसाइटमा उपलब्ध रहेको जनाइएको छ। कार्यालयले प्राप्त निवेदनका आधारमा सम्बन्धित स्थानको अवस्था, सुरक्षा…
काठमाडौं । विश्व फुटबलकै महाकुम्भ मानिने फिफा विश्वकप– २०२६ को ऐतिहासिक र भव्य शंखनाद आजबाट उत्तर अमेरिकामा हुँदैछ । पहिलोपटक कुल ४८ राष्ट्रहरूले आफ्नो देशको झण्डा र सपना बोकेर मैदानमा उत्रिन लागेको यसपटकको विश्वकप फुटबल इतिहासकै सबैभन्दा विशेष र कीर्तिमानी बन्ने भएको छ । अमेरिका, क्यानाडा र मेक्सिकोको संयुक्त आतिथ्यतामा आयोजना हुन लागेको यो ‘मेगा इभेन्ट’ केवल खेलमात्र नभई इतिहासकै सबैभन्दा विशाल महोत्सव बन्ने निश्चित छ । विगतको तुलनामा थप १६ टोलीहरू थपिँदै कुल १ सय ४ खेलहरूको रोमाञ्चक भिडन्त हुने यो प्रतियोगिताले विश्वकपको इतिहासमै नयाँ रेकर्ड कायम गर्नेछ । सन् १९९४ को आयोजक अमेरिका र दुईपटकको अनुभवी आयोजक…
२७ जेठ, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको सीमा विवाद सम्बन्धी अभिव्यक्तिमा परराष्ट्रमन्त्री शिशिर खनालले जवाफ दिने सहमतिमा श्रम संस्कृति पार्टीको असहमति जनाएको छ । ‘एउटाले गल्ति गर्छ अर्कोले जवाफ दिने भन्ने हुँदैन’, यस पार्टीका अध्यक्ष हर्क साम्पाङले भने । यही जेठ १७ गते प्रधानमन्त्री बालेनले प्रतिनिधिसभाको बैठकमा सांसदहरूका प्रश्नको जवाफ दिएका थिए । त्यसक्रममा नेपालले समेत भारको जमिन मिचेको भनेर दिएको अभिव्यक्तिमा विपक्षी दलहरूले प्रश्न उठाउँदै आएका छन् । यही विषयमा परराष्ट्रमन्त्रीले जवाफ दिने गरी संसद्को अवरोध खोल्न अनय विपक्षी दलहरू तयार भएको भन्दै श्रम संस्कृति पार्टीका अध्यक्ष राईले आफूहरूको असहमति रहेको बताएका हुन् ।