२६ माघ, मेचीनगर । आगामी फागुन २१ गतेदेखि काँकरभिट्टामा ‘मेचीनगर गोल्डकप’ हुने भएको छ । काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरको आयोजनामा आगामी फागुन २१ गतेदेखि २८ गतेसम्म पाँचौ संस्करणको मेचीनगर गोल्डकप हुने भएको हो । यसअघि चौँथो ‘मेचीनगर गोल्डकप’ २०७५ मा भएको थियो । त्यसपछि कोभिड–१९ र अन्य कारणले रोकिएको उक्त गोल्डकप ६ वर्षपछि हुने भएको आयोजकले जनाएको छ । गोल्डकप काँकरभिट्टा माविको खेल मैदानमा हुने छ । गोल्डकपको संरक्षकका रुपमा मेचीनगर नगरपालिका रहनेछ । उक्त प्रतियोगिता गर्न नगरपालिकाले २५ लाख सहयोग गर्ने भएको छ । आज काँकरभिट्टा खानेपानी तथा उपभोक्ता सरसफाइ संस्थाको सभाहलमा आयोजित कार्यक्रममा मेचीनगर खेलकुद विकास समितिका उपाध्यक्ष…
२५ माघ २०८१, शुक्रबार, एजेन्सी। अमेरिकाको उत्तरपश्चिमी राज्य अलास्कामा १० यात्रु बोकेको एउटा सानो व्यावसायिक विमान बेपत्ता भएको छ। विमान दुर्घटना भएको आशंका गरिएको छ। अलास्का राज्य प्रहरीका अनुसार, नौ यात्रु र एक पाइलट सवार बेरिङ एयर क्याराभान स्थानीय समयानुसार अपराह्न ४ः०० बजे उनालाक्लिटबाट नोमतर्फ उडेको विमान बेपत्ता भएको हो। यी दुई सहर नोर्टन साउन्डमा एकार्काबाट लगभग १४६ माइल (२३५ किलोमिटर)को दूरीमा अवस्थित छन्। खोजी तथा उद्धारकर्ताले विमानको अन्तिम जानकारी प्राप्त गर्न काम गरिरहेका अधिकारीहरूले एक विज्ञप्तिमा बताएका छन्। हराएको उक्त विमान संयुक्त राज्य अमेरिकामा हालै भएको उड्डयन विपत्तिको पछिल्लो घटना हो। गएको जनवरी ३० मा राजधानी वासिङटनमा अमेरिकी सेनाको…
२३ माघ, चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई जिल्ला अदालत चितवनले हिरासतमा पठाएको छ। साहारा बचत सहकारीको थुनछेक बहस नसकिएको भन्दै उनलाई हिरासतमा पठाइएको हो। चितवन जिल्ला अदालतमा बहस नसकिएपछि भोलि पुनः बहस हुनेछ। यसका लागि लामिछानेले भोलि बिहान अदालत उपस्थित हुनुपर्नेछ। चितवनको साहारा बहुउद्देश्यीय सहकारीको रकम अपचलन प्रकरणका प्रतिवादी लामिछाने आज बिहान अदालत उपस्थित भएका थिए। आजै उनको बयान सकिएलगत्तै थुनछेक बहस सुरू भएको हो। लामिछानेको करिब ४ घण्टा लामो बयान लिइएको थियो। लामिछानेविरुद्धको मुद्दामा जिल्ला न्यायाधीश दयाराम ढकालको इजलासमा बहस भइरहेको हो। आज सरकारी वकिलहरूले बहस गरेका थिए। थुनछेक बहस सकिएपछि लामिछानेलाई थुनामा पठाउने…
२२ माघ २०८१, मंगलवार, नयाँ दिल्ली । अमेरिका आएका २०५ अवैध आप्रवासीलाई भारत फिर्ता पठाइने भएको छ । सबै २०५ भारतीयहरु अमेरिकाको सैन्य विमान सि–१७ विमान मार्फत भारत फर्कदैछन् । यी सबै २०५ जनालाई पहिचान गरेपछि मात्रै देश निकाला गरिएको अमेरिकी अधिकारीहरुले जानकारी दिएका छन् । जानकारी अनुसार, विमान अमृतसरमा अवतरण गर्न गइरहेको छ। अमेरिकी दूतावासका प्रवक्ताले यस घटनाले अमेरिकाले गैरकानुनी आप्रवासनमा कुनै जोखिम नलिने स्पष्ट सन्देश दिएको बताए । उनले भने, ‘भारतमा निर्वासन उडानको रिपोर्टमा मैले धेरै सोधपुछ प्राप्त गरेको छु। म तिनीहरूको सोधपुछको कुनै विवरण साझा गर्न सक्दिन, तर म रेकर्डमा साझा गर्न सक्छु कि अमेरिकाले आफ्नो सीमाको…
२१ माघ २०८१, सोमबार, काठमाडौं । इजरायलसँग युद्धविराम सम्झौता भएपछि हमासले आफ्नो नियन्त्रणमा रहेका बन्दीहरूलाई मुक्त गर्दै गएको छ । सम्झौताको पहिलो चरणमा मुक्त गरिने भनिएका ३३ बन्दीको सूचीमा नेपाली युवा विपिन जोशीको नाम छैन । तर, उनलाई मुक्त गर्न सबै पक्षले पहल गरिरहेका छन् । यसबीच, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले हमासको नियन्त्रणमा रहेका विपिनको रिहाइका लागि पहल गर्न इजरायलसँग आग्रह गरेका छन् । सोमबार शिष्टाचार भेटका लागि आएका नेपालस्थित इजरायली राजदूत श्मुलिक आरी बाससँग उनले जोशीको रिहाइका लागि पहल गर्न आग्रह गरेका हुन् । भेटमा उनले इजरायलमा रहेका नेपाली श्रमिकको सुरक्षा र रोजगारीका विषयमा ध्यान दिन पनि आग्रह…
१९ माघ २०८१, शनिबार, काठमाडौं । बिहारको मुजफ्फरपुरमा नेपाली चढेको स्कार्पियो गाडी दुर्घटना हुँदा पाँच नेपाली दर्शनार्थीको मृत्यु भएको छ । महाकुम्भ मेलाबाट फर्किंदै गरेको स्कोर्पियो गाडी अनियन्त्रित भएर पल्टिँदा पाँचजनाको घटनास्थलमै मृत्यु भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । गाडीमा ९ जना सवार थिए । तीमध्ये ४ जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा अर्चना ठाकुर, इन्दु देवी, मन्त्रणा देवी, बालकृष्ण झा र गाडीचालक शम्भु ठाकुररहेको बताइएको छ। घाइतेहरूमध्ये मनोहर ठाकुर, सृष्टि ठाकुर, कामनी झा र देवतारण देवी रहेका छन् । उनीहरुलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ ।
१८ माघ, मेचीनगर । ग्राभिण भेगका युवाहरुको एक समूहले धार्मिक तथा पर्यटन क्षेत्रको प्रर्वद्धन र विकास गर्ने उदेश्यले पहिलो पटक महोत्सव आयोजना गर्न लागेको बताएका छन् । मेचीनगर–१ स्थित मेचीडाँगीमा ग्लोबल मेची युथ क्लबले यही माघ २१ गतेदेखि आगामी फागुन ५ गतेसम्म ‘ग्लोबल मेचीडाँगी सांस्कृतिक तथा पर्यटन महोत्सव’ आयोजना गर्न लागिएको बताएका हुन् । ग्लोबल मेची युथ क्लबका अध्यक्ष खेमराज पुरीले आज आयोजित पत्रकार सम्मेलनमा कुलतमा फसेका युवाहरुलाई सचेतना, पिछडिएका युवाहरुलाई शिक्षा, धार्मिक पर्यटन क्षेत्रको विकास, स्वास्थ्य शिविर, स्थानीय उत्पादनका वस्तुहरुको बजारीकरण लगायत विषयमा पन्ध्रदिने महोत्सव आयोजना गर्न लागिएको जानकारी गराए । महोत्सवमा स्थानीय उत्पादनहरु च्याउ, कोला, दुधजन्य पदार्थका परिकारहरुको…
३ माघ, झापा । आमूल परिवर्तन नागरिक पार्टीको धार्मिक तथा अल्पसंख्यकहरुकाे राजनीतिमा सहभागिता तथा देशकाे वर्तमान अवस्था विषयक अन्तरक्रिया र १.न. प्रदेश स्तरीय कार्यकर्ता भेला धरानको स्टार पूर्वी होटेलमा सम्पन्न भएको छ। कार्यक्रममा पार्टीका वरिष्ठ नेता कमला हेम्चुरीले धार्मिक अल्पसंख्यक तथा सीमान्तकृतहरुको वर्तमान अवस्था र राजनैतिक पहुँच बारे कार्य पत्र प्रस्तुत गर्नु भएको थियो भने कार्यक्रममा स्वागत मन्तब्य पार्टी उपमहासचिव नरेश क्षितिजले राख्नु भएको थियो। कार्यक्रममा आफ्नो मन्तब्य राख्दै जेन्टल लावतीले हामी निरन्तर रूपमा आन्दोलित छौं र वृहत एकता गरेर पार्टी निर्माणमा लागेको छौं ।अब तोडेर,फोडेर आन्दोलन गरेर मात्र हुँदैन रहेछ त्येसैले हामी तल्लो स्टार सम्म पार्टी निर्माणमा लागेको छौं।तपाईहरु…
काठमाडौं । गायिका मेलिना राईले लगनगाँठो कस्ने भएकी छन् । लमजुङका डा. ध्रुव गुरुङसँग उनको विवाह हुन लागेको निकटस्थ स्रोतले बतायो । गुरुङ पेसाले चिकित्सक हुन् । स्रोतका अनुसार उनीहरूले छोटो प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका हुन् । हालै उनीहरूको इन्गेजमेन्ट भएको छ । उनीहरूले जातीय पहिरनमा इन्गेजमेन्ट गरेको तस्बिर र भिडिओहरू सार्वजनिक भएका छन् । भोलि पारिवारिक जमघटका बीच विवाह हुने स्रोतले बतायो । केही समयअघि राईले एक गिटारिस्टसँगको इन्गेजमेन्ट तोडेकी थिइन् ।