नयाँ तृष्णा

बिर्ताबजारको सुधार केन्द्रमा अभिभावकमाथि निर्घात कुटपिट: घाइतेलाई बिएण्डसी मा भर्ना

बिर्ताबजारको सुधार केन्द्रमा अभिभावकमाथि निर्घात कुटपिट: घाइतेलाई बिएण्डसी मा भर्ना

बिर्ताबजारको सुधार केन्द्रमा अभिभावकमाथि निर्घात कुटपिट: घाइतेलाई बिएण्डसी मा भर्ना

१४ भाद्र, बिर्तामोड । झापाको बिर्तामाेड ३, बिर्ताबजार स्थित नयाँ सृष्टि प्रतिस्ठान नामक सुधारकेन्द्रमा राखेका आफन्तलाई लिन जाँदा त्यहाका सञ्चालक र कर्मचारीले एक महिलासहित तीनजनालाई निर्घात कुटपिट गरेका छन् । गत बुधबारको घटनाबाट घाइते भएका तीनैजनाको बिर्तामोडको बिएण्डसी हस्पिटलमा उपचार भइरहेको छ । स्थानीय आकाश खड्काले सञ्चालन गरेको सुधार केन्द्रमा भएको कुटपिटबाट अर्जुनधारा–१ की सविना तामाङ, बिर्तामोड–५ का मनकुमार खुदाङग र बाबुराम योङहाङ घाइते भएका हुन् । घटना अनुसार सविनाको देवर मदन तामाङलाई ६ महिना अघि सो पुनस्र्थापना केन्द्रमा उपचारका लागि भर्ना गरिएको थियो । पीडित परिवारका अनुसार घाइतेमध्ये मनकुमारको मेरुदण्डमा चोट लागेको छ । सञ्चालक खड्कासँग हरहिसावका बारेमा प्रश्न…
Read More
माओवादी युद्धकालकै बम छुटेकाे अनुमान: पाँचथरमा ग्रिनेड पड्किँदा एकै घरका दुई नाबालकको मृत्यु

माओवादी युद्धकालकै बम छुटेकाे अनुमान: पाँचथरमा ग्रिनेड पड्किँदा एकै घरका दुई नाबालकको मृत्यु

१४ भदौ, झापा । पाँचथरको फालेलुङ गाउँपालिका–५ मा ग्रिनेड विष्फोट हुँदा एकै घरका दुई नाबालकको मृत्यु भएको छ । पाँचथरका प्रहरी नायव उपरीक्षक हेमन्त भण्डारी क्षेत्रीका अनुसार दिलिप साँवाकी अढाइ वर्षीया छोरी प्रिन्सा र ११ वर्षीय छोरा दिप्सनको मृत्यु भएको हो । प्रिन्साको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटैमा र दिप्सनको इलाममा मृत्यु भएको हो । आइतराज केरुङको घरमा बिहीबार साढे ३ बजेतिर बम विष्फोट भएको थियो । दिलिपको परिवार केरुङको घरमा बस्दै आएको थियो । विष्फोटमा उनका चार छोरा–छोरी घाइते भएका थिए । घाइतेमध्ये प्रिन्सा र दिप्सनको मृत्यु भएको हो । ९ वर्षीय छोरा पवन र अर्का एक बालकको…
Read More
पाँचथर विस्फोटमा परी दुईको मृत्यु, एक घाइते

पाँचथर विस्फोटमा परी दुईको मृत्यु, एक घाइते

१४ भाद्र , पाँचथर । पाँचथरको फालेलुङ गाउँपालिका–५ मा बिहीबार साँझ भएको विस्फोटमा परी १ बालिकाको मृत्यु भएको छ। विस्फोटक पदार्थ विस्फोट हुँदा घाइते भएका चार बालबालिका मध्ये २ वर्षीया प्रिन्सा साँवाको उपचारका क्रममा झापाको बि एण्ड सीअस्पताल लजादै गर्दा बाटोमै मृत्यु भएको हो। विस्फोटमा परी ११ वर्षीय दिपशन साँवा गम्भीर घाइते छन् । उनलाई पनि जिल्ला अस्पताल पाँचथरमा उपचार हुन नसकेर थप उपचारको लागि झापाको बि एण्ड सी अस्पतालमा रिफर गरिएको छ। त्यसैगरी ११ वर्षीय पबन राईको जिल्ला अस्पताल पाँचथरमा उपचार भइरहेको छ। ७ वर्षीय दिपशन राई सामान्य घाइते भएकाले स्थानीय स्वास्थ्य चौकी प्राङबुङमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय…
Read More
अमेरिका मुना पाण्डेको हत्यामा संलग्न रहेको आशंकामा एक जना पक्राउ

अमेरिका मुना पाण्डेको हत्यामा संलग्न रहेको आशंकामा एक जना पक्राउ

१३ भाद्र, काठमाडौं । अमेरिकामा हत्या भएकी नेपाली युवती मुना पाण्डेमाथि गोली चलाउने व्यक्तिलाई प्रहरी पक्राउ गरेको छ । अमेरिकामा नेपाली पत्रकारहरुले संचालन गरेको पोर्टल नेप्योर्कका अनुसार अभियुक्तको तस्बीर सार्बजनिक भएपछि प्राप्त सूचनाका आधारमा प्रहरीले ति व्यक्तिलाई ट्राफिकमा रोकिएको अवस्थामा पक्राउ गरेको हो । ति व्यक्ति मुना मृत भेटिएको स्थानमा अगस्ट २४ को बेलुका ९ बजेर ४८ मिनेटमा देखिएपछि प्रहरीले तस्वीर सार्बजनिक गरेको थियो । उनीविरुद्ध अहिलेसम्म बयान मात्र लिइएको र कुनै किसिमको मुद्धा दायर भने गरिएको छैन । अमेरिकाको टेक्सास राज्यको ह्युस्टनस्थित अपार्टमेण्टमा नेपाली विद्यार्थी मुना पाण्डेको गोली हानेर हत्या गरिएको अवस्थामा सोमबार भेटिएकी थिइन् । नेपालमा भोजपुरकी पाण्डे…
Read More
कोशी प्रदेश सभाको बैठक शुक्रबार बस्दै

कोशी प्रदेश सभाको बैठक शुक्रबार बस्दै

१३ भाद्र, विराटनगर । कोशी प्रदेशसभाको पाँचौँ अधिवेशनको १४औँ बैठक शुक्रबार दिउँसो १ बजे बस्ने भएको छ । कोशी प्रदेशसभा नियमावली, २०७४ को नियम ६ को उपनियम ३ बमोजिम बैठक बस्न लागेको कोशी प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए । गत असार ८ गते १३औँ बैठक बसेपछि अर्को सूचना जारी नभएसम्मका लागि कोशी प्रदेशसभाको बैठक स्थगन भएको थियो ।
Read More
श्रीकेश तेल उत्पादक कम्पनीलाई २ लाख जरिवाना, थप कारबाही गर्न सिफारिस

श्रीकेश तेल उत्पादक कम्पनीलाई २ लाख जरिवाना, थप कारबाही गर्न सिफारिस

१३ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाले श्रीकेश तेल उत्पादक कम्पनी सप्तऋषि ओयल एण्ड कस्मेटिक इण्डष्ट्रीलाई २ लाख रुपैयाँ जरिवाना गरेको छ । उत्पादक कम्पनीसँग माग गरिएका विवरणका आधारमा तयार पारिएको प्राविधिक विश्लेषण प्रतिवेदनमा गुणस्तर पुष्टि हुन नसकेपछि जरिवाना गरिएको निरीक्षण अधिकृत डा. अवधेश झाले जानकारी दिए । तेलको गुणस्तरका विषयमा गुनासो आएपछि महानगरपालिकाले असार ७ गते विवरण माग भएको थियो । ‘हामीले मागेको विवरणका आधारमा प्रतिवेदन तयार गर्‍यौं र सोही प्रतिवेदनका आधारमा जरिवाना गरिएको हो,’ झाले भने । माग गरिएको विवरणमा तेलमा प्रयोग हुने कच्चा पदार्थको प्राविधिक समिश्रणको विधि (फर्मुलेसन, रेसपी मेथड)को कागजात प्राप्त हुन सकेको थिएन । महानगरको अनुगमनमा…
Read More
संसदमा एमाले र माओवादी केन्द्रका सांसदबीच भनाभन

संसदमा एमाले र माओवादी केन्द्रका सांसदबीच भनाभन

१२ भाद्र, काठमाडौँ । प्रतिनिधि सभाको बैठकमा माओवादी केन्द्र र एमालेका सांसदहरुबीच विवाद भएपछि संसद बैठक अवरुद्ध भएको छ । नेकपा एमालेका सांसद योगेश भट्टराईले संसदमा बोल्ने क्रममा माओवादी जनयुद्धलाई हिंसा भन्ने शब्द प्रयोग गरेको विषयमा माओवादी केन्द्रका सांसदहरुले आपत्ति गरेका थिए । त्यसपछि संसदमा माओवादी केन्द्र र एमालेका सांसदहरुबीच भनाभन भएको थियो । सभामुख देवराज घिमिरेले हिंसा भन्ने शब्द असंसदीय भएको नभएको बारे छानबिन गर्न सचिवालयलाई निर्देशन दिएपनि विवाद बढेको थियों । माओवादी केन्द्रक प्रमुख सचेतक हितराज पाण्डेले संसद नियम अनुसार संसद नचलेको भन्दै सभामुखको ध्यानाकर्षण गराएका थिए ।
Read More
कुलमानलाई होइन प्रधानमन्त्री ओलीलाई स्पष्टीकरण सोध्नुपर्छ- प्रचण्ड

कुलमानलाई होइन प्रधानमन्त्री ओलीलाई स्पष्टीकरण सोध्नुपर्छ- प्रचण्ड

काठमाडौँ । प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्युत प्राधिकरणले उठाउन बाँकी करिव २२ अर्ब बक्यौता उठाउने निर्णय मन्त्रिपरिषद्बाटै गर्न सरकारलाई चुनौती दिएका छन् । प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री सामाजिक सञ्जालमा प्रस्ताव गरेर होइन, क्याबिनेटबाट निर्णय गराउनुपर्ने बताए । ‘प्रधानमन्त्रीले नौ वर्षसम्म किन एक्काइस अर्ब अठासी करोड महसुल उठाइएन भनेर पनि फेसबुकबाटै सोध्नुभएको छ । नियत सही भएको प्रधानमन्त्रीले क्याबिनेटबाट सोध्नुपर्ने हो यो प्रश्न । खासमा यो प्रश्न सोध्ने होइन, जवाफ दिनुपर्ने व्यक्ति नै प्रधानमन्त्री ओली आफैँ हो’, अध्यक्ष प्रचण्डले प्रश्न गरे, ‘प्राधिकरणलाई आफ्नो काम आफैँ गर्न नदिएर यो विवाद निम्त्याएको…
Read More
मलद्वारमा लुकाएर लागुऔषध तस्करी,झापाबाट दुइजना पक्राउ

मलद्वारमा लुकाएर लागुऔषध तस्करी,झापाबाट दुइजना पक्राउ

११ भाद्र,  भद्रपुर । लागुऔषधलाई प्लास्टिकले पोका बनाएर मलद्वारमा लुकाएर नेपाल भित्र्याइएको अवस्थामा प्रहरीले भद्रपुरबाट २ जनालाई नियन्त्रणमा लिएको छ। लुकाइछिपाई ल्याउँदै भद्रपुरको मेची पुलमा लागुऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । भद्रपुर नगरपालिका-५ मेची पुलमा अस्थायी प्रहरी बिट र जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको मे १० प ३२८७ नम्बरको मोटरसाइकलमा सवार भद्रपुर-८ हस्पिटल चोक बस्ने २७ वर्षीय मोहित साहलाई शङ्का लागेर चेकजाँच गर्ने क्रममा उनको  मलद्वारबाट १३ ग्राम ३० मिलिग्राम ब्राउन सुगर फेला परेको थियो । उनलाई नियन्त्रणमा लिई वडा प्रहरी कार्यालय भद्रपुरमा ल्याई सोधपुछ गर्ने क्रममा भक्तपुर सूर्य विनायक नगरपालिका -३ बस्ने २८…
Read More
साफ यू-२० : बंगलादेशले भारतलाई हरायो, फाइनलमा नेपालसँग भिड्ने

साफ यू-२० : बंगलादेशले भारतलाई हरायो, फाइनलमा नेपालसँग भिड्ने

काठमाडौं । साफ यू–२० फुटबलको फाइनलमा नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुने भएको छ । सोमबार भएको दोस्रो सेमिफाइनल खेलमा बंगलादेशले भारतलाई टाइब्रेकरमा ४-३ ले पराजित गरेको हो । निर्धारित समयमा खेल १-१ को बराबरीमा सकिएको थियो । यससँगै बुधबार दशरथ रंगशालामा हुने फाइनल खेलमा नेपाल र बंगलादेश आमने-सामने हुनेछन् । आइतबार भएको पहिलो सेमिफाइनलमा नेपालले भुटानलाई टाइब्रेकरमा ४–१ ले स्तब्ध पार्दै फाइनल पुगेको थियो ।
Read More