नयाँ तृष्णा

देवतालाई खुसी पार्न भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो, पाँचजना पक्राउ

देवतालाई खुसी पार्न भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो, पाँचजना पक्राउ

देवतालाई खुसी पार्न भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो, पाँचजना पक्राउ

११ आश्विन, एजेन्सी। एउटा सार्वजनिक विद्यालयमा सौभाग्य ल्याउने उद्देश्यले गरिएको कथित अनुष्ठान बलिमा एक सात वर्षीय बालकको हत्या गरेको आरोपमा पाँच जनालाई पक्राउ गरिएको प्रहरीले शुक्रबार जनाएको छ ।  प्रसिद्ध ताजमहल नजिकैको हाथरस सहरमा रहेको छात्रावासमा आफ्नै ओछ्यानमा पीडित बालकलाई आइतबार राति मृत फेला पारिएको थियो । अधिकारीहरूलाई सूचित गर्नुको सट्टा विद्यालयका निर्देशक दिनेश बघेलले शवलाई आफ्नो कारको डिक्कीमा लुकाएर राखेको प्रहरीले बताएको छ ।  प्रहरी अधिकारी हिमांशु माथुरले बघेलका पिताले आयोजना गरेको कालो जादु (तान्त्रिक विधि) समारोहअघि नै बालकको हत्या गरिएको बताए । “बालकलाई अनुष्ठानको हिस्साका रूपमा वेदीमा लैजाने योजना थियो तर समारोह पूरा हुनुभन्दा अघिनै उनलाई मारियो”, उनले…
Read More
कठिन समयमा जनसेवामा जुट्न कार्यकर्तालाई प्रचण्डको निर्देशन

कठिन समयमा जनसेवामा जुट्न कार्यकर्तालाई प्रचण्डको निर्देशन

११ आश्विन, काठमाडौँ ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लगातारको वर्षाका कारण प्राकृतिक विपत्तिको अवस्था सिर्जना हुनसक्ने भन्दै राज्यका सबै निकाय, सबै राजनीतिक दल, सामाजिक संघसंगठन तथा आफ्नो पार्टीका कार्यकर्तालाई सतर्क रहँदै जनसेवामा जुट्न आग्रह गरेका छन् । अध्यक्ष प्रचण्डले लगातारको भारी वर्षाका कारण खोला र नदीका किनारमा पानीको सतह बढिरहेको भन्दै पानीको बहावले प्राकृतिक विपत्तिको अवस्था सिर्जना हुनसक्ने भएकोले नदी किनारा, तटीय क्षेत्र र सम्भावित जोखिम क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन हार्दिक अनुरोध गरेका छन् । उनले भनेका छन्- राज्यका सबै निकाय, सबै राजनीतिक दल, सामाजिक संघसंगठन, सञ्चार क्षेत्रलगायत सबैमा जनताको दु:खमा हातेमालो गर्न हार्दिक अपिल गर्दै…
Read More
अविरल वर्षाका कारण झापासहित देशभरको जनजीवन प्रभावित

अविरल वर्षाका कारण झापासहित देशभरको जनजीवन प्रभावित

११ आश्विन , झापा । कोशी प्रदेशका बिभिन्न स्थानमा तीन दिनदेखिको जारी अविरल वर्षाका कारण जनजीवन प्रभावित भएको छ। अविरल वर्षाका कारण इलाम,पाँचथर, ताप्लेजुङलगायतका हिमाली तथा पहाडी जिल्लाका सडकहरू अवरुद्ध बनेका छन्। सडक भत्किएका कारण यातायातका साधन चल्न सकेका छैनन् । झापाको बिर्तामोडकाे बिर्ताबजार, सैनिकमाेड र बिराटपाेखरीलगायतकाे आसपासका घर, पसल, कलकारखाना, अस्पतालगरि ५० भन्दाबढी डुवानमा परेको छ । जेसेवीले आसपासका डुवान पानीलाई तर्काउने काम गरिएको छ । भारी वर्षाका कारण प्रदेशका कतिपय स्थानीय तहले सामुदायिक तथा संस्थागत विद्यालयको पठनपाठन स्थगित गरेका छन्। निजी विद्यालयको छाता संगठन प्याव्सन, एन प्याव्सनले पनि विद्यालय बन्द गराएका छन् कोशी प्रदेशअन्तर्गत तराईका झापा, मोरङ र…
Read More
सप्तकोशीमा खसेको बसबाट सबै २० यात्रुको उद्धार

सप्तकोशीमा खसेको बसबाट सबै २० यात्रुको उद्धार

१० असाेज, विराटनगर । सप्तकोशीमा खसेको बसबाट सबै २० यात्रुको उद्धार गरिएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख विपिन रेग्मीले नदीमा खसेकाे बसबाट २० जनालाई उद्धार गरेर उपचारका लागि पठाइएकाे जानकारी दिए । विराटनगरबाट उदयपुरको गाईघाटतर्फ जाँदै गरेको को १ ख ४६०१ नम्बरको बस कोशी ब्यारेज पुलकाे ३५ नम्बर ढोकाबाट नदीमा खसेको थियाे । तीव्र गतिमा रहेकाे बस साझ ६ बजे चिप्लिएर नदीमा खसेकाे थियाे । बसमा कति यात्रु सवार थिए भन्ने खुलेको छैन । नदीमा खसेकाे बस निकाल्ने प्रयास भइरहेकाे एसपी रेग्मीले बताए । सप्तरीका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मगरातीले बसमा सवार २० जनाको उद्धार गरी नजिकको अस्पतालहरुमा…
Read More
सिद्धार्थ बैंकद्वारा बलभद्र आधारभूत विद्यालयलाई कम्प्युटर हस्तान्तरण

सिद्धार्थ बैंकद्वारा बलभद्र आधारभूत विद्यालयलाई कम्प्युटर हस्तान्तरण

मेचीनगर। सिद्धार्थ बैंक काँकरभिट्टा शाखाले आफ्नो वार्षिक सामाजिक उत्तरदायित्व अन्तर्गत मेचीनगर–३ स्थित बलभद्र आधारभूत विद्यालयलाई दुई थान कम्प्युटर प्रदान गरेको छ। विद्यालयमा मंगलबार आयोजित एक विशेष समारोहकाबीच कम्प्युटर हस्तान्तरण गरिएको हो। सिद्धार्थ बैंकका कर्मचारी तथा मेचीनगर–३ निवासी राजकुमार थापाको विशेष पहलमा विद्यालयले कम्प्युटर प्राप्त गरेको हो। थापाको यस महत्वपूर्ण योगदानले विद्यालयका विद्यार्थीहरूलाई प्रविधिसँग नजिक आउने अवसर प्रदान गर्ने विश्वास गरिएको विद्यालयले जनाएको छ। कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर थापाको सभापतित्वमा सिद्धार्थ बैंकको कोशी प्रदेशीय कार्यालय बिर्तामोडका प्रमुख सुभाष श्रेष्ठ प्रमुख अतिथिका रूपमा उपस्थित थिए। साथै, बैंकका काँकरभिट्टा शाखा प्रमुख सुमेश देवकोटा, कर्जा अधिकृत सरोज अधिकारी, सहायक अधिकृत राजकुमार थापा,…
Read More
इजरायलको आक्रमणमा लेबनानमा ५५८ जनाको मृत्यु

इजरायलको आक्रमणमा लेबनानमा ५५८ जनाको मृत्यु

८ आश्विन, काठमाडौं । लेबनानमा इजरायलले सोमबारदेखि गरेको आक्रमणमा अहिलेसम्म ५५८ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । लेबनानका स्वास्थ्यमन्त्री फिरास अबियादले मृत्यु हुनेमा ५० बालबालिका र ९४ महिला समेत रहेका छन् । इजरायली हवाई हमलाका कारण लेबनानमा अहिलेसम्म १८ सय ३५ जना घाइते भएका छन् । इजरायलले लेबनानमा रहेका हिजबुल्लाहका केन्द्रहरुमा भिषण आक्रमण शुरु गरेको छ । आक्रमणपछि दक्षिणी लेबनानमा हजारौं मानिस विस्थापित भएको मिडिया रिपोर्टमा उल्लेख छ । अहिलेसम्म हवाई हमलामा विस्थापित भएका १६ हजार ५०० जनालाई १५० विद्यालयमा राखिएको बताइएको छ । इजरायलले घर नजिकै हतियार राखिएको ठाउँ छाड्न सर्वसाधारणलाई आग्रह गरेको छ । इजरायलले…
Read More
किड्स, व्वाईज र टिन्सलाई उपाधि

किड्स, व्वाईज र टिन्सलाई उपाधि

८ आश्विन , काठमाडौं । नेशनल किड्स एण्ड टिन्स सुपरस्टारको ग्राण्ड फिनाले राजधधानीमा सम्पन्न भएको छ। प्रतियोगितामा किड्सबाट अनुष्का चौधरी, ब्वाइजबाट दिशान्त ताजपुरिया र टिन्सबाट सिमरन थापा मगरले उपाधि जितेका छन् भने किड्सबाट सयोना लामा, ब्वाइजबाट दिशान्त ताजपुरिया र टिन्सबाट सिमरन थापा मगर मस्ट पपुलर भएका छन्। प्रतियोगितामा किड्सबाट अन्सुमा थापा मगर, ब्वाइजबाट नयन कारन्जित र टिन्सबाट दिया रानामगरले पब्लिक च्वाइसको टाइटल जितेका छन्। ब्ल्याक बर्ड इन्टरटेनमेन्ट प्रालिद्धारा सम्पन्न प्रतियोगितामा कक्षा तीनदेखि नौसम्मका प्रतियोगी सहभागी थिए। सुमी बानियाँको कोरियोग्राफी रहेको प्रतियोगिताको कार्यक्रम संयोजन नृत्य निर्देशक सन्दीप भुजेलले गरेका थिए।
Read More
हिजबुल्लाहका केन्द्रमा इजरायली आक्रमण, सयभन्दा बढीको मृत्यु

हिजबुल्लाहका केन्द्रमा इजरायली आक्रमण, सयभन्दा बढीको मृत्यु

७ आश्विन, काठमाडौँ ।  इजरायलले लेबनानमा रहेको हिजबुल्लाह लक्ष्यहरूमा ठूलो मात्रामा आक्रमण गरेको छ । इजरायलले लेबनानका मानिसहरूलाई सुरक्षित रहन हिजबुल्लाह लक्ष्यहरूबाट टाढा जान आग्रह गरेको छ । लेबनानको स्वास्थ्य मन्त्रालयले सोमबारदेखि दक्षिणी लेबनानका सहर र गाउँहरूमा भएका आक्रमणमा कम्तीमा १०० जनाको मृत्यु भएको जनाएको छ । लेबनानको पब्लिक हेल्थ इमर्जेन्सी अपरेशन सेन्टरले पनि यी आक्रमणमा बालबालिका र महिलासहित ४०० भन्दा बढी व्यक्ति घाइते भएको एक विज्ञप्तिमा जनाएको छ । इजरायली रक्षा बलका प्रवक्ता रियर एडमिरल ड्यानियल हगारीले यसअघि सेनाले लेबनानमा ठूलो मात्रामा र सटीक आक्रमण गर्ने बताएका थिए । हगारीले मानिसहरूलाई आफ्नो सुरक्षाको लागि हिजबुल्लाह लक्ष्यहरू नजिक नजान आग्रह…
Read More
झापामा पहिचानवादीको मोर्चा गठन

झापामा पहिचानवादीको मोर्चा गठन

७ आश्विन, झापा । बिर्तामोडको याक्थुम चुम्लुङ भवनमा पहिचानवादीको भेलाले झापा जिल्ला मोर्चा समिति गठन गरेको छ । कार्याक्रमका प्रमुख अतिथि डा. मित्र परियार बिशिष्ठ अतिथि खगेन्द्र माखिम हुनुहुन्थ्यो । डा. मित्र परियारले बिगत लामो समयदेखि पहिचानको आशा राखेर ठूला दल भनाउँदाको पछिलागेर धोका खाएको छ पहिचान चाहनेहरुले पहिचन त खुल्यो तर एकल पहिचान , तर आदिबासी जनजाति पिछडा बर्गले त्यो पहिचान नचाहेको उनीहरु बहुपहिचान चाहेको तेसैले विभिन्न भाषाधर्म जात वर्ण सबै मिलेर पहिचानवादी मोर्चा गठन भएकोछ यसलाई सबै मिलेर आत्मासाथ गर्दै अघिबढ्नु आवश्यक रहेको बताउँनुभयो । आजको पहिचानवादी कार्याक्रमको गंगा शेर्मा राईको अध्यक्षतामा भएके कार्याक्रम सन्चालन अग्निमाया मेचेले गर्नुभएकी…
Read More
भारतको बेंगलुरुमा नेपाली महिलाको बीभत्स हत्या, फ्रिजमा भेटिए शरीरका ३० टुक्रा

भारतको बेंगलुरुमा नेपाली महिलाको बीभत्स हत्या, फ्रिजमा भेटिए शरीरका ३० टुक्रा

एजेन्सी, भारतको बेंगलुरुमा एकजना नेपाली महिलाको बीभत्स हत्या भएको छ । बेंगलुरुको मल्लेश्वरम क्षेत्रमा एकजना नेपाली महिलाको हत्यापछि शव ३० टुक्रा पारेको अवस्थामा फ्रिजभित्र भेटिएको छ। हत्या गरिएकी २९ वर्षीय महालक्ष्मी दासको परिवार भने अन्तै बस्दै आएको थियो । शनिबार बेंगलुरुको व्यालिकभल क्षेत्रस्थित फ्ल्याटको फ्रिजमा महालक्ष्मीको शवका अनेक टुक्रा भेटिएका हुन् । द इकोनोमिक टाइम्सका अनुसार उक्त फ्ल्याटबाट दुर्गन्ध फैलिन थालेपछि घरधनीले शनिबार दिउँसो प्रहरीलाई खबर गरेका थिए । शनिबार दिउँसो ती महिलाका घरधनीले परिवारलाई पनि झिकाएका थिए । घरधनीको फोनपछि महालक्ष्मीकी आमा र बहिनी पुगे । उनीहरू पुग्दा महालक्ष्मीको फ्ल्याट अगाडिको ढोका बन्द थियो । ढोका फोडेर पस्दा १६५…
Read More