Skip to main content

नयाँ तृष्णा

अविरल वर्षाका कारण झापासहित देशभरको जनजीवन प्रभावित

Advertisement
  1. ११ आश्विन ,

झापा । कोशी प्रदेशका बिभिन्न स्थानमा तीन दिनदेखिको जारी अविरल वर्षाका कारण जनजीवन प्रभावित भएको छ।

अविरल वर्षाका कारण इलाम,पाँचथर, ताप्लेजुङलगायतका हिमाली तथा पहाडी जिल्लाका सडकहरू अवरुद्ध बनेका छन्। सडक भत्किएका कारण यातायातका साधन चल्न सकेका छैनन् ।

झापाको बिर्तामोडकाे बिर्ताबजार, सैनिकमाेड र बिराटपाेखरीलगायतकाे आसपासका घर, पसल, कलकारखाना, अस्पतालगरि ५० भन्दाबढी डुवानमा परेको छ । जेसेवीले आसपासका डुवान पानीलाई तर्काउने काम गरिएको छ ।

भारी वर्षाका कारण प्रदेशका कतिपय स्थानीय तहले सामुदायिक तथा संस्थागत विद्यालयको पठनपाठन स्थगित गरेका छन्। निजी विद्यालयको छाता संगठन प्याव्सन, एन प्याव्सनले पनि विद्यालय बन्द गराएका छन्

कोशी प्रदेशअन्तर्गत तराईका झापा, मोरङ र सुनसरीको जनजीवन पनि निकै प्रभावित बनेको छ। पूर्वपश्चिम राजमार्गमा अविरल वर्षाका कारण यातायातका साधन खासै चल्न सकेका छैनन् । एक ठाउँबाट अर्को ठाउँ जाने यात्रु नहुँदा यातायातका साधन थन्क्याउनु परेको यातायात व्यवसायीले बताएका छन्।

कोशी प्रदेशका मेची, निन्दा, बिरिङ, कनकाई,रतुवा, चिसाङ, सप्तकोशीलगायतका ठुला नदीमा जल सतह बढेको छ। ती नदीमा पानीको बहाव अझ बढ्न सक्ने भन्दै सतर्क रहन जल तथा मौसम विज्ञान विभाग शाखाले सर्वसाधारणलाई अनुरोध गरेको छ।

झापाका तीन वर्षा मापन केन्द्रले २४ घण्टामा भारी वर्षा भएको देखाएको छ । केचनामा १७९.८, गौरादहमा १६२.२ , चन्द्रगढी एयरपोर्टमा १४४.२ र अनारमनि बिर्तामोडमा ११६.६ मिलिमिटर वर्षा भएको छ ।

त्यस्तै इलामको बर्षा मापन केन्द्रहरूमा पनि वर्षा क्रमिक बढ्दै गएको देखिएको छ । कनकाई नदीमा जलस्तर २. ८ मिटर पुगेकोले सतर्क रहन नेपाल रेडक्रस सोसाइटी झापाले आग्रह गरेको छ ।

पछिल्लो ३ घण्टामा झापाको गौरादह, चन्द्रगढी, केचना, अनरमनी वीरता, इलाम जिल्लाको कनकाई मैनाचुली आसपास क्षेत्रमा मध्यमदेखि भारी वर्षा भएको छ । सो क्षेत्र भई बहने कनकाई, मेची, विरिङ, निन्दा र अन्य स–साना खोलाहरूमा आकस्मिक बाढी तथा होचो भू–भागमा डुबानको जोखिम रहेको नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

त्रिभुवन विश्वविद्यालयमा शिक्षामन्त्री पोखरेलविरुद्ध विद्यार्थीको प्रदर्शन, केही प्रदर्शनकारी नियन्त्रणमा

त्रिभुवन विश्वविद्यालयमा शिक्षामन्त्री पोखरेलविरुद्ध विद्यार्थीको प्रदर्शन, केही प्रदर्शनकारी नियन्त्रणमा

  काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको ६७ औँ वार्षिक दिवसका अवसरमा आयोजित विशेष समारोहमा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोख...
बेथेल मण्डली दाङको को ७ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

बेथेल मण्डली दाङको को ७ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

  घोराही, दाङ । साउन ६, २०८३, दाङको घोराही उप–महानगरपालिका–१३, दुम्रगाउँस्थित बेथेल मण्डली दाङको ७ औं वार्षिकोत्सव समा...
अर्जेन्टिनालाई हराउँदै स्पेनले जित्यो विश्वकपको उपाधि

अर्जेन्टिनालाई हराउँदै स्पेनले जित्यो विश्वकपको उपाधि

४ साउन , झापा । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै फिफा विश्वकप २०२६ को उपाधि जितेको छ। अमेरिकाको न्युयोर्कस्थित न्यु जर्...
विश्वकप फाइनलको टिकट ३५ करोडसम्म, अमेरिकाकै इतिहासको सबैभन्दा महँगो खेलकुद प्रतियोगिता

विश्वकप फाइनलको टिकट ३५ करोडसम्म, अमेरिकाकै इतिहासको सबैभन्दा महँगो खेलकुद प्रतियोगिता

  काठमाडौं ।   न्युयोर्कको मेटलाइफ स्टेडियममा आइतबार अर्जेन्टिना र स्पेनबीच हुने फिफा विश्वकप २०२६ को फाइनल खेल इतिहासकै सब...