Skip to main content

नयाँ तृष्णा

सप्तकोशीमा खसेको बसबाट सबै २० यात्रुको उद्धार

Advertisement

१० असाेज, विराटनगर । सप्तकोशीमा खसेको बसबाट सबै २० यात्रुको उद्धार गरिएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख विपिन रेग्मीले नदीमा खसेकाे बसबाट २० जनालाई उद्धार गरेर उपचारका लागि पठाइएकाे जानकारी दिए ।

विराटनगरबाट उदयपुरको गाईघाटतर्फ जाँदै गरेको को १ ख ४६०१ नम्बरको बस कोशी ब्यारेज पुलकाे ३५ नम्बर ढोकाबाट नदीमा खसेको थियाे ।

तीव्र गतिमा रहेकाे बस साझ ६ बजे चिप्लिएर नदीमा खसेकाे थियाे । बसमा कति यात्रु सवार थिए भन्ने खुलेको छैन । नदीमा खसेकाे बस निकाल्ने प्रयास भइरहेकाे एसपी रेग्मीले बताए ।

सप्तरीका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मगरातीले बसमा सवार २० जनाको उद्धार गरी नजिकको अस्पतालहरुमा उपचारमा पठाएको बताए ।

‘चालक र अन्य यात्रुसँग सोधपुछ गर्दा २० जना मात्र सबार रहेको बुझियो । तर पनि हामीले अझै खोजविन जारी राखेका छौं । उद्धार गरिएकाहरु सबै सकुशल हुनुहुन्छ । चोटपटक लागेर स्थानीय अस्पतालहरुमा उपचारको लागि भर्ना गरिएको छ’, प्रजिअ मगरातीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

भारतबाट उद्धार भएका चार नेपाली बालबालिका परिवारसँग पुनर्मिलन

भारतबाट उद्धार भएका चार नेपाली बालबालिका परिवारसँग पुनर्मिलन

  काँकरभिट्टा । भारतका विभिन्न संरक्षण गृहमा रहेका चार जना नेपाली बालबालिकालाई सुरक्षित रूपमा स्वदेश फिर्ता ल्याई परिवारसँ...
महोत्तरीमा विद्यालय बस दुर्घटना, ५ बालबालिकासहित ६ जना घाइते

महोत्तरीमा विद्यालय बस दुर्घटना, ५ बालबालिकासहित ६ जना घाइते

  महोत्तरीको गौशाला नगरपालिका– ९, डुमरवानास्थित भित्री सडकखण्डमा मंगलबार बिहान स्कुलबस दुर्घटना हुँदा चालकसहित ६ जना घाइते...
विराटनगरमा शेरधनले बोलाए मुख्यमन्त्रीसहित प्रदेश सांसदहरूलाई छलफलमा

विराटनगरमा शेरधनले बोलाए मुख्यमन्त्रीसहित प्रदेश सांसदहरूलाई छलफलमा

विराटनगर । नेकपा एमालेका कोशी प्रदेश इन्चार्ज शेरधन राईले प्रदेशका सांसदहरुलाई छलफलमा बोलाएका छन्। ...
सिन्धुली कार दुर्घटना : चालकसहित ३ जना सुनकोशी नदीमा बेपत्ता

सिन्धुली कार दुर्घटना : चालकसहित ३ जना सुनकोशी नदीमा बेपत्ता

  काठमाडौं । सिन्धुलीस्थित मध्यपहाडी राजमार्गबाट सुकोशी नदीमा कार खस्दा तीन जना बेपत्ता भएका छन् । बेपत्ता हुनेहरूमा नाम नख...