२२ कार्तिक, मेचीनगर । झापाकाे मेचीनगर-९ मा वरिष्ठ गीतकार शिवशंकर थापा र संगीतकार भरत लामालाई सम्मान गरिएकाे छ ।ख्याति कमाएका र उदयमान कला, साहित्य र संगीतका पारखीलाई एकै ठाउँमा जोड्ने उद्देश्यले सातपाखे ब्याण्डद्वारा आयोजित सांगीतिक साँझमा थापा र लामालाई सम्मान गरेको हो । कार्यक्रमको प्रमुख अतिथि एबम् मेची नगरपालिकाको उपप्रमुख मिना उप्रेती पोख्रेलले खादा तथा सम्मान पत्रद्वारा सम्मान गरेकी थिइन् । सम्मानित कलाकारद्वय झापाली हुन् । सम्मानपछि गीतकार थापा, संगीतकार लामा आफ्नो प्रस्तुति प्रस्तुत गरेका थिए । त्यसैगरी सांगीतिक ब्याण्डले दर्जनौं लोक तथा आधुनिक गीत, गजल प्रस्तुत गरेका थिए । कार्यक्रममा राष्ट्रिय गायक कमल रसाइली त्यस्तै आर्ट विधाका ख्यातीप्राप्त कलाकार…
२२ कार्तिक , झापा । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइएको छ । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व मङ्गलबारदेखि सुरु भएको हो । विभिन्न नदी तथा तलाउको किनारमा पुगेर छठको व्रत लिनेहरुले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका हुन् । अहिले पनि नदी तथा तलाउका किनारमा व्रतालुहरु बसिरहेका छन् । उनीहरु रातभर जाग्राम बस्छन् । भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ समापन हुन्छ । झापाको बिर्तामोडमा नेपाल मेधेशी सेवा समाजको आयोजनामा बिर्तामोड–३, बिर्ताबजार अदुवा खोलामा छठ पुजा तथा साँगीतिक समारोहलाई सम्बोधन गर्दै कोशी प्रदेशका उर्जा जलस्रोत तथा सिंचाइ मन्त्री एकराज…
२१ कार्तिक, Share – होमराज राई, मेचीनगर । झापा इसाई समाजले आठौं बार्षिक साधारण सभा सम्पन्न गरेको छ । बुधवार बिर्तामोडको पर्शुराम पार्टी प्यालेसमा धार्मिकताले राष्ट्रको उन्नति गराउँछ भन्ने मुल प्रशंगकासाथ कार्यक्रमका प्रमुख अतिथि बिर्तामोड नगरप्रमुख पबित्रा महतारा प्रसाई र प्रमुख बक्ता रेभ एनडी थुलुङ्ग रहेको थियो । कार्यक्रमका प्रमुख बक्ता थुलुङ्गले भने धार्मिकताले राष्ट्रको उन्नति गराउँछ भन्ने प्रशंगबाट बोलेका थिए । सभमा धार्मिकताले निष्कलंताले,पबित्रताले, असल ब्यवहारद्धारा राष्ट्रलाई उचाल्छ । येशूख्रीष्टमा भएको धार्मिकता, पबित्रता र भक्तिपूर्ण जीवनले नै सम्प्रर्ण राष्ट्रलाई उचाल्ने काम गर्दछ । अब आउने झपा इसाई समाजका समितिहरु ठूलो दर्शन लिएर सबै मण्डलीहरुबीच एकता कायम ल्याउनु पर्ने उनको…
२१ कार्तिक, काठमाडौँ । अमेरिकी राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्प विजयी भएका छन् । डोनाल्ड ट्रम्पले २७९ इलेक्टोरल भोट प्राप्त गर्दै डेमोक्रेटिक उम्मेदवार कमला ह्यारिसलाई पराजित गरेका हुन् । कमला ह्यारिसले २१९ इलेक्टोरल भोट प्राप्त गरेकी छन् । ट्रम्पले अमेरिकाका सातमध्ये चार स्विङ स्टेटमा जित हासिल गरेका छन् । यसमा जर्जिया, उत्तरी क्यारोलिना, विस्कन्सिन र पेन्सिलभेनिया समावेश छन् । अमेरिकामा कुल ५३८ इलेक्टोरल कलेज मध्ये बहुमतको लागि २७० इलेक्टोरल भोट आवश्यक पर्दछ ।
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन् । प्रधानमन्त्री ओलीलाई ज्वरो आएपछि अत्यावश्यकबाहेकका भेटघाट कार्यक्रम स्थगित गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार ओलीले हाल बालुवाटारस्थित सरकारी निवासमै आराम गरिरहेका छन् । 'सामान्य ज्वरोका कारण प्रधानमन्त्री केपी शर्मा ओलीले आज (मंगलबार) अत्यावश्यकबाहेक अन्य कुनै भेटघाट र कार्यक्रम राख्नुभएको छैन । उहाँ प्रधानमन्त्री निवास, बालुवाटारमा आराम गरिरहनुभएको छ,' प्रधानमन्त्री ओलीको सचिवालयले भनेको छ ।
२० कार्तिक, काठमाडौँ। डेडिकेटेड फिडर तथा ट्रंक लाइन विवादमा महसुल नतिर्नुपर्ने माग गर्दै दायर भएको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ । हिमाल आइरन एन्ड स्टिल उद्योगले नेपाल विद्युत प्राधिकरणको महसुल उठाउने निर्णयविरुद्ध रिट सर्वोच्च अदालतले मंगलबार खारेज गरिदिएको हो । मंगलबार प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत र न्यायाधीश महेश शर्मा पौडेलको संयुक्त इजलासले उक्त रिटलाई खारेज गरिदिएको हो । प्राधिकरणले उक्त उद्योगले १३ करोड ६५ लाख १ हजार ९०२ रुपियाँ बक्यौता तिर्न बाँकी रहेको जनाएको छ । डेडिकेटेड र ट्रंकलाइनको महसुल उठाउने प्राधिकरणको निर्णयविरुद्ध हिमाल आइरन एन्ड स्टिलले २०७५ फागुन ९ गते सर्वोच्च अदालतमा रिट दर्ता गरेको थियो । यसअघि विद्युत…
२० कार्तिक, काठमाडौं। मानव बेचबिखन तथा ओसारपसार मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी धनुषा जनकनन्दिनी गाउँपालिका-४ ठेगाना भएका दिलीप राउत पक्राउ परेका छन् । एनसिबि कुवेतको समन्वयमा कुवेतमा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारवाही गर्ने/गराउने प्रयोजनार्थ मंगलबार नेपाल फिर्ता ल्याइएको छ । राउत समेत भएको मानव बेचबिखन तथा ओसारपसार मुद्दामा संलग्न रही फरार रहेका उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवम् पक्राउ गर्नको लागि नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग इन्टरपोल शाखाको अनुरोधमा इन्टरपोल महासचिवालयबाट २०८१ असोज १८ गते उनी विरूद्ध रेड नोटिस जारी भएको थियो । उनलाई सम्बन्धित कसूर बमोजिम कानूनी कारवाहीको लागि मानव बेचबिखन अनुसन्धान ब्यूरोबाट खटि…
२० कार्तिक, काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थप १० दिन हिरासतमा राख्न कास्की जिल्ला अदालतले अनुमति दिएको छ । कार्तिक १५ गतेदेखि गणना हुनेगरी अदालतले प्रहरीलाई अनुसन्धान गर्न थप समय दिएको कास्की जिल्ला अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए । मंगलबारसहित लामिछानेलाई तेस्रो पटक म्याद थप गरिएको छ । यसअघि सुरुमा ६ दिन, त्यसपछि ७ दिन र अहिले १० दिन म्याद थपिएको हो । कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेका लामिछानेमाथि कास्की प्रहरीले सहकारी ठगीको अभियोगमा अनुसन्धान गरिरहेको छ ।
१९ कार्तिक, झापा । नेपाली ख्रीष्टियन नागरिक संघ भद्रपुर क्षेत्र न ३ का कार्य–समितिले शुभकामना कार्यक्रम गरेको छ । सोमबार भद्रपुर ४ स्थीत नेपाल ख्रीष्टियन चर्च भवनमा सम्पन्न भएके शुभकामना कार्यक्रममा कोशी प्रदेश राज्य तथा भौतिक पुर्वधारमन्त्री भूमी प्रसाद राजबंशीको प्रमुख आतिथ्यतामा भएको थियो। मन्त्री भूमी प्रशाद राजवंशी ,पुर्वधार बिकास ,राज्यमन्त्रीले भन्नुभयो धर्मले सहि बाटोमा हिड्न सिकाउने काम गर्छ। धर्मले मान्छेलाई असल बनाउने काम गर्छ ।धर्मले सत्मार्गमा हिड्ने दिशा देखाउँछ। ख्रीष्टियन धर्म नयाँ धर्म होइन धेरै पुरानो हो । हामीलाई स्कूलमा इतिहासको किताबबाट पढाइन्थ्यो । राजवंशी मन्त्रीले धन्यवाद र शुभकामना सम्बोधन गर्दै भन्नुभयो एउटा महत्वपूर्ण कुरा यहाँ मैले देखिराखेको छु…
१९ कार्तिक, एजेन्सी । बङ्गलादेशमा डेङ्गुका कारण शनिबार एकै दिन यो बर्षको सबैभन्दा बढी १० जनाको मृत्यु भएपछि सङ्क्रमितको सङ्ख्या ३१० पुगेको बङ्गलादेशको स्वास्थ्य सेवा महानिर्देशनालयले जनाएको छ। स्थानीय समयअनुसार शनिबार बिहान ८ बजेसम्मको पछिल्लो २४ घण्टामा थप एक हजार ३४८ जना लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गुबाट सङ्क्रमित भएका थिए। डेङ्गु ज्वरो एडिस लामखुट्टेको टोकाइबाट सर्ने भाइरल रोग हो। यो रोगले टाउको दुख्ने, उच्च ज्वरो आउने, थकाइ लाग्ने, मांसपेशी र जोर्नीदुख्ने, ग्रन्थी सुन्निने, वान्ता हुने र चिलाउने जस्ता लक्षणसहित गम्भीर स्वास्थ्य समस्या निम्त्याउँछ। यस भाइरसबाट यो बर्ष सङ्क्रमित हुनेको सङ्ख्या ६३ हजार १६५ पुगेको सरकारी तथ्याङ्कले देखाएको छ। यस वर्ष डेङ्गुका…