नयाँ तृष्णा

बङ्गलादेशमा डेङ्गुका कारण एकै दिन १० जनाको मृत्यु

Advertisement

एजेन्सी ।

बङ्गलादेशमा डेङ्गुका कारण शनिबार एकै दिन यो बर्षको सबैभन्दा बढी १० जनाको मृत्यु भएपछि सङ्क्रमितको सङ्ख्या ३१० पुगेको बङ्गलादेशको स्वास्थ्य सेवा महानिर्देशनालयले जनाएको छ।

स्थानीय समयअनुसार शनिबार बिहान ८ बजेसम्मको पछिल्लो २४ घण्टामा थप एक हजार ३४८ जना लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गुबाट सङ्क्रमित भएका थिए।

डेङ्गु ज्वरो एडिस लामखुट्टेको टोकाइबाट सर्ने भाइरल रोग हो। यो रोगले टाउको दुख्ने, उच्च ज्वरो आउने, थकाइ लाग्ने, मांसपेशी र जोर्नीदुख्ने, ग्रन्थी सुन्निने, वान्ता हुने र चिलाउने जस्ता लक्षणसहित गम्भीर स्वास्थ्य समस्या निम्त्याउँछ। यस भाइरसबाट यो बर्ष सङ्क्रमित हुनेको सङ्ख्या ६३ हजार १६५ पुगेको सरकारी तथ्याङ्कले देखाएको छ।

यस वर्ष डेङ्गुका कारण अक्टोबरमा १३४, सेप्टेम्बरमा ८०, अगस्टमा २७ र जुलाईमा १२ जनाको मृत्यु भएको थियो । बङ्गलादेशमा सन् २०२३ मा डेङ्गुका कारण एक हजार ७०५ जनाको मृत्यु भएको थियो।

सन् २०२२ मा २८१ र सन् २०१९ मा १७९ जनाको डेङ्गुका कारण मृत्यु भएको थियो। डेङ्गुको बढ्दो सङ्ख्यासँग जुध्न बङ्गलादेशी स्वास्थ्य अधिकारीले लामखुट्टेको प्रजनन रोक्न र लार्भा विरोधी अभियान सञ्चालन गर्न कडा उपाय चालेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

मेचीनगर गोल्डकपको उपाधि चर्च ब्वाइजलाई

मेचीनगर गोल्डकपको उपाधि चर्च ब्वाइजलाई

काँकरभट्टिा । लिगलिडर चर्च व्वाइज युनाइटेड पाँचौ मेचीनगर गोल्डकपको च्याम्पियन बनेको छ । शनिवार सम्पन्न फाइनल खेलमा आयोजक काँकरभि...
चर्च ब्वाइज युनाइटेड मेचीनगर गोल्डकपको फाइनल प्रवेश

चर्च ब्वाइज युनाइटेड मेचीनगर गोल्डकपको फाइनल प्रवेश

२९ फाल्गुन, काँकरभट्टिा । लिगलिडर चर्च व्वाइज युनाइटेडले ३–० को अवस्थामा कम्ब्याक गर्दै मेचीनगर गोल्डकपको फाइनल प्रवेश गरेको ...
मेचीनगर गोल्डकपः आज मच्छिन्द्र र एपीएफ भिड्ने

मेचीनगर गोल्डकपः आज मच्छिन्द्र र एपीएफ भिड्ने

मेचीनगर । मच्छिन्द्र फुटबल क्लब र एपीएफ मेचीनगरमा जारी पाँचौं मेचीनगर गोल्डकपको सेमिफाइनल प्रवेशका लागि मंगलबार (आज) प्रतिष्पर्धा ...
आज पाँचौं मेचीनगर गोल्डकपमा धरान एफसीले उज्वेकिस्तानको व्ल्याक बुल्स एफसीको सामना गर्दै

आज पाँचौं मेचीनगर गोल्डकपमा धरान एफसीले उज्वेकिस्तानको व्ल्याक बुल्स एफसीको सामना गर्दै

२६ फाल्गुन, काँकरभिट्ट । झापाको मेचीनगरमा जारी पाँचौं मेचीनगर गोल्डकप अन्तर्गत आज तेस्रो क्वाटरफाइनल खेल हुँदैछ । धरान एफसी स...