नयाँ तृष्णा

श्री बिराटपाेखरी (सराेवर) बहुउद्देश्यीय बिकास समितद्वारा बिजयदशमीकाे शुभकामना साथै निमन्त्रणा

श्री बिराटपाेखरी (सराेवर) बहुउद्देश्यीय बिकास समितद्वारा बिजयदशमीकाे शुभकामना साथै निमन्त्रणा

  बिजयदशमी २०८२ काे पवन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख,शान्ति ,स्वास्थ्य र समृद्धिकाे हार्दिक मंगलमय शुभकामना साथै आजबाट सुरुभएकाे दुर्गा पूजामा हार्दिक निमन्त्रणा ।   http://बिजयदशमी २०८२ काे अवसरमा शुभकामना तथा हार्दिक निमन्त्रणा , श्री बिराटपाेखरी बहुउद्देश्यीय बिकास समि.
Read More
बिराटपोखरीमा दुर्गा पूजाको भव्य तयारी सम्पन्न

बिराटपोखरीमा दुर्गा पूजाको भव्य तयारी सम्पन्न

झापा । बिर्तामोड–३ स्थित बिराटपोखरीमा यस वर्षको दुर्गा पूजाको भव्य आयोजना हुने भएको छ । बिराटपोखर सरोबर बहुद्देश्य संस्था र स्थानिय बासिन्दाको संयुक्त सहकार्यमा आयोजना हुने कार्यक्रममा आवश्यक सम्पूर्ण तयारी पूरा भएको आयोजक समितिले जानकारी दिएको छ । समितिका अध्यक्ष आकास उप्रेती र सचिब जगन्नाथ भट्टराईका अनुसार पूजा स्थल सजावट, मण्डप निर्माण, देवी प्रतिमाको स्थापना तथा धार्मिक कार्यक्रमका लागि आवश्यक सामग्रीहरू तयारी अवस्थामा छन् । भोलिदेखि दुर्गा पूजा औपचारिक रूपमा सुरु हुने र विजयादशमीसम्म विभिन्न धार्मिक एवं सांस्कृतिक कार्यक्रम सञ्चालन गरिनेछ । स्थानिय समुदायको सक्रिय सहभागितामा आयोजना हुन लागेको यस दुर्गा पूजाले धार्मिक आस्था मात्र नभई सामाजिक एकता र सद्भाव…
Read More
काँकरभिट्टामा ‘जोय इन्टरप्राइजेज’ फुटवेयर पसल सञ्चालनमा

काँकरभिट्टामा ‘जोय इन्टरप्राइजेज’ फुटवेयर पसल सञ्चालनमा

आश्विन २०८२, शुक्रबार, मेचीनगर (झापा), युवा व्यवसायी आसेर उराउले झापाको काँकरभिट्टा भट्टराई चौकमा करिब १० लाख रुपैयाँको लगानीमा ‘जोय इन्टरप्राइजेज’ नामक नयाँ फुटवेयर पसल सञ्चालनमा ल्याएका छन्। शुक्रबार एक विशेष समारोहका बीच मेचीनगर इसाई समाजका अध्यक्ष राजु खड्का र पास्टर माण्डु धिमालले संयुक्त रूपमा रिबन काटी पसलको उद्घाटन गरेका हुन्। पसलमा गोल्डस्टार, ब्ल्याक हर्स, क्यालिभरलगायतका नेपाली जुत्ताका ब्रान्डलाई प्राथमिकता दिइएको छ। यी ब्रान्डले पछिल्ला वर्षमा बजारमा राम्रो लोकप्रियता हासिल गरेका छन् र गुणस्तरका आधारमा आयातित जुत्तासँग प्रतिस्पर्धा गर्न सक्ने विश्वास व्यवसायी उराउले व्यक्त गरे। उनका अनुसार पसलले स्थानीय ग्राहकसँगै सीमावर्ती क्षेत्रका उपभोक्तालाई समेत लक्षित गरेको छ। “नेपाली उत्पादनमै गुणस्तरीय जुत्ता…
Read More
नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार ग्रहण गर्ने

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार ग्रहण गर्ने

२९ भाद्र २०८२, आईतवार, काठमाडौँ। नवनियुक्त अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार ग्रहण गर्न लागेकी छन् ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतका अनुसार प्रधानमन्त्री कार्की पदभार ग्रहणको लागि आज बिहान ११ बजे सिंहदरबार पुग्ने कार्यतालिका तय भएको छ । गृह मन्त्रालयको नयाँ भवनमा प्रधानमन्त्री कार्यालय सञ्चालन गर्नेगरी पदभार ग्रहणको तयारी भएको छ । शुक्रबार शपथग्रहण कार्यक्रम लगत्तै पदभार ग्रहणको तयारी गरिए पनि शपथमै ढिलाइ भएपछि पदभारको कार्यक्रम रोकिएको थियो । कार्की शनिबारदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दै आएकी छन् ।
Read More
नेपालकाे पहिलाे महिला प्रधानमन्त्री सुशीला कार्की

नेपालकाे पहिलाे महिला प्रधानमन्त्री सुशीला कार्की

, २७ भदौ, झापा । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शपथ लिएकी छन्। उनले नेपालको पहिलो महिला प्रधानमन्त्रीको इतिहास पनि रचेकी छन् । शीतनिवासमा आयोजति विशेष समारोहमा उनले राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएकी हुन् । गतसाता युवा पुस्ता (जेनजी)को आन्दोलनको बलमा नियुक्त भएकी उनले साढे दुई वर्ष पदावधि बाँकी रहेको प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी हुन् । नवगठित सरकारले पहिलो मन्त्रिपरिषद् बैठकबाट जननिर्वाचित संसद् भंग गरेको मुलुकको इतिहासमा यो दुर्लभ घटना हो । यस्तै, आगामी ६ महिनाभित्र प्रतिनिधिसभाको नयाँ निर्वाचन हुने भएको छ। राष्ट्रपति पौडेलले आगामी ६ महिनाभित्र प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्ने गरी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका छन् । प्रधानमन्त्री…
Read More
मौन शान्तिपूर्ण विरोध र्‍याली झापामा सम्पन्न

मौन शान्तिपूर्ण विरोध र्‍याली झापामा सम्पन्न

झापा । नेपाल पत्रकार महासंघ झापा र नेपाल बार एसोसिएशन झापाको अगुवाइमा शुक्रबार झापाको मुक्तिचोकमा मौन शान्तिपूर्ण विरोध र्‍याली निकालिएको छ। संविधानको रक्षा, लोकतन्त्रको संरक्षण र सुशासनको प्रत्याभूतिका लागि र्‍याली आयोजना गरिएको आयोजकहरूले बताएका छन्। सहभागीहरूले मौनधारण गर्दै प्लेकार्डसहित प्रदर्शन गरेका थिए। आयोजक संस्थाहरूका पदाधिकारीहरूले हाल देखिएका राजनीतिक र प्रशासनिक चुनौतीका बीच लोकतान्त्रिक मूल्य–मान्यताको रक्षा सबैको जिम्मेवारी भएको भन्दै सचेतना जगाउने उद्देश्यले र्‍याली आयोजना गरिएको स्पष्ट पारेका छन्। र्‍यालीमा पत्रकार, कानुन व्यवसायी, विभिन्न पेशागत सङ्गठनका प्रतिनिधि तथा सर्वसाधारणको सहभागिता रहेको थियो।
Read More

सुशीला कार्कीलाई सरकार प्रमुख बनाउने सहमति

२७ भाद्र २०८२, शुक्रबार, काठमाडौँ । शीतल निवासमा जारी छलफलमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको नेतृत्व दिने सहमति बनेको छ। बिहिबार राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा शितल निवासमा जारी बैठकमा सुशीला कार्कीलाई अन्तरिम सरकारको नेतृत्व हस्तान्तरण गर्ने सहमति भएको हाे । वार्तामा संसद् विघटनको विषयमा मतभेद देखिए पनि संविधानअनुसार कसरी अघि बढ्ने भन्नेबारेमा चर्चा भएको बुझिएको छ।
Read More
जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या ९ पुग्यो

जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या ९ पुग्यो

२३ भाद्र २०८२, सोमबार, काठमाडौं । जेनजीहरूको प्रदर्शनका क्रममा अहिलेसम्म ९ जनाको मृत्यु भएको छ । विभिन्न अस्तताल स्रोतकाबाट प्राप्त जानकारी अनुसार, दिउँसो साढे ३ बजेसम्म ९ जनाको मृत्यु भइसकेको छ । ट्रमा सेन्टरमा ६, सिभिल अस्पतालमा १, केएमसी अस्पतालमा १ र त्रिवि शिक्षण अस्पतालमा १ जनाको मृत्यु भएको छ । यो घटनाले विरोध प्रदर्शन शान्तिपूर्ण हुने अपेक्षाको विपरीत हिंसात्मक रुप लिएको देखाएको छ। प्रदर्शनका क्रममा सयौँ घाइते भएका छन् र घाइतेहरूको उपचार विभिन्न अस्पतालहरूमा भइरहेको छ।
Read More