नयाँ तृष्णा

खेलकुद

मेचीनगरमा पहिलोपटक इन्डो–नेपाल मिडियाकप’ हुन

मेचीनगरमा पहिलोपटक इन्डो–नेपाल मिडियाकप’ हुन

४ पुष २०८२, शुक्रबार, काँकरभिट्टा । पर्यटन प्रवद्र्धन तथा दुई देशबीचको आपसी सम्बन्ध स्थापित गर्ने उदेश्यले मेचीनगरमा पहिलो पटक ‘इन्डो–नेपाल मेचीनगर मिडियाकप २०८२’ आयोजना गरिने भएको छ । प्रेस क्लब मेचीनगरको आयोजनामा यही पुस २७ र २८ गते काँकरभिट्टा माविको खेल मैदानमा प्रतियोगिता आयोजना गरिने भएको हो । खेलकुदको माध्यमबाट दुई देशबीचको भाइचारा स्थापित गर्दै नेपालको पर्यटन क्षेत्रको अधिकतम प्रचारप्रसार गर्ने मुख्य उदेश्य राखेर प्रतियोगिता आयोजना गर्ने तय भएको प्रेस क्लब मेचीनगर अध्यक्ष प्रकाश पौडेलले जानकारी दिए । प्रतियोगिताको विजेतालाई आकर्षण पुरस्कार राशी समेत राखिएको छ । प्रतियोगिताको विजेताले नगद ५० हजारसहित ट्रफी, मेडल तथा प्रमाण पत्र पाउनेछ । यस्तै,…
Read More
“Inter-Church 5A Futsal Tournament” Concludes Successfully in Birtamod

“Inter-Church 5A Futsal Tournament” Concludes Successfully in Birtamod

Organized by Shalom Events Nepal | Powered by SDA Church Nepal | Main Sponsor: United Citizens Party, Kathmandu Birtamod, Jhapa —The much-anticipated Inter-Church 5A Futsal Tournament has concluded successfully in Birtamod, Jhapa. The event was organized by Shalom Events Nepal with the main sponsorship of the United Citizens Party, Kathmandu and active participation from various local churches and Christian fellowships. The tournament aimed to strengthen unity, friendship, and fellowship among Christian communities through sports and teamwork.  Tournament Results The competition was filled with energy and sportsmanship, producing the following winners:  Champion: New Life Fellowship Team — Prize: Rs. 40,000  Runner-Up:…
Read More
बिर्तामोडमा फुटसल प्रतियोगिता सम्पन्न

बिर्तामोडमा फुटसल प्रतियोगिता सम्पन्न

२४ कार्तिक २०८२, सोमबार, झापा, बिर्तामोड । झापाको बिर्तामोडमा ईसाई मण्डलीहरूले आयोजना गरेको फुटसल टुर्नामेन्ट सफलतापूर्वक सम्पन्न भएको छ। प्रतियोगितामा न्युलाईफ फेलोसिप समूह विजेता बनेको छ भने गड भिजन समूह उपविजेता रह्यो। त्यस्तै, N.E.M समूह ले तेस्रो (सान्त्वना) स्थान हासिल गर्न सफल भयो। प्रतियोगिताको पुरस्कार राशी यस प्रकार रहेको थियो:  पहिलो स्थान: रु. 40,000 दोस्रो स्थान: रु. 20,000 तेस्रो स्थान: रु. 10,000 कार्यक्रमको आयोजना सालोम इभेन्ट नेपाल ले गरेको थियो भने संयुक्त नागरिक पार्टी मुख्य प्रायोजक रहेको थियो। साथै, विभिन्न मण्डली र संस्थाहरूको सहयोगमा प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरिएको आयोजकहरूले जानकारी दिएका छन्।
Read More
टी–२० विश्वकप एसिया छनोटको उपाधि नेपाललाई

टी–२० विश्वकप एसिया छनोटको उपाधि नेपाललाई

३१ आश्विन २०८२, शुक्रबार, काठमाडौँ। नेपालले आईसीसी टी–२० विश्वकप एसिया–ईस्ट एसिया प्यासिफिक छनोटको उपाधि जितेको छ । ओमनमा भएको छनोटको अन्तिम खेलमा सामोआलाई १२४ रनले पराजित गर्दै नेपालले उपाधि जितेको हो । नेपालले दिएको २१२ रनको लक्ष्य पछ्याएको सामोआले २० ओभरमा ७ विकेट गुमाएर मात्र ८७ रन बनाउन सक्यो । सामोआका लागि सेन सोलियाले सर्वाधिक ४० रन बनाए । बलिङमा नेपालका ललित राजवंशीले सर्वाधिक ३ विकेट लिए । करण केसी, सन्दीप लामिछाने र कप्तान रोहित पौडेलले एकएक विकेट लिए । त्यसअघि टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २११ रन बनाएको थियो । नेपालका…
Read More
दोस्रोपटक नेपाल टी-२० विश्वकपमा छनोट

दोस्रोपटक नेपाल टी-२० विश्वकपमा छनोट

२९ आश्विन २०८२, बुधबार,   काठमाडौँ। नेपाल आईसीसी टी-२० विश्वकपका लागि छनोट भएको छ। विश्वकप एसिया र इस्ट प्यासिफिक छनोटमा यूएईले सामोआलाई पराजित गरेसँगै नेपाल लगातार दोस्रो पटक विश्वकपमा छनोट भएको हो । सुपर सिक्समा नेपाल, ओमान र यूएई २ अंकसहित प्रवेश गरेका थिए । सुपर सिक्समा नेपालले यूएइ र कतारलाई पराजित गर्दै ६ अंक बनाउँदा समान खेलबाट ओमानको पनि ६ अंक बनाएको छ। ओमान रनरेटमा नेपाल भन्दा अगाडि छ । यूएई तेस्रो स्थानमा रहेकाे छ । नेपाल र ओमानबीचकाे खेल बुधबार राति पाैने ९ बजेदेखि शुरु हुने भएकाे हाे। अब नेपालले यो खेल जितेमा उपाधि यात्रालाई सहज हुने भएकाे…
Read More
नेपालले जित्यो टी-२० सिरिज, निर्णायक पाँचौं खेलमा मलेसियामाथि ५ विकेटको जित

नेपालले जित्यो टी-२० सिरिज, निर्णायक पाँचौं खेलमा मलेसियामाथि ५ विकेटको जित

२२ आश्विन २०८२, बुधबार, काठमाडौं । नेपालले मलेसियासँगको टी २० अन्तर्राष्ट्रिय सिरिज ३–२ ले जितेको छ । चौथो खेल जितेर २–२ बराबरीमा पुगेको नेपाली महिला टोलीले पाँचौं तथा अन्तिम खेल जितेर सिरिज हासिल गरेको हो । बुधबार भएको निर्णायक खेल नेपालले ५ विकेटले जितेको थियो । घरेलु टोली मलेसियाले दिएको १ सय ४ रनको सामान्य लक्ष्य नेपालले ५ विकेट गुमाएर १८ औं ओभरमा प्राप्त गरेको थियो । टोलीका लागि ओपनर रुबी पोद्दारले सर्वाधिक २६ रन जोडिन् । यस्तै, पूजा महतोले २४ रन र कविता कुँवरले १४ रन बनाएका थिए । तर, ओपनर सम्झना कुमारी खड्का १३ रनमै आउट भइन् भने…
Read More
ब्राजिल पाँचौं पटक लगातार महिला कोपा अमेरिका च्याम्पियन

ब्राजिल पाँचौं पटक लगातार महिला कोपा अमेरिका च्याम्पियन

काठमाडौं, साउन १८ । महिला कोपा अमेरिका फुटबल प्रतियोगितामा ब्राजिलले कोलम्बियालाई सडनडेथ पेनाल्टी सुटआउटमा ५–४ ले पराजित गर्दै लगातार पाँचौं पटक उपाधि जितेको छ। आइतबार राति इक्वेडरको रोड्रिगो पाज डेल्गाडो रंगशालामा सम्पन्न रोमाञ्चक फाइनल खेलको निर्धारित ९० मिनेट र अतिरिक्त समयसम्म ४–४ को बराबरी भएपछि निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो। यससँगै ब्राजिलले प्रतियोगिताको इतिहासमा कुल नौ पटक उपाधि जित्न सफल भएको छ। कोलम्बियाका लागि भने यो चौथो पटक फाइनलमा ब्राजिलसँगै पराजित हुने लज्जास्पद इतिहास दोहोरिएको छ। यसअघि २०१०, २०१४ र २०२२ को संस्करणमा पनि कोलम्बिया ब्राजिलसँगै फाइनलमा हार्दै उपविजेतामा सीमित रहनुपरेको थियो। तेस्रो स्थानमा अर्जेन्टिना तेस्रो स्थानका लागि शनिबार बिहान…
Read More
मेचीनगरकाे खेलकुद विकासमा नयाँ आयाम

मेचीनगरकाे खेलकुद विकासमा नयाँ आयाम

किशोर कुमार सार्की, मेचीनगर । आर्थिक वर्ष २०८१/८२ मा मेचीनगर नगरपालिकामा खेलकुद विकासले नयाँ आयाम थपेको छ । अन्तर्राष्ट्रिय प्रतियोगिता, विद्यालय, युवा र समुदायमा आधारित पहलले खेल प्रतिभालाई उजागर गराउँदै खेलकुदलाई सांस्कृतिक तथा आर्थिक विकासको बलियो आधार बनाएको छ । आर्थिक वर्ष २०८१/८२ मा मेचीनगर नगरपालिका संरक्षक रही पाँचौं मेचीनगर गोल्डकप सफल पार्ने काम भएको छ । २०८१ फागुन २१ देखि फागुन २८ सम्म काँकरभिट्टामा सञ्चालन भएको पाँचौँ “मेचीनगर गोल्डकप” ले मेचीनगरलाई राष्ट्रियस्तरमा फुटबलबाट परिचित गराउन सफल भयो । ए–डिभिजन क्लबहरू (चर्च ब्वाइज, मच्छिन्द्र, एपीएफ) र भारत–उज्बेकिस्तानका विदेशी क्लब जर्जियन एफसी, ब्ल्याक बुल्स एफसी सहभागी थिए । चर्च ब्वाइज युनाइटेडले…
Read More
फाइनल प्रवेशका लागि आज शनिश्चरे एफसी र हेडहर्ष इलाम भीड्दै

फाइनल प्रवेशका लागि आज शनिश्चरे एफसी र हेडहर्ष इलाम भीड्दै

मेचीनगर । बाहुण्डाँगी युवा क्लबको आयोजनामा जारी विद्या विकास एकेडेमी प्रथम बाहुण्डाँगी च्यालेञ्ज कप २०८२ को पहिलो सेमिफाइनल खेल आजदेखि शुरु हुँदैछ । फाइनल प्रवेशका लागि बुधबार शनिश्चरे एफसी र रेडहर्ष इलाम आमनेसामने हुँदैछन् । जहदा फुटबल क्लब मोरङलाई ३–२ गोल अन्तरले पराजित गर्दै शनिश्चरे एफसी सेमिफाइनल प्रवेश गरेको हो भने रेडहर्ष इलामले कञ्चनजंघा एफसी सिलिगुडीलाई ३–१ गोलले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको हो । मेचीनगर–४ स्थित सरस्वती माविको खेलमैदानमा हुने खेलको विजेताले फाइनल प्रवेश गर्दै कम्तिमा ६१ हजार सुरक्षित गर्नेछ । भोलिको दोश्रो सेमिफाइनल खेल आयोजक बाहुण्डाँगी युवा क्लब र धाइजन एफसीबीच हुनेछ । खेलको प्लेयर अफ द म्याचको…
Read More
बाहुनडाँगीमा फुटबल : शनिश्चरे एफसी सेमिफाइनलमा

बाहुनडाँगीमा फुटबल : शनिश्चरे एफसी सेमिफाइनलमा

मेचीनगर । बाहुण्डाँगी युवा क्लबको आयोजनामा जारी विद्या विकास एकेडेमी प्रथम बाहुण्डाँगी च्यालेञ्ज कप २०८२ मा शनिश्चरे एफसी सेमिफाइनल प्रवेश गरेको छ । जहदा फुटबल क्लब मोरङलाई ३–२ गोल अन्तरले पराजित गर्दै शनिश्चरे एफसी सेमिफाइनल प्रवेश गर्ने तेश्रो टोली बनेको हो । बुधबार हुने सेमिफाइनलमा शनिश्चरे एफसीले रेडहर्ष एफसी इलामको सामना गर्नेछ । मेचीनगर–४ स्थित सरस्वती माविको खेलमैदानमा सम्पन्न खेल निक्कै प्रतिष्पर्धात्मक भएको थियो । पहिलो हाफ १–१ को बराबरी सकिएको खेलको दोश्रो हाफमा भने शनिश्चरेले २ र जहदा एफसीले १ गोल गरेको थियो । शनिश्चरे एफसीका लागि ५ औँ मिनेटमा अभिषेक गुरुङले गोल गर्दै अग्रता दिलाए । रेजिन सुब्बाको…
Read More