कचनकवल, २३ असार । झापा कचनकवल गाउँपलिकामा करेन्ट लागेर एक वटा गोरुको मृत्यु भएको छ । कचनकवल गाउँपलिका–६ मुस्लिम बस्तिमा सडक नजिकमा रहेको विद्युतीय ट्रान्सफर्मरसहितको पोलमा करेन्ट प्रवाह हुँदा आज बिहान सोही स्थानका लक्ष्मीनारायण राजवंशीको गोरु खेतमा जोत्नलाई लाने क्रममा एक वटा गोरुलाई करेन्ट लागि घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
असार १९, मेचीनगर । पशुपंछीमा लाग्नसक्ने महामारीजन्य रोग रोकथामका लागि मेचीनगर नगरपालिकाले निःशुल्क खोप अभियान सम्पन्न गरेको छ । विभिन्न रोगविरुद्ध ३५ हजार डोज भ्याक्सिन नगरपालिकामा उपलब्ध भएको थियो । पशु सेवा शाखाका र अन्य प्राविधिकसहितको टोलीले नगरका १५ वटै वडामा पुगेर खोप सञ्चालन गरेको नगरपालिकाले जनाएको छ । टोलीमा ११ जना रहेका थिए । पशु सेवा शाखाका प्रमुख छत्रबहादुर राईले माघको पहिलो साताबाट शुरु खोप अभियान जेठ अन्त्यसम्म चलेको बताए । खसीबाख्रामा लाग्ने पीपीआर, गाईभैसीमा लाग्ने खोरेत (फुट एन्ड माउथ डिजिज–एफएमडी) तथा सुंगुर बंगुरमा लाग्ने स्वाईन फिवर रोग नियन्त्रणका लागि प्रत्येक वडाका किसानको घर गोठमा पुगेर सेवा दिएको उनले…
रासस, असार १८ , धरान। शिक्षण पेसा छाडेर बाख्रापालन गर्दै आएका धरान उपमहानगरपालिका-२० विष्णुपादुकाका राजकुमार राईले त्यसबाट राम्रो आम्दानी गरिरहेका छन् । उनले व्यावसायिक बाख्रापालनबाट वार्षिक रु पाँच लाखदेखि रु छ लाखसम्म आम्दानी गर्दै आएका हुन् । १७ वर्षभन्दा बढी समय शिक्षण पेसा गरेका राईले विगत चार वर्षदेखि व्यावसायिक रुपमा बाख्रापालन गर्दै आएका छन् । उनले चार वर्षकै अवधिमा तामाखाम गाउँमै सफल व्यवसायीको परिचय बनाए । शिक्षण पेसाबाट सोचेजस्तो कमाइ नभएपछि बाख्रापालन रोजेको बताउने राईले अहिले आम्दानीका साथै आत्मसन्तुष्टि पनि प्राप्त भइरहेको बताए । ‘आफ्नो पेसा व्यवसाय भनेको फरकै हुँदो रहेछ, त्यसैमा कृषि पेसाको आनन्द बेग्लै छ, कसैको करकापमा बस्नु…
असार १५, मेचीनगर । नेकपा एमाले मेचीनगर कमिटीले किसानको खेतमा गई सामुहिक धान रोपाइँ गरेर असार १५ अर्थात राष्ट्रिय धान दिवस मनाएको छ । आज असार १५ मा एमाले नगर कमिटीले मेचीनगर–९ शिवराज चोक स्थित रति किसानको १ बिगाहा खेतमा धान रोपेको हो । शनिबार विहान किसानको खेतमा धान रोपाइँमा एमालेका केन्द्रदेखि वडासम्मका करिव १५० जना बढीको सहभागता रहेको थियो । नौमती बाजासहित आयोजना गरिएको सामुहिक धान रोपाइँ कार्यक्रममा एमाले केन्द्रीय सल्लाहकार परिषद् सदस्य तथा पूर्व बागमती प्रदेश प्रमुख बिष्णुप्रसाद प्रसाईको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा एमाले केन्द्रीय सदस्य मीना पोखरेल उप्रेती, केन्द्रीय सल्लाहकार परिषद् सदस्य भिम खवास,…
असार १५, मेचीनगर । कृषकलाई प्रोत्साहन दिने उद्देश्यले नेकपा माओवादी केन्द्र मेचीनगरले राष्ट्रिय धान दिवसको अवसर पारेर १ सय २५ कृषकलाई फरुवा बितरण गरेको छ । कृषकलाई अतिआवश्यक पर्ने हाते औजार बितरणमा सरकारले बेवास्ता गरेको भन्दै नेकपा माओवादी केन्द्र मेचीनगरले (फरुवा) कोदालो बितरण गरेको हो । मेचीनगर -१४ का टंकप्रसाद/अम्बिका शिवाकोटीले तयारी गरेको धान रोपाईस्थलमै पुगेर प्रतिकृषक १/१ थान फरुवा बितरण गरेका थिए । स्थानीय सरकार वडा कार्यालय र नगरपालिकाले बजेट बिनियोजन गर्दा कृषकलाई अतिआवश्यक पर्ने हाते औजार बितरणमा बेवास्ता गर्दै आएको समयमा केन्द्रले उक्त कार्यक्रम गरेको हो । कृषकले नै उब्जाएको अन्न कै भरम जीवनचर्या चलाउनुपर्ने समयमा आवश्यक औजार,…
असार १५ , काठमाडौँ। 'मानो रोपेर मुरी उब्जाउने' महिनाको आज मध्य दिन अर्थात् असार १५ गतेका दिन नेपालभर धान दिवस, रोपाइँ यात्रा आदि नामले मनाइँदै छ । ‘जलवायुमैत्री कृषि, धान उत्पादनमा वृद्धि’ भन्ने नाराका साथ आज (शनिबार) २१औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाउन लागिएको हो । २०६१ मंसिर २९ गते मन्त्रिस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । किसान वर्षभरका लागि अन्न जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन्। आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै हिलोमा धान रोपिन्छ। मध्य गर्मीको यो समयमा युवा लाठे र युवती रोपाहारले खेतका गराको हिलो छ्यापाछ्याप गरेर…