Skip to main content

नयाँ तृष्णा

धान दिवसमा माओवादी केन्द्रद्वारा १२५ जना कृषकलाई फरुवा बितरण

Advertisement

असार १५, मेचीनगर । कृषकलाई प्रोत्साहन दिने उद्देश्यले नेकपा माओवादी केन्द्र मेचीनगरले राष्ट्रिय धान दिवसको अवसर पारेर १ सय २५ कृषकलाई फरुवा बितरण गरेको छ । कृषकलाई अतिआवश्यक पर्ने हाते औजार बितरणमा सरकारले बेवास्ता गरेको भन्दै नेकपा माओवादी केन्द्र मेचीनगरले (फरुवा) कोदालो बितरण गरेको हो ।

मेचीनगर -१४ का टंकप्रसाद/अम्बिका शिवाकोटीले तयारी गरेको धान रोपाईस्थलमै पुगेर प्रतिकृषक १/१ थान फरुवा बितरण गरेका थिए । स्थानीय सरकार वडा कार्यालय र नगरपालिकाले बजेट बिनियोजन गर्दा कृषकलाई अतिआवश्यक पर्ने हाते औजार बितरणमा बेवास्ता गर्दै आएको समयमा केन्द्रले उक्त कार्यक्रम गरेको हो । कृषकले नै उब्जाएको अन्न कै भरम जीवनचर्या चलाउनुपर्ने समयमा आवश्यक औजार, मल, बीउ, बिषाधीमा प्रभावकारी बजेट बिनियोजन र कार्यान्वयन नहुँदा पछिल्लो समयमा युवा कृषि पेशाबाटै पलायन हुन थालेका छन् ।

सरकारले कृषकलाई बेवस्ता गर्दा कृषक पनि पलायन बढेको भन्दै स्थानीय सरकारको ध्यानाकर्षणस्वरुप फरुवा बितरण गरेको माओवादी केन्द्र मेचीनगरका अध्यक्ष राजन चिमरियाले बताए । अध्यक्ष राजन चिमरियाले शनिबार करिव ४३ हजार मुल्य पर्ने १ सय २५ कृषकलाई ३ चरणमा उक्त फरुवा बितरण गरेको हो । मेचीनगर-१४ का बयोबृद्दा कृषक मेचीनगर-१३ का खेमनाथ भण्डारीको हातबाट प्रत्येक वडाबाट वास्तविक कृषक छनोट गरी प्रतिवडा ५ देखि ७ वटा फरुवा बितरण गरेको हो । मेचीनगर-१४, ७ र ३ मा छुट्टाछुट्टै कार्यक्रम गरी फरुवा बितरण गरेका थिए ।

पहिलो चरणको फरुवा बितरण कार्यक्रममा माओवादी केन्द्र प्रदेश कमिटी सदस्य अस्मिता कार्कीको अतिथ्यता तथा राजन चिमरियाको अध्यक्षतामा सम्पन्न भएको थियो । मेचीनगर-९, १०, ११, १२, १३, १४ र १५ वडाका अध्यक्ष सचीव तथा पदाधिकारी र कृषकहरुको सहभागिता रहेको कार्यक्रम पार्टीका जिल्ला सदस्य खगेन्द्र सिग्देलले सञ्चालन गरेका थिए ।

मेचीनगरका १,२,३,४ वडाका कृषकलाई दिउँसो १ बजे बाहुनडाँगीनजिक भृकुटीमा र वडा नम्बर ५,६,७,८ र १५ का कृषकलाई मेचीनगरको पार्टी कार्यालय इटाभट्टाबाट बितरण गरिने चिमरियाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

टिकटकले नेपालमा एआई साक्षरता हब सञ्चालनमा ल्याउने

टिकटकले नेपालमा एआई साक्षरता हब सञ्चालनमा ल्याउने

  काठमाडौं । टिकटकले आफ्नो प्लेटफर्ममा एआईमार्फत सिर्जना गरिएको कन्टेन्टलाई सहज रूपमा चिन्ने र बुझ्ने क्षमता विकास गर्न प्...
भोलिदेखि ग्यास भरी सिलिण्डर पाइने, मूल्य पनि तोकियो

भोलिदेखि ग्यास भरी सिलिण्डर पाइने, मूल्य पनि तोकियो

  काठमाडौँ। बुधबारदेखि भरी सिलिण्डर ग्यास पाइने भएको छ । नेपाल आयल निगमले मङ्गलबार प्रेस विज्ञप्ति जारी गर्दै बुधबारदेखि भर...
नक्कली शरणार्थी प्रकरण : टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद, ४० हजार जरिवाना

नक्कली शरणार्थी प्रकरण : टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद, ४० हजार जरिवाना

  काठमाडौँ। नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई जिल्ला अदालत काठमाडौँले...
असहाय बालबालिकाको सेवाभन्दा ठूलो धर्म छैन : प्रमुख अतिथि ओली

असहाय बालबालिकाको सेवाभन्दा ठूलो धर्म छैन : प्रमुख अतिथि ओली

मेचीनगर, असार २४। झापाको मेचीनगर–७ स्थित जागृत बाल उद्धार केन्द्र नेपाल को १३औँ वार्षिक उत्सव शनिबार विविध कार्यक्रमका साथ ...