Skip to main content

नयाँ तृष्णा

आज असार १५ : राष्ट्रिय धान दिवस मनाइँदै

Advertisement

 असार १५ , काठमाडौँ। ‘मानो रोपेर मुरी उब्जाउने’ महिनाको आज मध्य दिन अर्थात् असार १५ गतेका दिन नेपालभर धान दिवस, रोपाइँ यात्रा आदि नामले मनाइँदै छ । ‘जलवायुमैत्री कृषि, धान उत्पादनमा वृद्धि’ भन्ने नाराका साथ आज (शनिबार) २१औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाउन लागिएको हो ।

२०६१ मंसिर २९ गते मन्त्रिस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो ।

किसान वर्षभरका लागि अन्न जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन्। आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै हिलोमा धान रोपिन्छ।

मध्य गर्मीको यो समयमा युवा लाठे र युवती रोपाहारले खेतका गराको हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्छन्। असारमा एकपटक हिलोमा पस्नै पर्ने मान्यता पनि नेपालीमा समाजमा रहेको छ ।

योवर्ष असार मध्यसम्म पनि पर्याप्तमात्रामा वर्षा नभएका कारण हुनुपर्ने जति धान रोपाइँ हुन सकेको छैन। सरकारी तथ्यांकअनुसार अहिलेसम्म ९.८ प्रतिशत मात्र रोपाइ भएको छ।

कति ठाउँमा रासायनिक मलको पनि अभाव भएको गुनासो किसानले गर्ने गरेका छन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भने पर्याप्त मात्रामा रासायनिक मलको मौज्दात रहेको जनाएको छ। ​

दहीचिउरा खाने दिन

नेपाली समजमा असार १५ गतेलाई नेपाली समाजमा दही चिउरा खाने दिनका रुपमा पनि लिइन्छ । खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही चिउरा खाई असार १५ मनाउँछन् ।

कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खान्छन् । यसबेला दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ।

दही वैज्ञानिक दृष्टिले पनि स्वास्थ्यवर्धक मानिन्छ। नेपालको मुख्यबालीको रूपमा रहेको धानबाट बन्ने चिउरा पनि पौष्टिक पदार्थ मानिएको छ।यसैले दही चिउरा खाने संस्कारले नेपाली संस्कृतिमा बृहद् रुप लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

टिकटकले नेपालमा एआई साक्षरता हब सञ्चालनमा ल्याउने

टिकटकले नेपालमा एआई साक्षरता हब सञ्चालनमा ल्याउने

  काठमाडौं । टिकटकले आफ्नो प्लेटफर्ममा एआईमार्फत सिर्जना गरिएको कन्टेन्टलाई सहज रूपमा चिन्ने र बुझ्ने क्षमता विकास गर्न प्...
भोलिदेखि ग्यास भरी सिलिण्डर पाइने, मूल्य पनि तोकियो

भोलिदेखि ग्यास भरी सिलिण्डर पाइने, मूल्य पनि तोकियो

  काठमाडौँ। बुधबारदेखि भरी सिलिण्डर ग्यास पाइने भएको छ । नेपाल आयल निगमले मङ्गलबार प्रेस विज्ञप्ति जारी गर्दै बुधबारदेखि भर...
नक्कली शरणार्थी प्रकरण : टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद, ४० हजार जरिवाना

नक्कली शरणार्थी प्रकरण : टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद, ४० हजार जरिवाना

  काठमाडौँ। नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई जिल्ला अदालत काठमाडौँले...
असहाय बालबालिकाको सेवाभन्दा ठूलो धर्म छैन : प्रमुख अतिथि ओली

असहाय बालबालिकाको सेवाभन्दा ठूलो धर्म छैन : प्रमुख अतिथि ओली

मेचीनगर, असार २४। झापाको मेचीनगर–७ स्थित जागृत बाल उद्धार केन्द्र नेपाल को १३औँ वार्षिक उत्सव शनिबार विविध कार्यक्रमका साथ ...