Skip to main content

नयाँ तृष्णा

व्यवसायजन्य स्वास्थ्य र सुरक्षाका लागि ‘कृषि क्षेत्रको स्वयंसेवी निर्देशिका’ बन्ने

[adsforwp id="2511"]

२६ असार, झापा । अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)को सहयोगमा नेपाल उद्योग वाणिज्य महासंघले निर्यातजन्य कृषिवस्तु चिया र अलैंची क्षेत्रमा सञ्चालन गर्दै आएको ‘व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य कार्यक्रमअन्तर्गत ‘कृषि क्षेत्रको स्वयम्सेवी निर्देशिका’ बन्ने भएको छ ।

विगत तीन वर्षदेखि झापा र इलामका चिया तथा अलैंची उद्योगहरुमा सञ्चालित व्यवसायजन्य स्वास्थ्य र सुरक्षा कार्यक्रम प्रभावकारी देखिएपछि यसको निरन्तरता र दीर्घकालीन स्थायित्वका लागि निर्देशिका तयार गर्न लागिएको बताइएको छ ।

यसै सन्दर्भमा निर्देशिकामा उल्लेख गर्नुपर्ने विषयहरुका सम्बन्धमा यसै साता सरोकारवालाहरुसँग छलफल गरी सुझाव संकलन गरिएको छ ।

झापाको विर्तामोडस्थित टाइमलेस मुमेन्ट होटलको सभाहलमा झापा र इलामका सरोकारवालाहरु बीच निर्देशिकामा के–कस्ता विषय समेट्दा व्यवसायजन्य सुरक्षा र स्वास्थ्य कार्यक्रम प्रतिफलमुखी र दिगो हुनेछ भन्नेमा छलफल गर्दै सुझाव संकलन गरिएको नेपाल उद्योग वाणिज्य महासंघका निर्देशक हरि पौडेलले बताए ।

नेपाल अलैंची व्यवसायी महासंघका अध्यक्ष निर्मल भट्टराईको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य उमेश डालमिया, नरेन्द्रकुमार खड्का, झापा उद्योग संघका अध्यक्ष यमबहादुर श्रेष्ठ, नेपाल चिया उत्पादक संघका महासचिव शुक्र दाहाल, नेपाल अलैंची व्यवसायी महासंघकी पार्वता विमली खरेललगायतले कार्यक्रम प्रभावकारी भएको उल्लेख गर्दै निर्देशिकामा समेट्न सकिने विषयहरुका सन्दर्भमा सुझाव राखेका थिए ।

व्यवसायजन्य सुरक्षा र स्वास्थ्य कार्यक्रमअन्तर्गत अलैंचीतर्फका फोकल पर्सन नेपाल अलैंची व्यवसायी महासंघका कार्यकारी अधिकृत अनिल ढुंगानाले सञ्चालन र चियातर्फका फोकल पर्सन साना किसान चिया उद्योग पृथ्वीनगरका कार्यकारी प्रमुख देवीप्रसाद कोइरालाले स्वागत गरेको छलफलमा आईएलओकी प्रतिनिधि वन्दना अर्याल, विज्ञ प्रशिक्षक दिनेशप्रसाद साहले निर्देशिका बन्नअघि अवधारणापत्र तयार हुने जनाउँदै त्यसका लागि पनि बुँदागत रुपमा आवश्यक सुझाव दिन सहभागीहरुलाई आग्रह गरेका थिए ।

कार्यक्रम सञ्चालन भएसँगै अहिले झापा र इलामका अधिकांश चिया तथा अलैंची खेती तथा उद्योगमा कामदारहरुले ग्लोब्स्–कास्क लगाउने, उद्योगहरुमा प्राथगमिक उपचारका सबैखाले सामग्री–औषधिको व्यवस्थापन, सुरक्षाका उपायहरु अपनाइएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काँकरभिट्टामा कात्तिक १७ गते श्रम संस्कृति पार्टीको जनसभा, अध्यक्ष हर्क साम्पाङ सहभागी हुने

काँकरभिट्टामा कात्तिक १७ गते श्रम संस्कृति पार्टीको जनसभा, अध्यक्ष हर्क साम्पाङ सहभागी हुने

झापा, काँकरभिट्टा। श्रम संस्कृति पार्टीले आगामी कात्तिक १७ गते झापाको पूर्वी प्रवेशद्वार काँकरभिट्टामा जनसभा तथा विशेष कार्यक...
लुला चौथो कार्यकालका लागि ब्राजिलको राष्ट्रपतिमा निर्वाचित

लुला चौथो कार्यकालका लागि ब्राजिलको राष्ट्रपतिमा निर्वाचित

काठमाडौँ। ब्राजिलका वामपन्थी नेता लुइज इनासियो लुला डा सिल्भा चौथो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएका छन्। दोस्रो चरण...
फिलिपिन्समा दुई ट्रेनिङ विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु

फिलिपिन्समा दुई ट्रेनिङ विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु

काठमाडौं । फिलिपिन्समा शुक्रबार तालिमका क्रममा वायुसेनाका दुईवटा विमान एक-आपसमा ठोक्किएका छन्। यस दुर्घटनामा दुवै विमानमा सवार चा...
पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउने प्रयासप्रति विश्व हिन्दु परिषद् नेपालको कडा आपत्ति

पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउने प्रयासप्रति विश्व हिन्दु परिषद् नेपालको कडा आपत्ति

काठमाडौँ, । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तस्थित डेरा इस्माइल खान जिल्लामा रहेको करिब २०० वर्ष पुरानो ऐतिहासिक रामलीला मन्दिर...