Skip to main content

नयाँ तृष्णा

व्यवसायजन्य स्वास्थ्य र सुरक्षाका लागि ‘कृषि क्षेत्रको स्वयंसेवी निर्देशिका’ बन्ने

Advertisement

२६ असार, झापा । अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)को सहयोगमा नेपाल उद्योग वाणिज्य महासंघले निर्यातजन्य कृषिवस्तु चिया र अलैंची क्षेत्रमा सञ्चालन गर्दै आएको ‘व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य कार्यक्रमअन्तर्गत ‘कृषि क्षेत्रको स्वयम्सेवी निर्देशिका’ बन्ने भएको छ ।

विगत तीन वर्षदेखि झापा र इलामका चिया तथा अलैंची उद्योगहरुमा सञ्चालित व्यवसायजन्य स्वास्थ्य र सुरक्षा कार्यक्रम प्रभावकारी देखिएपछि यसको निरन्तरता र दीर्घकालीन स्थायित्वका लागि निर्देशिका तयार गर्न लागिएको बताइएको छ ।

यसै सन्दर्भमा निर्देशिकामा उल्लेख गर्नुपर्ने विषयहरुका सम्बन्धमा यसै साता सरोकारवालाहरुसँग छलफल गरी सुझाव संकलन गरिएको छ ।

झापाको विर्तामोडस्थित टाइमलेस मुमेन्ट होटलको सभाहलमा झापा र इलामका सरोकारवालाहरु बीच निर्देशिकामा के–कस्ता विषय समेट्दा व्यवसायजन्य सुरक्षा र स्वास्थ्य कार्यक्रम प्रतिफलमुखी र दिगो हुनेछ भन्नेमा छलफल गर्दै सुझाव संकलन गरिएको नेपाल उद्योग वाणिज्य महासंघका निर्देशक हरि पौडेलले बताए ।

नेपाल अलैंची व्यवसायी महासंघका अध्यक्ष निर्मल भट्टराईको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य उमेश डालमिया, नरेन्द्रकुमार खड्का, झापा उद्योग संघका अध्यक्ष यमबहादुर श्रेष्ठ, नेपाल चिया उत्पादक संघका महासचिव शुक्र दाहाल, नेपाल अलैंची व्यवसायी महासंघकी पार्वता विमली खरेललगायतले कार्यक्रम प्रभावकारी भएको उल्लेख गर्दै निर्देशिकामा समेट्न सकिने विषयहरुका सन्दर्भमा सुझाव राखेका थिए ।

व्यवसायजन्य सुरक्षा र स्वास्थ्य कार्यक्रमअन्तर्गत अलैंचीतर्फका फोकल पर्सन नेपाल अलैंची व्यवसायी महासंघका कार्यकारी अधिकृत अनिल ढुंगानाले सञ्चालन र चियातर्फका फोकल पर्सन साना किसान चिया उद्योग पृथ्वीनगरका कार्यकारी प्रमुख देवीप्रसाद कोइरालाले स्वागत गरेको छलफलमा आईएलओकी प्रतिनिधि वन्दना अर्याल, विज्ञ प्रशिक्षक दिनेशप्रसाद साहले निर्देशिका बन्नअघि अवधारणापत्र तयार हुने जनाउँदै त्यसका लागि पनि बुँदागत रुपमा आवश्यक सुझाव दिन सहभागीहरुलाई आग्रह गरेका थिए ।

कार्यक्रम सञ्चालन भएसँगै अहिले झापा र इलामका अधिकांश चिया तथा अलैंची खेती तथा उद्योगमा कामदारहरुले ग्लोब्स्–कास्क लगाउने, उद्योगहरुमा प्राथगमिक उपचारका सबैखाले सामग्री–औषधिको व्यवस्थापन, सुरक्षाका उपायहरु अपनाइएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

भारतबाट उद्धार भएका चार नेपाली बालबालिका परिवारसँग पुनर्मिलन

भारतबाट उद्धार भएका चार नेपाली बालबालिका परिवारसँग पुनर्मिलन

  काँकरभिट्टा । भारतका विभिन्न संरक्षण गृहमा रहेका चार जना नेपाली बालबालिकालाई सुरक्षित रूपमा स्वदेश फिर्ता ल्याई परिवारसँ...
महोत्तरीमा विद्यालय बस दुर्घटना, ५ बालबालिकासहित ६ जना घाइते

महोत्तरीमा विद्यालय बस दुर्घटना, ५ बालबालिकासहित ६ जना घाइते

  महोत्तरीको गौशाला नगरपालिका– ९, डुमरवानास्थित भित्री सडकखण्डमा मंगलबार बिहान स्कुलबस दुर्घटना हुँदा चालकसहित ६ जना घाइते...
विराटनगरमा शेरधनले बोलाए मुख्यमन्त्रीसहित प्रदेश सांसदहरूलाई छलफलमा

विराटनगरमा शेरधनले बोलाए मुख्यमन्त्रीसहित प्रदेश सांसदहरूलाई छलफलमा

विराटनगर । नेकपा एमालेका कोशी प्रदेश इन्चार्ज शेरधन राईले प्रदेशका सांसदहरुलाई छलफलमा बोलाएका छन्। ...
सिन्धुली कार दुर्घटना : चालकसहित ३ जना सुनकोशी नदीमा बेपत्ता

सिन्धुली कार दुर्घटना : चालकसहित ३ जना सुनकोशी नदीमा बेपत्ता

  काठमाडौं । सिन्धुलीस्थित मध्यपहाडी राजमार्गबाट सुकोशी नदीमा कार खस्दा तीन जना बेपत्ता भएका छन् । बेपत्ता हुनेहरूमा नाम नख...