नयाँ तृष्णा

ताजा खबर

अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काइए राजेश पायल राई

अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काइए राजेश पायल राई

असार १३ ,काठमाडौँ । दुबई जान लागेका गायक राजेश पायल राईलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै फर्काइएको छ । अत्यधिक मदिरा सेवन गरेको भेटिएपछि राईलाई विमानस्थलबाटै फर्काइएको हो । गायक राई बिहीबार बिहान १० बजे फ्लाइ दुबई एयरबाट दुबई जान लागेका थिए । उनले अत्यधिक मदिरा सेवन गरेको थाहा पाएपछि एयरलाइन्सले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरी कार्यालयको जिम्मा लगाइदिएको थियो । राई दुबईमा सांगीतिक कार्यक्रमका लागि जान लागेका थिए । मदिराको नशा सकिएपछि उनी अर्को फ्लाइटमार्फत जान सक्ने प्रहरीले जनाएको छ ।
Read More
एसईईको मौका परीक्षा साउन १८ र १९ गते

एसईईको मौका परीक्षा साउन १८ र १९ गते

असार १३ , काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक गरेको छ। कार्यालयले सार्वजनिक गरेको नतिजा अनुसार परीक्षामा सहभागी भएका ४ लाख ६४ हजार ७८५ जना विद्यार्थी मध्ये २ लाख ४२ हजार ९२ जना विद्यार्थीले मात्रै कक्षा ११ मा पढ्न पाउने भएका हुन् । अर्थात् परीक्षामा सहभागी भएकामध्ये ५२.१४ प्रतिशत परीक्षार्थीले ननग्रेड (एनजी) ल्याएका छन् । योसँगै मौका परीक्षाको मिति पनि तय गरिएको छ। २ विषयसम्म अनुत्तीर्ण हुने विद्यार्थीका लागि साउन १८ र १९ गते मौका परीक्षा सञ्चालन गरिने बोर्डले जानकारी दिएको छ। बोर्डका अनुसार ननग्रेड ल्याउनेमध्ये २ विषयसम्म अनुत्तीर्ण हुनेमा १ लाख…
Read More
स्वास्थ्य स्वयमसेविका तेजमणी मेचेलाई एक लाखसहित दिर्घ सेवा सम्मान

स्वास्थ्य स्वयमसेविका तेजमणी मेचेलाई एक लाखसहित दिर्घ सेवा सम्मान

असार १२ , मेचीनगर । मेचीनगर नगरपालिकाले मेचीनगर  ८ निवासी ६० वर्षीया स्वास्थ्य स्वयमसेविका तेजमणी चौधरी मेचेलाई नगद एकलाख रुपैयाँ राशीसहितको दिर्घ सेवा सम्मान गरेको छ । आज नगर कार्यपालिकाको दोस्रो नगरसभाको पाँचौ अधिवेशनको समापनको अवसरमा महिला स्वास्थ्य स्वयंसेविका मेचेलाई मेयर गोपालचन्द्र बुढाथोकी, उपमेयर मीना पोखरेल उप्रेती, प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले नगद एक लाखसहित दिर्घ सेवा सम्मान गरेका हुन् । ६० बर्ष पुग्दासम्म निरन्तर महिला स्वयमसेविकाको रूपमा रहेर समुदायस्तरमा स्वास्थ्य सेवा प्रवाह गर्न महत्वपूर्ण भूमिका निर्वाह गरी अहिले अनिवार्य अवकाश प्राप्त मेचेलाई नगदसहित खदा ओढाएर सम्मान गरिएको छ । आगामी आर्थिक वर्ष २०८१ / ८२ को नीति तथा कार्यक्रम…
Read More
लायन्स क्लव अफ मेचीनगर २०२४ / ०२५ को अध्यक्षमा पोख्रेल

लायन्स क्लव अफ मेचीनगर २०२४ / ०२५ को अध्यक्षमा पोख्रेल

असार १२, काँकरभिट्टा । लायन्स क्लव अफ मेचीनगरको वर्ष २०२४ / २०२५ को अध्यक्षमा दिनेश पोख्रेल निर्वाचित भएका छन् । बुधबार काँकरभिट्टमा सम्पन्न अधिवेशनबाट क्लवको प्रथम उपाध्यक्ष दीपक कार्की, द्वितिय उपाध्यक्षमा प्रविन थापा र तृतिय उपाध्यक्षमा डम्बर खवास सर्व सम्मत चयन भएको क्लवका चार्टर प्रेसिडेन्ट लायन शंकर थापाले बताए । त्यसैगरी समितिको सचिवमा लायन यज्ञ घिमिरे, कोषाध्यक्षमा लायन सुरेश तिवारी रहेका छन् । वर्ष २०२३÷२०२४ का अध्यक्ष रोशनलाल प्रधानको सभापतित्वमा सम्पन्न कार्यक्रममा अध्यक्ष प्रधानले नवनिर्वाचित अध्यक्ष पोख्रेललाई क्लवको गन गेवल र ब्याच हस्तन्तरण गरेका थिए । ब्याच हस्तान्तरण पछि नवनिर्वाचित अध्यक्ष पोख्रेलले प्रतिवद्धता मन्तब्य राखेका थिए । उनले लायन्स बोल्ने…
Read More
सुनचाँदीको मूल्य घट्यो, तोलाको कति पुग्यो ?

सुनचाँदीको मूल्य घट्यो, तोलाको कति पुग्यो ?

असार १२ , काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । बुधबार सुनको मूल्य तोलामा ७ सयले घटेर तोलाको १ लाख ४१ हजार ६ सयमा कारोबार भएको छ । यस अघि मंगलबार छापावाल सुन प्रतितोला एक लाख ४२ हजार ३ सयमा कारोबार भएको थियो । त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४० हजार ९ सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै आज चाँदीको मूल्य तोलामा २५ रुपैयाँले घटेर प्रतितोला १७९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
Read More
एसईईकाे नतिजा बिहीबार बिहान १० बजे प्रकाशन हुने

एसईईकाे नतिजा बिहीबार बिहान १० बजे प्रकाशन हुने

असार १२, झापा, १२ असार । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा विहीबार विहान १० बजेसम्ममा सार्वजनिक हुने भएको छ । आजै नतिजा सार्वजनिक गर्ने भनी राष्ट्रिय परीक्षा बोर्ड बैठक बसेको थियो । तर, प्राविधिक तयारी नपुगेकाले भोलिमात्रै नतिजा सार्वजनिक गर्ने निर्णय भएको परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिए । ‘आजै नतिजा सार्वजनिक गर्ने गरी तयारी गरेका थियौं । अहिले पनि त्यस्कै डेमो गरिरहेका छौँ । हस्ताक्षरसहित सबै प्रक्रया पूरा गर्दा रात पर्ने भयो’, पौडेलले भने, ‘भोलि बिहान ७ बजे फेरि बोर्ड बैठक बोलाएका छौं । त्यसपछि नतिजा सार्वजनिक गर्ने तयारी छ ।’ गत चैत १५ गतेदेखि २७ गतेसम्म भएको एसईई परीक्षामा…
Read More
चन्द्रमाबाट नमूना लिएर पृथ्वीमा फर्कियो चिनियाँ यान

चन्द्रमाबाट नमूना लिएर पृथ्वीमा फर्कियो चिनियाँ यान

असार १२ , काठमाडौँ  । चिनियाँ चन्द्रयान चन्द्रमाको सतहको नमुना लिएर पृथ्वीमा फर्किएको छ। मानवरहित चिनियाँ चन्द्रयान चांग’ई–६ ले चन्द्रमाको सुदूर हिस्साको नमूना लिएर पृथ्वीमा फर्किएको हो। उक्त यान मंगलवार इनर मंगोलियाको मरुभूमिमा अवतरण भएको छ। चन्द्रमाबाट ल्याइएको नमूना ग्रह निर्माणका बारेमा महत्वपूर्ण अनुसन्धान र खोजका लागि सहयोगी सावित हुनसक्ने वैज्ञानिकहरूले जनाएका छन्। चिनियाँ राष्ट्रिय अन्तरिक्ष प्रशासन(सीएनएसए) ले ’मिसन पूर्ण रूपमा सफल’ भएको बताएको छ। चिनियाँ यानले ल्याएको नमूनाबाट चन्द्रमाको बनोटबारे पनि अनुसन्धान गर्न सहयोग पुग्ने वैज्ञानिकहरूको दाबी छ।
Read More
कोशीका मुख्यमन्त्रीविरुद्ध परेको रिट खारेज

कोशीका मुख्यमन्त्रीविरुद्ध परेको रिट खारेज

असार ११, काठमाडौँ। कोशी प्रदेश सरकारविरुद्ध पूर्वमुख्यमन्त्री केदार कार्कीले दायर गरेको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ । मंगलबार अन्तिम बहस सकिएपछि न्यायाधीशहरू कुमार रेग्मी, अब्दुल अजिज मुसलमान र नहकुल सुवेदीको पूर्ण इजलासले उक्त रिट नै खारेज गरिदिएको हो । सर्वोच्चले रिट जारी हुने फैसला सुनाएमा मुख्यमन्त्रीको रूपमा केदार कार्की फर्किने सम्भावना थियो । तर रिट खारेज हुने फैसला आएकाले वर्तमान मुख्यमन्त्री हिक्मत बहादुर कार्कीले निरन्तरता पाएका छन् । कोशी प्रदेशमा संविधानको धारा १६८ (५) अनुसार मुख्यमन्त्री बनेका केदार कार्कीविरुद्ध प्रदेशसभामा अविश्वास प्रस्तावसमेत नराखी एमाले प्रदेश संसदीय दलका नेता हिक्मत कार्कीलाई मुख्यमन्त्री बनाइएको थियो । पूर्वमुख्यमन्त्री कार्कीले आफू नेतृत्वको सरकार…
Read More
चट्याङले झापामा २ जनाकाे मृत्यु

चट्याङले झापामा २ जनाकाे मृत्यु

मेचीनगर, ११ असार ।  झापामा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ। झापाकाे कमल र गाैरीगञ्ज गाउँपालिकाका २ जनाकाे विहानकाे वर्षासँगै झरेकाे चट्याङले मृत्यु भएको हाे । मृत्यु हुनेमा कमल–२ का ४६ बर्षीय राजन खड्का र गौरीगञ्ज–८ का ४२ बर्षीय विकास गिरी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएकाे छ । जिल्ला प्रहरीका प्रवक्ता एवम् डीएसपी कृष्ण चन्दले विहानै घरबाट खेततर्फ जाने क्रममा एक्कासी परेको चट्याङ लागेर खड्का घाइते भएकाे बताए । उपचारका लागि दमक स्थित आम्दा अस्पताल पुर्याइएको उनलाई चिकित्सकले मृत घोषणा गरेको उनकाे को भनाई छ । यता, गौरीगञ्ज गाउँपालिका–३ मा सीताराम दाहालको खेतमा धानको विउ उमार्ने क्रममा…
Read More
सरुवामा आर्थिक चलखेल बढेपछि कडाइ, मापदण्ड नबनेसम्म सबै सरुवामा रोक

सरुवामा आर्थिक चलखेल बढेपछि कडाइ, मापदण्ड नबनेसम्म सबै सरुवामा रोक

असार ११ , काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलगायतका निकायले जथाभावी रूपमा कर्मचारी सरुवा गर्न थालेपछि सरकारले कडाइ गरेको छ। सरकारले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्पष्ट मापदण्ड नबनाउँदासम्म सबै खाले सरुवामा रोक लगाएको छ। केही दिनअघि तत्कालीन मुख्य सचिव डा. वैकुण्ठ अर्यालको अध्यक्षतामा बसेको सचिवहरूको बैठकले सरुवा मापदण्ड नबनाउँदासम्म सबैखाले सरुवामा रोक लगाउने निर्णय गरेको हो । आर्थिक वर्ष २०७९\८० मा मात्रै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले राजपत्रांकित १ हजार ९५४ जना र राजपत्रअनंकित तथा श्रेणीविहीन १ हजार ३४७ जना कर्मचारीको सरुवा गर्दा अधिकांश सरुवा नियमविपरीत गरेको पाइएको छ। निजामती सेवा नियमावली २०५० अनुसार मन्त्रालयले…
Read More