Skip to main content

नयाँ तृष्णा

Breaking News 2

सुनको मूल्यमा अहिलेसम्मकै उच्च वृद्धि, चाँदीको भाउ पनि बढ्यो

सुनको मूल्यमा अहिलेसम्मकै उच्च वृद्धि, चाँदीको भाउ पनि बढ्यो

  काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य ह्वात्तै बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरण अनुसार आज छापावाल  सुनको मूल्य २० हजार ५०० रुपैयाँ बढेको हो । सरकारले आगामी आर्थिक वर्षका लागि सुनको भन्सार दर १० प्रतिशत वृद्धि गरेसँगै त्यसको असर बजारमा देखिएको हो । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ११ हजार १०० रुपैयाँ कायम भएको छ। यसअघि गत जेठ १५ गते सुन प्रतितोला २ लाख ९० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, १० ग्राम सुनको मूल्य २ लाख ६६ हजार ७२० रुपैयाँ कायम भएको छ, जुन दुई दिनअघि २ लाख ४९ हजार…
Read More
इग्नाइटर टिमद्वारा बाइबल पद कण्ठस्थ पहिलो चरणको प्रतियोगिता सम्पन्न

इग्नाइटर टिमद्वारा बाइबल पद कण्ठस्थ पहिलो चरणको प्रतियोगिता सम्पन्न

मेचीनगर । झापा स्थित इग्नाइटर टिमको आयोजनामा बाइबल पद कण्ठस्थ प्रतियोगिता २०८३ अन्तर्गत पहिलो चरणको छनोट कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। आज सम्पन्न कार्यक्रममा बाहुण्डागी इलाका ईसाई समाज र मेची इलाका ईसाई समाजका युवाहरुको उत्साहजनक सहभागिता रहेको थियो। प्रतियोगितामार्फत युवाहरुमा बाइबल अध्ययन, कण्ठस्थ गर्ने बानी तथा आत्मिक जीवनलाई अझ सुदृढ बनाउने उद्देश्य राखिएको आयोजकले जनाएको छ। कार्यक्रममा सहभागी युवाहरुले उत्साहपूर्वक बाइबलका पदहरू प्रस्तुत गरेका थिए भने उपस्थित दर्शकहरुले पनि कार्यक्रमको प्रशंसा गरेका थिए। यसैबीच, भोलि शनिबार र आइतबार मध्यपूर्व इलाका ईसाई समाज तथा सानीअर्जुन इलाका ईसाई समाजमा पनि उक्त प्रतियोगिता सञ्चालन हुने आयोजकले जानकारी दिएको छ। ्
Read More
इरानलाई ट्रम्पको चेतावनी – पूर्ण आत्मसमर्पण नगरे परिणाम भोग्नुपर्छ

इरानलाई ट्रम्पको चेतावनी – पूर्ण आत्मसमर्पण नगरे परिणाम भोग्नुपर्छ

१३ जेष्ठ २०८३, बुधबार, एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई आत्मसमर्पण गर्न चेतावनी दिएका छन् । आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा प्रकाशित पोस्टमार्फत उनले इरानले आफ्नो सैन्य क्षमताको विनाश स्वीकार गर्दै पूर्ण रूपमा हतियार बिसाउनुपर्ने बताएका हुन्। ट्रम्पले दाबी गरेका छन् कि इरानको नौसेना “समाप्त भएर समुद्रको फेदमा पुगेको” र वायुसेना “अब अस्तित्वमा नरहेको” अवस्था छ। उनले थप व्यंग्यात्मक शैलीमा लेख्दै भनेका छन्, यदि इरानी सेना हतियार त्याग्दै “म आत्मसमर्पण गर्छु” भन्दै बाहिर निस्किए पनि र नेतृत्वले औपचारिक रूपमा हार स्वीकार गरे पनि त्यसले अन्तर्राष्ट्रिय मिडियाको धारणा परिवर्तन नगर्ने उल्लेख गरे। उनले न्यूयोर्क टाइम्स, वाल स्ट्रिट जर्नल, सीएनएन लगायतका…
Read More
ज्ञानेन्द्र शाहीको प्रश्न : यो सरकार हो कि आतङ्कवादी ?

ज्ञानेन्द्र शाहीको प्रश्न : यो सरकार हो कि आतङ्कवादी ?

  काठमाडौँ । राप्रपा संसदीय दलका नेता ज्ञानबहादुर शाहीले सरकारले सुकुम्वासी हटाउने नाममा गरेको हर्कत आतङ्कवादीको जस्तै भएको टिप्पणी गरेका छन् । मङ्गलवार प्रतिनिधि सभा बैठकमा बोल्दै नेता शाहीले सत्ता स्थायी नहुने भन्दै हेक्का राख्न चुनौती समेत दिए । अव्यवस्थित बस्ती जोगाउनुपर्छ भन्ने होइन, सरकारी जग्गा हडपेकाहरूलाई हटाउनुपर्छ तर सरकार सरकार हो कि आतङ्कवादी हो ?’, शाहीको प्रश्न छ । उनले मानवीय संवेदनमा डोजर चलाएर विकास नहुने भन्दै सत्ता र शक्तिको आडमा कसैलाई नजोगाउने हो भने मन्त्रीका घरमा किन डोज नलाएको भनेर प्रश्न गरेका छन् । सुकुम्वासी हटाउने नाममा दुई नागरिकको ज्यान गएको भन्दै नागरिकको ज्यान बचाउने काम सरकारको होइन…
Read More
मेचीनगरमा व्यवसाय दर्ता अभियान सुरु

मेचीनगरमा व्यवसाय दर्ता अभियान सुरु

२८ वैशाख, काँकरभिट्टा । मेचीनगर नगरपालिकाले व्यवसाय दर्ता नगरी सञ्चालन भइरहेका व्यवसायलाई कानुनी दायरामा ल्याउने उद्देश्यले आजदेखि व्यवसाय दर्ता अभियान सुरु गरेको छ । अभियानको उद्घाटन काँकरभिट्टा स्थित सब्जी बजारमा नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले गरेका हुन् । उद्घाटन कार्यक्रममा बोल्दै नगरप्रमुख बुढाथोकीले स्थानीय सरकारमा व्यवसाय दर्ता गरेर सुरक्षित र कानुनी रूपमा व्यवसाय सञ्चालन गर्न व्यवसायीलाई आग्रह गरे । उनले व्यवसाय दर्ता गरी राज्यलाई कर तिर्नु प्रत्येक व्यवसायीको दायित्व भएको उल्लेख गर्दै दर्ताविना व्यवसाय सञ्चालन गर्न कानुनले अनुमति नदिने बताए । नगरपालिकाका अनुसार अभियान नगरका मुख्य बजार क्षेत्रमा सञ्चालन हुनेछ । सेवाग्राहीको सहजताका लागि काँकरभिट्टाको ज्येष्ठ नागरिक भवन, होटल व्यवसायी भवन र…
Read More
इन्डोनेसियामा ज्वालामुखी विस्फोटपछि बेपत्ता २० हाइकरको खोजी तीव्र

इन्डोनेसियामा ज्वालामुखी विस्फोटपछि बेपत्ता २० हाइकरको खोजी तीव्र

एजेन्सी, २५ बैशाख २०८३, शुक्रबार, जाकर्ता । इन्डोनेसियाको माउन्ट दुकोनोमा शुक्रबार बिहानको शक्तिशाली ज्वालामुखी विस्फोटपछि उद्धार कार्य तीव्र बनाइएको छ । मालुकु टापुस्थित यस सक्रिय ज्वालामुखीमा विस्फोट हुँदा २० जना पदयात्री फसेको जनाइएको छ । इन्डोनेसियाको ज्वालामुखी सर्वेक्षण निकायका अनुसार स्थानीय समयअनुसार बिहान ७ः ४१ बजे भएको विस्फोटले करिब १० किलोमिटर (३३ हजार फिट) उचाइसम्म खरानीको विशाल मुस्लो आकाशमा फ्याँकेको थियो । निकायले हाल ज्वालामुखीलाई तीन तहको चेतावनी प्रणालीमध्ये दोस्रो तहमा राखेको छ, जसले उच्च सतर्कता आवश्यक रहेको सङ्केत गर्दछ । सन् २०२५ को मार्च अन्त्यदेखि हालसम्म यो ज्वालामुखी झन्डै २०० पटक विस्फोट भइसकेको बताइएको छ । डिसेम्बर २०२४ यता…
Read More
कांग्रेसको प्रशिक्षण प्रतिष्ठानले सातै प्रदेशमा प्रदेश र स्थानीय तह केन्द्रित भेला गर्ने

कांग्रेसको प्रशिक्षण प्रतिष्ठानले सातै प्रदेशमा प्रदेश र स्थानीय तह केन्द्रित भेला गर्ने

२३ बैशाख २०८३, बुधबार, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले सातवटै प्रदेशमा प्रदेश र स्थानीय तह केन्द्रित प्रदेश स्तरीय भेला गर्ने भएको छ । प्रतिष्ठानका प्रमुख एवं पार्टी उपसभापति विश्वप्रकाश शर्माले बुधबार केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा सो कुराको जानकारी दिएका छन् । शर्माले प्रस्तुत गरेको तालिकाअनुसार ती प्रदेशस्तरीय भेला वैशाख २६ गते धनगढीबाट सुरु भएर जेठ १५ गते रुपन्देहीमा अन्तिम हुने उल्लेख छ । कार्यतालिकामा सुदूरपश्चिम प्रदेशस्तरीय भेला वैशाख २६ र २७ गते धनगढीमा, वैशाख २८ र २९ गते कर्णाली प्रदेशस्तरीय भेला सुर्खेतमा, वैशाख ३१ र जेठ १ गते गण्डकी प्रदेशस्तरीय भेला पोखरामा, जेठ ४…
Read More
पेट्रोल र डिजेलको मुल्य घट्यो, खाना पकाउने ग्यासको बढ्यो

पेट्रोल र डिजेलको मुल्य घट्यो, खाना पकाउने ग्यासको बढ्यो

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ । पेट्रोलमा प्रति लिटर २ रूपैयाँ र डिजेल तथा मट्टितेलमा प्रति लिटर १२ रूपैयाँ घटाइएको हो । मूल्य घटेसँगै काठमाडौ जस्ता तेस्रो वर्गका सहरहरूमा गएराति १ बजेदेखि पेट्रोलको खुद्रा मूल्य २१७ र डिजेलको २२५ रूपैयाँ कायम भएको छ। एलपी ग्यासको मूल्यमा भने प्रति सिलिन्डर १५० रूपैयाँले वृद्धि गरेको छ । इन्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ मूल्य सूची र अन्तर्राष्ट्रिय बजारको प्रभावमा समायोजन गरिएको निगमले जनाएको छ ।
Read More
सुकुमबासी बस्तीमा शुक्रबार साँझसम्म टहरा खाली गर्न माइकिङ

सुकुमबासी बस्तीमा शुक्रबार साँझसम्म टहरा खाली गर्न माइकिङ

काठमाडौँ। नेपाल प्रहरी र सशस्त्र प्रहरीले थापाथलीस्थित वाग्मती नदी किनारको सुकुम्वासी बस्ती खाली गराउन माइकिङ गरेका छन् । वैशाख १२ गते बिहान ६ बजेदेखि बस्ती खाली गराइने भन्दै बिहीबार साँझ चेतावनी दिइएको हो । यसअघि, बुधबारमात्र प्रधानमन्त्री बालेन शाहले सुरक्षा निकायका प्रमुखलाई बोलाएर शनिबार र आइतबार सुकुम्वासी बस्ती खाली गराउन निर्देशन दिएका थिए।
Read More
भारतको तमिलनाडुस्थित पटाका फ्याक्ट्रीमा विस्फोट, २३ जनाको मृत्यु

भारतको तमिलनाडुस्थित पटाका फ्याक्ट्रीमा विस्फोट, २३ जनाको मृत्यु

एजेन्सी , काठमाडौँ । भारतको तमिलनाडु प्रदेशस्थित विरुधुनगर जिल्लाको एक पटाका फ्याक्ट्रीमा भएको विस्फोटमा परी कम्तीमा २३ जनाको मृत्यु भएको छ । घटनामा अन्य ६ जना घाइते भएका छन्, उनीहरूलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ । पटाका फ्याक्ट्री विरुधुनगर जिल्लाको वाचक्करपट्टी प्रहरी थाना अन्तर्गत पर्ने कट्टानारपट्टी इलाकामा रहेको छ । ५० भन्दा बढी कोठाहरू रहेको यस फ्याक्ट्रीमा १०० भन्दा बढी कामदार कार्यरत थिए । आइतबार दिउँसो फ्याक्ट्रीको अगाडिको बरन्डामा अचानक विस्फोट भएको थियो, जसको चपेटमा त्यहाँ काम गरिरहेका मजदुरहरू परेका थिए । जिल्ला अग्नि नियन्त्रण अधिकारी गणेशले बीबीसी तमिललाई बताएअनुसार, दुर्घटनापछि पनि पटाकाहरू निरन्तर पड्किरहेकाले उद्धार कार्यमा कठिनाइ उत्पन्न…
Read More