Skip to main content

नयाँ तृष्णा

मेचीनगरमा व्यवसाय दर्ता अभियान सुरु

Advertisement

२८ वैशाख,

काँकरभिट्टा । मेचीनगर नगरपालिकाले व्यवसाय दर्ता नगरी सञ्चालन भइरहेका व्यवसायलाई कानुनी दायरामा ल्याउने उद्देश्यले आजदेखि व्यवसाय दर्ता अभियान सुरु गरेको छ । अभियानको उद्घाटन काँकरभिट्टा स्थित सब्जी बजारमा नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले गरेका हुन् ।

उद्घाटन कार्यक्रममा बोल्दै नगरप्रमुख बुढाथोकीले स्थानीय सरकारमा व्यवसाय दर्ता गरेर सुरक्षित र कानुनी रूपमा व्यवसाय सञ्चालन गर्न व्यवसायीलाई आग्रह गरे । उनले व्यवसाय दर्ता गरी राज्यलाई कर तिर्नु प्रत्येक व्यवसायीको दायित्व भएको उल्लेख गर्दै दर्ताविना व्यवसाय सञ्चालन गर्न कानुनले अनुमति नदिने बताए ।

नगरपालिकाका अनुसार अभियान नगरका मुख्य बजार क्षेत्रमा सञ्चालन हुनेछ । सेवाग्राहीको सहजताका लागि काँकरभिट्टाको ज्येष्ठ नागरिक भवन, होटल व्यवसायी भवन र पूर्व मेची बस व्यवसायी प्रालिको हलबाट करिब १५ दिनसम्म सेवा प्रवाह गरिनेछ ।

राजश्व परामर्श समिति संयोजक तथा उपप्रमुख मीना पोखरेल उप्रेतीको अध्यक्षतामा भएको कार्यक्रममा उनले राजश्व वृद्धि भन्दा पनि दर्ता नभएका व्यवसायलाई करको दायरामा ल्याउनु अभियानको मुख्य उद्देश्य रहेको बताइन् ।

कार्यक्रममा मेचीनगर–६ का वडाध्यक्ष ललितबहादुर तामाङ, वडा सदस्यहरू सीमा रसाइली र भविन्द्र सुब्बा, होटल व्यवसायी संघ मेचीनगरका अध्यक्ष सुरेशकुमार श्रेष्ठ (गोपाल) लगायत स्थानीय ज्येष्ठ नागरिकको उपस्थिति रहेको थियो ।

अभियानको सहजीकरण नगरपालिकाका राजश्व शाखा प्रमुख प्रेमप्रसाद पराजुलीले गरेका थिए । उनका अनुसार नगरमा हाल १८ हजार करदाता रहेका छन् भने अझै ४८ प्रतिशत व्यवसायीले व्यवसाय दर्ता नगरेको अवस्था छ ।

पहिलो दिन २० जना नयाँ व्यवसायीले व्यवसाय दर्ता गरेका छन् भने ६ जना पुराना व्यवसायीले नवीकरण गरेका छन् । यो अभियान आर्थिक वर्ष २०८२/०८३ को असार मसान्तसम्म सञ्चालन हुने नगरपालिकाले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

test123123

test123123
सरकार र मृतक रवीन्द्रकुमार मेहताको परिवारबीच सात बुँदे सहमति

सरकार र मृतक रवीन्द्रकुमार मेहताको परिवारबीच सात बुँदे सहमति

काठमाडौँ। सुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्मा यही साउन १० गते भएको घटनामा मृत्यु भएका रवीन्द्रकुमार मेहताको परिवार र सरक...
भारतबाट उद्धार भएका चार नेपाली बालबालिका परिवारसँग पुनर्मिलन

भारतबाट उद्धार भएका चार नेपाली बालबालिका परिवारसँग पुनर्मिलन

  काँकरभिट्टा । भारतका विभिन्न संरक्षण गृहमा रहेका चार जना नेपाली बालबालिकालाई सुरक्षित रूपमा स्वदेश फिर्ता ल्याई परिवारसँ...
महोत्तरीमा विद्यालय बस दुर्घटना, ५ बालबालिकासहित ६ जना घाइते

महोत्तरीमा विद्यालय बस दुर्घटना, ५ बालबालिकासहित ६ जना घाइते

  महोत्तरीको गौशाला नगरपालिका– ९, डुमरवानास्थित भित्री सडकखण्डमा मंगलबार बिहान स्कुलबस दुर्घटना हुँदा चालकसहित ६ जना घाइते...