साउन २, काठमाडौँ। चन्द्रागिरि केबलकारको विद्युत सेवा अवरुद्ध हुँदा यात्रु डिब्बामै अड्किएका छन् । साढे एक बजेतिरबाट विद्युत सेवा अवरुद्ध हुँदा यात्रु डिब्बामै अड्किएका हुन्। अवरुद्ध विद्युत सेवा सञ्चलानमा आउन समय लाग्ने भएकोले डिब्बामा फसेका यात्रुलाई उद्धार गर्ने तयारी गरिएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए । उनका अनुसार उद्धारका लागि सशस्त्र प्रहरीको नम्बर ९ पशुपतिनाथ बाहिनीबाट ११ जनाको सशस्त्र प्रहरीको टोली चन्द्रागिरितर्फ गएको छ।
साउन २ , काठमाडौं । बङ्गलादेशमा आरक्षण विरोधी प्रदर्शन हिंसात्मक बनेपछि ढाकास्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपाली विद्यार्थीलाई आफू बसेको स्थानबाट बाहिर ननिस्कन सतर्क गराएको छ । बुधवार सूचना जारी गर्दै दुताबासले नेपाली विद्यार्थीलाई आफू बसेको स्थानबाट बाहिर ननिस्कन आग्रह गरको हो । राजदूतावासले कारणवश कलेज प्रशासनले होस्टेलबाट सुरक्षित स्थानमा जान वा आफू बसेको स्थान प्रतिकूल भएमा दूतावासमा सम्पर्क गर्न अनुरोध समेत गरेको छ । अहिलेसम्म भएको प्रदर्शनमा ६ जनाको मृत्यु भएको छ, जसमा ३ जना विद्यार्थीहरू रहेका छन् । सरकारी जागिरमा बङ्गलादेशको स्वतन्त्रता आन्दोलनमा भाग लिएका व्यक्तिहरूका छोराछोरीलाई दिइएको आरक्षणको विरोधमा आन्दोलन चर्किएको हो । आरक्षणको विरोधमा उत्रिएका विद्यार्थी…
साउन १, झापा। झापाका दुई जना पत्रकार झुलन रेग्मी र डिकेश लामालाई डी कौडिन्य पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ । पत्रकार देवकुमार आचार्य (डी कौडिन्य) को स्मृतिमा प्रेस सेन्टर नेपाल झापाले स्थापना गरेको सो पुरस्कार यस वर्ष मेचीखबर साप्ताहिकका प्रधान सम्पादक रेग्मी र नेपाल टेलिभिजनका झापा सम्वाददाता लामालाई संयुत्तः रुपमा प्रदान गर्ने निर्णय भएको प्रेस सेन्टर झापाले जनाएको छ । असार ३१ गते बसेको प्रेस सेन्टर झापाको बैठकले पुरस्कृत व्यक्तित्व छनोटसँगै पुरस्कारको राशीसमेत बढाएको छ । यस अघि २१ हजार रहेको पुरस्कार राशीलाई यो बर्षदेखि ४२ हजार पुर्याउने निर्णय भएको प्रेस सेन्टर झापाका अध्यक्ष राजु पाठकले बताउनु भयो ।…
काठमाडौँ । सरकारले वाढीपहिरोमा परी ज्यान गुमाउने गुमाउनेहरुलाई श्रदान्जली अर्पण गर्दै तत्काल राहत उपलब्ध गराउने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरवारमा आज वसेको मन्त्रिपरिषद्को पहिलो बैठकले घटनामा वेपत्ता भइ १० दिनसम्म फेला नपरेकाहरुलाई मृतक सरह राहत उपलब्ध गराउने निर्णय गरेको छ । किर्तिपुर क्रिकेट मैदानमा फगलाईट जडान तथा अन्तराष्ट्रिय मापदण्ड अनुसार प्याराफिट निर्माण ३ सय दिनभित्र सम्पन्न गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तोकिनु भएका सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वि सुब्वा गुरुङले जानकारी दिनु भयो । मन्त्रिपरिषद् मन्त्रिपरिषद्का बिभिन्न समितहरुमा प्रकृयामा रहेका वा प्रकृयामा नलगेका सम्पूर्ण प्रस्तावहरु सम्बन्धित मन्त्रालयमा फिर्ता पठाउने निर्णय पनि गरेको छ । त्यसैगरी…
असार ३१, काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा प्रधानमन्त्री ओलीले शपथ लिएका हुन् । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ खुवाए । प्रधानमन्त्रीमा दाबी पेस गर्ने समय सकिएपछि आइतबार बेलुकी ५ बजेपछि राष्ट्रपति पौडेलले ओलीलाई प्रधानमन्त्री नियुक्त गरेका थिए । ओली संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्री नियुक्त भएका हुन् । २८ असारमा प्रतिनिधिसभामा विश्वासको मत नपाएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीबाट पदमुक्त भएका थिए । त्यसै दिन राष्ट्रपति पौडेलले दुई दिनको समय दिएर प्रधानमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका थिए भने एमाले अध्यक्ष ओलीले नेपाली कांग्रेससहितका दलको…
असार ३०,काठमाडौं । अमेरिकी पुर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई गोली हान्नेको परिचय खुलेको छ। एफबिआईले गोली हान्ने युवक २० बर्षिय थोमस म्याथ्यु क्रक्स रहेको बताएको छ। पेन्सिलभेनियाकै २० वर्षीय क्रुक्सले पूर्व राष्ट्रपति ट्रम्पलाई गोली प्रहार गरेका थिए । गोली ट्रम्पको कानमा लागेको थियो र उनी अहिले सुरक्षित रहेका छन्। एफबिआईले यस घटना बारे अनुसन्धान भइरहेको जानकारी दिएको छ। यस घटनामा सुरक्षाकर्मीले गोली हान्ने युवकलाई घटनास्थलमै गोली हानेका थिए र उनको मृत्यु भएको छ। युवकको गोली लागेर एक ट्रम्प समर्थकको पनि मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
असार ३०, काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भएका छन्।राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ (२) अनुसार आइतबार (असार ३०) ओलीलाई प्रधानमन्त्री नियुक्त गरेका हुन्। ओली चौथो पटक प्रधानमन्त्री बनेका हुन् । उनी पहिलो पटक २०७२ असोज २५ गते प्रधानमन्त्री बनेका थिए भने दोस्रो पटक २०७४ फागुन ३ गते प्रधानमन्त्री नियुक्त भएका थिए । त्यस्तै उनी तेस्रो पटक २०७८ बैशाख ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । यस अघि शुक्रबार राति नेपाली कांग्रेसको समर्थनमा ओलीले प्रधानमन्त्रीमा आफ्नो दाबेदारी पेश गरेका थिए । कांग्रेस र एमालेका १६६ सांसदको हस्ताक्षरसहित ओलीले प्रधानमन्त्रीमा दाबि पेश गरेका थिए । तत्कालिन…
असार ३०, एजेन्सी । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार भएको छ। राष्ट्रपति पदका उमेदवार समेत रहेका ट्रम्पमाथि एक चुनावी र्यालीका क्रममा शनिबार साँझ गोली चलेको हो। गोली लागेर ट्रम्प सामान्य घाइते भएका छन् । बीबीसीका अनुसार गोली लागेपछि ट्रम्प भुइँमा लडेका थिए। उनी मञ्चमा बोल्दै गर्दा ठूलो आवाज सुनिएको र लगातार गोली चलेको प्रत्यक्षदर्शीले बताएका छन्। ट्रम्पलाई अमेरिकाको सेक्रेट सर्भिसले तत्कालै गाडीमा हालेर सुरक्षित स्थानतर्फ लगेको बताइएको छ। उनको कान र अनुहारमा रगत बगेको देखिएको छ। घटनास्थलमा एक जनाको शव भेटिएको जनाइएको छ। सो शव सम्भावित आक्रमणकारीको हुन सक्ने अनुमान गरिएको छ। घटनाबारेमा थप जानकारी आइसकेको छैन। यद्यपि, अनुसन्धान…
असार ३०, काँकरभिट्टा । भानु साहित्यिक प्रतिष्ठान मेचीनगरले आज २११ औँ आदिकवि भानुभक्त आचार्यको जन्म जयन्तीको अवसरमा विभिन्न विधाका श्रष्ठा र व्यक्तिहरुलाई सम्मान गरेको छ । काँकरभिट्टा बहुमुखी क्याम्पसको सभाहलमा आयोजित भानु जयन्तीमा प्रा।डा। एवम् नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति जगमान गुरुङलाई नगद एकलाख १ हजार राशीको भानु साहित्यिक राष्ट्रिय पुरस्कारबाट सम्मानित गरिएको छ । त्यस्तै अन्यविधामा हेमराज—मेदनी खरेल संगीत साधना प्रतिभा पुरस्कारबाट संगीत साधना प्रतिष्ठान नेपाल, सुनसरीलाई नगद २१ हजार, कृष्ण—पवित्रा उप्रेती साहित्यिक प्रतिभा पुरस्कारबाट सुसेली साहित्यिक प्रतिष्ठानलाई २१ हजार, हेमराज—मेदनी खरेल साहित्य तथा सञ्चार प्रतिभा पुरस्कारबाट पत्रकार तथा साहित्यकार पिनाकीप्रसाद कोइरालालाई नगद २१ हजार, कृष्ण—पवित्रा उप्रेती खेलाडी प्रतिभा पुरस्कारबाट…