Skip to main content

नयाँ तृष्णा

बाढी पहिरोको घटनामा वेपत्ता भइ १० दिनसम्म फेला नपरेकालाई मृतक सरह राहत उपलब्ध गराइने

Advertisement

काठमाडौँ  । सरकारले वाढीपहिरोमा परी ज्यान गुमाउने गुमाउनेहरुलाई श्रदान्जली अर्पण गर्दै तत्काल राहत उपलब्ध गराउने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरवारमा आज वसेको मन्त्रिपरिषद्को पहिलो बैठकले घटनामा वेपत्ता भइ १० दिनसम्म फेला नपरेकाहरुलाई मृतक सरह राहत उपलब्ध गराउने निर्णय गरेको छ ।

किर्तिपुर क्रिकेट मैदानमा फगलाईट जडान तथा अन्तराष्ट्रिय मापदण्ड अनुसार प्याराफिट निर्माण ३ सय दिनभित्र सम्पन्न गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तोकिनु भएका सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वि सुब्वा गुरुङले जानकारी दिनु भयो ।

मन्त्रिपरिषद् मन्त्रिपरिषद्का बिभिन्न समितहरुमा प्रकृयामा रहेका वा प्रकृयामा नलगेका सम्पूर्ण प्रस्तावहरु सम्बन्धित मन्त्रालयमा फिर्ता पठाउने निर्णय पनि गरेको छ । त्यसैगरी जाजरकोट केन्द्र बिन्दु भएर गएको भूकम्प पीडितलाई दोश्रो र तेश्रो किस्ता वापतको रकम उपलब्ध गराउने निर्णय गरेको छ ।

प्रधानमन्त्री कार्यालयका सचिव निमित्त मुख्य सचिव लीलादेवी गड्तौलालाई कायममुकायम मुख्य सचिव नियुक्त गर्ने निर्णय गरेको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माणको काम गर्दा मन्त्रालयहरु वीच समन्वय गरेर गर्न निर्देशन दिनु भएको छ ।

त्यसैगरी एक महिना भित्र आ-आफ्नो मन्त्रालयले केही फरक देखिने गरी काम गर्न र ६ महिनामा सरकारले केही गर्छ भनेर विश्वास जगाउने गरी काम गर्न निर्देशन दिनु भएको प्रवक्ता गुरुङले जानकारी दिनु भयो ।

प्रधानमन्त्रीले असफल हुने छुट नभएको भन्नुहुदै एक बर्ष भित्र सूचकांकमा देखीने गरी काम गर्न निर्देशन दिनु भएको छ ।

बैठकले २०८२ साल असार मसान्तसम्म सडक बालवालीका मुक्त बनाउने निर्णय गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

अर्जेन्टिनालाई हराउँदै स्पेनले जित्यो विश्वकपको उपाधि

अर्जेन्टिनालाई हराउँदै स्पेनले जित्यो विश्वकपको उपाधि

४ साउन , झापा । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै फिफा विश्वकप २०२६ को उपाधि जितेको छ। अमेरिकाको न्युयोर्कस्थित न्यु जर्...
विश्वकप फाइनलको टिकट ३५ करोडसम्म, अमेरिकाकै इतिहासको सबैभन्दा महँगो खेलकुद प्रतियोगिता

विश्वकप फाइनलको टिकट ३५ करोडसम्म, अमेरिकाकै इतिहासको सबैभन्दा महँगो खेलकुद प्रतियोगिता

  काठमाडौं ।   न्युयोर्कको मेटलाइफ स्टेडियममा आइतबार अर्जेन्टिना र स्पेनबीच हुने फिफा विश्वकप २०२६ को फाइनल खेल इतिहासकै सब...
हिमालय टेलिभिजनले विश्वकप फुटबलको फाइनल खेल नि:शुल्क प्रसारण गर्ने

हिमालय टेलिभिजनले विश्वकप फुटबलको फाइनल खेल नि:शुल्क प्रसारण गर्ने

३ साउन, काठमाडौं । हिमालय टेलिभिजनले विश्वकप फुटबलको फाइनल खेल नि:शुल्क प्रसारण गर्ने भएको छ । हिमालय टिभी, हिमालय स्पोर्टस् र डि...
मेचीनगरको सार्वजनिक सुनुवाइमा जनआक्रोश, न्यून सहभागिताले कार्यक्रममाथि प्रश्न

मेचीनगरको सार्वजनिक सुनुवाइमा जनआक्रोश, न्यून सहभागिताले कार्यक्रममाथि प्रश्न

  मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रमप्रति नगरवासीले असन्तुष्टि जनाएका छन्। नगरपालिकाले सामुदायिक विका...