२ आश्विन, काठमाडौं । संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले संविधान संशोधन गर्नका लागि कांग्रेस र एमाले मात्रै भएर सम्भव नहुने बताएका छन् । बुधबार नेपाल नाट्य प्रज्ञाप्रतिष्ठानद्वारा आयोजित संविधान दिवस एवम् राष्ट्रिय दिवस २०८१ को पूर्वसन्ध्यामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले उक्त कुरा बताएका हुन् । मन्त्री पाण्डेले एमाले र कांग्रेस एक ठाउँमा आउनुको पछाडि केवल सत्ता मात्रै नभएको प्रस्ट पारे । उनले भने- दुईवटा ठूला दल एक ठाउँमा आउनु भनेको सत्ताका लागि मात्र होइन । देशको दूरगामी परिवर्तन र संकटबाट जोगाउनका लागि एक ठाउँमा आएका हौँ । हामी ०४८ सालदेखि प्रतिस्पर्धी दल हौँ । २०८४ मा एमाले…
२ आश्विन, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले पक्राउ गर्न प्रहरीलाई अनुमति दिएकाे छ । सर्लाहीमा कार्यक्रम गर्ने तयारीमा रहेका प्रसाईंलाई जिल्ला अदालत काठमाडौंले गाली बेइज्जती मुद्दामा पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको हो । यसअघि प्रहरीको साइबर ब्यूरोले पक्राउ गर्न अदालतसँग अनुमति माग गरेको थियो । प्रसाईंसहित उनका बडीगाड जीवन पाण्डे, सुनौला बजारका प्रकाशचन्द्र दाहालविरुद्ध पनि पक्राउ पूर्जी जारी भएको छ ।
२ असाेज, झापा । जैतुन छाँया लाइभ कन्सर्ट (सिजन–३ एपिसोड–२ ) पासाङ्ग ल्हामु स्मृति जेसिस सामुदायीक सभाहल धुलावारीमा हुने भएको छ । भाेलि बिहीबार हुने निश्चित भएको हुँदा कन्सर्ट लागि प्रमुख व्यक्तित्व नेपाली ईसाई जगतका प्रख्यात गायक एड्रिन देवान तथा द सोजुनर्स ब्याण्ड बिर्तामोड आइपुगेका छन् । ब्याण्डका प्रमुख व्यक्तित्व एड्रिन देवानले आराधना र सुसमाचारिय आत्मिक कन्सर्ट भएको बताएका छन् । र याे कार्यक्रम फलदायी र आशिषमय हुने उनको भनाइ छ । जैतुन छाँयाले ख्रीष्टिय आत्मिक ज्ञान, अनन्तकाे सत्यताहरुकाे शब्द संगीत र स्तुतिगानको उत्कृष्ट प्रस्तुतीद्वारा आजको बिकृतिले जगडिएकाे संसारीक सन्जालहरुबाट ख्रीष्टकाे प्रेमको उत्कृष्ट साैगातहरु जवानहरुमा पस्कनु हाम्रो उद्देश्य रहेको छ…
१ असोज, मेचीनगर । झापा मेचीनगरका युवा जयराम दाहालले आइल्याण्ड पिक हिमालको सफल आरोहण गर्नु भएको छ । मेचीनगर १५ ज्यामिरगढीका दाहालले १७ सेम्टेम्बर अर्थात असोज १ गते आज बिहान उक्त हिमालको सफल आरोहण गर्न सफल हुुनु भएको हो । सोलुखुम्बु जिल्लाको सगरमाथा हिमाल क्षेत्रमा नै रहेको ६ हजार एक सय ६५ मिटर उचाईको आइल्याण्ड पिक हिमालको टुप्पोमा आज विहान ९ः३० बजे पुग्न सफल भएको दाहालले सेतोपत्रलाई बताउनु भयो । २७ बर्षे युवा दाहालले आइल्याण्ड पिक हिमालको सफल आरोहणका लागि १४ दिन लागेको वहाँले बताउनु भयो । भदौ १९ गते हिमाल आरोहणका लागि सुरुवात गर्नु भएका दाहाल असोज १ गते शिखरमा…
बिर बहादुर तामाङ, ३० भाद्र, झापा । झापाको विर्तामोड स्थित सिद्धार्थ होटलमा १ दिवसीय सुसमाचारीया चेलापन तालिम सम्पन्न भएको छ । आइतबार सम्पन्न डिएमएम मिशन नेपालद्वारा आयोजित तालिममा विर्तामोड इलाका ईसाई समाज तथा झापा जिल्ला भरिबाट करिब ८० जना पास्टर तथा अगुवाहरुको उपस्थिति रहेको थियो । सुसमाचारीया चेलापन तालिमको सहजकर्ताका रुपमा काठमाडौं होसन्ना मण्डलीका वरिष्ठ पास्टर राजु सुन्दास रहनु भएको थियो। उक्त तालिममा सुसमाचार के हो, सुसमाचार किन गर्ने ? भन्ने विषयको औचित्य प्रष्ट्याउनु भयो। सु समाचार समयमा पुग्यो भने मात्र असल खबर हुन्छ। सुसमाचार असल खबर हुनुको कारण परमेश्वरबाट आएको सन्देश हो।यसैले अब सबै जनाले सुसमाचार सुनाउनु आत्मा जित्नु,मेघा…
३० भाद्र, काठमाडौं । नेपाल आयल निगमले इन्धनको मुल्य घटाएको छ । निगमको आइतबार बसेको संचालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ४ र डिजल तथा मट्टीतेलमा प्रतिलिटर ५ रुपैयाँ घटाएको हो । निगमले घटेको मुल्य आज राति १२ बजेदेखि लागि हुने निगमले जनाएको छ । नयाँ मुल्य अनुसार अब काठमाडौँमा पेट्रोलको प्रति लिटर १५९ र डिजल तथा मट्टीतेलको प्रति लिटर १४९ रुपैयाँ पर्ने भएको छ ।
२९ भाद्र, झापा । झापाको मेचीनगरमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ। मेचीनगर नगरपालिका वडा नं १३ विरान टोल बस्ने ४८ वर्षीय लक्ष्मण कार्कीले शुक्रबार साँझ गाईवस्तुलाई खुवाउनका लागि विद्युतबाट चल्ने मेशिनबाट कुटी काट्दा अचानक सर्ट भई उनलाई करेन्ट लागेको थियो। घाइतेलाई उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोड पुर्याईएकोमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
२९ भाद्र, काँकरभिट्टा । बहुसाँस्कृतिक एकता समाजले काँकरभिट्टामा बाल उत्सव समारोह सम्पन्न गरेको छ । ६० औं राष्ट्रिय बाल दिवसको अवसरमा समाजले मेचीनगरका विभिन्न क्षेत्रका बालबालिकाको उपस्थितिमा शनिबार विविध साँस्कृतिक कार्यक्रमको आयोजना गरेको हो । मेचीनगर-६, काँकरभिट्टास्थित मेची सामुदायिक भवनमा सम्पन्न कार्यक्रममा बालबालिकाहरुले चित्रकला, नाटक, गायन र नृत्यमा सहभागी भएका थिए । कार्यक्रममा बलभद्र जनता मावि र जोड साँस्कृतिक एकता समाजका कलाकारहरुले पछिल्लो समय नेपालमा शिक्षा क्षेत्रको अवस्था र देखिएका समस्या केन्द्रित विषयवस्तुमाथी नाटक प्रस्तुत गरेका थिए । आदर्श मावि इटाभट्टा, बलभद्र जनता मावि धाइजन, सरस्वती बाल कल्याण मावि सहरेडाँगी, बालबाटिका मन्टेश्वरी चारआली, नबिनतारा अंग्रेजी माविका विद्यार्थीहरु ले विविध साँस्कृतिक तथा…
तरुण राई, २८ भदौ, मेचीनगर । एक्का नेपालको सहयोगमा मेचीनगर इसाई समाजको सहकार्यमा विपन्न वर्गका विद्यार्थी बाल-बालिकाहरुलाई शैक्षिक सामग्रीहरु वितरण गरेको छ । मेचीनगर नगरपालिका-१५, ज्यामिरगढी र घोडामारामा अवस्थित अनुग्रह शान्ति चर्चका ४० विद्यार्थी बाल-बालिकाहरुलाई शैक्षिक सामग्रीहरु वितरण गरिएको हो । मेचीनगर इसाई समाजको अध्यक्ष पास्टर राजु खड्काले एक्का नेपालले इसाई समाजसँग मिलेर गर्नुभएको कामको उच्च सर्हाना गर्नुको साथै एक्का नेपाललाई धन्यवाद दिनु भयो । अनुग्रह शान्ति चर्चका अगुवा तथा समाज सेवक वोगदा टुढुले यसरी कुनै पनि गैर सरकारी संस्थाद्धारा अनुग्रह शान्ति चर्चका विद्यार्थी बाल-बालिकाहरुलाई शैक्षिक सामग्रीहरु वितरण गरेको पहिलो पटक रहेको र आउने दिनमा यस्ता प्रकारको कार्यक्रमलाई निरन्तरण गरिदिनुहुन…
२७ भाद्र, झापा । प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेतलाई पक्राउ गर्ने प्रहरी प्रयासप्रति प्रेस चौतारी झापाले गम्भीर आपत्ति जनाएको छ । अनलाइन न्यूज पोर्टलमा प्रकाशित समाचारको विषयलाई लिएर प्रहरीले बिहीबार धरपकड गर्दै जबरजस्ती पक्राउ गर्न खोजेको प्रति प्रेस चौतारी नेपाल, झापा गम्भीर आपत्ति जनाएको हो । काठमाडौंको बागबजारस्थित होटल हार्दिकमा संगठनको कार्यक्रम भइरहेको बेला आज दिउँसो ४ बजेतिर नेपाल प्रहरीको केन्द्रीय साइबर व्यूरोको अधिकारी भन्दै सादा पोशाकका प्रहरीले अध्यक्ष बस्नेतलाई पक्राउ गर्न खोजेकोमा कार्यक्रममा उपस्थित पत्रकारहरुले सामूहिक रुपमा प्रतिवाद गरेपछि प्रहरीको टोलीले अध्यक्ष बस्नेतलाई पक्राउ गर्ने प्रयास विफल भएको थियो । पत्रकारिता क्षेत्रलाई राज्यले चौथो अंगको रुपमा स्वीकार…