Skip to main content

नयाँ तृष्णा

जैतुन छाँया कन्सर्ट `सिजन-३ एपिसाेड-२´ धुलाबारीमा भब्यताका साथ भाेलि हुदै

Advertisement

२ असाेज,

झापा । जैतुन छाँया लाइभ कन्सर्ट (सिजन–३ एपिसोड–२ ) पासाङ्ग ल्हामु स्मृति जेसिस सामुदायीक सभाहल धुलावारीमा हुने भएको छ ।
भाेलि बिहीबार हुने निश्चित भएको हुँदा कन्सर्ट लागि प्रमुख व्यक्तित्व नेपाली ईसाई जगतका प्रख्यात गायक एड्रिन देवान तथा द सोजुनर्स ब्याण्ड बिर्तामोड आइपुगेका छन् ।

ब्याण्डका प्रमुख व्यक्तित्व एड्रिन देवानले आराधना र सुसमाचारिय आत्मिक कन्सर्ट भएको बताएका छन् । र याे कार्यक्रम फलदायी र आशिषमय हुने उनको भनाइ छ ।

जैतुन छाँयाले ख्रीष्टिय आत्मिक ज्ञान, अनन्तकाे सत्यताहरुकाे शब्द संगीत र स्तुतिगानको उत्कृष्ट प्रस्तुतीद्वारा आजको बिकृतिले जगडिएकाे संसारीक सन्जालहरुबाट ख्रीष्टकाे प्रेमको उत्कृष्ट साैगातहरु जवानहरुमा पस्कनु हाम्रो उद्देश्य रहेको छ ।

नेपालका विभिन्न सहरहरूमा बसोबास गर्ने साथै विश्वभरि नेपाली भाषा बोल्ने ईसाई समुदायमा, जोहरू कामले दबिएको, शहरको द्रुत गतिमा, बेचैन, व्यस्त जीवनहरू जीइ राख्नु भएका छन्, वहाँहरूलाई आराधना र ख्रीष्टको सेवामा नवीकरण गराउनका साथै हराएका आत्माहरूलाई पनि ख्रीष्टमा ल्याउन अस्तित्वमा रहेको बताएका छन ।

उक्त ब्याण्डलाई आयोजक बिर्तामोड नगर ईसाई जवान संगतीले खादा लगाइदिएर स्वागत गरेका थिए। सो अवसरमा आयोजक नगर जवान अध्यक्ष गायस शेर्पाले जैतून छायाँ टिमसँग चैत्र महिना देखि वार्तालाप र प्रार्थनाको कारण हामीले याे साेजुनर्स ब्याण्डसँग सहकार्य गरी आयोजकका रूपमा काम गर्न पाउँदा खुशी व्यक्त गरेका छन् ।

बिर्तामोड ईसाई समाजका अध्यक्ष नरेन राईले एड्रिन देवान तथा द सोजुनर्स ब्याण्डलाई झापामा कन्सर्टका लागि पाउँदा धेरै खुशी लागेको छ, यो कार्यक्रमले इतिहास कोर्ने विश्वास लिएको बताए ।

समाजका प्रमुख सल्लाहकार पास्टर जोएल भुजेलले कन्सर्ट आशिषमय र सफलताका लागि प्रार्थना उपवास समेत बसेको बताए । केही समय अघि इभन रानालाई जवान माझ ल्याउँदा धेरै जवानहरूले संसारीक गीत गाउने र सुन्ने आदतबाट फर्किन मदत पुगेको छ भने यस ब्याण्डले झन अर्को प्रेरणा र जीवन रूपान्तरण गर्नेछ भन्ने आशा लिएका छन् ।

आयोजकका समुहका अनुसार १२ सय टिकट बिक्री भइसकेको साथै आउट डोर टिकट १ सय बाँकी रहेको जानकारी गराएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

त्रिभुवन विश्वविद्यालयमा शिक्षामन्त्री पोखरेलविरुद्ध विद्यार्थीको प्रदर्शन, केही प्रदर्शनकारी नियन्त्रणमा

त्रिभुवन विश्वविद्यालयमा शिक्षामन्त्री पोखरेलविरुद्ध विद्यार्थीको प्रदर्शन, केही प्रदर्शनकारी नियन्त्रणमा

  काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको ६७ औँ वार्षिक दिवसका अवसरमा आयोजित विशेष समारोहमा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोख...
बेथेल मण्डली दाङको को ७ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

बेथेल मण्डली दाङको को ७ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

  घोराही, दाङ । साउन ६, २०८३, दाङको घोराही उप–महानगरपालिका–१३, दुम्रगाउँस्थित बेथेल मण्डली दाङको ७ औं वार्षिकोत्सव समा...
अर्जेन्टिनालाई हराउँदै स्पेनले जित्यो विश्वकपको उपाधि

अर्जेन्टिनालाई हराउँदै स्पेनले जित्यो विश्वकपको उपाधि

४ साउन , झापा । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै फिफा विश्वकप २०२६ को उपाधि जितेको छ। अमेरिकाको न्युयोर्कस्थित न्यु जर्...
विश्वकप फाइनलको टिकट ३५ करोडसम्म, अमेरिकाकै इतिहासको सबैभन्दा महँगो खेलकुद प्रतियोगिता

विश्वकप फाइनलको टिकट ३५ करोडसम्म, अमेरिकाकै इतिहासको सबैभन्दा महँगो खेलकुद प्रतियोगिता

  काठमाडौं ।   न्युयोर्कको मेटलाइफ स्टेडियममा आइतबार अर्जेन्टिना र स्पेनबीच हुने फिफा विश्वकप २०२६ को फाइनल खेल इतिहासकै सब...