Skip to main content

नयाँ तृष्णा

जैतुन छाँया कन्सर्ट `सिजन-३ एपिसाेड-२´ धुलाबारीमा भब्यताका साथ भाेलि हुदै

[adsforwp id="2511"]

२ असाेज,

झापा । जैतुन छाँया लाइभ कन्सर्ट (सिजन–३ एपिसोड–२ ) पासाङ्ग ल्हामु स्मृति जेसिस सामुदायीक सभाहल धुलावारीमा हुने भएको छ ।
भाेलि बिहीबार हुने निश्चित भएको हुँदा कन्सर्ट लागि प्रमुख व्यक्तित्व नेपाली ईसाई जगतका प्रख्यात गायक एड्रिन देवान तथा द सोजुनर्स ब्याण्ड बिर्तामोड आइपुगेका छन् ।

ब्याण्डका प्रमुख व्यक्तित्व एड्रिन देवानले आराधना र सुसमाचारिय आत्मिक कन्सर्ट भएको बताएका छन् । र याे कार्यक्रम फलदायी र आशिषमय हुने उनको भनाइ छ ।

जैतुन छाँयाले ख्रीष्टिय आत्मिक ज्ञान, अनन्तकाे सत्यताहरुकाे शब्द संगीत र स्तुतिगानको उत्कृष्ट प्रस्तुतीद्वारा आजको बिकृतिले जगडिएकाे संसारीक सन्जालहरुबाट ख्रीष्टकाे प्रेमको उत्कृष्ट साैगातहरु जवानहरुमा पस्कनु हाम्रो उद्देश्य रहेको छ ।

नेपालका विभिन्न सहरहरूमा बसोबास गर्ने साथै विश्वभरि नेपाली भाषा बोल्ने ईसाई समुदायमा, जोहरू कामले दबिएको, शहरको द्रुत गतिमा, बेचैन, व्यस्त जीवनहरू जीइ राख्नु भएका छन्, वहाँहरूलाई आराधना र ख्रीष्टको सेवामा नवीकरण गराउनका साथै हराएका आत्माहरूलाई पनि ख्रीष्टमा ल्याउन अस्तित्वमा रहेको बताएका छन ।

उक्त ब्याण्डलाई आयोजक बिर्तामोड नगर ईसाई जवान संगतीले खादा लगाइदिएर स्वागत गरेका थिए। सो अवसरमा आयोजक नगर जवान अध्यक्ष गायस शेर्पाले जैतून छायाँ टिमसँग चैत्र महिना देखि वार्तालाप र प्रार्थनाको कारण हामीले याे साेजुनर्स ब्याण्डसँग सहकार्य गरी आयोजकका रूपमा काम गर्न पाउँदा खुशी व्यक्त गरेका छन् ।

बिर्तामोड ईसाई समाजका अध्यक्ष नरेन राईले एड्रिन देवान तथा द सोजुनर्स ब्याण्डलाई झापामा कन्सर्टका लागि पाउँदा धेरै खुशी लागेको छ, यो कार्यक्रमले इतिहास कोर्ने विश्वास लिएको बताए ।

समाजका प्रमुख सल्लाहकार पास्टर जोएल भुजेलले कन्सर्ट आशिषमय र सफलताका लागि प्रार्थना उपवास समेत बसेको बताए । केही समय अघि इभन रानालाई जवान माझ ल्याउँदा धेरै जवानहरूले संसारीक गीत गाउने र सुन्ने आदतबाट फर्किन मदत पुगेको छ भने यस ब्याण्डले झन अर्को प्रेरणा र जीवन रूपान्तरण गर्नेछ भन्ने आशा लिएका छन् ।

आयोजकका समुहका अनुसार १२ सय टिकट बिक्री भइसकेको साथै आउट डोर टिकट १ सय बाँकी रहेको जानकारी गराएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काँकरभिट्टामा कात्तिक १७ गते श्रम संस्कृति पार्टीको जनसभा, अध्यक्ष हर्क साम्पाङ सहभागी हुने

काँकरभिट्टामा कात्तिक १७ गते श्रम संस्कृति पार्टीको जनसभा, अध्यक्ष हर्क साम्पाङ सहभागी हुने

झापा, काँकरभिट्टा। श्रम संस्कृति पार्टीले आगामी कात्तिक १७ गते झापाको पूर्वी प्रवेशद्वार काँकरभिट्टामा जनसभा तथा विशेष कार्यक...
लुला चौथो कार्यकालका लागि ब्राजिलको राष्ट्रपतिमा निर्वाचित

लुला चौथो कार्यकालका लागि ब्राजिलको राष्ट्रपतिमा निर्वाचित

काठमाडौँ। ब्राजिलका वामपन्थी नेता लुइज इनासियो लुला डा सिल्भा चौथो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएका छन्। दोस्रो चरण...
फिलिपिन्समा दुई ट्रेनिङ विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु

फिलिपिन्समा दुई ट्रेनिङ विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु

काठमाडौं । फिलिपिन्समा शुक्रबार तालिमका क्रममा वायुसेनाका दुईवटा विमान एक-आपसमा ठोक्किएका छन्। यस दुर्घटनामा दुवै विमानमा सवार चा...
पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउने प्रयासप्रति विश्व हिन्दु परिषद् नेपालको कडा आपत्ति

पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउने प्रयासप्रति विश्व हिन्दु परिषद् नेपालको कडा आपत्ति

काठमाडौँ, । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तस्थित डेरा इस्माइल खान जिल्लामा रहेको करिब २०० वर्ष पुरानो ऐतिहासिक रामलीला मन्दिर...