नयाँ तृष्णा

मेचीनगरमा बहुसाँस्कृतिक एकता समाजको बाल उत्सव

Advertisement
काँकरभिट्टा । बहुसाँस्कृतिक एकता समाजले काँकरभिट्टामा बाल उत्सव समारोह सम्पन्न गरेको छ । ६० औं राष्ट्रिय बाल दिवसको अवसरमा समाजले मेचीनगरका विभिन्न क्षेत्रका बालबालिकाको उपस्थितिमा शनिबार विविध साँस्कृतिक कार्यक्रमको आयोजना गरेको हो । मेचीनगर-६, काँकरभिट्टास्थित मेची सामुदायिक भवनमा सम्पन्न कार्यक्रममा बालबालिकाहरुले चित्रकला, नाटक, गायन र नृत्यमा सहभागी भएका थिए । कार्यक्रममा बलभद्र जनता मावि र जोड साँस्कृतिक एकता समाजका कलाकारहरुले पछिल्लो समय नेपालमा शिक्षा क्षेत्रको अवस्था र देखिएका समस्या केन्द्रित विषयवस्तुमाथी नाटक प्रस्तुत गरेका थिए । आदर्श मावि इटाभट्टा, बलभद्र जनता मावि धाइजन, सरस्वती बाल कल्याण मावि सहरेडाँगी, बालबाटिका मन्टेश्वरी चारआली, नबिनतारा अंग्रेजी माविका विद्यार्थीहरु ले विविध साँस्कृतिक तथा मनोरञ्जनात्मक प्रस्तुति दिएका थिए । त्यस्तै अग्रज पत्रकार जिएन शर्माले बालबालिका र विदेशीनु पर्ने अभिभावकको हालको समसामयिक  सन्दर्भमा रचना गरेको कवितालाई कलाकार केसाङ लामाले प्रस्तुत गरेका थिए । कार्यक्रममा बोल्दै मेचीनगर शिक्षा शाखा प्रमुख होमनाथ भण्डारीले देश विकासका लागि बालबालिकाहरुमा लगानी गर्नुपर्ने बताए । उनले आमाबुवा र शिक्षकहरुले बालबालिकाको चाहना र क्षमता बुझेर सहयोगी भूमिका निर्वाह गर्नुपर्ने बताए । कार्यक्रमका प्रमुख अतिथि सामाजिक विकास समिति संयोजक हृदय राजवंशीले बाल दिवसमा विशेष कार्यक्रमको आयोजना गरेकोमा आयोजकप्रति आभार प्रकट गरे । उनले बालबालिकाहरुको नृत्य, गायन र नाटकमा गरेको भुमिका देखेर आफू नतमस्तक भएको बताए । उनले कार्यक्रम आयोजना स्थल मेची सामुदायिक भवन काँकरभिट्टाको हलमा नगरपालिकाको तर्फबाट पङ्खा जडान गर्न आफुले पहल गर्ने र अर्को वर्ष कार्यक्रम गर्दा गर्मीलाई झेल्न सहज हुने वातावरण तय गर्ने गरि आफुले पहल गर्ने आश्वासन दिए । कार्यक्रमका परिकल्पनाकार वरिष्ठ कलाकार केसाङ लामाले शब्द र बाल कलाकारले बुद्ध गीतमार्फत स्वागत गरेको कार्यक्रमको अध्यक्षता समाजकी अध्यक्ष मनकुमारी गिरी र संचालन शिक्षक जीआर धितालले गरेका थिए । कार्यक्रममा विभिन्न विद्यालयका प्रमुख तथा शिक्षक प्रतिनिधि, अभिभावक, सामाजिक अभियन्ता, बाल अधिकारकर्मी, कलाकारहरुको उपस्थिति रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

संसद्‌मा विपक्षी एकतालाई सरकारकै निम्तो

संसद्‌मा विपक्षी एकतालाई सरकारकै निम्तो

  १८ जेठ, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिविरुद्ध विपक्षी दलहरू एकजुट भएका छन् । सबै विपक्षी दलका नेताह...
रास्वपा सभापति रवि लामिछाने भारत भ्रमण

रास्वपा सभापति रवि लामिछाने भारत भ्रमण

  १८ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने पाँचदिने भ्रमणका लागि आज भारत प्रस्थान गर...
सुनको मूल्यमा अहिलेसम्मकै उच्च वृद्धि, चाँदीको भाउ पनि बढ्यो

सुनको मूल्यमा अहिलेसम्मकै उच्च वृद्धि, चाँदीको भाउ पनि बढ्यो

  काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य ह्वात्तै बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरण अनुसार ...
बजेट २०८३/८४: बजेटको आकार २१ खर्ब २४ अर्ब

बजेट २०८३/८४: बजेटको आकार २१ खर्ब २४ अर्ब

  काठमाडौँ। आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब ३४ करोड बराबर घोषणा गरिएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त ...