नयाँ तृष्णा

मेचीनगरमा बहुसाँस्कृतिक एकता समाजको बाल उत्सव

Advertisement
काँकरभिट्टा । बहुसाँस्कृतिक एकता समाजले काँकरभिट्टामा बाल उत्सव समारोह सम्पन्न गरेको छ । ६० औं राष्ट्रिय बाल दिवसको अवसरमा समाजले मेचीनगरका विभिन्न क्षेत्रका बालबालिकाको उपस्थितिमा शनिबार विविध साँस्कृतिक कार्यक्रमको आयोजना गरेको हो । मेचीनगर-६, काँकरभिट्टास्थित मेची सामुदायिक भवनमा सम्पन्न कार्यक्रममा बालबालिकाहरुले चित्रकला, नाटक, गायन र नृत्यमा सहभागी भएका थिए । कार्यक्रममा बलभद्र जनता मावि र जोड साँस्कृतिक एकता समाजका कलाकारहरुले पछिल्लो समय नेपालमा शिक्षा क्षेत्रको अवस्था र देखिएका समस्या केन्द्रित विषयवस्तुमाथी नाटक प्रस्तुत गरेका थिए । आदर्श मावि इटाभट्टा, बलभद्र जनता मावि धाइजन, सरस्वती बाल कल्याण मावि सहरेडाँगी, बालबाटिका मन्टेश्वरी चारआली, नबिनतारा अंग्रेजी माविका विद्यार्थीहरु ले विविध साँस्कृतिक तथा मनोरञ्जनात्मक प्रस्तुति दिएका थिए । त्यस्तै अग्रज पत्रकार जिएन शर्माले बालबालिका र विदेशीनु पर्ने अभिभावकको हालको समसामयिक  सन्दर्भमा रचना गरेको कवितालाई कलाकार केसाङ लामाले प्रस्तुत गरेका थिए । कार्यक्रममा बोल्दै मेचीनगर शिक्षा शाखा प्रमुख होमनाथ भण्डारीले देश विकासका लागि बालबालिकाहरुमा लगानी गर्नुपर्ने बताए । उनले आमाबुवा र शिक्षकहरुले बालबालिकाको चाहना र क्षमता बुझेर सहयोगी भूमिका निर्वाह गर्नुपर्ने बताए । कार्यक्रमका प्रमुख अतिथि सामाजिक विकास समिति संयोजक हृदय राजवंशीले बाल दिवसमा विशेष कार्यक्रमको आयोजना गरेकोमा आयोजकप्रति आभार प्रकट गरे । उनले बालबालिकाहरुको नृत्य, गायन र नाटकमा गरेको भुमिका देखेर आफू नतमस्तक भएको बताए । उनले कार्यक्रम आयोजना स्थल मेची सामुदायिक भवन काँकरभिट्टाको हलमा नगरपालिकाको तर्फबाट पङ्खा जडान गर्न आफुले पहल गर्ने र अर्को वर्ष कार्यक्रम गर्दा गर्मीलाई झेल्न सहज हुने वातावरण तय गर्ने गरि आफुले पहल गर्ने आश्वासन दिए । कार्यक्रमका परिकल्पनाकार वरिष्ठ कलाकार केसाङ लामाले शब्द र बाल कलाकारले बुद्ध गीतमार्फत स्वागत गरेको कार्यक्रमको अध्यक्षता समाजकी अध्यक्ष मनकुमारी गिरी र संचालन शिक्षक जीआर धितालले गरेका थिए । कार्यक्रममा विभिन्न विद्यालयका प्रमुख तथा शिक्षक प्रतिनिधि, अभिभावक, सामाजिक अभियन्ता, बाल अधिकारकर्मी, कलाकारहरुको उपस्थिति रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

लागूऔषध र प्रतिबन्धित औषधि ठुलो मात्रामा बरामद

लागूऔषध र प्रतिबन्धित औषधि ठुलो मात्रामा बरामद

२ साउन, झापा । प्रहरीले बिर्तामोडको एउटा औषधि गोदामबाट ठुलो मात्रामा लागूऔषध र प्रतिबन्धित औषधि बरामद गरेको छ ।इलाका प्रहरी कार...
मानव बेचबिखन नियन्त्रणमा राज्य गम्भीर नभएको भन्दै सरोकारवालाहरुको चिन्ता

मानव बेचबिखन नियन्त्रणमा राज्य गम्भीर नभएको भन्दै सरोकारवालाहरुको चिन्ता

२ श्रावण, झापा । मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणमा राज्यले जिम्मेवार ढंगले अगाडि नबढेको भन्दै सरोकारवालाहरूले गम्भीर चिन्...
राष्ट्रपति भइसकेको व्यक्ति राजनीतिमा प्रवेश गर्नु गम्भीर : ओली

राष्ट्रपति भइसकेको व्यक्ति राजनीतिमा प्रवेश गर्नु गम्भीर : ओली

२ श्रावण, काठमाडौं। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा फर्किने घोषणापछि नेकपा एमाले भित्र यस विषयमा औपचारि...
प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे, मन्त्रीहरूको जवाफ र विधेयक पेश हुने

प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे, मन्त्रीहरूको जवाफ र विधेयक पेश हुने

३० असार, काठमाडौँ । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्दै छ। बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपर...