Skip to main content

नयाँ तृष्णा

विर्तामोडमा सम्पन्न भयो एक दिवसीय चेलापन तालिम

Advertisement

झापा । झापाको विर्तामोड स्थित सिद्धार्थ होटलमा १ दिवसीय सुसमाचारीया चेलापन तालिम सम्पन्न भएको छ । आइतबार सम्पन्न डिएमएम मिशन नेपालद्वारा आयोजित तालिममा विर्तामोड इलाका ईसाई समाज तथा झापा जिल्ला भरिबाट करिब ८० जना पास्टर तथा अगुवाहरुको उपस्थिति रहेको थियो ।

सुसमाचारीया चेलापन तालिमको सहजकर्ताका रुपमा काठमाडौं होसन्ना मण्डलीका वरिष्ठ पास्टर राजु सुन्दास रहनु भएको थियो। उक्त तालिममा सुसमाचार के हो, सुसमाचार किन गर्ने ? भन्ने विषयको औचित्य प्रष्ट्याउनु भयो। सु समाचार समयमा पुग्यो भने मात्र असल खबर हुन्छ। सुसमाचार असल खबर हुनुको कारण परमेश्वरबाट आएको सन्देश हो।यसैले अब सबै जनाले सुसमाचार सुनाउनु आत्मा जित्नु,मेघा चर्चको अवधारण भन्दा हाउस चर्चको विस्तार गरे भने सबै कुरा सहज हुने बताउनु भयो।

सहजकर्ता पास्टर तथा शिक्षक सुन्दासले भन्नुभयो मानिसको समय वा उनिहरुको व्यस्ततालाई मध्य नजर गर्दे सुसमाचार केबल ३ मिनेटमा सक्नु उचित रहेको सुझाउनु भयो । अबका दिनमा हामी अन्य कुरामा भन्दा येशूको मिशन, भिजनमा सम्पूर्ण लाग्नुपर्ने पास्टर सुन्दासको भनाइ थियो ।

अब पास्टर अगुवाहरूले चर्चलाई आत्मिक रूपमा मात्र मजबुत बनाउनुका साथ आर्थिक र सामाजीक रूपमा अब्बल बनाउनुपर्ने बताएका छन् ।उक्त मिशनले नेपालमा गरीब निमुखा वर्गका मानिसलाई सहयोग गर्नुका साथै, खाँचोमा रहेका पास्टर, अगुवाहरुलाई विभित्र माध्यमबाट सहयोग गर्दे आएको छ ।

पछिल्लो समयमा समय सापेक्ष ख्रीष्टियन गित, डकुमेन्ट्री सामाजिक सञ्जालद्वारा प्रसारणमा ल्याई ख्रीष्टको असल सन्देश बाँड्दै आएको छ।

तालिमका सञ्चालन कोशी प्रदेशका संयोजक पास्टर हिमाल राईले गर्नुभएको थियो। तालिम आशिषमय र प्रेरणादायी भएको जानकारी सोही मिशनका आयोजक टिमका पास्टर मुक्ति राजवंशीले बताउनु भयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

महोत्तरीमा विद्यालय बस दुर्घटना, ५ बालबालिकासहित ६ जना घाइते

महोत्तरीमा विद्यालय बस दुर्घटना, ५ बालबालिकासहित ६ जना घाइते

  महोत्तरीको गौशाला नगरपालिका– ९, डुमरवानास्थित भित्री सडकखण्डमा मंगलबार बिहान स्कुलबस दुर्घटना हुँदा चालकसहित ६ जना घाइते...
विराटनगरमा शेरधनले बोलाए मुख्यमन्त्रीसहित प्रदेश सांसदहरूलाई छलफलमा

विराटनगरमा शेरधनले बोलाए मुख्यमन्त्रीसहित प्रदेश सांसदहरूलाई छलफलमा

विराटनगर । नेकपा एमालेका कोशी प्रदेश इन्चार्ज शेरधन राईले प्रदेशका सांसदहरुलाई छलफलमा बोलाएका छन्। ...
सिन्धुली कार दुर्घटना : चालकसहित ३ जना सुनकोशी नदीमा बेपत्ता

सिन्धुली कार दुर्घटना : चालकसहित ३ जना सुनकोशी नदीमा बेपत्ता

  काठमाडौं । सिन्धुलीस्थित मध्यपहाडी राजमार्गबाट सुकोशी नदीमा कार खस्दा तीन जना बेपत्ता भएका छन् । बेपत्ता हुनेहरूमा नाम नख...
एउटा फ्रेन्ड रिक्वेस्टले उजाडिएको जिन्दगी

एउटा फ्रेन्ड रिक्वेस्टले उजाडिएको जिन्दगी

बिशेष लेख , - हाेमराज राई, पूर्वी नेपालको एउटा गाउँ। त्यहाँ बस्ने १६ वर्षीया सृष्टि चञ्चले, मिलनसार तर मोबाइल र सामाजिक ...