१२ कार्तिक , काठमाडौँ। काठमाडौंबाट दिल्लीका लागि उड्ने तयारीमा रहेको एयर इण्डियाको जहाजमा बम रहेको भन्दै सूचना आएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चेकजाँच थालिएको छ। दिल्लीका लागि उड्ने तयारीमा रहेको उक्त जहाजमा बम रहेको सूचना आएपछि प्रहरी र सेनाले चेकजाँच थालेको विमानस्थलले जनाएको छ। सोमबार अपराह्न २ः४१ बजे अवतरण गरेको विमान फर्किने तयारीमा रहेका बेला बम रहेको भन्दै भारतबाट सूचना आएपछि चेकजाँच थालिएको हो। यसअघि पनि दिल्लीबाट काठमाडौं आएको भारतीय वायुसेवा कम्पनी भिस्तारा एयरवेजको जहाजमा बम राखिएको हल्ला फैलिएको थियो । तर, जाँच गर्दा त्यस्तो कुनै शंकास्पद वस्तु भेटिएको थिएन।
११ कार्तिक, झापा । नेपाल साफ महिला च्याम्पियनसिपको फाइनलमा पुगेको छ । सेमिफाइनलमा पेनाल्टी सुटआउटमा भारतलाई ४-२ गोल अन्तरले पराजित गर्दै नेपाल फाइनलमा पुगेको हो । निर्धारित समयमा खेल १-१ को बराबरी भएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको थियो । यसअघि एक घण्टाभन्दा बढी समय अवरुद्ध रहेको खेल सुचारु हुनासाथ सावित्रा भण्डारीले गोल गर्दै नेपाललाई खेलमा फर्काएकी थिइन् । यस अघि भारतले खेलको ७०औ मिनेटमा गोल गर्दै शुरुवाती अग्रता हासिल गरेको थियो । खेलको ७०औं मिनेटमा भारतले अग्रता लिएपछि नेपालले तुरुन्त खेल शुरु गरेर गोल फर्काएको थियो । तर रेफ्रीले नेपालको गोललाई भने मान्यता नदिएपछि नेपालले विरोध गरेको थियो । लामो…
११ कात्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले चुच्चे नक्सा अंकित १०० रुपैयाँ दरको नयाँ नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई दिएको छ । संविधान संशोधन गरेर चुच्चे नक्सा जारी भएपछि चुच्चे नक्सा अंकित गरेर पहिलो पटक नयाँ नोट छाप्न लागिएको हो । नेपाल सरकार मन्त्रिपरिषद्ले गत वैशाखमा नेपाल राष्ट्र बैंकलाई १०० रुपैयाँ दरको नोटको डिजाइन परिर्वतन गर्ने स्वीकृति दिएको थियो । ७ जेठ २०७७ मा संविधान संशोधन मार्फत नेपालले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेत समेटेर नेपालको नयाँ नक्सा जारी गरेको थियो । १०० रुपैयाँ दरको नेपाली नोटमा नेपालको नक्सा अंकित भएकोले डिजाइन संविधान संशोधनसँगै १०० रुपैयाँ दरको नोटको डिजाइन पनि परिवर्तन…
८ कार्तिक, काठमाडौँ । नेपाल समूह विजेता हुँदै काठमाडौँमा जारी साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ । समुह चरणको अन्तिम खेलमा नेपालले श्रीलंकालाई ६-० गोल अन्तरले पराजित गर्दै नेपाल समूह विजेता बनेको हो । नेपालका लागि रेखा पौडेलले २ गोल गरेकी थिइन् भने सावित्रा भण्डारी, अमिषा कार्की, सबिता राना मगर र रश्मी कुमारी घिसिङले एक एक गोल गरेका थिए । यो जितपछि नेपालको समूह बी मा ३ खेलमा ७ अंक भएको छ र शिर्ष स्थानमा उक्लिएको छ । त्यस्तै ४ खेलमा ७ अंक नै भएको भुटान गोल अन्तरको आधारमा उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ । त्यसैगरी समुह बी बाट श्रीलंका…
८ कार्तिक, काठमाडौं । विश्वको शक्तिशाली देश अमेरिकाको राष्ट्रपति निर्वाचन आउन अब दुई हप्तामात्रै बाँकी छ। निर्वाचनमा सहभागी भएका दलमध्ये रिपब्लिकन र डेमोक्र्याट उम्मेदवारबीच एक अर्कामाथि आरोप लगाउने क्रम तीव्र रूपमा अघि बढेको छ। नोभेम्बर ५ मा हुने उक्त निर्वाचनमा कसले बाजी मार्छ अहिले नै भन्न कठिन देखिएको छ। अहिलेको निर्वाचनमा सहभागी भएका दुई राष्ट्रपतिका उम्मेदवार वर्तमान उपराष्ट्रपति कमला ह्यारिस र पूर्वराष्ट्रपति डोनान्ड टम्पबीच तीव्र प्रतिस्पर्धा हुने देखिन्छ। मुख्य निर्वाचनको दिन आउन दुई हप्ता बाँकी भए पनि विश्वभर छरिएर रहेका अमेरिकी नागरिक र अमेकामा नै बसोवास गरिरहेका नागरिकमध्ये १ करोड ५० लाखभन्दा बढीले मतदान गरिसकेका छन्। आगामी चार वर्षका लागि…
झापा- रात्रिबसको ठक्करबाट हजुरबुवा र नातिनीको घटनास्थलमै मृत्यु भएपछि आक्रोशित स्थानीयबासीले केर्खा बजारमा रहेको प्रहरी विटमा आगजनी गरेका छन्। करिब हजारको संख्यामा रहेका स्थानीयले रतुवामाई बृक्षरोपण आयोजना अगाडि रहेको प्रहरी बिटमा आगजनी गरेका हुन्। सडकमा टायर बालेर उनीहरुले पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरिरहेका छन्। असुरक्षित महसुस गरिरहेका सुरक्षाकर्मीहरु केर्खा प्रहरी चौकीभित्र रहेका छन्। काँकडभिट्टाबाट काठमाडौँतर्फ जाँदै गरेको रात्रिबसले कमल गाउँपालिकाको केर्खामा इलेक्ट्रिक साइकललाई ठक्कर दिँदा हजुरबुवा र नातिनीको घटनास्थलमै मृत्यु भएको हो। मृत्यु हुने हजुरबुवा र नातिनी कमल ३ का हुन्। मनोज लिम्बूकी अन्दाजी १२ वर्षकी छोरी कृपा लिम्बू र उनका बुवाको मृत्यु भएको खुलेको छ। ती बालिकाको आज जन्मदिन रहेको…
७ कात्तिक, काठमाडौं । काठमाडौंको कोटेश्वरबाट लगेर ललितपुरको चाल्नाखेलमा बन्धक बनाइएकी महिलाको उद्दार गरिएको छ । उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर, ललितपुरको संयुक्त टोलीले ती महिलालाई उद्दार गरेको प्रहरीले जनाएको छ । पीडित महिला गर्भवती समेत रहेकी छन् । वैदेशिक रोजगारीमा पठाइदिने भनेर लिएको १६ लाख रुपैयाँ फिर्ता नदिएको भन्दै उनलाई बन्धक बनाएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । प्रहरीले यसमा संलग्न एक महिलालाई पनि नियन्त्रणमा लिएको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईका अनुसार, लेनदेनको विषय जोडिएपछि दुवैलाई ल्याएर सोधपुछ गरिनेछ । त्यसपछि यसमा कारबाही प्रक्रिया कसरी अघि बढ्छ भन्ने निर्क्यौल हुने प्रहरीले बताएको छ…
५ कार्तिक, काठमाडौँ । नेपालले साफ महिला च्याम्पियनसिप अन्तर्गत माल्दिभ्सविरुद्ध शानदार जित हासिल गरेको छ । सोमबार दशरथ रंगशालामा सम्पन्न खेलमा नेपालले माल्दिभ्सको पोष्टमा ११ गोल गरेको थियो । नेपालको सामु माल्दिभ्सको टिम निरीह जस्तो देखिएको थियो । नेपालको जितमा रेखा पौडेलले ५ गोल गरेकी थिइन् भने प्रिती राईले ३ गोल गरेकी थिइन् । त्यस्तै अनिता केसी, सबिता राना मगर र अमिशा कार्कीले एक एक गोल गरेका थिए । यो जितपछि समूह बी मा रहेको नेपालको ४ अंक भएको छ र शिर्ष स्थानमा उक्लिएको छ । समूह बी मा भुटानको पनि ४ अंक रहेको छ र गोल अन्तरका आधारमा दोस्रो…
५ कात्तिक, मेचीनगर । झापाको धुलाबारीमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण आठौँ रोलिङ च्यालेन्ज कपको सेमिफाइनलमा उत्कृष्ट खेल खेलेको मोरङको सम्राट स्पोर्टिङ क्लब प्रवेश गरेको छ । आज धुलाबारी माविको खेल मैदानमा भएको तेस्रो क्वार्टर फाइनल खेलमा पाहुना टोली भारतको सुकुना युनाइटेड एफसीमाथि सहज जित निकाल्दै सम्राट अन्तिम चारमा प्रवेश गरेको हो । सम्राटले पश्चिम बंगालको सुकुनालाई ५–२ गोल अन्तरले हराएको हो । खेलको छैटौँ र ३८ औँ मिनेटमा सम्राट स्पोर्टिङका लागि उमेश कार्कीले गोल गरे । त्यस्तै, १२ औँ मिनेटमा भुवन बस्नेतले एक गोल गरे भने खेलको अतिरिक्त समयमा दोर्जे तामाङ र अञ्जन ठकुरीले एकएक गोल गरे । सुकुना युनाइटेडका लागि…
४ कार्तिक, काठमाडौँ। सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न कास्की जिल्ला अदालतले अनुमति दिएको छ। कास्की जिल्ला अदालतका न्यायाधीश नवराज दाहालको इजलासले उनलाई थप ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो। शुक्रबार काठमाडौं वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयबाट पक्राउ परेका लामिछानेलाई सोही दिन राति पोखरा पुर्याइएको थियो ।