नयाँ तृष्णा

रात्रिबसको ठक्करबाट हजुरबुवा र नातिनीको मृत्यु भएपछि स्थानीयबासीद्वारा प्रहरी विटमा आगजनी

Advertisement

झापा- रात्रिबसको ठक्करबाट हजुरबुवा र नातिनीको घटनास्थलमै मृत्यु भएपछि आक्रोशित स्थानीयबासीले केर्खा बजारमा रहेको प्रहरी विटमा आगजनी गरेका छन्।

करिब हजारको संख्यामा रहेका स्थानीयले रतुवामाई बृक्षरोपण आयोजना अगाडि रहेको प्रहरी बिटमा आगजनी गरेका हुन्। सडकमा टायर बालेर उनीहरुले पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरिरहेका छन्।

असुरक्षित महसुस गरिरहेका सुरक्षाकर्मीहरु केर्खा प्रहरी चौकीभित्र रहेका छन्। काँकडभिट्टाबाट काठमाडौँतर्फ जाँदै गरेको रात्रिबसले कमल गाउँपालिकाको केर्खामा इलेक्ट्रिक साइकललाई ठक्कर दिँदा हजुरबुवा र नातिनीको घटनास्थलमै मृत्यु भएको हो।

मृत्यु हुने हजुरबुवा र नातिनी कमल ३ का हुन्। मनोज लिम्बूकी अन्दाजी १२ वर्षकी छोरी कृपा लिम्बू र उनका बुवाको मृत्यु भएको खुलेको छ।

ती बालिकाको आज जन्मदिन रहेको र जन्मदिन मनाउन नातिनीलाई लिएर हजुरबुबाले बर्थडे केक लिन गएका थिए। बर्थडे केक र मासु लिएर हजुरबुवा र नातिनी इलेक्ट्रिक साइकलमा फर्कँदै गर्दा रात्रिबसले ठक्कर दिएको हो।

आक्रोशित समूहले त्यहाँस्थित ट्राफिक प्रहरी बिटमा आगजनी गरेर आसपास क्षेत्रमा तोडफोड समेत गरेको छ।

स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको छ। बस र बस चालक शिवसताक्षी नगरपालिका वडा नम्बर–१ का ३२ बर्षिय बिशाल ठटाललाई प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय झापाबाट डीएसपी कृष्णकुमार चन्दको कमाण्डमा ७० जना र सशस्त्र प्रहरी बल पाडाजुँगीबाट निरन खड्काको कमाण्डमा ७० जनासहित ठूलो संख्यामा सुरक्षाकर्मी घटनास्थलमा परिचालन गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

इरानद्वारा इजरायलमाथि भीषण क्षेप्यास्त्र प्रहार, ‘एक हप्तासम्म निरन्तर आक्रमण’को चेतावन

इरानद्वारा इजरायलमाथि भीषण क्षेप्यास्त्र प्रहार, ‘एक हप्तासम्म निरन्तर आक्रमण’को चेतावन

जेरुसेलम/तेहरान । अमेरिकाको मध्यस्थतामा भएको युद्धविरामपछि केही समय शान्त देखिएको मध्यपूर्व पुनः तनावग्रस्त बनेको छ। इजरायलले लेबन...
कम्बोडियामा अवैध बसोबास गरिरहेका ६६ नेपालीलाई तत्काल स्वदेश फर्किन दूतावासको आग्रह

कम्बोडियामा अवैध बसोबास गरिरहेका ६६ नेपालीलाई तत्काल स्वदेश फर्किन दूतावासको आग्रह

  काठमाडौं । थाइल्याण्डस्थित नेपाली दूतावासले कम्बोडियामा भिसा अवधि समाप्त भएपछि पनि अवैध रूपमा बसोबास गरिरहेका ६६ जना नेपा...
ईश्वरी भुजेल मृत्यु प्रकरण : ‘नेपाली ब्रो’सहित चार जना पक्राउ

ईश्वरी भुजेल मृत्यु प्रकरण : ‘नेपाली ब्रो’सहित चार जना पक्राउ

  काठमाडौं । ४२ वर्षीया ईश्वरी भुजेलको मृत्यु घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा...
कमल गाउँपालिका इसाई समाजद्वारा रक्तदान कार्यक्रम सम्पन्न

कमल गाउँपालिका इसाई समाजद्वारा रक्तदान कार्यक्रम सम्पन्न

  बिर बहादुर तामाङ, केर्खा, झापा। कमल गाउँपालिका इसाई समाजको आयोजनामा आइतबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ। समाजका ...