९ वैशाख, काठमाडौं । कक्षा १२ को परीक्षा आगामी वैशाख २१ गतेबाट हुने भएको छ । पर्सि (बिहीबार) देखि सञ्चालन हुने परीक्षा आगामी वैशाख २१ गतेबाट गर्ने निर्णय भएको परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए । यद्यपि बोर्डले परीक्षाको तालिका भने भोलि मात्रै सार्वजनिक गर्नेछ । बोर्डको बैठक बसेर परीक्षाको तालिका तय गर्ने निर्णय भएको स्रोतले बताएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पर्सि ११ गतेबाट सुरु हुने परीक्षा केही दिन सार्न निर्देशन दिएका थिए । सोही अनुसार परीक्षा बोर्डले केहीबेरमा परीक्षा सर्ने जानकारी गराउँदै सूचना निकाल्दैछ । शिक्षकहरूको आन्दोलनका कारण कक्षा १२ को परीक्षा स्थगित गरिएको हो ।
नयाँदिल्ली । प्रवर्तन निदेशालय ईडीले मंगलबार कांग्रेसको नेशनल हेराल्ड अखबार र एसोसिएटेड जर्नल्स लिमिटेड (एजेएल) सँग सम्बन्धित मनी लान्ड्रिंग मुद्दामा पहिलो आरोपपत्र दायर गरेको छ। जसमा सोनिया गान्धी, राहुल गान्धी, साम पित्रोदा र सुमन दुबेको नाम समावेश गरिएको छ। यस मुद्दाको सुनुवाई अप्रिल २५ मा दिल्लीको राउज एभिन्यू अदालतमा हुनेछ। अदालतले ईडीसँग मुद्दाको केस डायरी पनि मागेको छ। सन २०१२ मा बीजेपी नेता सुब्रमण्यम स्वामीले सोनिया, राहुल र तिनीहरूसँग सम्बन्धित कम्पनीहरूसँग सम्बन्धित व्यक्तिहरू विरुद्ध यस विषयमा गुनासो गरेका थिए। २०२५ अप्रिल १२ मा अनुसन्धानका क्रममा संलग्न सम्पत्ति जफत गर्ने कारबाही गरिएको थियो । ईडीले दिल्ली, लखनउ र मुम्बईमा ६६१…
झापा । नेकपा एमालेले पार्टी स्थापना दिवसमा कम्युनिस्ट आन्दोलनमा योगदान गर्ने सात जनालाई ‘कम्युनिस्ट योद्धा’ का रूपमा सम्मानित गर्ने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा आज बसेको सचिवालय बैठकले वैशाख ९ गते पार्टी स्थापना दिवसका दिन कञ्चनपुरका लालबहादुर विश्वकर्मा, जाजरकोटका स्वर्गीय रत्न शर्मा न्यौपाने, दाङका शोभारम बस्नेत, गोरखाका वाचस्पति देवकोटा, काठमाण्डौकी शान्ता मानवी, सप्तरीका सत्यनारायण मण्डल र झापाका हरिचरण शिवाकोटीलाई ‘कम्युनिस्ट योद्धा’ का रूपमा सम्मानित गर्ने निर्णय गरेको पार्टी उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । त्यस्तै एमालेले वैशाख ११ गतेलाई गणतन्त्रको उत्सवका रूपमा मनाउने गर्ने निर्णय पनि गरेको छ । निरङ्कुश राजतन्त्र फालेर गणतन्त्रको औपचारिक बीजारोपण गरिएको दिन भएकोले…
कीभ । युक्रेनको उत्तरपूर्वी सहर सुमीमा रुसले गरेको ब्यालेस्टिक मिसाइल आक्रमणमा कम्तीमा २१ जनाको मृत्यु भएको छ भने ८० भन्दा बढी घाइते भएका छन् । यो जानकारी दिँदै युक्रेनले रुसले सर्वसाधारणमाथि गरेको यो अर्को घातक आक्रमण भएको बताएको छ । क्षेप्यास्त्र आक्रमण त्यस समयमा भएको थियो जब एक शीर्ष अमेरिकी अधिकारीले हालै रुस भ्रमण गरेका थिए। युक्रेनको सुमी सहर रुसको सिमाना नजिक छ र यो सहर विगत केही सातादेखि लगातार निशाना बनिरहेको छ । अमेरिकी राजदूत स्टिभ विटकफले रुसी नेता भ्लादिमिर पुटिनसँग भेट गरेको दुई दिनपछि सुमीमाथि यो हमला भएको हो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसलाई युद्ध अन्त्य गर्न आग्रह…
वासिङटन डिसी । अमेरिकामा ३० दिनभन्दा बढी समय बसेका विदेशी नागरिकहरूले संघीय सरकारलाई जानकारी गराउनु पर्ने भएको छ । यदी यसो गरिएन भने एलियन दर्ता ऐन अन्तर्गत दर्ता नगरेको खण्डमा उनीहरूलाई डिपोर्ट तथा जेल सजायलगायत हुने छ। ह्वाइटहाउसकी प्रेस सेक्रेटरी क्यारोलिन लाभेटका अनुसार अमेरिकामा ३० दिनभन्दा बढी समयदेखि बसोबास गर्ने सबै विदेशी नागरिकहरूले संघीय सरकारमा दर्ता गर्नुपर्ने नियम लागु भएको छ। उनका अनुसार जरिवाना, जेल वा दुवै सजाय हुन सक्ने बताएकी छन्। क्यारोलिनले भनिन्, ‘राष्ट्रपति ट्रम्प र गृह सुरक्षा सचिव क्रिस्टी नोएम दुवैले भनेझैं यदि तपाईंले दर्ता गर्नुभएन भने तपाईंलाई पक्राउ गरिनेछ, जरिवाना गरिनेछ, देश निकाला गरिनेछ र कहिल्यै हाम्रो…
३१ चैत, काठमाडौं । बहुमूल्य पहेँलो धातु सुनको भाउ फेरि उकालो लागेको छ । आज आइतबार सुनको भाउ तोलामा १ हजार रुपैयाँ बढेको हो । आइतबार सुन तोलामा १ लाख ८६ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । गत शुक्रबार सुनको भाउ तोलामा १ लाख ८५ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी आइतबार चाँदीको मूल्य पनि उकालो लागेको छ । शुक्रबार तोलामा १ हजार ९ सय ५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आइतबार ५५ रुपैयाँ बढेर तोलामा १ हजार ९ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
जबलपुर । भारतको मध्य प्रदेशस्थित जबलपुर चारगाउमा तीव्र गतिमा रहेको एक कार दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । यो घटना बिहीबारको हो, त्यहाँस्थित प्रहरी चौकी क्षेत्रमा तीव्र गतिमा रहेको कार नियन्त्रण बाहिर गई पुलको रेलिङ तोडेर नदीमा खसेको थियो । दुर्घटनामा अन्य दुई जना घाइतेसमेत भएका छन् । भारतीय सञ्चारमाध्यमहरूले जनाएअनुसार चालकले अचानक तीव्र गतिमा रहेको गाडीको नियन्त्रण गुमाएका थिए । र पुलको रेलिङमा कार ठोक्किएपछि गाडी नदीमा खसेको थियो। आईएएनएससँग कुरा गर्दै चारगवान प्रहरी चौकीका प्रमुख अभिषेक प्यासीले भने, 'घटना साढे ३ देखि पौने चार बजेतिर भएको थियो। गाउँलेहरूले तुरुन्तै दुर्घटनाबारे प्रहरीलाई जानकारी गराएका थिए। त्यसपछि प्रहरीको…
काठमाडौँ। गत चैत १५ गते भएको हिंसात्मक प्रदर्शनका मुख्य नाइके दुर्गा प्रसाईं भारतको असाम राज्यबाट पक्राउ परेका छन् । उनलाई काकरभिट्टा नाका हुँदै नेपाल ल्याइँदै गरेको प्रहरीले जनाएको छ। उनी प्रहरीको सम्पर्कमा पुगेको प्रसाईको परिवारले पनि पुष्टि गरेको छ। तर, परिवारका ती सदस्यले प्रहरीले पक्राउ गरेको नभई सुरक्षाका लागि आफै आसाम प्रहरीको सम्पर्कमा पुगेको बताए। तीनकुने घटनामा प्रहरीलाई नै गाडीले पेलेर अघि बढेका प्रसाईं केहीबेरपछि सम्पर्कविहीन भएका थिए । त्यसयता प्रहरीले उनको खोजी गरिरहेको थियो । यसबीचमा प्रसाईंले सामाजिक सञ्जालबाट भिडियो पोस्ट गर्दै आफू फरार नरहेको बताउँदै आएका थिए । न्युज अफ नेपाल
झापा / झापाकाे मेचीनगरमा आदिवासी जनजाति तेस्रो बृहत् साँस्कृतिक महोत्सवमा शुरु भएको छ । प्रतिनिधि सभाका उप- सभामुख इन्दिरा राना मगरले सबै जात – जातीले अधिकार प्राप्तिका लागि निरन्तर लाग्न आग्रह गर्नु भएकाे छ । झापाकाे मेचीनगरमा आदिवासी जनजाति तेस्रो बृहत् साँस्कृतिक महोत्सवमा राना मगरले सबै जात- जातीकाे भावनाकाे कदर गर्न सक्नु पर्नेमा जाेड दिनु भयाे । आदिवासी जनजाति महासंघ मेचीनगर समितिले आयोजना गरेकाे साँस्कृतिक महोत्सवकाे प्रमख अतिथि उप- सभामुख इन्दिरा राना मगरले शान्तिकाे प्रतिक परेवा उडाएर समदघाटन गर्नु भएकाे हाे । मेचीनगरका १८ जातजातिको साँस्कृतिक पहिचान सहितकाे संस्कृतिक प्रस्तुती रहकाे छ। १८ भन्दा बढी स्टल रहेका छन। ‘त्यस बाहेक…