नयाँ तृष्णा

बलि दिन गएकाहरूको कार दुर्घटनाः चार जनाको मृत्यु, बोको बाँच्यो

Advertisement

जबलपुर । भारतको मध्य प्रदेशस्थित जबलपुर चारगाउमा तीव्र गतिमा रहेको एक कार दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।

यो घटना बिहीबारको हो, त्यहाँस्थित प्रहरी चौकी क्षेत्रमा तीव्र गतिमा रहेको कार नियन्त्रण बाहिर गई पुलको रेलिङ तोडेर नदीमा खसेको थियो ।

दुर्घटनामा अन्य दुई जना घाइतेसमेत भएका छन् । भारतीय सञ्चारमाध्यमहरूले जनाएअनुसार चालकले अचानक तीव्र गतिमा रहेको गाडीको नियन्त्रण गुमाएका थिए । र पुलको रेलिङमा कार ठोक्किएपछि गाडी नदीमा खसेको थियो।

आईएएनएससँग कुरा गर्दै चारगवान प्रहरी चौकीका प्रमुख अभिषेक प्यासीले भने, ‘घटना साढे ३ देखि पौने चार बजेतिर भएको थियो। गाउँलेहरूले तुरुन्तै दुर्घटनाबारे प्रहरीलाई जानकारी गराएका थिए।

 त्यसपछि प्रहरीको टोली घटनास्थलमा पुगेको तर कारमा सवार चार जनाको घटनास्थलमै मृत्यु भइसकेको अवस्थामा भेटिएको उनले सञ्चारमाध्यमहरूलाई भनेका छन् । दुई घाइतेलाई भने उपचारका लागि जबलपुर मेडिकल कलेज अस्पताल लगिएको थियो। घाइतेहरूको अवस्था गम्भीर भए पनि उनीहरू होसमा भएका समाचारहरूमा जनाइएको छ ।
 देवतालाई बोका बलि चढाउन जाँदै गर्दा दुर्घटना 
  गाडीमा सवाहरूले एउटा बोका पनि सँगै लगेका थिए । प्रहरीको प्रारम्भिक अनुसन्धानले उनीहरू नजिकैको तीर्थस्थलमा बोकाको ‘प्रतीकात्मक’ बलि दिएर फर्किरहेका देखिएको छ ।
उनीहरू एउटै परिवारका भएका र अनुसन्धानमा संलग्न अधिकारीहरूले जनाएका छन् । बोकालाई पूजा गरेर अन्यत्र बलि दिन लगिएको अवस्थामा कार दुर्घटनामा परेको स्थानीय प्रहरी अधिकारीहरूले जनाएका समाचारमा उल्लेख छ।

तर आश्चार्यको कुरा भने उक्त दुर्घटनामा बोका भने बचेको छ । अधिकारीका अनुसार घाइते भएकाहरूले बयान दिन पनि सकेका थिएनन् । घटनाबारे स्पष्ट हुन प्रहरीले पोस्टमार्टम रिपोर्ट र बँचेकाहरूको बयान पर्खिरहेको जनाइएको छ ।

दुर्घटनाको जानकारी पाउनेबित्तिकै चारगाउँ प्रहरी चौकीको टोली तुरुन्तै घटनास्थलमा पुगेको थियो ।

स्थानीय बासिन्दाको सहयोगमा टोलीले कारमा फसेका घाइते र मृतकहरूलाई बाहिर निकालेको थियो। मृतक चारै जना चौकिताल गाउँका स्थानीय भएका बुझिएका छन् ।

 रातोपाटी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

नकलबन्दा नकआउटको उपाधि आदर्शलाई

नकलबन्दा नकआउटको उपाधि आदर्शलाई

५ बैशाख, झापा । झापाकाे  मेचीनगर–८ स्थित विष्णुलक्ष्मी मन्दिरको खेलमैदानमा सञ्चालन भएको तेस्रो जिल्ला स्तरीय नकलबन्दा नकआउट फुट...
नयाँ वर्ष २०८३ को अवसरमा जागृत बाल उद्धार केन्द्रद्वारा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

नयाँ वर्ष २०८३ को अवसरमा जागृत बाल उद्धार केन्द्रद्वारा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

मेचीनगर ।  झापाको मेचीनगर नगरपालिका वडा नं. ७ स्थित काँकरभिट्टामा रहेको जागृत बाल उद्धार केन्द्रले नयाँ वर्ष २०८३ ...
प्रधानमन्त्री शाहको सम्पत्ति विवरण सार्वजनिक: बैंकमा १ करोड ४६ लाख

प्रधानमन्त्री शाहको सम्पत्ति विवरण सार्वजनिक: बैंकमा १ करोड ४६ लाख

२९ चैत्र २०८२, आईतवार, काठमाडौँ। प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति विवरण सार्वजनिक भएको छ । आइतबार सार्वजनिक सम्पत्ति विवरणअ...
जलथललाई हराउँदै आदर्श युवा क्लब क्वाटरफाइनलमा

जलथललाई हराउँदै आदर्श युवा क्लब क्वाटरफाइनलमा

झापा । आदर्श युवा क्लब बुधबारे नकलबन्दामा जारी तेस्रो जिल्ला स्तरीय नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । आइ...