Skip to main content

नयाँ तृष्णा

एमालेले ७ जनालाई ‘कम्युनिस्ट योद्धा’ का रूपमा सम्मान गर्ने

Advertisement

झापा । नेकपा एमालेले पार्टी स्थापना दिवसमा कम्युनिस्ट आन्दोलनमा योगदान गर्ने सात जनालाई ‘कम्युनिस्ट योद्धा’ का रूपमा सम्मानित गर्ने निर्णय गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा आज बसेको सचिवालय बैठकले वैशाख ९ गते पार्टी स्थापना दिवसका दिन कञ्चनपुरका लालबहादुर विश्वकर्मा, जाजरकोटका स्वर्गीय रत्न शर्मा न्यौपाने, दाङका शोभारम बस्नेत, गोरखाका वाचस्पति देवकोटा, काठमाण्डौकी शान्ता मानवी, सप्तरीका सत्यनारायण मण्डल र झापाका हरिचरण शिवाकोटीलाई ‘कम्युनिस्ट योद्धा’ का रूपमा सम्मानित गर्ने निर्णय गरेको पार्टी उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

त्यस्तै एमालेले वैशाख ११ गतेलाई गणतन्त्रको उत्सवका रूपमा मनाउने गर्ने निर्णय पनि गरेको छ ।

निरङ्कुश राजतन्त्र फालेर गणतन्त्रको औपचारिक बीजारोपण गरिएको दिन भएकोले त्यो दिन भव्य रूपमा कार्यक्रम आयोजना गर्ने ज्ञवालीले जानकारी दिनुभयो ।

एमालेले पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्षको अवसरमा दिनुभएको भिडियो सन्देशप्रति आपत्ति जनाएको छ ।

चैत १५ गते तीनकुनेमा भएकाे घटनालाई पूर्वराजा शाहले जागरण भनेकाे भन्दै एमालेले आपत्ति जनाएको हाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

एउटा फ्रेन्ड रिक्वेस्टले उजाडिएको जिन्दगी

एउटा फ्रेन्ड रिक्वेस्टले उजाडिएको जिन्दगी

बिशेष लेख , - हाेमराज राई, पूर्वी नेपालको एउटा गाउँ। त्यहाँ बस्ने १६ वर्षीया सृष्टि चञ्चले, मिलनसार तर मोबाइल र सामाजिक ...
कुवेतमा ड्रोन हमलामा परी मृत्यु भएका सोमकुमारको शव नेपाल ल्याइँदै

कुवेतमा ड्रोन हमलामा परी मृत्यु भएका सोमकुमारको शव नेपाल ल्याइँदै

  काठमाडौं । कुवेतमा ड्रोन हमलामा परी मृत्यु भएका सोमकुमार तामाङको शव नेपाल ल्याइँदैछ। परराष्ट्र मन्त्रालयले विज्ञप्ती ...
बालबालिकामाथि यौन हिंसाविरुद्ध  सरोकारवालासँग अन्तरक्रिया

बालबालिकामाथि यौन हिंसाविरुद्ध सरोकारवालासँग अन्तरक्रिया

  काँकरभिट्टा। बालबालिकामाथि हुने यौनजन्य हिंसाको रोकथाम, बाल संरक्षण तथा सरोकारवाला निकायबीचको समन्वय सुदृढ गर्ने उद्देश्...
कोशीको मुख्यमन्त्रीमा हिक्मत कार्कीकै निरन्तरता

कोशीको मुख्यमन्त्रीमा हिक्मत कार्कीकै निरन्तरता

  १४ साउन, काठमाडौं । नेकपा एमालेले कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्कीलाई नै निरन्तरता दिने भएको छ । अध्यक्ष क...