Skip to main content

नयाँ तृष्णा

मेचीनगरमा आदिवासी जनजाति तेस्रो बृहत् साँस्कृतिक महोत्सवको उद्घाटन

Advertisement

झापा / झापाकाे मेचीनगरमा आदिवासी जनजाति तेस्रो बृहत् साँस्कृतिक महोत्सवमा शुरु भएको छ ।

प्रतिनिधि सभाका उप- सभामुख इन्दिरा राना मगरले सबै जात – जातीले अधिकार प्राप्तिका लागि निरन्तर लाग्न आग्रह गर्नु भएकाे छ ।

झापाकाे मेचीनगरमा आदिवासी जनजाति तेस्रो बृहत् साँस्कृतिक महोत्सवमा राना मगरले सबै जात- जातीकाे भावनाकाे कदर गर्न सक्नु पर्नेमा जाेड दिनु भयाे ।

आदिवासी जनजाति महासंघ मेचीनगर समितिले आयोजना गरेकाे साँस्कृतिक महोत्सवकाे प्रमख अतिथि उप- सभामुख इन्दिरा राना मगरले शान्तिकाे प्रतिक परेवा उडाएर समदघाटन गर्नु भएकाे हाे । मेचीनगरका १८ जातजातिको साँस्कृतिक पहिचान सहितकाे संस्कृतिक प्रस्तुती रहकाे छ। १८ भन्दा बढी स्टल रहेका छन। ‘त्यस बाहेक पनि आदिवासी जनजातिसंग सम्बन्धीत विभिन्न स्टलहरु रहेका छन्। तेस्तै, बिशिस्ट अतिथि मेचीनगरका उप- प्रमुख मिना उप्रेतीले संबिधानले दिएकाे अधिकार भित्र रहेर सबै जातजातिकाे धर्म संस्कृतिलाई संरक्षण गर्न स्थानिय तह तयार रहेकाे बताइत्।

कार्यक्रम चैत २७ गते आज सुरु भएकाे महत्सव वैशाख २ गतेसम्म सञ्चालन हुने महोत्सव निर्देशक समितिका संयोजक केवलराम राईले जानकारी गराए।

महोत्सव सफलता पुर्ण ढङ्गबाट सम्पनन गर्न लागि ५५१ सदस्यीय मूल आयोजक समिति गठन गरेकाे छ ।
महोत्सवमा आदिवासी जनजातिको भेषभुषादेखि खाना र अन्य साँस्कृतिक प्रस्तुती रहेकाे छ ।

साेही अवसरमा बिगत देखि नै महाेत्सव सफल पार्न महत्वपूर्ण याेगदान पुर्याउदै आएका समाज सेवी गंगालाल गुरूङ सम्मान गरियाे छ ।

महाेत्सवमा राष्ट्रियस्तरका कलाकारहरुको समेत प्रस्तुती रहने छ। महोत्सवमा करीब ३५ लाख खर्च लाग्ने अनुमान गरिएको छ । गेटपासबाट भाग्यशाली दर्शकले स्कुटी, ल्यापटप, वासिङ मेशिन र मोबाईल उपहार पाउँने छन।

महाेत्सवमा धिमाल, मुन्डा , शेर्पा, राई, तामाङ ,माझी, किसान,मेचे ,भुजेल ,थामी,नेवार,, राजवंशी लगाएतका जात – जातीहरूकाे खानपान सहित आ- आफ्नाे जातीय संस्कृति झल्काइएकाे छ।

उद्घाटन कार्यक्रममा बन्दनकुमार मुण्डा , बालाजित राई, जातिय आदिवासी जनजाति महासंघ मेचीनगर समितिका अध्यक्ष राम बहादुर वाइवाको अध्यक्षतामा सम्पन्न कार्यक्रमकाे ओंचित्य माथी महाेत्सवका संयाजक केवलराम राइले प्रकाश पारेका थिए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

अर्जेन्टिनालाई हराउँदै स्पेनले जित्यो विश्वकपको उपाधि

अर्जेन्टिनालाई हराउँदै स्पेनले जित्यो विश्वकपको उपाधि

४ साउन , झापा । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै फिफा विश्वकप २०२६ को उपाधि जितेको छ। अमेरिकाको न्युयोर्कस्थित न्यु जर्...
विश्वकप फाइनलको टिकट ३५ करोडसम्म, अमेरिकाकै इतिहासको सबैभन्दा महँगो खेलकुद प्रतियोगिता

विश्वकप फाइनलको टिकट ३५ करोडसम्म, अमेरिकाकै इतिहासको सबैभन्दा महँगो खेलकुद प्रतियोगिता

  काठमाडौं ।   न्युयोर्कको मेटलाइफ स्टेडियममा आइतबार अर्जेन्टिना र स्पेनबीच हुने फिफा विश्वकप २०२६ को फाइनल खेल इतिहासकै सब...
हिमालय टेलिभिजनले विश्वकप फुटबलको फाइनल खेल नि:शुल्क प्रसारण गर्ने

हिमालय टेलिभिजनले विश्वकप फुटबलको फाइनल खेल नि:शुल्क प्रसारण गर्ने

३ साउन, काठमाडौं । हिमालय टेलिभिजनले विश्वकप फुटबलको फाइनल खेल नि:शुल्क प्रसारण गर्ने भएको छ । हिमालय टिभी, हिमालय स्पोर्टस् र डि...
मेचीनगरको सार्वजनिक सुनुवाइमा जनआक्रोश, न्यून सहभागिताले कार्यक्रममाथि प्रश्न

मेचीनगरको सार्वजनिक सुनुवाइमा जनआक्रोश, न्यून सहभागिताले कार्यक्रममाथि प्रश्न

  मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रमप्रति नगरवासीले असन्तुष्टि जनाएका छन्। नगरपालिकाले सामुदायिक विका...